Showing posts with label Muktak. Show all posts
Showing posts with label Muktak. Show all posts

मुक्तकका एस.पि. असफलका ५ मुक्तकहरू (5 Muktaks by S.P. Asaphal) -22-07-2016

NepaliTalim | 5:18:00 PM | 0 comments
मुक्तक १
आज त मलाई हल्का मंधिरा पिउन मन थियो  ।। 
साथिले चाहिँ आज मेरो मुड छैन पो भन दियो ।।
आज नपिए मदिरा सक्दिनँ होला म निदाउन,,
निस्ठुरीको सम्झनाले पुरानो घाउ झन बल्झियो ।।
एस.पि. असफल
भाटखोला ९
स्याङ्जा 
हाल:बिरानो मुलुक

मुक्तक २
जमिन बाड्यौ भन्दैछन् दाइले कित्ता छुट्याएर   ।।
माता लाई पाल्छु भन्छ भाइले पिता छुट्याएर  ।।
रावण बन्ने होडमा लाग्दैछन् मेरा दाजुभाइ  ,,
रामसँग उनकी  प्राण प्यारि सीता छुट्याएर  ।।
एस.पि. असफल
भाटखोला ९
स्याङ्जा 
हाल:बिरानो मुलुक

मुक्तक ३ 
प्रवासी  भएर बस्यो छोरा हाम्रो माया मारि \\
नस्सक्ने हुदा  काम गर्न बाँझै छन् खेत वारि \\
आज सपनिमा बा-आमाले यस्तै कुरा गर्दै  ,,
बसेको देखे कठै आँसु धारा बर्बर झारि  \\
एस.पि. असफल
भाटखोला ९
स्याङ्जा 
हाल:बिरानो मुलुक

मुक्तक ४
बनेर नेता हिडिन्थ्यो हिजोसम्म आवरा टोलिको।।
खुसि नै थिए म नमान्दा सम्म पिर चिन्ता भोलिको।।
केही  गरि  खाने समयले  नेटो काटेर  गएछ ,,
नगर्दा कदर हिजोका दिनमा बा-आमाको बोलिको ।।
एस.पि. असफल
भाटखोला ९
स्याङ्जा 
हाल:बिरानो मुलुक


मुक्तक ५
मर्दाङ्नी देखाउन घरमा श्रीमती लाई कुट्ने भेटिए  ।।
बुढी आमालाई बोक्सि आरोप लगाउन जुट्ने भेटिए  ।।
दिन भरि नारी हक अधिकार को लागि लड्ने हरु,,
आफ्नै घरका चेलिबेटी हरुको ईज्जत् लुट्ने भेटिए ।।
एस.पि. असफल
भाटखोला ९
स्याङ्जा 
हाल:बिरानो मुलुक

मुक्तककार प्रजित कुवंरको ७ सात मुक्तकहरू ( 7 Muktaks By Prajit Kuwar) : 05-07-2016

NepaliTalim | 5:51:00 PM | 0 comments
 प्रजित कुवंर
(१).मुक्तक
घर गोठ पाखा बारी सम्झियर
गैरी खेत अनी टारी सम्झियर
ऑशुकै भेल बग्छ प्रवासमा,
अचेल रिनको भारी सम्झियर
प्रजित कुवंर
थुमपोखरा ८ स्या्गंजा वायखोला सिख्रे

(२).मुक्तक
तिम्रो निम्ती मर्न तयार छु म
जसो भन गर्न तयार छु म
तिमी सधै खुशी हुन्छ्यौ भने
आफै लाई हर्न तयार छु म
प्रजित कुवंर
थुमपोखरा ८ स्या्गंजा वायखोला सिख्रे

(३).मुक्तक
बगाउंछु पसिना मेरै देशको ,माटा हरूमा
अनी चिनचान गर्छु कुना का्प्चा , बाटा हरुमा
किसानी हुँ लहलह सुनका दाना फलाउंछु
गैरीखेत र बारिका ठुलाठुला ,पाटा हरुमा
प्रजित कुवंर
थुमपोखरा ८ स्या्गंजा वायखोला सिख्रे

(४).मुक्तक
भरिन्न साथी लोभको भकारी
जति नै गरौ अर्काको चाकरी
आधा जुनि बिताए प्रवासमै
दुखले सधै गरेर नोकरी
प्रजित कुवंर
थुमपोखरा ८ स्या्गंजा वायखोला सिख्रे

(५).मुक्तक
सॉचो कुरा ,भन्दैनन् मान्छे हरु अचेल
सिधा साधा ,बन्दैनन् मान्छे हरु अचेल
छोडेर गाउ शहर पसेपछी.खै किन ?
ठुला भए गन्दैनन् मान्छे हरु अचेल
प्रजित कुवंर
थुमपोखरा ८ स्या्गंजा वायखोला सिख्रे

(६).मुक्तक
फर्किन्छु आमा बस्दिन प्रदेशमा
धनको निम्ती पस्दिन प्रदेशमा
चलाउछु गुजारा स्वदेशमै अब
कलिलो जिउ डस्दिन प्रदेशमा
प्रजित कुवंर
थुमपोखरा ८ स्या्गंजा वायखोला सिख्रे

(७).मुक्तक
भाडिन्छ यो घर गाउले ,कुरा सुन्यौ भने
मुखमा राम वगलि मा छुरा उन्यौ भने
फेरी हाम्रो सम्बन्धमा फाटो आउला प्यारी
छोडेर मलाई तिमीले अर्कै ,चुन्यौ भने
प्रजित कुवंर
थुमपोखरा ८ स्या्गंजा वायखोला सिख्रे

Note : All Copyright Reserved with Writer 

कमल बोगटी " अन्जान " का १६ साेह्र मुक्तकहरू (16 Muktaks by Kamal Bogati Anjan) : 05-07-2016

NepaliTalim | 10:18:00 AM | 0 comments
कमल बोगटी " अन्जान "
१.मुक्तक  
अल्छि भै यो शरीर त बस्न थाल्या छ...
जिन्दगी देखेर आफ्नै तग्दिर हास्न थाल्या छ...
न देखिने न व्यक्त गर्न मिल्ने कारण भै दिएर...
किन किन नशा तिर फस्न थाल्या छ...
कमल बोगटी " अन्जान "
बर्दियाली हाल काठमाडौँ

२.मुक्तक 
त्येता हाँसो यता आँसु छोडी जानेलाई..
जोड्ने नमिल्ने गरि घर तोडी जानेलाई...
सैयौ जुनी यसैगरी बाचिरहने बर मिलोस...
यता खरानी बने उता बस्ति जोडी जानेलाई...
कमल बोगटी " अन्जान "
बर्दियाली हाल काठमाडौँ

३.मुक्तक 
छेपारो झैँ रङ्ग फेर्ने जतिलाई....
चौतर्फी दबाब पारी घेर्ने जतिलाई....
न बोल्ने न शिर ठाडो पार्ने बनाउछु...
दु:ख पर्दा मेरो रमिता हेर्ने जतिलाई...
कमल बोगटी " अन्जान "
बर्दियाली हाल काठमाडौँ

४.मुक्तक 
सिताको झैँ तिम्रो पनि हरण भयो भने....
भेट्न नपाई मेरो यहाँ मरण भयो भने....
दैवको खेल्न हो केनै गर्न सक्छु र तेतिबेला...
माफी देउ भन्दै लाश माथि तिम्रो सरण भयो भने ....
कमल बोगटी " अन्जान "
बर्दियाली हाल काठमाडौँ

५.मुक्तक 
झुटा प्रेमीहरुको मात्र एक दिन यहाँ संजाल हुने छ...
आरोपी छुट्याउनै नसकिने समस्याको जन्जाल हुने छ....
एकले अर्कालाई देखाउने अनि लुट्ने प्रब्रितिले ....
हेर्दै जाउ एक-एक गर्दै सबै यहाँ कंगाल हुने छ...
कमल बोगटी " अन्जान "
बर्दियाली हाल काठमाडौँ

६.मुक्तक
मृत्यु त केवल एउटा दैवको चाल हुनेछ...
अनेक थरि शंकाको त्यो दिन सवाल हुनेछ...
बिश्वास घात गरि चोट दिनेहरु होसियार भै बस्नु ....
म मरेको दिन पक्कै यहाँ बबाल हुनेछ...
कमल बोगटी " अन्जान "
बर्दियाली हाल काठमाडौँ

७.मुक्तक 
गन्हाउने रक्सि मान्छे पिउछु भन्छन कसो गरि....
टुक्रीएको मुटुलाई सिउछु भन्छन कसो गरि...
पानी बिना माछा जस्तै हुने यो आत्मालाई....
माया बिना पनि म जिउछु भन्छन कसो गरि...
कमल बोगटी " अन्जान "
बर्दियाली हाल काठमाडौँ

८.मुक्तक 
प्रेमिकालाई आँखाको नानी भन्नेलाई....
तिमी त मेरो मायाको खानी भन्नेलाई....
बुढेस काल लागे पछि मर्नु न बाँच्नु हुन्छ रे...
ऐले त मेरो सबैथोक हो जवानी भन्नेलाई...
कमल बोगटी " अन्जान "
बर्दियाली हाल काठमाडौँ

९.मुक्तक 
हिड्दै जादा खाल्डोमा म परे हुन्छ अरे....
होइन भने चाडै बसाई सरे हुन्छ अरे.....
कसलाई कहिले के बिगारेर जान्न मन छ मलाई.....
चाडै काल आइ यस्तो मान्छे त मरे हुन्छ अरे...
कमल बोगटी " अन्जान "
बर्दियाली हाल काठमाडौँ

१०.मुक्तक 
मै छोरालाई सम्झीएर रुदै छिन् रे आमा....
भिर पाखा गर्दै लुगा धुदै छिन् रे आमा...
लाऊ-लाऊ खाऊ भन्ने बेला प्रदेशीयो भन्दै....
म आउने बाटो हेरी तस्बिर छुदै छिन् रे आमा....
कमल बोगटी " अन्जान "
बर्दियाली हाल काठमाडौँ

११.मुक्तक 
चाहिने भन्दा बढी पेल्यो भने मान्छेलाई....
जानी जानी फेरी पनि ठेल्यो भने मान्छेलाई .....
जुन सुकै बेला बम झैँ पटकन सक्छ अरे....
उम्कने नसक्ने गरि समस्याले जेल्यो भने मान्छेलाई....
कमल बोगटी " अन्जान "
बर्दियाली हाल काठमाडौँ

१२.मुक्तक 
कपडाले बालुवा चाल्न मिल्ने भए....
मनको माया काँडा झैँ फाल्न मिल्ने भए ...
यो संसारमा दू:खी अनि एक्लो कोहि हुदैनथ्यो होला...
मरेको त्यो लाशमा एक मुठी श्वास हाल्न मिल्ने भए ....
कमल बोगटी " अन्जान "
बर्दियाली हाल काठमाडौँ

१३.मुक्तक 
बेरोजगारी म गाउँ डुल्नेलाई भौतारी सम्झीएर....
थकाई मेटिन बीच बाटोको चौतारी सम्झीएर...
सब्बैले हेप्ने अनि लुटनै खोज्छन आज भोलि.....
कसैसंग पनि नमिले मलाई औतारी सम्झीएर...
कमल बोगटी " अन्जान "
बर्दियाली हाल काठमाडौँ

१४.मुक्तक 
मायामा आज भोलि, भर हुदैन र...?
छुट्टि हिड्ने मान्छेको, घर हुदैन र...??
सबैले भिन्दै छस किन भन्छन मलाई...?
के म जस्ताको कुनै एउटा, थर हुदैन र...??
कमल बोगटी " अन्जान "
बर्दियाली हाल काठमाडौँ

१५.मुक्तक 
खुसीहरु सबै जले पिर बाँकी छ।
जल्न बाँकी याे मुटुकाे तस्बिर बाँकी छ।।
तिमी दिल माग्ने कुरा गर्छाैं छैन त्यो म सँग !!!!
चोरियो उहिलै अब खोक्रो शरीर बाँकी छ।
कमल बोगटी " अन्जान "
बर्दियाली हाल काठमाडौँ

१६.मुक्तक 
शब्द-शब्दमा सम्बन्ध, तोडिदैछ आज....
खै के पुगेन र उनको पाइला, मोडिदैछ आज...
कसैले केहि सुनाएको वा कोहि अर्कै पाएको हुनु पर्छ....
तेसैले त मेरै अगाडी अन्तै नाता, जोडिदैछ आज...
कमल बोगटी " अन्जान "
बर्दियाली हाल काठमाडौँ

Note : Copy Rights Reserved with Writer 

मुक्तककार दिनेश धामीका ३५ पाैंतिस मुक्तकहरू (35 Muktaks by Dinesh Dhami) -30-06-2016

NepaliTalim | 5:22:00 PM | 0 comments
            दिनेश धामी, बझाङ 
            हाल भारत ब्याङ्लोर
१।मुक्तक
भेटिएका मान्छे हरेक चिन्न सकिदैन 
झन् भित्रै देखि त एक चिन्न सकिदैन
छेपारोले जस्तै रङ्ग फेर्छन् मान्छेहरु
मान्छे  एक रुप अनेक चिन्न सकिदैन
दिनेश धामी, बझाङ 
हाल भारत ब्याङ्लोर

२।मुक्तक
कहिले सम्म यस्तै रहला नभए जस्तो
केहि   पनि   गला  कला  नभए जस्तो
सधै खल्लो लाग्छ परदेशी यो जिवन
तरकारिमा  नुन  मसला नभए जस्तो
दिनेश धामी, बझाङ 
हाल भारत ब्याङ्लोर

३।मुक्तक
तारा यॉ त जुन तिमिलाई
हिरा  मोती सुन तिमिलाई
मेरालागी तिमी के हौ थाछ
भन्नेले जेरभनुन तिमीलाई
दिनेश धामी, बझाङ 
हाल भारत ब्याङ्लोर

४।मुक्तक
राम कहॉ छन्  हनुमान कहॉ छन्
दानव कहॉ छन् सैतान कहॉ छन्
मन्दिरै मन्दिरले  भरिएको देशमा
मुर्ति मात्रै देख्छु भगवान कहॉ छन्
दिनेश धामी, बझाङ 
हाल भारत ब्याङ्लोर

५।मुक्तक
यो माया  पिरति सोचेकै थिएन
बनाउला यो गति सोचेकै थिएन
मन पोल्न माया  लाए पुग्दो रैछ
पोल्दछ भतभति  सोचेकै थिएन
दिनेश धामी, बझाङ 
हाल भारत ब्याङ्लोर

६।मुक्तक
थाहा  हुदैन  मित्र कस्तो छ
र  कस्को  चरित्र  कस्तो छ
गोरो छाला देखि मख्ख नहौॅ
के थाहा छुर भित्र कस्तो छ
दिनेश धामी, बझाङ 
हाल भारत ब्याङ्लोर

७।मुक्तक
बा आमा गाउॅमै खुशी थिॅए खेति गरेर पनि
दुइछाक टार्न पुगेकै थियो हलो जोतेर पनि 
आधुनिक जमाना संग चल्नपर्छ भन्छ छोरा
चामल किन्ने पैॅसा जोड्छ खाडी पसेर पनि
दिनेश धामी, बझाङ 
हाल भारत ब्याङ्लोर

८।मुक्तक
नङ् मासु बनेर बस्ने बाचा कसम थियो
समयले  गर्दा  खेरि  जुन र घाम बनियो
नत उन्ले धोका दिइन् न मैले धोका दिॅए
टाढा टाढा  हुदा हाम्रो समन्ध  चिसियो
दिनेश धामी, बझाङ 
हाल भारत ब्याङ्लोर

९।मुक्तक
चाहिदैन लाखौ   धन  यत्तिभए  पुग्छ
सुखमय बनोस जिवन यत्तिभए पुग्छ
यहि आशिस  दिनुस बा(आमा मलाई
बन्न सकियोस सज्जन यत्तिभए पुग्छ
दिनेश धामी, बझाङ 
हाल भारत ब्याङ्लोर

१०।मुक्तक
भन्दछन्  ठुला बडा  परालको आगो हो
भैदिन्छ चुनौती खडा परालको आगो हो
जलाउछ  पक्कै  पनि क्षति  त  हुन्छनै
हुन् त घरको झगडा परालको आगो हो
दिनेश धामी, बझाङ 
हाल भारत ब्याङ्लोर

११।मुक्तक
ज्यानकै माया मारी के के गर्नुपर्छ
सात  समुन्द्र  पारी  के  के गर्नुपर्छ
साझॅ बिहान घरमा चुलो बाल्नलाई
सधै  दुनियॉ  दारी  के  के  गर्नुपर्छ
दिनेश धामी, बझाङ 
हाल भारत ब्याङ्लोर

१२।मुक्तक
दिनहुॅ  बाडुल्की  नला अन्त्य हुनुपर्छ
तड्पिने यो श्रिङ्खला अन्त्य हुनुपर्छ
दुख्नलाई त प्यारी कयौ सुबिधा छन्
तिम्रो  यादको  हमला अन्त्य हुनुपर्छ
दिनेश धामी, बझाङ 
हाल भारत ब्याङ्लोर

१३।मुक्तक
जता हुन्छ गहिरो थाहा थियो
उतै जान्छ पहिरो थाहा थियो
चिच्याए गुहार मागे फेरि पनि
ईस्वर हुन्छ बहिरो थाहा थियो
दिनेश धामी, बझाङ 
हाल भारत ब्याङ्लोर

१४।मुक्तक
उनै लडाउछन् जो जो आफ्ना लाग्छन्
यी नाता  गोताहरु  सबै झुटा लाग्छन्
त्यसैले तिमिलाई गुमाउन मनछ प्रिया
गुमायकै चिजहरु अति प्यारा लाग्छन्
दिनेश धामी, बझाङ 
हाल भारत ब्याङ्लोर

१५।मुक्तक
कतै हेर  आकाश छुने महल छन्
कतै गल्लि  गल्लिमा पागल छन्
यसरि बॉचेका छन् शहरमा मान्छे
न  शरिरमा  लुगा  न  चप्पल छन्
दिनेश धामी, बझाङ 
हाल भारत ब्याङ्लोर

१६।मुक्तक
उतै भॉसिन्छ दुलो हुन्छ
जहॉ माटो खुकुलो हुन्छ 
ढुङ्गा इस्वर  बन्दा बुझे
सहनसिल्तानै ठुलो हुन्छ
दिनेश धामी, बझाङ 
हाल भारत ब्याङ्लोर

१७।मुक्तक
याद  आयो हर घडी  याद आयो
बझाङ अछाम बैतडी याद आयो
भन्न सक्दिन म परदेश पसे पछि
प्रिया यॉ देश कुन् बढि याद आयो
दिनेश धामी, बझाङ 
हाल भारत ब्याङ्लोर

१८।मुक्तक
सपना बटुलि  हिडेकोछु आज
आफैलाई भुलि हिडेकोछु आज
खै केले हो केले मनै पोलेकोछ
हिड्नलाई हिम्चुलि हिडेकोछु आज
दिनेश धामी, बझाङ 
हाल भारत ब्याङ्लोर

१९।मुक्तक
न  कहिल्य  केहि अवसर आयो
आयो अभाब मात्रै सधैभर आयो
आधा जिन्दगी बितेको पत्तै पाइॅन
न सिॅङ आयो नुुत पुच्छर आयो
दिनेश धामी, बझाङ 
हाल भारत ब्याङ्लोर

२०।मुक्तक
पिडा अनि  चोट  फरक कसरि  बनायौ
फूल अनि  बोट फरक   कसरि  बनायौ
अरे  भगवान  तिमीले  प्रत्यक मान्छेको  
छुटा छुट्टै बनावोट फरक कसरि बनायौ
दिनेश धामी, बझाङ 
हाल भारत ब्याङ्लोर

२१।मुक्तक
साएद भएर पनि  मानिस गरिएन
कसैको रिस कसैको खिस गरिएन
जिन्दगिको अर्को नाम संघर्ष रहेछ
कहिले पनि बुझ्ने कोसिस गरिएन
दिनेश धामी, बझाङ 
हाल भारत ब्याङ्लोर

२२।मुक्तक
ढिलै  होला  हजुर  फर्केर आउनेछु
आफ्नै प्यारो सुधुर फर्केर आउनेछु
क्यैगरि मरे भने मनबुझाऊ पियारी
बॉची   रहे  जरुर  फर्केर   आउनेछु
दिनेश धामी, बझाङ 
हाल भारत ब्याङ्लोर

२३।मुक्तक
चाहे जति सके जति,,जे माग्छौ माग
भई दिऊॅला सहमति,,जे माग्छौ माग
सधै पुरुषकै दोष नदेखाऊ नारीहरू 
तिम्रै त छ रास्ट्रपति,,जे माग्छौ माग।
दिनेश धामी, बझाङ 
हाल भारत ब्याङ्लोर

२४।मुक्तक
जो कोहिलाई आजकल स्वागतकालागी
नभई  हुदैन रोतो जल  स्वागतकालागी
मेरो  प्युने  बानिले यति  चर्चा पायो कि
उभिन्छन् स्वयम बोतल स्वागतकालागी
दिनेश धामी, बझाङ 
हाल भारत ब्याङ्लोर

२५।मुक्तक
शिशिर अनि बसन्त आउदा घरगॉउमा
न्याउली कोईली गित गाउदा घरगॉउमा
कसरि मन बुझाउदिहुन् उता पियारीले
बिरहको मौसम सधै छाउदा घरगॉउमा
दिनेश धामी, बझाङ 
हाल भारत ब्याङ्लोर

२६।मुक्तक
समाजमा  परिवर्तन  ल्याउनु  पर्छ
गाऊॅ  बस्तिका  दुुख सुनाउनु पर्छ
थोरै  लेुख  राम्रो  लेुख  लेखकहरु 
तिम्रो लेख पढ्नेले ज्ञान पाउनु पर्छ
दिनेश धामी, बझाङ 
हाल भारत ब्याङ्लोर

२७।मुक्तक
चार  हरप लेखि  प्रचार नगर
यै हो मुक्तक भनि प्रचार नगर
सृजना शन्तान हुन् माया गरौ
बलत्कार  गरि   प्रचार  नगर

२८।मुक्तक
हेर्छन् रत  मनको आॅखाले छोराछोरी
सधै सानै देख्छन् आमाबाले छोराछोरी
फर्कि आउदा  आफ्नै गुॅड बिर्सिने गरेर 
प्वॉख लागे पछि उडिहाले छोराछोरी
दिनेश धामी, बझाङ 
हाल भारत ब्याङ्लोर

२९।मुक्तक
खेत बारिले पुग्या भए घरकाले पुग्या भए
आटो खान फाटो लाउन पैॅसाले पुग्या भए
मलाई  पनि  बिदेशिन  रहर  कहॉ  थियो
आफ्नै देशमा गरिखान मजाले पुग्या भए।।
दिनेश धामी, बझाङ 
हाल भारत ब्याङ्लोर

३०।मुक्तक
कि नभैदिए हुन्थ्यो आॅखा पनि कानपनि
भाको छरे उता देशमा ठुलै नोक्सान पनि
कस्लाई गुहार मागुॅ कस्लाई  बचाऊ भनु
घरबार  बिहिन भएका छन् भगवान पनि
दिनेश धामी, बझाङ 
हाल भारत ब्याङ्लोर

३१।मुक्तक
गाउॅका गोठाला  सॅग  खेल्ने मान्छे
अनि डोका डाला  सॅग खेल्ने मान्छे
राजनितिको घृणित  खेल मन पर्दैन
मुत कुटा कोदाला सॅग खेल्ने मान्छे
दिनेश धामी, बझाङ 
हाल भारत ब्याङ्लोर

३२।मुक्तक
छुट्नेहरु भन्छन् पीडा अधिक हुन्छ
हुुन त बिछोडकै कथा मार्मिक हुन्छ
दुई दिनलाई हो भने त लाउदै नलाउ
झुटो माया सानू नलाकै ठिक हुन्छ।
दिनेश धामी, बझाङ 
हाल भारत ब्याङ्लोर

३३।मुक्तक
कति छ मन्मा जलन थाहा नपाउन्
आफ्नाहरुले त  झन थाहा नपाउन्
अश्रु झरोस बरु पीडा पखालियोस 
तर  कहिल्यै दुस्मन थाहा  नपाउन्
दिनेश धामी, बझाङ 
हाल भारत ब्याङ्लोर

३४ ।मुक्तक
बॉचि रहे सम्म ज्यान सकिदैन
नपुगे  सम्म  चिहान  सकिदैन
बॉडी रहनुहोस झन् झन् बढ्छ
बॉडेर  कहिल्यै  ज्ञान सकिदैन
दिनेश धामी, बझाङ 
हाल भारत ब्याङ्लोर

३५।मुक्तक
सधै सॉझ सॉझ  पियो हिड्यो
भएको  पैसा  फालियो हिड्यो
असर पर्ने त परिवारलाई न हो
सराबिलाई के मात्तियो हिड्यो
दिनेश धामी, बझाङ 
हाल भारत ब्याङ्लोर

Note :
Copyrights of Above Muktaks are reserved with Writer

मुक्तककार उत्तर कुमार साहुका ९ नाैं मुकतकहरू (9 Muktaks by Uttar Kumar Sahu) -28-06-2016

NepaliTalim | 1:05:00 PM | 0 comments
उत्तर कुमार साहु
मुक्तककार उत्तर कुमार साहुका केही मुक्तकहरू  लिएर अाएका छाैं ।
१.मुक्तक
उसको मायाको सुन्दर घर हुदाहुदै पनि ।
बाच्ने आस मनमा अक्सर हुदाहुदै पनि ।
नियतिले ठगेपछी कस्को के नै लाग्छ र ,
मर्यो बाउ आफ्नै छोरा डक्टर हुदाहुदै पनि
उत्तर कुमार साहु

२..मुक्तक
म जुनिभरी उनकै पछि लाँए भने के गर्नुहुन्छ ?
अनि उ बाट चोखो माया लगाँए भने के गर्नुहुन्छ ?
तपाई हामीलाई एक हुन दिन्न भन्नुहुन्छ सधै ,
साच्चै तपाईकी छोरी भगाँए भने के गर्नुहुन्छ ?
उत्तर कुमार साहु

३.मुक्तक
यो तन हजुरलाई , यो मन हजुरलाई ।
लाउनेछैन कहिल्यै नमिठो वचन हजुरलाई ।
पहिले साथ दियर त हेर्नुहोस एकचोटी ,
अनि सुम्पिदिन्छु छु यो जीवन हजुरलाई ।
उत्तर कुमार साहु

४.मुक्तक
कत्तिका सपना सिसाजस्तै फुटेको देखेको छु ।
अनि कत्तीको प्रेम सम्बन्ध टुटेको देखेको छु ।
अरे तिमी हाम्रो माया अजम्बरी हुन्छ भन्छौ
मैले मुना–मदनको त माया छुटेको देखेको छु ।
उत्तर कुमार साहु

५.मुक्तक
पढेलेख्या केही कुरा जान्ने हुनु पर्यो ।
कुन राम्रो कुन नराम्रो छान्ने हुनु पर्यो ।
हो मलाई यस्तै जिवनसाथी चाहिएको
मैले भन्या हरेक कुरा मान्ने हुनु पर्यो ।
उत्तर कुमार साहु

६.मुक्तक
मेरो कारण तिम्रो घरमा बवाल भयो रे ।
अनि हाम्रो माया छुटाउने चाल भयो रे ।
छुटेपछि माया , टुटेपछि सम्बन्ध हाम्रो
तिम्रो आखामा आशुको ताल भयो रे ।
उत्तर कुमार साहु

७.मुक्तक
मेरो माया अन्तै सार्छु भन्छौ रे , साच्चै होला कि रु
मलाई घर न घाटको पार्छु भन्छौ रे , साच्चै होला कि रु
अरे आजभोली छुटेको छ सम्बन्ध थाहा हुदाहुदै पनि ,
उसलाई भुल्दे नत्र मार्छु भन्छौ रे , साच्चै होला कि ?
उत्तर कुमार साहु

८.मुक्तक
दुधको दुध बनाउनु छ, पानीको पानी बनाउनु छ ।
केहि अन्जानमै त केहि जानी जानी बनाउनु छ ।
जसले हाम्रो यो चोखो मायालाई छुटाउन खोज्छ
हो कसम त्यसलाई जलाएर खरानी बनाउनु छ ।
उत्तर कुमार साहु

९.मुक्तक
बन्दुक बनाउछु भन्छे ,उसले बम बनाउछु भन्छे ।
यता छोडि उता माया धमाधम बनाउछु भन्छे ।
यस्तै भनेर खुब धम्की दिन थालेकी छ अचेल ,
उसले अब म प्रतिको माया कम बनाउछु भन्छे ।
उत्तर कुमार साहु
कार्यक्रम प्रस्तोता मुक्तक डायरी ,
लोक लहरी र प्राविधीक
रेडियो राप्ती एफ.एम सल्यान

Note : Copyrights of Above All Muktak are reserved with Writer 

सुशील पराजुली सुशील बा का ८ अाठ मुक्तकहरू (8 Eight Muktaks by Sushil Parajuli 'Sushil Ba') - 28-06-2016

NepaliTalim | 12:25:00 AM | 0 comments
१.मुक्तक
राम जस्ता छन अनि रावण जस्ता छन
मेरो देशका रक्षक विभिषण जस्ता छन
सर्बसाधरण शकुनि र युदिस्ठिर बन्छन्
नेपाली भुमिमा यि उदाहरण जस्ता छन
सुशील पराजुली सुशील बा
कपिलवस्तु - ईमिलिया
मरुभूमि को छाती
दोहा कतार बाट
नोट - विभिषण लाई देश द्रोही भनिन्छ

२.मुक्तक
मन पठाउन पाए धड्कन पठाउन पाए
सुन्दर हुन्थ्यो जीवन फर्की तिमी आए
मुटु झिकी मुटुको ठाउँमा राखी दिन्थे,
साच्चै तिम्ले म सँग चोखो माया लाए
सुशील पराजुली सुशील बा
कपिलवस्तु- ईमिलिया
हाल- मरुभूमि को छाती
दोहा कतार बाट

३.मुक्तक
खुले'आम समयले सधैं पहिचान माग्छ मेरो
समाजले ईज्जत्,युद्धले बलिदान माग्छ मेरो
यि उल्झनहरु कसरी सुल्झाउनु जिन्दगिको,
जहाँ जहाँ जान्छु त्यहाँ सावधान माग्छ मेरो
सुशील पराजुली सुशील बा
कपिलवस्तु ईमिलिया
हाल- मरुभूमि को छाती
दोहा कतार बाट
२०७३/०२/३१ गते

४.मुक्तक
ज्ञान के हो एउटा ज्ञानिलाई सोधेँ हुन्छ
र जवानी के हो जवानिलाई सोधेँ हुन्छ
पाउनु हुनेछ उत्तर, अवस्य मेरो प्रश्नको,
बिछोडको पिडा सिरानिलाई सोधेँ हुन्छ
सुशील पराजुली सुशील बा
कपिलवस्तु - ईमिलिया
हाल-मरुभूमि को छाती
दोहा कतार बाट

५.मुक्तक
जिन्दगी संघर्ष होईन उपहार हो
सबैले बाच्न पाउने अधिकार हो
मत चिन्तित छु यो दुनियाँ देखेर,
दोषी मेरोअँखा हो कि निधार हो
सुशील पराजुली सुशील बा
कपिलवस्तु -ईमिलिया
हाल- मरुभूमि को छाती
दोहा कतार बाट

६.मुक्तक
मिल्छ भने मलाई प्यार पठाईदेउ
मेरी माया दोहा कतार पठाईदेउ
मकै भट्ट कोदो फापर गुन्द्रुक सँगै
अलिकति मुस्कान अचार पठाईदेउ
सुशील पराजुली सुशील बा
कपिलवस्तु -ईमिलिया
हाल-मरुभूमि को छाती
दोहा कतार बाट

७.मुक्तक
जिन्दगी न'वार देखिन्छ न'पार देखिन्छ
मान्छेको कस्तो कस्तो अनुहार देखिन्छ
जस्लाई म हेरी सक्दैन, सधैं घृणा लाग्छ
त्यसैको अनुहार किन बारम्बार देखिन्छ
सुशील पराजुली सुशील बा
कपिलवस्तु -ईमिलिया
हाल- मरुभूमि को छाती
दोहा कतार बाट

८.मुक्तक 
आज मिठो खाने हो राम्रो लगाउने हो
कस्लाई के थाहा भोलि कस्तो हुने हो
अजिब छ दुनियाँ जन्मे पछी मर्नै पर्छ
खुशी भै बाच्ने आशा लिई सधैं रुने हो
सुशील पराजुली सुशील बा
कपिलवस्तु -ईमिलिया
हाल- मरुभूमि को छाती
दोहा कतार बाट

Note : All Rights of above muktak are reserved with Writer 

एस.पि.असफल र गिता कार्कि बिच रचनाका पानाहरु नामक साहित्यिक ग्रुपमा भएको मुक्तक दोहोरी -09-06-2016

NepaliTalim | 4:34:00 PM | 0 comments
एस.पि.असफल र गिता कार्कि बिच रचनाका पानाहरु नामक साहित्यिक ग्रुपमा  भएको मुक्तक दोहोरी

एस.पि.असफल
अरु सँग बोल्दैमा किन तिमि आँखा तर्छेउ  ??
माया भए सिधै भन केलाई पछि सर्छेउ  ??
केही नभनि मनको कुरा कसरी म बुझु ??
माया नभए मेरो पछि किन तिमी पर्छेउ ??

गिता कार्कि
फूलको भाषालाई भवराले बुझ्नु पर्छ हेर
चोखो फूलले मनको देबता पुझ्नु पर्छ हेर
तिमी त भवरा हौ अनि छौ स्वतन्त्र सधै
हामी फूलले पानी झरिमा रुझ्नु पर्छ हेर

एसश.पि.असफल
मायाको फुल अन्तै फुलाएकि छौकि
अरुलाईनि मलाई झै भुलाएकि छौकि
खालि छड्के नजरले हेर्छेउ,मलाई हेर्ने
बाहानामा अन्तै नजर डुलाएकि छौकि

गिता कार्कि
तिमी सँगै जीवन काट्न गरु  भन्थे घरजम
तिमी सँगै यो मन साटी जिउछु भन्थे हरदम
आज तिमिले कालिको चरीत्रमा गर्यौ संका
अन्त माया प्रीती लाको  थिईन तिम्रै कसम

एस.पि.असफल
 माया बढि हुनाले होकि संका मात्रै लाग्छ
हरदम काली तिम्रो साँथ यो मनले माग्छ
यसपालि त घरबार जोड्नु पर्यो कालि
तेस पछि संका पनि आफै परपर भाग्छ

गिता कार्कि
तिम्रै लागि प्रीतिको फूल थियो कोपिला
संका गरेर दिलमा रोप्यौ  भाला  किला
आज सम्म काली थिई तिम्रै प्रतीक्षामा
तिमीले बन्द गर्यौ यो प्रीतको सिलसिला

एस.पि.असफल
फूल दिदा पनि ठान्छेउ  भाला र किला
 कसरी चल्छ यो मायाको सिलसिला
भैगोलिक दुरिले  फाटो आउँछ मायामा
छिटै घरजम गरै काली नगरौ भो ढिला

गिता कार्कि
मलाई आफ्नो बनाउ भन्दा मानेनौ पोहोर साल
यसपाली नि गफमै मस्त पार्ने होला तिम्रो चाल
खै कसरी बढ्ला माया घट्छ क्यारी संकाहरु
तिमी जाली बैगुनी छौ बुन्छौ खाली शब्द जाल

एस.पि.असफल
जे जे गल्ती भयो सबलाई पछि छोडेर
 जोडि ढुकुर भै बस्उ भो घरबार जोडेर
पछि फेरि एक अर्कालाई सम्झि रुनु पर्छ
आवेगको फैसलामा  पाईला अन्तै मोडेर

गिता कार्कि
आज पठाउ  लमी यता बिबहाको  कुरा लिई
अनि लगन जुराई आउ सिन्दुर पोते चुरा लिई
साथ देउ हात देउ अनि संका होइन माया देउ
नकाटे कोमल मुटु  यो घरवार पछि छुरा लिई

एस.पि.असफल
मेरो जस्तो माया अन्त खोजि पाहिदैन
आफौ आउछु माग्न कालि लमि चाहिदैन
स्याङ्जालि हु खरो कुरा गर्छु हेर काली
माया आफै हुन्छ लाउछु भनी लाहिदैन

गिता कार्कि
 म प्रती प्रेमको डोरि बाटेकै हो त अब
मन संग मन  तिम्रो साटेकै हो त अब
ल ल आए हुन्छ माग्न जुराएर साईत
गरौ घरजम  पक्का आटेकै हो त अब ??

एस.पि.असफल
यो मुटुको माझमा नै बसाएर राख्छु
सके सम्म तिमिलाई हसाएर राख्छु
चरि जस्तै भुर्र उडि जाने पो हौ कि
माछिझै मायाजालमा फसाएर राख्छु

गिता कार्कि
तिमी नै हौ मेरो जीवन अनि सास लाग्छ
यहि तिम्रो बोलिको त मलाई आस लाग्छ
आफ्नाहरु सारा दुस्मन बनेछ्न भने पनि
जिन्दगीमा  तिमी नै आफ्नो  खास लाग्छ

एस.पि.असफल
म माथिको आस तिम्रो मर्न दिने छैन
दुस्मन तिम्रो अघि पछि  पर्न दिने छैन
मायाको फुल फुलाई देखाउनु छ अब
फुल्नु अघि कोपिला मै झर्न दिने छैन

गिता कार्कि
पिरतिको साईनो चोखो नाता तिमीलाई
युगौयुग नमेटिने चोखो गाथा तिमीलाई
म प्रण गर्छु तिमी भुली अन्त फूल्ने छैन
तिम्रै सिरको छोई चोखो बाचा तिमीलाई

एस.पि.असफल
तिम्रो यादले सताउदा तिम्रै तस्बिर छुन्छु
तिम्रा मिठा कुरा सुनेर सधैं  खुसि हुन्छु
तिमिले झुटो सपना देखाएकि हौ कि सानु
म त कल्पनाको हाम्रो  सुन्दर ससार बुन्छु

गिता कार्कि
म रोए नि पलपल तिम्लाई रुन दिन्न
म एक्लि हौली तर तिम्लाई हुन दिन्न
मेरो बिस्वास गर तिमिले धोका हुदैन
म हुदा हुँदै तस्वीर तिम्लाई छुन दिन्न

एस.पि.असफल
सधैं साथ दिन्छु भनेउ खुसि भए म आज
तिम्रो हात माग्न आउछु छोडि काम काज
लमि अनि बाबालाई लिएर आउछु सानू
बाहिर निस्कि आदार गरे नमाने है लाज

गिता कार्कि
अब भनी  हाँसी खुसी  चल्छ जिन्दगानी।।
चोखो प्रीतको दिप बनी बल्छ जिन्दगानी।।
तिमी साथमा हुनेछौ हेर्दा शुभ बिउझिएर,,
अनि साझ तिम्रै साथमा ढल्छ जिन्दगानी।।

एस.पि.असफल
आएको छु  तिमिलाई लिन टाई सुट लाएर ।।
साह्रै खुसि छु म आज रोजेकि लाई पाएर  ।।
खुसियाली छाएको छ मेरा घरमा आज त
चेलिबेटी सबै नाच्दै  होलान्  रतौलिँ गाएर ।।


एस.पि.असफल  
  भाटखोला ९                          
  स्याङ्जा
बिरानो :मुलुक  
…………………………
गिता कार्की
न पा १५
सिन्धुली

उत्तर कुमार साहुका ४५ पैंतालिस मुक्तकहरू : (24-04-2016/2073-01-12) : 45- Muktaks by Uttar Kumar Sahu

NepaliTalim | 2:31:00 PM | 0 comments
उत्तर कुमार साहु
१.मुक्तक 
बन्दुक बनाउने रे । उसले बम बनाउने रे । 
यता छोडि उता माया धमाधम बनाउने रे ।
यस्तै भनेर खुब धम्की दिन थालेकी छ अचेल
उसले अब म प्रतिको माया कम बनाउने रे ।
उत्तर कुमार साहु
ठेगाना फलाबाङ ६ सल्यान

२.मुक्तक
मलाई सम्झी रुने दिन कसो नआउला र ?
आसुले सिरानी धुने दिन कसो नआउला र ?
खुब मेरा कुरा काट्दै हिड्छेउ रे आजभोलि ,,,,
हेर्छु तिमी एक्लै हुने दिन कसो नआउला र ?
उत्तर कुमार साहु
ठेगाना फलाबाङ ६ सल्यान

२..मुक्तक
ईमान हरायो यहा जमान हरायो १
र त आज मान–सम्मान हरायो ११
यस्तै भनेर खुब ।।रुन्छ्यौ रे तिमी
धेरै माया गर्ने त्यो बेईमान हरायो
उत्तर कुमार साहु
ठेगाना फलाबाङ ६ सल्यान

४.मुक्तक
तिमी बाट म टाढा, बनिदिय भने
अर्कैलाई आफ्नो, गनीदिय भने
तिमी के भनेर मन बुझाउछेउ
उसैसंग बिहे गर्छु, भनिदिय भने
उत्तर कुमार साहु
ठेगाना फलाबाङ ६ सल्यान

५..मुक्तक
मलाई जिउदो लास बनायर ।
उता अर्को मान्छे खास बनायर ।
तिमी धेरै खुसी छौ रे आजभोली 
यता मलाई भने निराश बनायर 
उत्तर कुमार साहु
ठेगाना फलाबाङ ६ सल्यान

६..मुक्तक
मेरो अस्तीत्वमा खोट दियर
आज मनभरी चोट दियर
गयकि छ उ छोडेर मलाई
सम्झन याद बेजोड दियर
उत्तर कुमार साहु
ठेगाना फलाबाङ ६ सल्यान

७..मुक्तक
म तारा अनि आफुलाई जुन ठान्दी रैछ
म पित्तल आफुलाई नम्बरी सुन ठान्दी रैछ
त्यसकै निम्ती सबैे त्यागी दिदा मैले ।।।।।
र आज आयर त्यहि बैगुन ठान्दी रैछ
उत्तर कुमार साहु
ठेगाना फलाबाङ ६ सल्यान

८..मुक्तक
हाम्रो समस्याको छिटो हल गरम यार
आउ बसेर धेरै छलछल गरम यार
कतिञ्जेल लुकिछिपी माया लगाउनु
बिहे गर्न घरमा पहल गरम यार
उत्तर कुमार साहु
ठेगाना फलाबाङ ६ सल्यान

९.मुक्तक
बिग्रेको सम्बन्ध ठिक बनाउनु छ ।
टाढीनेलाई फेरी नजिक बनाउनु छ ।
आज यो जिवन सुम्पीयर उसैलाई
मेरो दिलको मालीक बनाउनु छ ।
उत्तर कुमार साहु
ठेगाना फलाबाङ ६ सल्यान

१०.मुक्तक
भेटिन्छन, हजारौ कठोर दिल भेटिन्छन ।
आँखा मा र त आँसु टिलपिल भेटिन्छ्न
छोडेर गयकी थियौ नि तिमी त्यो बेलामा
हो आज मुटु भित्र तिनै खिल भेटिन्छन
उत्तर कुमार साहु
ठेगाना फलाबाङ ६ सल्यान

११..मुक्तक
आंधी भयौ भने हुरि भयौ भने ।
म अचानो तिमी खुकुरी भयौ भने ।
दया देखाउलान माया देखाउलान,
म नहुदा तिमी टुहुरी भयौ भने ।
उत्तर कुमार साहु
ठेगाना फलाबाङ ६ सल्यान

१२..मुक्तक
मेरो जस्तो तिम्रो मन नभएपछी ।
सम्झिनलाई मिठो वचन नभएपछि ।
अरे तिमी कसरी आफ्नो भन्छौ मलाई
यदि दुई मुटु एक धड्कन नभएपछी ।
उत्तर कुमार साहु
ठेगाना फलाबाङ ६ सल्यान

१३..मुक्तक
तिमीले घरीघरी त्यै कुरा गछ्यौ ।
कसम मनपरी त्यै कुरा गछ्यौ ।।
आप्mनै अडान राखी माथी गयर,
अझै तल नझरी त्यै कुरा गछ्यौ ।।
उत्तर कुमार साहु
ठेगाना फलाबाङ ६ सल्यान

१४..मुक्तक
भगवानले नै ठगेको जस्तो लाग्छ
सुखिहरु सबै लगेको जस्तो लाग्छ
बर्षातमा आउने त्यो भेललाई हेर्दा,
कसम मेरै आशु बगेको जस्तो लाग्छ
उत्तर कुमार साहु
ठेगाना फलाबाङ ६ सल्यान

१५..मुक्तक
न वार बनाउछ्यौ तिमीले न पार बनाउछ्यौ
यो चालले सपना कसरी साकार बनाउछ्यौ
यसरी तिमीलाई पर्खियर बसे भने पछिसम्म
लाग्छ एकदिन मायाको हाहाकार बनाउछ्यौ
उत्तर कुमार साहु
ठेगाना फलाबाङ ६ सल्यान

१६.मुक्तक
फुल्दा–फुल्दै ओईलियर झरे भने के गर्छौ ।
तिमीलाई रुवाउने काम गरे भने के गर्छौ ।
अरे तिमी कहिल्यै टाढा हुन दिन्न भन्छ्यौ,
भन यदि म यत्तिकै मा मरे भने के गर्छौ ।
उत्तर कुमार साहु
ठेगाना फलाबाङ ६ सल्यान

१७..मुक्तक
आजकल आफ्नैको भर हुन्न भन्छन् ।
आफुले सोचे जस्तो घर हुन्न भन्छन् ।
कहिले माया अनि कहिले झगडा हुन्छ ,
सधै एकैनास को प्रहर हुन्न भन्छन् ।
उत्तर कुमार साहु
ठेगाना फलाबाङ ६ सल्यान

१८..मुक्तक
तिमीलाई मन पराउथे , थाहा हुदा–हुदै पनि ।
केहि भन्न पनि डराउथे, थाहा हुदा–हुदै पनि ।
तिमीले त मेरो माया नबुझेरै गईहाल्यौ नि...
सधै तिम्रै मायामा हराउथे, थाहा हुदा–हुदै पनि
उत्तर कुमार साहु
ठेगाना फलाबाङ ६ सल्यान

१९..मुक्तक
तिमी संग जिवन जिउने रहर गर्दिन ।
वाध्य बनाउला तर पनि कर गर्दिन ।।
जमानासंगै चल्नु पर्छ भन्छन,, त्यसैले
सुनको सिक्री नभई स्वयम्बर गर्दिन ।।।
उत्तर कुमार साहु
ठेगाना फलाबाङ ६ सल्यान

२०..मुक्तक
जुन भुलेर तारा भुलेर ।
यो दुनिया सारा भुलेर ।
नरिसाउदै बस्नु पर्छ तिमी 
मेरो लफङगा पारा भुलेर
उत्तर कुमार साहु
ठेगाना फलाबाङ ६ सल्यान

२१..मुक्तक
तिमी र म एक थियौ कुनै जमानामा
छोड्यौ आज मलाई अनेक बहानामा 
पहिले त खुब तिमी मेरै हो भन्थेउ नि
अहिले परिन जस्तो छ है चाहानामा
उत्तर कुमार साहु
ठेगाना फलाबाङ ६ सल्यान

२२..मुक्तक
म तिम्रो आसपास हुनेछु ।
जिवनभर तिम्रै खास हुनेछु ।
दिएपछि धोका तिमिले,
हुनेछु पक्कै मसान घाट हुनेछु ।
उत्तर कुमार साहु
ठेगाना फलाबाङ ६ सल्यान

२३..मुक्तक
ओइ तिमिलाई मन पराएको धेरै भैसक्यो ।
मन पराएर भन्न डराएको धेरै भैसक्यो ।
हुन्छ भने हुन्छ भन नत्र अन्तै try गर्छु ,
घरमा बिहे गर भनी कराएको धेरै भैसक्यो ।
उत्तर कुमार साहु
ठेगाना फलाबाङ ६ सल्यान

२४..मुक्तक
ओई काली तिम्रो मेरो घर हुदैन होला
तिम्रो नाम पछी मेरो थर हुदैन होला 
घरमा बाउ आमाले अर्कै केटी रोजी सके रे।।।
त्यसैले तिमीसंग बिहे सकभर हुदैन होला
उत्तर कुमार साहु
ठेगाना फलाबाङ ६ सल्यान

२५..मुक्तक
आउछन् मनमा,हुरि चलाएर जान्छन ।
शब्द(शब्द मा छुरी चलाएर जान्छन् ।
पहिले मायाको नाटक गर्छन् अनि,
पछि उसैलाई खुकुरी चलाएर जान्छन् ।
उत्तर कुमार साहु
ठेगाना फलाबाङ ६ सल्यान

२६..मुक्तक
हुनेछ अनौठो अनि चर्को घाम हुनेछ ।
सबको मुखमा त्यो दिन रामराम हुनेछ
गर्नेछन चिरफार मलाई अस्पताल लियर
चिहायर हेर्नू मुटुमा, तिम्रो नाम हुनेछ ।
उत्तर कुमार साहु
ठेगाना फलाबाङ ६ सल्यान

२७..मुक्तक
तिम्रो मेरो एउटै मन बनाउला ।
दुई मुटु एक धड्कन बनाउला।
पहिले साथ दियर त हेर प्रीय।
साच्ची फरक जीवन बनाउला ।
उत्तर कुमार साहु
ठेगाना फलाबाङ ६ सल्यान

२८..मुक्तक
मलाई मेरै दोधारे मनले बिगार्यो ।
अनि यो प्यारो बचपनले बिगार्यो ।
पहिले हासो खुसी हुन्थ्यो मनभरी,
आज लथालिङ्ग जिवनले बिगार्यो ।
उत्तर कुमार साहु
ठेगाना फलाबाङ ६ सल्यान

२९..मुक्तक
तिम्रो मायाको मलाई अब अभाब हुने छैन ।
तिमीलाई सम्झीयर बस्नुपर्ने दबाव हुने छैन ।।
किनकी तिम्रो जिवनदेखी धेरै टाढा जादै छु म
पक्कै त्यो ठाउमा तिम्रो मायाको प्रभाब हुने छैन ।।।
उत्तर कुमार साहु
ठेगाना फलाबाङ ६ सल्यान

३०..मुक्तक
लान्न लान्न भन्थे माया कर गर्यौ तिमीले
मै संग जिवन विताउने रहर गर्यौ तिमीले
खै कोले मेरो बारे नानाथरी कुरा लगाई दिदा
आजभोली छोड्ने कुरा हरप्रहर गर्यौ तिमीले
उत्तर कुमार साहु
ठेगाना फलाबाङ ६ सल्यान

३१.मुक्तक
मैले कसैसंग चोखो माया लाको थिए ।
उसकै पछि मठमन्दिर पनि धाको थिए ।
खै के कुरा मिलेन र रुरु छोडिन उनिले ,
जिवनभर उनकै हुने कसम खाको थिए ।
उत्तर कुमार साहु
ठेगाना फलाबाङ ६ सल्यान

३२.मुक्तक
मलाई तिम्रो कत्ती आस लाग्दैन ।
किनकी तिम्रो बिस्वास लाग्दैन ।
भन्न त भन्छेउ म तिम्रै हो भनेर ,
सांच्ची तिमी मेरो मान्छे खास लाग्दैन
उत्तर कुमार साहु
ठेगाना फलाबाङ ६ सल्यान

३३.मुक्तक
म सोच्दै छु मेरो भविष्य के होला
म खोज्दै छु मेरो भविष्य के होला 
थाहा छैन जानेर हो या अन्जानै मा 
म रोज्दै छु तिमि भविस्य के होला 
उत्तर कुमार साहु
ठेगाना फलाबाङ ६ सल्यान

३४.मुक्तक
दुबैको एउटै मन बनाउला ।
हांसो खुसी झन बनाउला ।
तिमिले साथ दिएर त हेर ,
सांचि फरक जीवन बनाउला ।
उत्तर कुमार साहु
ठेगाना फलाबाङ ६ सल्यान

३५.मुक्तक
तिमिले किन बेईमानी गर्दै छौ रु
जानी हो या नजानी गर्दै छौ रुरु
माया गर्छु भनेकै त छु नि मैले ,
बिहे गर्न किन आनाकानी गर्दै छौ
उत्तर कुमार साहु
ठेगाना फलाबाङ ६ सल्यान

३६.मुक्तक
तिमिले भनेका सबै कुरा मान्न आतुर छु 
किन खोज्दै छौ छोड्न जान्न आतुर छु 
सोच्या जस्तो मान्छे नभाको भए म यदि
सुधृएर तिमिलाई आफ्नै ठान्न आतुर छु
उत्तर कुमार साहु
ठेगाना फलाबाङ ६ सल्यान

३७.मुक्तक
केटिले हामिलाई फसाउन चाहान्छ्न रे 
आफ्नै इसारा मा नचाउन चाहान्छ्न रे 
मुखमा रामराम बगलिमा छुरा भने झै ,
मन नमिल्दा ,भाला धसाउन चाहान्छ्न रे
उत्तर कुमार साहु
ठेगाना फलाबाङ ६ सल्यान

३८.मुक्तक
सुन्दर डाडापाखा घुम्न मन छ मलाई
सल्यानी सस्कृतिमै झुम्न मन छ मलाई
कहिले त सोच पनि के के आउँछ के के
उडेर नै चन्द्रमा चुम्न मन छ मलाई
उत्तर कुमार साहु
ठेगाना फलाबाङ ६ सल्यान

३९.मुक्तक
प्वाल परेको घरको छानो टाल्छु भनेर।
अनि बजारमा नया घर हाल्छु भनेर 
बिदेश जाने बिचार गरेको थिय मैले नि 
तिमिलाई सुख सङ पाल्छु भनेर । 
उत्तर कुमार साहु
ठेगाना फलाबाङ ६ सल्यान

४०.मुक्तक
आवेशमा आयर गल्ती गरीएछ
तिम्रो पछी धायर गल्ती गरीएछ
आफुसंगका साथीहरु कहाँ पुगीसके
तिमीसंग माया लायर गल्ती गरीएछ
उत्तर कुमार साहु
ठेगाना फलाबाङ ६ सल्यान

४१.मुक्तक
खै तिमीलाई मनाउन सकिदै सकियन
भनौ आफ्नो बनाउन सकिदै सकियन
कर गरी घरकाले अन्तै बिहे गरीदिय
र तिमीलाई जनाउन सकिदै सकियन
उत्तर कुमार साहु
ठेगाना फलाबाङ ६ सल्यान

४२.मुक्तक
जिवन जिउने आधार दिन्छु तिमीलाई
सच्चा निश्चल प्यार दिन्छु तिमीलाई
जस्तो सुकै आई परे पनि परीस्थीती ,
मैले साथ ... हरबार दिन्छु तिमीलाई
उत्तर कुमार साहु
ठेगाना फलाबाङ ६ सल्यान

४३.मुक्तक
मेरो बारे सोध्दा गाली गछ्यौ अरे
आजभोली कुरा पनि जाली गछ्यौ अरे
केहि समय म टाढा हुदा यस्तो सुने
तिमीले त बिहे यसपाली गछ्यौ अरे
उत्तर कुमार साहु
ठेगाना फलाबाङ ६ सल्यान

४४.मुक्तक
छोड्यौ अनि पिउने बनायौ ।
मदिरामै जीवन जिउने बनायौ ।
धुजा धुजा पारेर गयौ नि मुटु ,
र मलाई एक्लै सिउने बनायौ ।
उत्तर कुमार साहु
ठेगाना फलाबाङ ६ सल्यान

४५.मुक्तक
म भात पकाउछु, तिमी तरकारी पकाउली 
म ठुस्स परि रिसाउदा, मलाई फकाउली 
यस्तै यस्तै गरि जीवन बिताउला हामीले 
हरेक सुख दुख मा मलाई तिम्ले सघाउली 
नाम उत्तर कुमार साहु
ठेगाना फलाबाङ ६ सल्यान

Note : 
Copyright of the Above All Muktaks are reserved with Writer Uttar Kumar Sahu. Strictly Prohibited to Commercial Use. 

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger