PROGRAM : GAZALKA SHERHARU HOST : LAXMI ITIHAS TIME : EVERY MONDAY, 9.15PM DATE : 2069-03-11/15-06-2012 ................................... कार्यक्रम : गजलका शेरहरु
संचालिका : लक्ष्मि इतिहाँस
एफ.एम : रेडियो एकता 92.4, लालबन्दी समय : हरेक सोमबार बेलुका ९.१५बजे अनलाईन सुन्न : http://www.radioekata.com.np फेसबुक पेज : गजलका शेरहरु फेसबुक
आदरणिय साथीहरु,
आज मिति 2069 असार महिनाको 11 तदनुसार मिति 2012-06-24 गते सोमबार रेडियो एकता ९२.४ मेगाहर्ज, लालबन्दीमा गजलका शेरहरु लिएर प्रस्तोता लक्ष्मी इतिहाँस तपाईहरु सामु तपाईहरुकै गजल तथा सुमधुर गजल गीतहरु लिएर उपस्थित हुनुभैसक्नुभएको छ । यो श्रीङ्खला (Episode) साथी मोहन विहानीले मलाई उपलब्ध गराईदिनुभएकोमा उहाँलाई धेरै धेरै धन्यवाद ।आउनुस् हामी पनि सुनौ गजलका शेरहरु ।
यो हप्ता भरि नेपाल भरि बिभिन्न २२ एफ.एमहरु बाट प्रसारण हुनेछ ।
=============================================
उत्पादक : रन्सि मेडिया
प्रस्तोता : प्रदिप गिरि कार्यक्रम : यो साँझ यो सुबाश
आज मिति 2069 साल असार महिनाको 12 गते तदनुसार 2012-June-26 मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको 32 औ भाग लिएर सदाझैं आज पनि तपाईहरु सामु प्रस्तोता प्रदिप गिरी कार्यक्रम दिएर उपस्थित हुनुभै सक्नुभएको छ । काठमाडौंमा कार्यक्रम रेडियो उपत्यका ८७.६ मेगाहर्जमा शुक्रबार बेलुका ९.१५ देखि प्रसारण हुनेछ ।
A Ransi Entertainment Presentation.(Yo Sanjh Yo Subash) यो साँझ यो सुबाश is a night Radio Show which presents the Nepali Gazals, and motivations and morals stories. This Radio Show is produced in USA, and Broadcasting all over in Nepal, through several Radios Stations.
उज्यालो नेपाल मिडिया नेटवर्क मार्फत ११ वोटा एफ.एम.हरु लगायत देशै भरि २२ रेडियो स्टेशनहरुमा कार्यक्रम यो साँझ यो सुवास प्रशारण हुने रेडियो स्टेशनहरु निम्नानुसार छन् ।
१. बिजय एफएम १०१.६ मेगाहर्ज, नवलपरासी-शनिबार बेलुकी ९.१५
२. रेडियो मना:लु १०३.९ मेगाहर्ज गोरखा-बुधबार बेलुकी ९.१५
३. हिमाल एफ.एम ९२.८ मेगाहर्ज बाँके-बुधबार बेलुकी ९.१५
४. रेडियो परिवर्तन ८९.४ मेगाहर्ज सुनसरी-शुक्रबार बेलुकी ९.१५
५. हाम्रो मालिका १०७ मेगाहर्ज कैलाली-बुधबार बेलुकी ९.१५
६. हजुरको रेडियो १०२.१ मेगाहर्ज रामेछाप-शुक्रबार बेलुकी ९.१५
७. साझा एफ.एम १०४.८ मेगाहर्ज मोरङ्ग-शुक्रबार बेलुकी ९.१५
८. रेडियो नमस्ते ९२.८ मेगाहर्ज बुटवल-बुधबार बेलुकी ९.१५
९. रेडियो फिक्कल ९०.६ मेगाहर्ज इलाम-शुक्रबार बेलुकी ९.१५
१०. हिँउचुली एफएम ९२.२ मेगाहर्ज पोखरा-मंगलबार बेलुकी ९.१५
११. रेडियो रेसुङ्गा १०६.२ मेगाहर्ज गुल्मी शुक्रबार बेलुकी ९.१५
१२. कोहलपुर एफएम १०१.२ मेगाहर्ज शुक्रबार राती ९.१५
१३. रेडियो उपत्यका ८७.६ मेगाहर्जमा शुक्रबार बेलुका ९.१५
१४. इन्द्रेनी एफ.एम ९२.४ मेगाहर्ज दाङ बाट
बजे प्रसारण हुन्छन् ।
यो साँझ यो सुबासको सम्पूर्ण भागहरु उपलब्ध गराई सहयोग गरिदिनुभएकोमा कार्यक्रम उत्पादक रन्शि गिरि र प्रस्तोता प्रदिप गिरिलाई हृदयदेखिनै हार्दिक दिन चाहान्छु ।
रामेछाप जिल्ला चिसापानी गा.वि.स. कला र संस्कृतिको अत्यन्तै धनि मान्न सकिन्छ । नेवारहरुको बाहुल्यता रहेको उक्त गा.वि.स.मा नवारी संस्कृतिका अलावा वाहुन क्षेत्रिहरुले पनि आ–आफ्नो संस्कतिलाई जगेर्ना गर्दै आएका छन् ।
गत बर्ष २०६८ भादौ १४ गते श्री भिमेश्वर सामुदायिक अध्ययन तथा सूचना केन्द्रले आयोजना गरेको पुस्तकालय दिवसमा नेवार समुदायले आ–आफ्नो परम्परा अनुसार लाखे नाच, देवि नाच, कार्तिके भजन र माघे भजन प्रस्तुत गरे त्यहि बेला धेरै वर्ष देखि छोडिएको विशेषत बाहुन समुदायको भजन बालुन भजन पनि देखाईएको थियो आज त्यहि भिडियो तपाईहरु सामु लिएर आएको छु ।
साँझ बढ्दै गएपछि उनको मुहारमा एउटा अनौठो गंभीरता भरिन्थ्यो । निलो आकाशको विराट क्षितिजतिर एकोहोरो कतै हराए झैं, केही खोजिरहे झैं, केही सोचिरहे झैं । उमेरको दोष पनि हुन् सक्छ। आउदा जादा पटक पटक देख्ने गर्छु उनलाई, बार्दलीको डिलमा अडेस लगाएर उभिरहेकी, बादलले छेकेको उदास जुन जस्तो देखिन्थ्यो त्यो अनुहार ।
पहिलो पटक हाम्रो भेट एउटा सांस्कृतिक कार्यक्रममा भएको थियो, नेपालबाट कलाकारहरु आएका थिए । कुनै अपरिचित व्यक्तिसंग भेट हुनु या नहुनुको के महत्व हुन्छ र ? यद्यपि त्यो व्यक्तिसंग म निकै घुलमिल भएझैं या त्यो अनुहारसंग म धेरै पहिले देखि परिचित थिएँ जस्तो लागिरह्यो । भेटेर एकै पटक धेरै प्रश्नहरु सोध्न मन थियो, त्यो दिन त्यतिकै थाती रह्यो । (Article from Krishnapakshya Blog)
स्रोत : कृष्णपक्ष ब्लग
कथा लेखक : कृष्ण थापा 'कृष्णपक्ष'
बाचक : अच्युत घिमिरे
समय : हरेक हप्ताको शुक्रबार, राति ९.१५
A Novel Ganki by Dhuswan Shyami
उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुतिसंबेगमा अच्युत घिमिरेको नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं संगै देशभरिका विभिन्न एफ एफ स्टेशनहरुबाट हरेक मंगलबार र शुक्रबाट राति सवा ९ बजे एकै साथ श्रुतिसंबेग प्रसारण हुन्छ । श्रुतिसंबेगमा हामी बरिष्ठ लेखकहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।
आज धुँस्वं श्वयमीको उपन्यास गंकी लिएर आउनुभएको छ । यो उपन्यास बाचन पूरा नभएसम्म हरेक हप्ताको शुक्रबार राति ९.१५ बजे श्रुति शंबेगबाट निरन्तर बाचन हुनेछ । लौ अउनुस् हामी पनि यो उपन्यास सुनौं ।
The popular novel GANKI 1958 (Eclipse) was written by Dhuswan Shyami. He uses modern depth psychology and technique of stream of consciousness. In this novel, he shifted from external society to the psyche of the characters. Through the perception of the characters, he begins to sketch the society.
(2 stories from Chautari Sakshi Chha written by Maya Thakuri - from Shrutisambeg)
उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुतिसंबेगमा अच्युत घिमिरेको नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं संगै देशभरिका विभिन्न एफ एफ स्टेशनहरुबाट हरेक मंगलबार र शुक्रबाट राति सवा ९ बजे एकै साथ श्रुतिसंबेग प्रसारण हुन्छ । श्रुतिसंबेगमा हामी बरिष्ठ लेखकहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं । श्रुतिसंबेगको आजको सृङ्खलामा हामी माया ठकुरीको"चौतारी साक्षी छ" का २ कथाहरु लिएर आएका छौं । Listen and Download
परदेशमा दुख्यो मन दुखाएर रोएँ
परेलीमै सबै आँसु लुकाएर रोएँ
मधुर स्वरमा शिव परियार गज़ल गाइरहेका छन्, यही बेला इन्टरनेटका भित्ताहरुमा कोरिया जानको लागि आवेदन दिनेहरुको लामो लश्कर सहित समाचार छापिएको हुन्छ । पोहोर बर्ष जस्तै यसपाली विदेश जान चाहने त्यो भिडको आकार अझ बढी थपिएको छ । घरदेशबाट परदेश लाग्ने यो यात्रा किन बढि नै रहेको हो ? एकछिन सोचमग्न हुन्छु, सपनाहरुको यो ओइरो कहिले थामिने हो ?
परदेश हुदै लेखिएको उद्धृत गज़लकी लेखिका उमा सुवेदी स्वयम इजरायलबाट पांच बर्षे लामो वसाई सकेर भर्खर स्वदेश फर्किसक्नु भएको छ । केही दिन पछि उहाँको फेसबुक स्टाटसमा लेखिएको देख्छु
(for More Listen audio)
स्रोत : कृष्णपक्ष ब्लग
कथा लेखक : कृष्ण थापा 'कृष्णपक्ष'
बाचक : कृष्ण थापा 'कृष्णपक्ष'
अर्को पोडकास्ट लिएर आएको छु । प्रेम र भगवानका बिषयमा जति लेखिए, कोरिए या अभिव्यक्तिका अनेकौं माध्यमहरुबाट प्रस्तुत गरिए, बुझाउने कोसिस गरिए ती केवल सागरबाट एक अन्जुली पानी उबाए सरह मात्र हुन् । मलाइ थाहा छ , फेरी पनि जिद्दी मन, त्यसैको सेरोफेरोमा अल्झेर लेखेको छु ।
.............................................................................
सृष्टिका समस्त अवयवहरु रहस्यमय लाग्दै जान थाले । आफ्नै देह, त्यसभित्र बाँचेको प्राण, आफु उभिएको जमिन, ढुंगा माटो र भित्ताहरु.... । तल्लो मुस्ताङको मुक्तिनाथ स्थित मेब्राक गुफा भित्र भेटिएका ३५०० बर्ष पुराना मानव अवशेषका बारेमा टेलिभिजनले समाचार देखाई रहेको थियो । यो जति रहस्य र अनुसन्धानको बिषय थियो त्यति नै रहस्यमय थिए गुफाभित्र कुँदिएका कलात्मक चित्रहरु ।
(Article and Audio Source : http://www.blog.krishnathapa.com/2012/05/i.html )
स्रोत : कृष्णपक्ष ब्लग
कथा लेखक: कृष्ण थापा "कृष्णपक्ष" Listen and Download