Muktak Mala मुक्तक माला -192 (22-01-2017/2073-10-09) : Download

NepaliTalim | 5:35:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष 
मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती १०.१५ आईतबार 
(22-01-2017/2073-10-09) 
Facebook Page 


नमस्कार साथीहरु,
आज मिति 2073 माघ 09 गते तदनुसार 22-Jan 2017 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download

Download : Click Here to Download
Listen on YouTube

श्रृंखला 239 : वहकिने मन Bahakine Man (16-01-2017/2073-10-03) : Download

NepaliTalim | 1:52:00 PM | 0 comments
Thaha Sanchar Network Presents 
बहकिने मन BAHAKINE MAN -239
DATE  - 
(16-01-2017/2073-10-03)
Time : 9.15pm Every Monday 
Presenter :  Mahabir Bishwakarma
Facebook : Bahakine Man 
http://thahasanchar.com/ 

नमस्कार,

आज मिति 2073 माघ 03 तदनुसार 16-Jan-2017 सोमबारका दिन थाहा संचार मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन BAHAKINE MAN EPISODE 239 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)

Download : Click Here to Download
Listen on YouTube

Muktak Mala मुक्तक माला -191 (15-01-2017/2073-10-02) : Download

NepaliTalim | 5:31:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष 
मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती १०.१५ आईतबार 
 (15-01-2017/2073-10-02)
Facebook Page 


नमस्कार साथीहरु,
आज मिति 2073 माघ 02 गते तदनुसार 15-Jan 2017 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download

Download : Click Here to Download
Listen on YouTube

Muktak Mala मुक्तक माला -190 (08-01-2017/2073-09-24) : Download

NepaliTalim | 2:33:00 PM | 1comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष 
मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती १०.१५ आईतबार 
 (08-01-2017/2073-09-24) 
Facebook Page 


नमस्कार साथीहरु,
आज मिति 2073 
पौष 24 गते तदनुसार 09-Jan 2017 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download

Download : Click Here to Download
Listen on YouTube

श्रृंखला 238 : वहकिने मन Bahakine Man (09-01-2017/2073-09-25) : Download

NepaliTalim | 2:56:00 PM | 0 comments
Thaha Sanchar Network Presents 
बहकिने मन BAHAKINE MAN -237
DATE  - 
(09-01-2017/2073-09-25)
Time : 9.15pm Every Monday 
Presenter :  Mahabir Bishwakarma
Facebook : Bahakine Man 
http://thahasanchar.com/ 

गायक यम बराल सँगको कुराकानी बिशेष

नमस्कार,

आज मिति 2073 पाैष 25 तदनुसार 09-Jan-2017 सोमबारका दिन थाहा संचार मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन BAHAKINE MAN EPISODE 238 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)

Download : Click Here to Download
Listen on YouTube

गजलकार सुदिप डल्लाकोटीका ५ गजलहरू (5 Ghazals by Sudip Dallakoti)-09-01-2017

NepaliTalim | 1:14:00 PM | 0 comments
१.गजल
अरे यार समयले मलाई नाना थरी बनायो!!
कहिले रुने कहिले हास्ने घरी घरी बनायो!!

म यसरी चाडै नै बदलिने मान्छे हुँदै होईन!! 
एउटा प्रेम रोगले मलाई मन परि बनायो!!!

लाग्छ मेरा आँखामा अतितहरु मडारिदै छ!
बिना मौसम आँखा बाट झर्ने झरी बनायो!!

सबै कुरा भुल्न सक्छु,सकिन तिम्रा यादहरु!
भुल्नै पर्ने अतितहरु यार अजम्बरी बनायो!!

प्रेम ठानेर मैले सबै कुरा सुम्पिदै गए पछि!!
अरे यार मलाई घर न घाटको यसरी बनायो
सुदिप डल्लाकोटी
भन्डारा,चितवन

२.गजल
चल्न त समय आफ्नै रफ्तारमा चलेको छ!!
कोहि बिस्वासमा कोहि प्यारमा चलेको छ!!

जुन दिन देखि मैले जिन्दगी जिउन नै बिर्से!!
तेहि दिन बाट जीवन अन्धकारमा चलेको छ!

आत्मा हत्या गर्न धेरै चोटि प्रयास गरेकै हो!
सकिएन मर्न, जीवन उपहारमा चलेको छ!!

भाबिले बिर्से छैटौ दिन जिन्दगी लेख्नलाई!!
भाग्य बिहिन यो खाली निधारमा चलेको छ!
सुदिप डल्लाकोटि
भन्डारा,चितवन

३.गजल
प्रेम गर्ने मैले तेस्तो कुनै आधार भेटिन!!
अरे यार आफ्नै सुहाउदो संसार भेटिन!

प्रेम गर्नु भन्दा पासो लगाउन ठिक बरु!
जीवन जिउन पर्ने खास बिचार भेटिन!!

अरे जिन्दगी जिउन तेहि दिन देखि बिर्से!
खोज्दा खोज्दै जिन्दगीको किनार भेटिन!

जस्को लागि मैले आफ्नो बा आमा भुले!
उसैको मनमा थोरै भए पनि प्यार भेटिन!
सुदिप डल्लाकोटी
भन्डारा,चितवन

४.गजल
मन भित्र पीडा भए पनि मुस्काउन पर्ने!!
अरे यार जिन्दगी यसरि नै चलाउन पर्ने!!

यो मनमा के छ, कसैले बुझिदिएन पनि!!
आफू रोएर भएनी अरुलाई हसाउन पर्ने!

बिगत छ म सग, म कसरी भुल्न सक्छु!!
पराईलाई नै आफ्नो भनी सजाउन पर्ने!!

यादहरु खोइ किन हो,अझै पनि आउँछ!
अरे बिगत लिएर सधै सधै निदाउन पर्ने!!
सुदिप डल्लाकोटी
भन्डारा,चितवन

५.गजल
जब सम्म मेरो यो शरीरमा सास रहिरहन्छ!
तब सम्म तिम्रा यादहरु बिन्दास रहिरहन्छ!

मानिसको मन बदलिन समय लाग्दैन पनि!
त्येसैले तिमी आउछौ भन्ने आस रहिरहन्छ!

तिमी छौ र म छु भरोसा यहि एउटा लाग्छ!
अरे यार धर्ती रहुन्जेल आकाश रहिरहन्छ!

म मर्न सक्छु होला तर मेरो मन मर्दैन पनि!
तिमिले दिएको चोटको आभास रहिरहन्छ!
सुदिप डल्लाकोटी
भन्डारा,चितवन

Note : Copyright Owned by Writer 

कथाकार अजित क्षेत्रीको कथा -पटाक्षेप (Story 'Patakshep by Ajit Chhetri) - 09-01-2017

NepaliTalim | 12:58:00 PM | 0 comments
कथा -पटाक्षेप
कथाकार -अजित क्षेत्री
प्रकाशन मिति - 09-01-2017

उमेरले बैंशको फूल फुलाउन नपाउँदै उसको बिहे भयो ।

भर्खरै कोपीला लागेको आरुको फूल जस्तै थिई, सलक्कको जीऊ । उमेर पुग्नु अगाबै अंगहरू भरिएर आए । जता जान्थी उतै भमरा पछि लाग्थे । तर ऊ बेखबर थिई, फक्रिन लागेको आफ्नो जवानीको बास्ना डाँडा पारिसम्म पुगेछ । एकदिन भारतीय सेनामा कार्यरत युवक माग्न आए । कुराकानी मिल्यो र अन्ततः सामान्य रीतले बिहे पनि भयो । पुतली झैं बाबुआमाको काखमा हुर्किँदै गरेकी मैना अब दुई डाँडा पारीको बिल्कुलै नौलो परिवेशमा नयाँ घरमा बुहारी बनी ।

भारतीय सेनामा कार्यरत लालबहादुरको यो दोस्रो छुट्टी थियो । ईष्टमित्र र बाबुआमाले मैना फूल जस्ती छ भने । त्यो फुललाई आफ्नो घरमा सजाउन पाए घरै सुन्दर हुन्छ भने । लालबहादुर पनि लठ्ठियो, देख्यो मैना साँच्चीकै फूल जस्ती छ, गोरी छ, अग्ली छ, शर्मिली छ, लच्छिनकी छ । लोग्ने मानिस भमरा हुन् । लालबहादुर झन् तिर्खाएको भमरा । उसले मैनालाई बिहे गर्यो, तिर्खा मेट्यो ।

भारतीय आर्मी, त्यसमाथि भर्खरै बिहे भएको ! दुई महिनाको उसको छुट्टी घर- ससुराली गर्दैमा बित्यो । मैनाले लाहुरे पतिलाई खुब रत्याई आफू पनि रत्यिई ।

दुई महिनाको छुट्टी पनि सकियो । परदेश जाने अघिल्लो रात मैना पनि निदाउन सकिन लालबहादुर पनि । एक अर्काको हातको सिरानी गरेर दुवैले बिछोडको आँसु झारे । प्रणयको मिठो मधुमासमा कतै हुरीले लछारे जस्तो भयो । रोएरै उज्यालो भयो ।

उज्यालो भयो । बाबुआमाले रातो टीका निधारै भरी लगाएर आशीर्वाद दिए । मैनाले पतिलाई बिदाइ ढोग दिई । लाहुरे घरबाट निस्क्यो । मैनाको मन अमिलो भयो, मुटुमा किला रोपे सरी भयो । ढोका थुनेर धेरैबेर रोई । बाबु आमाले पनि दुई थोपा आँसु झारे ।

लालबहादुरले डाँडा पार नहुन्जेल घरतर्फ फर्किफर्कि हेर्यो । उसलाई लाग्थ्यो उसकी प्राणप्यारी आँसु बगाउँदै उसको पिछा गरिरहेकी छ । बस स्टेसन आयो, बस चढ्यो, सुनौली पुग्यो । सुनौलीबाट गोरखपुर अनि गोरखपुरबाट रेलको सफर । केही घण्टा अघिसम्म आफ्नै घर आँगनमा रमाएको ऊ, अहिले परदेशको भूमिमा परदेशी भएको छ ।

अघिल्लो दिन ऊ पल्टनमा हाजिर भयो । भर्खर बिहे गरेर ल्याएकी पुतली जस्ती पत्नीलाई छोडेर आउनु पर्दा कहिलेकाहीँ उसको मन अमिलो हुन्थ्यो । पल्टनमा अरू साथीहरूले कस्ती छन् तेरी बुढी भनी सोध्दा पुतली जस्तै छिन् भन्थ्यो ।

यता मैनालाई पनि परदेशी पतिको खुब याद आइरह्यो । भर्खरै पिरतीको रस बस्न लागेको बेला उसको मालीले उसलाई छाडेर गएको थियो । जानेबेलामा लालबहादुरले चिठ्ठी पठाउने ठेगाना दिएर गएको थियो । मैनाले महिनै पिच्छे आफ्नो खसमलाई मनको बह पोखेर चिठ्ठी पठाउँथी । लालबहादुर पनि आफ्नी पुतलीलाई बराबर चिठ्ठीको जवाफ पठाउँथ्यो ।

समय बितेको पत्तै भएन । लाहुर गएको वर्षदिन पुगिसकेछ । लालबहादुर छुट्टि आयो । मैना अनि पुरै परिवारमा फेरि खुशी छायो ।

घरको एउटा मात्रै छोरा थियो लालबहादुर । ऊ लाहुर गएपनि घरमा बुहारी भएकाले उसका बाबुआमालाई घरमा छोराको अनुपस्थितिको कहिल्यै आभास हुन पाएन । बुहारीले गरेको सेवा सम्मानले उनीहरू अत्यन्तै खुसी थिए तैपनि आजकल केही दिनदेखि बुढाबुढीको मनमा एउटा रहरले डेरा जमाएको थियो ।

राम्ररी सजाइएको गमला त थियो तर त्यहाँ फूल थिएन । अब त्यो गमलामा सानो फूलको बिरुवा भैदिए त्यही बिरुवासँग रमाउँदैमा दिन जान्थ्यो होला । बुढाबुढीलाई अब घर आँगनमा नाति नातिनी खेलेको हेर्ने रहर जाग्यो ।

एकदिन आमाले एकान्तमा पारेर लालबहादुरलाई मनको बह पोखिन्:- बाबु तँसँग हामी साह्रै खुशी छौं, बुहारीले पनि हामीलाई केही कुराको कमी हुन दिएकी छैनन् । अब एक दुई नाति नातिनी यो पिँडी र आँगनमा तातेताते गर्दै खेलेको देख्न पाए अरू केही चाहिँदैन । नातिको मुख देखेर मर्न पाए स्वर्ग पुगिन्थ्यो बाबु ।" उसले केही जवान दिन सकेन ।

मनमनै सोंच्यो:- ठिकै भनेकी हुन् आमाले । बेलुका उसले आमाले भनेको कुरा मैनालाई सुनायो । मैना लजाई । हिउँदको आकासलाई चिसो बादले छोपे झैं उसले मैनालाई अंगालोमा कस्यो । मैनाले पनि पतिलाई साथ दिई । उसले सारा शरीर पतिको काखमा छाडिदिई र आँखा बन्द गरी । एकैछिनमा त्यहाँ प्रणयको वसन्त ऋतु आयो । प्रेमिल पंक्षीका जोडी सुखको सागरमा डुबे । पानी पर्यो,बाढी आयो, बाढीमा दुवैजना पसे । निथ्रुक्कै रुझे, निदाए ।

छुट्टिसकेर लालबहादुर फेरि पल्टन फर्क्यो ।

आज रामलाल काकाको नातिको पास्नी छ । गाउँभरीका मान्छेहरूलाई निम्तो गरिएको छ । रामलालका छोरा लक्ष्मण र बुहारी मधु छोराको पास्नीका लागि सामान जुटाउन र निम्तालुहरूको व्यवस्थापनमै ब्यस्त छन् । एक किसिमले बिहे घर जस्तै भएको छ रामलाल काकाको घर आज ।

मैना र उनकी सासू दुवैजना पास्नीको निम्तो मान्न गएका छन् । सासूले काकाको घरायसी काम सघाई दिइन् भने मैना रोटी र कसार बनाउने महिलाहरूसँगै काम गरी ।

बच्चाको पास्नीको कार्यक्रम सकियो । सबैले बच्चालाई टीका लगाएर आशीर्वाद दिए । निम्तालु सबैले मिठामिठा भोजन ग्रहण गरे । माहोल निकै रमाइलो थियो । यत्तिकैमा काकीले मैनाकी सासूतिर हेर्दै भनिन्:-"अब अर्को साल तिम्रो नातिको पास्नी यस्तै रमाइलो गरी मनाउ पाइयोस् ठुली ।" सबै जना हाँसे । लाजले रातो पिरो भएकी मैना घरतिर भागी ।

छोरा पाउनु कता हो कता, कन्ननीको हतपत-मनमनै सोंची ।

यसपाली मैना दोजीया छे कि भन्ने सबैको मनमा थियो तर त्यसै रात उसको नियमित मासिक श्राब भयो । यो साल घरमा नयाँ सदस्य नआउने भो- सासू ससुराको मन खिस्रिक्क भयो ।

छरछिमेकीका घरमा बालकहरू कृष्ण झैं कहिले आमाका काखमा त कहिले आँगन भरी खेलेको देख्दा मैनाको मनमा पनि मातृत्व बिजारोपण हुन थालेको थियो । परदेशीको नासो भनेर काखमा खेलाउन पाए पनि त्यो पापी परदेशीको यो बिधी यादले त सताउँदैनथ्यो कि ? मैना मनमनै यस्तै सोंच्दथी ।

हिउँद गयो वर्षा याम पनि आयो गयो । यस पटक छुट्टीबाट गएको दस महिनामै लालबहादुर फेरि छुट्टीमा घर आएको छ त्यो पनि दुई महिनाको । कश्मीरबाट उसको पोष्टिङ् गोरखपूर भएको छ । करीब चार वर्ष पछाडि उसले यो वर्ष दशैं तिहार घरमै मनाउने छ । घर खुशीले भरिएको छ ।

दशैं आयो गयो । केही दिनपछि तिहार पनि आयो । तिहारमा मैना दुई दिन मात्रै बसि माइती र फर्कि हाली । लालबहादुरले परिवार र ईष्टमित्रका साथ दशैं र तिहार खुब रमाइलो गरी मनायो । तिहार लगत्तै छुट्टिसकेर ऊ पल्टन फर्क्यो ।

यसपटक पनि मैनाको पेटमा गर्भ रहेन । घरका सबैको चाहना थियो उसको कोखमा बच्चा होस् र यो घरै उज्यालो होस् । तर सोचेजस्तो भएन ।

गर्भवती हुन नसकेकै कारण केही दिनयता सासू ससुराको बुहारी प्रतिको व्यवहारमा परिवर्तन आएको छ । लालबहादुरले पनि पत्नीको चिठ्ठीको जवाफ फर्काउन छाडेको छ । पहिले पहिले महिनै पिच्छे चिठ्ठी पठाउने उसले अहिले गएको आठ महिनामा दुईवटा मात्रै चिठ्ठी पठायो । चिठ्ठी पठाई हाले पनि आमा हुन नसकेकी भन्दै मैनालाई उपहास गर्थ्यो उसले ।

घरको कलह यतिसम्म बढ्यो कि सासू ससुरा र बुहारी बीचमा दोहोरो सम्वाद हुनै छाड्यो । खाइस् खाइनेस् र सन्चो बिसन्चो सोध्ने आफ्नै मनबाहेक कोहीरहेन अब मैनालाई त्यसघरमा । साह्रै भएपछि एकदिन ऊ माईत गई र दुई हप्ता बसेर फर्की ।

माईतीबाट फर्केपछि कसैलाई नसोधी गएको भन्दै सासूले दिनहुँ टोकस्न थालिन् । ससुराले खासै केही भन्दैनथे तापनि सासू बुहारीको झगडामा उनी आफ्नै पत्नीको पक्ष लाग्दथे र घर झगडा मिलाउनतिर कहिल्यै अग्रसरता देखाउँदैनथे । छरछिमेकीहरू पनि सासूको कुरा सुनेर आजकल मैनासँग उतिसारो हिमचिम बढाउँदैनन् ।

आफ्नै घरभित्र पराई भएकी छ मैना । उसलाई यो घर घरजस्तो लागेको छैन । आफै बसेको ठाउँ कुनै निर्जन मरूभूमि जस्तो लाग्न थालेको छ । वेदनाले पिल्सिएको जिउ लिएर हिँडेकी छ । भित्रभित्रै मरेकी छ तर दुनिया भन्छन् ऊ बाँचेकी छ । यस्तो जीवन पनि के जीवन जहाँ मन र तनको मिलन नहोस् । हो, उसको आफ्नै मनले उसको साथ छाडेको छ । केवल किँकर्तव्यविमुढ ज्यान मात्रै लिएर बाँचेकी छ ऊ ।

जान मन लाग्छ कतै टाढा एकान्तमा जहाँ ऊ रोएको कसैले नदेखोस् । तर जाने कहाँ ? रुन मन लागेको बेला एकान्तमा गएर रुन्छे अनि आफ्नै कर्मै यस्तै रहेछ भनेर आफैलाई सान्त्वना दिन्छे ।

दुई वर्षपछि फेरि लालबहादुर घर आएको छ । छिमेकीहरू भन्छन् - आजकल मध्यरातमा लालबहादुरको घरमा मान्छे रोएको आवाज सुनिन्छ । पँधेरोमा पनि त्यही घरको कुरा चल्छ । "लालबहादुरले त अर्की ल्याउन लागेको छ रे नि !"- पँधेरोमा एउटी बोल्छिन् ।
"नल्याएर के गरोस् त मैना थारी रै'छ"- अर्कीले थप्छे ।
रातदिन कुट्छ रे नि त मैनालाई'-अर्कीले साउती गर्दै भनी ।
"त्यस्तो हुँदा नि किन बसिराखेकी हो त्यो मैना, दुई छाक नि खुवाउन नसक्ने रै'छन् कि के हो माईती पनि ?- पहिली चाहिँ महिला पुन: बोली ।
'गरिब छन् रे'-अर्कीले अट्टहास गर्दै बोली ।
"कस्तो बाँझो कोख भएकी आइमाई रै'छे है ! छि छि छि"-महिलाहरू गलल्ल हाँस्छन् ।

महिलाहरूले आफूलाई गरेको उपहास सुनेर मैनाको मुटु पोलेर आयो । कसैले तिखो छुरीले मुटुमै हाने जस्तै भयो । महिलाहरू अरू पनि के के कुरा गर्दै थिए सुन्नै सकिन उसले । पँधेरो नपुगी घर फर्की । एक मनले त सोंचेकी थिई पँधेरोमा गएर ती कुरौटे आइमाईहरूको जगल्टा च्यातिदिउँ तर सोंची क-कसको जगल्टा च्यात्ने ? कतिजनासँग झगडा गरेर सक्ने ?

मिल्ने भए उसलाई आफ्नै कर्मसँग झगडा गर्ने मन थियो । भेटिने भए खोटो कर्म लेखिदिने त्यो ईश्वरको अनुहार त्यातिदिनु मन थियो । महिलालाई गर्भाधानको मेसिन सम्झने पुरुषवादीहरूको पुरुष जननेन्द्रीय उखेलिदिनु मन थियो अनि भन्नु मन थियो तिमीहरू गर्भ बोक अनि हेर नपुँसक पुरुष हो । तर लाचार छे । लाचारी नै मानिसको सबैभन्दा ठुलो दुश्मन रहेछ । आफैसँग हारी ऊ ।

उसलाई अब त्यो घर अनि समाजमा एक क्षण पनि बस्न मन लागेन । बिहानको खाना पनि नखाई ऊ माईत हिँडी । घरमै रहेका पति लालबहादुर र सासू ससुरा कसैले पनि उसलाई रोक्ने कोसिस गरेनन् । मनको पर्खाल गहिरो गरी भत्किसकेको थियो । जोड्नु उचित पनि सम्झिन उसले । र, सम्भवत अब त्यो जोडिने हालतमा पनि थिएन ।

मैना घर छाडेर माईत गएको दस दिनमै लालबहादुरले गाउँकै नरमायालाई कान्छी श्रीमतीको रुपमा घर भित्र्यायो । यो खबर पाएर पनि मैनालाई कुनै दुख लागेन किनकि ऊ अब सदाका लागि लालबहादुरलाई त्यागेर आएकी थिई । ऊ अब आफ्नो हिस्साको जीवन आफ्नै लागि जिउन चाहन्थी ।

उमेर पुग्दै जाँदा मैना दिनदिन जवानीले मस्त हुँदै गई । माइतीमा रहँदा बस्दा उसको पनि गाउँकै एक युवकसँग हिमचिम बढ्यो । अन्ततः नजिकैको मन्दिरमा गएर एकदिन उनीहरूले विवाह गरे । विवाहको केही महिनामै ऊ गर्भवती समेत भई र एक वर्ष नहुँदै उसको कोखबाट छोराको जन्म पनि भयो ।

विवाह पछि मैनाका पति पत्नी मिलेर गाउँमै रासन दुकान खोले । दुकानबाट राम्रो आम्दानी हुन थालेपछि उनीहरूले दुकानको छेउमै रासन मिल पनि राखे । मिल पतिले हेर्छन् भने दुकान मैनाले सम्हाल्छिन् ।

बिहेको चार साल बितिसकेको छ र मैनाको कोखबाट दोस्रो सन्तानको रुपमा छोरीको जन्म भएको छ । मैना अब पहिलाकी मैना रहिन । अहिले उसको संसार बदलिएको छ अनि आकास अँझै विशाल । उसका सपना बिस्तारित भएका छन् भने बाटा चौडा । बिगत पुरै मेटिएका छन् अतितका पानाबाट, छन् त केबल सुन्दर वर्तमान र सुनौलो भविश्यको रंगीन चित्र मात्र ।

दोस्रो विवाह गरेको लालबहादुर फेरि पनि खुसी हुन सकेन । बिहेपछि उसले नरमायालाई दुई साल पल्टनमै राख्यो । त्यसपछि पनि वर्षै पिच्छे घर छुट्टीमा आयो तर नरमाया आमा बन्न सकिन । गोरखपुरदेखि लखनउ र काठमाडौँका कैयौं अस्पतालमा उसले नरमायाको स्वास्थ्य परीक्षण गरायो तर हरेक अस्पतालले नरमाया बिल्कुल स्वस्थ रहेको र उनी बच्चा जन्माउन सक्षम रहेको रिपोर्ट दिए ।

त्यसो भए सन्तान किन हुँदैन त ? कहीं आफ्नै कारण सन्तान नभएको त होइन कतै ? यस्तो सोंचाई आउनासाथ ऊ घबराउँथ्यो । अब त सन्तान नभएको चिन्ताभन्दा बढी कहीं आफ्नै मर्दाङ्गीको खिल्ली उड्ने हो कि भन्ने चिन्ताले सताउँथ्यो उसलाई । त्यसैले आफ्नो कमजोरीको पटाक्षेप हुने डरले श्रीमतीका कारणले बच्चा नभएको देखाउन विभिन्न अस्पताल चाहर्दै उसले नरमायाको स्वास्थ्य परीक्षण गराउँछ ।

नरमायाले पनि पतिको कमजोरी बुझिसकेकी छ । यसै विषयलाई लिएर लालबहादुर र नरमायाको बीच आजकल खटपट सुरु भएको छ । अवस्था यतिसम्म पुगिसकेको छ कि अब आफ्नो स्वास्थ्य परीक्षण गराई त्यसको ईलाज नगराई केबल अर्कालाई मात्र दोषी प्रमाणित गर्न खोजिरहने हो भने आफू अब यो घरमा बस्न नसक्ने धम्की पनि नरमायाले पति लालबहादुरलाई दिन्छे ।

अन्त्यमा बाध्य भएर लालबहादुर पत्नी नरमायाको साथमा जिल्ला सरकारी अस्पतालमा आफ्नो स्वास्थ्य परीक्षण गराउन जान्छ । आवश्यक सम्पूर्ण परीक्षणपश्चात डाक्टरले जुन रिपोर्ट लालबहादुरको हातमा थमाई दिन्छन् त्यसको कारण आज ऊ स्वयम्सँग र पत्नी नरमायासँग पनि लज्जाबोध गरेको छ । हिँजोसम्म जुन पौरुष र मर्दाङ्गीको खुला छाती देखाउँदै पत्नीलाई ललकार्थ्यो ऊ, आज हिनताबोधले भित्रभित्रै जलेको छ । डाक्टरले ऊ बाँझोपनाको शिकार भएकोले बाबु बन्न नसक्ने रिपोर्ट दिएका छन् । नियतिको कठोर निर्णय चुपचाप स्वीकार्नु उसको बाध्यता बनेको छ ।

संयोग नै भन्नु पर्छ आज सोही अस्पतालमा मैना पनि स्थायी परिवार नियोजन गर्न पतिको साथमा आएकी छ । डाक्टरी रिपोर्ट हातमा लिएर डाक्टरको क्याबिनबाट बाहिर निस्कँदा जब मैनासँग नजर जुझ्छ, लालबहादुरले हिनताबोध र लज्जाले नजर झुकाउँछ ।

अजित क्षेत्री

Note : Story copyright owned by Writer 

गजलकार बिमल बाबु अर्यालको ५ गजलहरू (5 Ghazals by Bimal Babu Aryal) - 05-01-2016

NepaliTalim | 4:35:00 PM | 0 comments
1.गजल
दिन्छु कसम मेरो  बचन,  प्यार  हजुरको 
जता  जाँउ जे गरू क्या ,बिचार हजुरको ॥ 

भेट हुदामा तिम्रोनै सपना देखिन्छ हररात,
लीन मआउछु नहुनु यार फरार हजुरको॥

कती धाँए सेमीनार कती पटक मिटिङ,
जे भएनी जे संझेनी  ,अाचार हजुरको॥

कस्ता कस्ता कँहा गए मुसा चल्ला दरबार,
काँहा राखु कसरी सजाउ,घरबार हजुरको॥

मोजमस्ती भोजभतेर  भए कती कती  तर,
जिब्रो भयो मेरो मिठो,क्या अचार हजुरको॥

दिन्छु कसम मेरो  बचन  प्यार  हजुरको॥
लीन मआउछु नहुनु यार, फरार हजुरको
बिमल बाबु अर्याल
  'हाल अमेरीका'

2.गजल
मेचीको  पानी माटोमा भिज्न ,काली पुग्नु पर्छ, 
लुटेको सिमा खोज्न फेरी, गोर्खाली पुग्नु पर्छ।

सिप, श्रम  ,ज्ञान  अन्तै फालेर  बन्दैन  घर,
बाझो भूमीमा मोती रोप्न ,यसपाली पुग्नु पर्छ!

बिसाल थियो पैहिले  ,मिचीदैछ साँध अहिले,
सिमा खोज्न मधेशी ,पहाडी, हिमाली पुग्नु पर्छ !

नौ नाडि गल्यो जबानी ढल्क्यो नौ डाडा पारीको,
प्रीती  त्यो पाउन धन हैन मन ,खाली पुग्नु पर्छ ॥

किस्ता किस्तामा चलाउन सकिन्न एउटा देश,
नेपाल  देश.  बनाउन  त्याँहा नेपाली पुग्नु पर्छ॥

लुटेको सिमा खोज्न फेरी, गोर्खाली पुग्नु पर्छ!!
नेपाल  देश.  बनाउन  त्याँहा नेपाली पुग्नु पर्छ॥
बिमल बाबु अर्याल
  'हाल अमेरीका'

3.गजल
मेचीको  पानी माटोमा भिज्न ,काली पुग्नु पर्छ, 
लुटेको सिमा खोज्न फेरी, गोर्खाली पुग्नु पर्छ।

सिप, श्रम  ,ज्ञान  अन्तै फालेर  बन्दैन  घर,
बाझो भूमीमा मोती रोप्न ,यसपाली पुग्नु पर्छ!

बिसाल थियो पहिले  ,मिचीदैछ साँध अहिले,
किल्ला खोज्न मधेशी ,पहाडी, हिमाली पुग्नु पर्छ !

नौ नाडि गल्यो जबानी ढल्क्यो नौ डाडा पारीको,
प्रीती  त्यो पाउन धन हैन मन ,खाली पुग्नु पर्छ ॥

किस्ता किस्तामा चलाउन सकिन्न एउटा देश,
नेपाल  देश.  बनाउन  त्याँहा नेपाली पुग्नु पर्छ॥

लुटेको सिमा खोज्न फेरी, गोर्खाली पुग्नु पर्छ!!
नेपाल  देश.  बनाउन  त्याँहा नेपाली पुग्नु पर्छ॥
बिमल बाबु अर्याल
  'हाल अमेरीका'

4.गजल
कहिले हावा बनी,  उडायो  मन्ll
कहिले पानी संग ,बगायो  मन्॥

घाम  भई  जुनको  भर  पर्दामा,
उनको धेरै रुपले ,जलायो मन॥

बादलु बीचमा हराउन खोज्दा,
पानीको बूँद झरी ,दर्कायो  मन॥

फूल सम्झेर खुसिको गुच्छा गन्दा,
भुल भयो त्यसकारण, रुवायो मन॥

पंक्षि उड्छ कता हुदैन रै'छ ज्ञान,
भुवा भुवा भयो र त ,हरायो मन॥

कहिले हावा बनी,  उडायो  मन्ll
उनको धेरै रुपले ,जलायो मन॥
बिमल बाबु अर्याल
  'हाल अमेरीका'

5.गजल
काँडा बिझ्यो भित्र कतै ,जान्छकि परान,
घाँऊ बल्झ्यो फेरी त्यतै  ,तीरले नहान॥

दुई मुट्ठी सास लिएर , आउछ  मानिस,
छोडेर जान्छौ आखिर ,जान या नजान॥

धारा सुक्यो किन रै'छ ,पानी कता खाने,
चिरा परी फाटीदै थ्यो, भासिएछ मुहान॥

आफ्नो गलामा आफै याहाँ ,माला  ला'छन,
त्यैमाला गर्छ! ..फूल  रेटी ,त्यै फूलकै  बखान॥

नेताको प्यास माटोको श्राप खाडीको त्यो घाम,
फर्केर आउछ आशमा लास ,बाकस चिहान॥

आँखाले हेरी कानले सूनी मनले गुनौन,
सत्य ,तत्थ अबश्य बुझौ ,खोलेर जबान॥

निमान भयो त्यो घाँउ , मात्र खत बाँकी भो,
मनमा तर  निशाना रह्यो ,मान या नमान॥

काँडा बिझ्यो भित्र कतै ,जान्छ कि परान,
छोडेर जान्छौ आखिरमा ,जान या नजान॥
बिमल बाबु अर्याल
  'हाल अमेरीका'

Note:
Copyright Reserved with Writer 

श्रृंखला 237 : वहकिने मन Bahakine Man (02-01-2017/2073-08-18) : Download

NepaliTalim | 5:13:00 PM | 0 comments
Thaha Sanchar Network Presents 
बहकिने मन BAHAKINE MAN -237
DATE  - 
(02-01-2017/2073-08-18)

Time : 9.15pm Every Monday 
Presenter :  Mahabir Bishwakarma
Facebook : Bahakine Man 
http://thahasanchar.com/ 

नमस्कार,

आज मिति 2073 पाैष 11 तदनुसार 02-Jan-2017 सोमबारका दिन थाहा संचार मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन BAHAKINE MAN EPISODE 237 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)

Download : Click Here to Download
Listen on YouTube

Muktak Mala मुक्तक माला -189 (01-01-2017/2073-09-17) : Download

NepaliTalim | 4:15:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष 
मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती १०.१५ आईतबार 
 (01-01-2017/2073-09-17) 
Facebook Page 


नमस्कार साथीहरु,
आज मिति 2073 
पौष 17 गते तदनुसार 01-Jan 2017 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download

Download : Click Here to Download
Listen at YouTube

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger