गजलको कार्यक्रम बुलबुल BULBUL 322 (11-11-2015/2072-07-25) तिहार विशेष २०७२: Download

NepaliTalim | 2:46:00 PM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS    
गजलको कार्यक्रम बुलबुल
BULBUL EPISODE - 322
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! आज मिति 2072 कार्तिक 25 गते तदनुसार 
11-Nov-2015 बुधबारका का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 322) लिएर उपस्थित हुनुभएको छ । 

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं..... युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
बिशेष सूचना 
२०७० असोज १३ (29-Sep-2013 गतेदेखि आइतबारिय नयाँ बुलबुल सुरुभएको थियो, त्यसपछि २०७० माघ १८ (01-Feb-2014) गतेदेखि शनिबार सारेर श्रृंखला १९ नयाँ बुलबुल प्रसारण हुँदै आएकोमा मिति २०७१ मंसिर २७ (13 Dec 2014) गते देखि नयाँ बुलबुलको श्रृंखला अन्त भएको छ । अब केवल हप्तामा बुधकार मात्र बुलबुल प्रसारण भइरहेको छ। विगतका नयाँ बुलबुल सुन्नको लागि -Click Here to Listen New Bulbul All (61) Episodes
Listen and Download (Right Click and save)

Download : Click Here to Download
Listen at Youtube 

रेडियो नेपालको गजल गंगा (10-11-2015/2072-07-24) : Download

NepaliTalim | 12:26:00 PM | 0 comments

RADIO NEPAL PRESENTS
कार्यक्रम : गजल गंगा  
रेडियो : रेडियो नेपाल
समय : हरेक मंगलबार ९.१५ देखि
 
कार्यक्रम संयोजन : ललिजन रावल
प्रस्तोता : राम अबिरल
Facebook : Facebook Page  

Web : Radio Nepal 
(10-11-2015/2072-07-24)
नमस्ते साथीहरु,
आज मिति  2072 कार्तिक 24 तदनुसार 10-Nov-2015 मंगलबार, हरेक मंगलबार राति ९.१५ देखि रेडियो नेपाल बाट प्रसारण हुने नेपाली  साहित्यिक गजलको कार्यक्रम गजल गंगाबाट आज पनि संयोजन ललिजन रावलका साथमा  कार्यक्रम प्रस्तोता राम अविरल उपस्थित हुनुभएको छ  आउनुस् हामी पनि सुनौ गजल गंगाको यो श्रीङ्खला ।
Listen and Download

Download : Click Here to Download

फूलबारी डटकम (10-11-2015/2072-07-24) : Download

NepaliTalim | 11:54:00 AM | 0 comments

रेडियो नेपालवाणी नेटवर्क

कार्यक्रम फूलवारी डटकम
प्रस्तोता धनराज वास्तविक
( विविध रचना बाचनसँगै र्सिजनाबो सैद्धान्तिक वहस ) 

(10-11-2015/2072-07-24) 


Listen and Download

Download : Click Here to Download

मुक्तक माला -130 (08-11-2015/2072-07-22) : Download

NepaliTalim | 11:40:00 AM | 0 comments

रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती १०.१५ आईतबार
(08-11-2015/2072-07-22)
Facebook Page 


नमस्कार साथीहरु,

आज मिति 2072 कार्तिक 08 गते तदनुसार 22-Oct-2015 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download
Listen at Youtube

श्रृंखला 177 : वहकिने मन (11-11-2015/2072-07-23) : Download

NepaliTalim | 4:43:00 PM | 0 comments
बहकिने मन BAHAKINE MAN -177
DATE : (11-11-2015/2072-07-23) 
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone-977-02-550982 / 5551161 
Facebook : Bahakine Man
FM: CIN Network 


नमस्कार,

आज मिति 2072 कार्तिक  23 तदनुसार 11-Nov-2015 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन BAHAKINE MAN EPISODE 177 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)

Download : Click Here to Download
Listen at Youtube

श्रुति शंबेगमा प्रा.डा.विष्णु यश राईको नियात्रा "भियानामा तिन महिना" (20-10-2015/2072-07-03) : Download

NepaliTalim | 3:48:00 PM | 0 comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG) 
नियात्रा : "भियानामा तिन महिना"
लेखक : प्रा.डा.विष्णु यश राई
विधा : नियात्रा "भियानामा तिन महिना"
रेडियो :उज्यालो ९० मेगाहर्ज
 (20-10-2015/2072-07-03)

नमस्कार,

उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न ६५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

आज मिति 2072 कार्तिक 03 गते तदनुसार 20-Oct-2015 मंगलबारका दिन उज्यालो ९० मेगाहर्जको प्रसिद्ध कार्यक्रम श्रुति शंबेग श्रृङ्खलामा  प्रा.डा.विष्णु यश राईको नियात्रा "भियानामा तिन महिना" बाचन लिएर कार्यक्रम प्रस्तोता अच्युत घिमिरे बुलबुल उपस्थित हुनुभएको छ । कार्यक्रममा सल्लाह र सुझाद दिनको लागि shrutisambeg@unn.com.np मा मेल गर्नुहोला । Story Viyanama Tin Mahina written by Pro. Dr. Bishnu Yash Rai is presenting in Shrutisambeg. Story Narrated by Achyut Ghimire Bulbul.
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download
Listen at Youtube 

गजल यात्रा (12-09-2015/2072-05-26) : Download

NepaliTalim | 3:30:00 PM | 0 comments
रेडियो कार्यक्रम 
गजल यात्रा 
गोर्खा एफ एम ९३ मेगाहर्ज
प्रस्तोता शशी शर्मा मजगैया
Email : rjshashi.radio@gmail.com
समय : हरेक शनिवार बेलुक १० देखी ११ 
Date :(12-09-2015/2072-05-26)


आज मिति 2072 भाद्र  26 गते तदनुसार 12-Sep-2015 शनिवारका दिन यहाँहरु सामु गोर्खा एफ एम ९३ मेजाहर्जको साहित्यिक कार्यक्रम गजल यात्रा लिएर कार्यक्रम प्रस्तोता शशी शर्मा मजगैया उपस्थित हुनुभएको छ । कार्यक्रम सुनेर के कस्तो लाग्यो कार्यक्रमको इमेलमा सम्पर्क गर्नुहोला । 
Listen and Download (Right click and Save As)

Download : Click Here to Download

तिहार विशेष २ पुरानै मुक्तकहरू-राम शरण श्रेष्ठ -09-11-2015

NepaliTalim | 12:37:00 PM | 0 comments



तिहार विशेष २  मुक्तकहरू,

१.मुक्तक
सयपत्री गोदावरी, फूल्छ होला मेरो देशमा ।।
देशै भरि दिपावली, हुन्छ होला मेरो देशमा ।।
म यता विदेशमा, रुदै होलीन् दिदि वहिनी
कति मन तिहारमा, दुख्छ होला मेरो देशमा ।।
6th Oct 2012
राम शरण श्रेष्ठ
चिसापानी,रामेछाप

२.मुक्तक
विदेशमै बस्यौ दाजै, तिहार गयो त्यसै ।।
इश्वरलेनी नसुनेको पुकार गयो त्यसै ।।
मखमली सयपत्री सुकिगयो सप्तरंङ्गी 
मेरो खाली हात तिम्रो निधार गयो त्यसै ।।
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप ।।
17th Nov 2012

गजलकार प्रज्वल अधिकारीका ४ गजलहरू (09-11-2015)

NepaliTalim | 11:48:00 AM | 1comments
प्रज्वल अधिकारी
१. गजल
तिमी यही छेउ टाढाको जुनलाई म किन खोजुँ ?
उसको यादमा सधै सधै रुनलाई म किन खोजुँ ?

अङ्गालोमा तिमी छेउ रत मुटु ढुकढुक गर्छ 
दूर बज्ने बाँसुरिको धुनलाई म किन खोजुँ ?

आँखा तिम्रा झुक्याउदैनन् सारै निर्दोश लाग्छन् 
भ्रममा पार्ने क्षितिजको हुनलाई म किन खोजुँ ?

हिरा तिमी मोती तिमी मणी रत्न सबै तिमी
यती भए पुग्छ अब सुनलाई म किन खोजुँ? 
प्रज्वल अधिकारी
लामजुङ,

हाल काठमाडौं


२.गजल
तिम्रो प्रेमको बिरुवा मेरो दिलमा सारु लाग्यो
कती राम्री मान्छे तिमी देब्रे आँखा मारु लाग्यो।

स्याउ फलेछन लटरम्मै बैसालुती गालाभरी
पिरतिको झटारोले दुइचारवटा झारु लाग्यो।

जिन्दगीको डल्याठोले दु:ख फोर्ने तिमी भये
छर्नलाई प्रेमको बिउ एक हल गोरु नारु लाग्यो।

नजिक जान्छु टाढा भाग्छेउ एस्तै दु:ख दिन्छेउ भने
चामल फुकी मोहनिले मायाजालमा पारु लाग्यो।
प्रज्वल अधिकारी
लामजुङ,

हाल काठमाडौं

३. गजल
तिमीसङ्गै छ जिबन मेरो अप्ठ्यारोमा नपार है
दिल दे'को छु जतन गर बिच बाटोमै नझार है।

तिमी मेरी म तिम्रो हामी बिचको सम्झौता हो
अर्को जुनीको भाका राखी यो जुनिलाई नटार है।

हाँस्दा पनि रुदा पनि तिम्रै काखमा शिर होस् मेरो
तिखा बाणका बचन धारले दिलको ढोका नबार है।

जिन्दगीका यात्रा साच्चै तिमीसँङ्गै सुगम हुन्छन
रोपेको फुल पिरतिको फुल्नै नदियी नमार है।
प्रज्वल अधिकारी
लामजुङ,

हाल काठमाडौं

४.गजल
उ फेरी फर्केर आए'नी हुन्थ्यो
मलाई एकफेर चाहे'नी हुन्थ्यो ।

म सुनी रहन्थे उसका गालीहरु
मसँग झर्केर रिसाए'नी हुन्थ्यो 

कुरेर बसे'छु देउरालिमा अझै 
भेट्नलाई एकपटक धाए'नी हुन्थ्यो।
प्रज्वल अधिकारी
लामजुङ,
हाल काठमाडौं

गजल सुधा (06-11-2015/2072-07-20) : गजलकार आनन्द श्रेष्ठ सँगको अन्तर्वाता विशेष Download

NepaliTalim | 5:23:00 PM | 0 comments
अनलाईन रेडियो छहारीको 
रेडियो मिर्मिरे ८९.४ मेगाहर्ज
गजल विशेष प्रस्तुति 
गजल सुधा 
हप्ताको हरेब शुक्रवार 
प्रस्तोता : कमल सरगम 
(06-11-2015/2072-07-20)

नमस्कार, 

आज मिति 2072 कार्तिक 20 तदनुसार 06th Nov 2015 शुक्रवारका दिन रेडियो मिर्मिरे ८९.४ मेगाहर्जको प्रस्तुति लिएर प्रस्तोता कमल सरगम् उपस्थित् हुनु भएको छ । हरेक शुक्रवार ९ बजे देखि १० बजे सम्म गजल उथ्थानको लागि  कार्यक्रम् गजल सुधा प्रशारन हुने गर्दछ कार्यक्रम पठाएर सहयोग गरिदिनुहुने कार्यक्रम संचालक कमल सर्गम्  ज्यूलार्इ धेरै धेरै धन्यवाद ।
काठमान्डौमा रेडियो मिर्मिरे ८९ थोप्लो ४ मेगाहर्ज (www.radiomirmire.com.np)
अनलाईन रेडियो ,रेडियो छहारी (www.radiochhahari.com)
नेपालीको अनलाईन रेडियो (www.nepalikoonline.com)
अक्सिजन रेडियो (www.oxyjanradio.com)
बाट एकै साथ सुन्ने प्रायस गर्नु होला
प्रस्तोता कमल सर्गम को साथमा
Listen and Download (Right click and save as)

Download : Click Here to Download

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger