मेरा २५ मुक्तकहरू (राम शरण श्रेष्ठ) -04-Feb-2015

NepaliTalim | 12:51:00 PM | 0 comments
साथीहरू मेरा केही मुक्तकहरू .
1. मुक्तक   
कि त प्रेमको पनि हदबन्दी तोकिनु पर्छ
कि त याद पठाउन आजै बाट रोकिनु पर्छ
आफैंलाई क्लियोपेट्रा सोच्ने ए मेरो मान्छे
हेरौ अब तिमीले पनि कहाँ कहाँ ठोकिनु पर्छ ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
01-02-2014

२. मुक्तक   
बक्तब्यमा भनिएथ्यो डराउनु पर्दैन । 
बोल्छ सरकारले केहि पनि गर्दैन । 
अब यसरी सोचेर चित्त बुझाउँला 
ठिकैछ भगवान, काल नआइ मर्दैन । 
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप
01-Sep-2014

३. मुक्तक  
यो कस्तो अत्माघाती कदम चाल्नुभो
मन भरी ईर्ष्या अनि दुस्मनी राख्नुभो
केवल मलाइ परास्त पार्नकै लागि पो
हरे आफ्नै घर जलाएर आगो ताप्नुभो 
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप
11-Sep-2014

४. मुक्तक  
ज्योती चाहिएकोछ आँखा हरु लाई 
केही त खान देउ ती भोका हरु लाई 
भोलि को सुनौलो भबिस्यको लागि
आज स्कुल पठाऔं बच्चा हरु लाई
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप
14-Sep-2014

५. मुक्तक  
पहिला मुटु र तस्विरमा राख्नुभो 
मलाईनै सम्झिने जागिरमा राख्नुभो 
त्यसपछी सल्लाहभो एकृकृत हुने 
त्यसपछी मलाई शिरमा राख्नुभो ।
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप
24-Sep-2014

६. मुक्तक  
कोही कोही किन धेरै मुस्कुराउँछन
सताउन घरिघरि याद पठाउँछन्
हे भगवान कसरीपो पिछा छोडाउने 
लैला र मजनुको कथा सुनाउँछन्
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप
26-Sep-2014

७. मुक्तक
जिन्दगी एकातिर, मन एकातिर 
शरिर एकातिर, धड्कन एकातिर
यसरी समयले, छुट्याईदिएको छ 
तिमी एकातिर, जीवन एकातिर 
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप 

केही परिमार्जन,
जिन्दगी एकातिर मन एकातिर 
तिमी एकातिर जिवन एकातिर 
समयले यस्तो बनाईदिएको छ 
मुटु एकातिर धड्कन एकातिर 
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप
26-Sep-2015

८. मुक्तक  
प्रेम माग्यो अर्कैले मुटु कसैलाई दिएपछी
नशा किन नलाग्नु र मस्त भई पिएपछी
तेस्रो आयो र भन्यो तिमी बिना मर्छुहोला
कस्को हुन सकिन्छनर जिन्दगीनै सकिएपछी
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप

९. मुक्तक  
खै मान्छे आत्मा हो कि शरिर 
कता जान्छ होला मरेर आखिर 
के मृत्यु पछि पनि जिन्दगी होला 
आत्मा मर्दैन भने किन लाग्छ पिर 
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप

१०. मुक्तक  
अनावस्यक मोजले जिन्दगी विगार्छ
यो पैसाको भोकले जिन्दगी विगार्छ 
कयौले जिन्दगी गुमाएकाछन् कठै 
दाइजोको लोभले जिन्दगी विगार्छ
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप 
11-Nov-2014

११. मुक्तक  
हाँस्न नै विर्सियौ कि तिमीले पनि 
लाग्छ फेरी सम्झियौ कि तिमीले पनि 
अतित अतित नै हो दुखाउँछ मात्रै 
मैलेझैं सराव पियौ कि तिमीले पनि 
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप 

१२. मुक्तक  
सम्झनामा बाकी थियो तस्बिरहरुको पहाड 
यहाँ सबैले बोकि हिंड्छ्न पिरहरुको पहाड 
हाँस्न बिर्सिएका हरु कति होलन कति होलान 
चढ्नै पर्छ आखिर हरेकले तक्दिरहरुको पहाड 
राम शरण श्रेष्ठ
चिसापानी रामेछप



१३. मुक्तक   
कोही मुटुमा सुटुक्क अवतरण भयो 
विशेष मान्छेको ठाउँ अधिकरण भयो 
के भयो मलाई बुझ्न खोज्दा खोज्दै
हिजो त मन मुटुनै अपहरण भयो 
राम शरण श्रेष्ठ
चिसापानी रामेछप
15-12-2014

१४. मुक्तक  
पहिला बाँकि रहेको आश जानेछ 
अन्तमा उस्कै यादमा शास जानेछ
जिन्दगी नाटकको एक अंष मात्रन हो 
पूर्णविरामझैं चितामा लास जानेछ 
राम शरण श्रेष्ठ
चिसापानी रामेछप
12-01-2015

१५. मुक्तक  
यहाँ अझैं पनि खतरा धेरै छन् ।
विष कन्या जस्ता अप्सरा धेरै छन् ।
ए बाबा आफैं लुटिन जोरि खोजिराछ्यौ
फसाउने नियतका नखरा धेरै छन् ।
राम शरण श्रेष्ठ
चिसापानी रामेछप
14-01-2015

१६. मुक्तक  
ए पराईमा आफूलाई सजाउनेहरु 
सम्झिएरै जिन्दगी त्यो चलाउनेहरु 
जिन्दगी प्रेम भन्दा बाहिर पनि छ 
ब्युँझनुहोस् जिन्दगीदेखी अघाउनेहरु 
राम शरण श्रेष्ठ
चिसापानी रामेछप
27-01-2014

१७. मुक्तक  
सोचेकै हुनुपर्छ जरुरी छैन 
जून तारा छुनुपर्छ जरुरी छैन 
तिम्रा पनि त सपनाहरु होलान 
मेरोलागि रुनुपर्छ जरुरी छैन 
राम शरण श्रेष्ठ
चिसापानी रामेछप
28-01-2014

१८. मुक्तक  
बिकारहरुको होममा जग्य, जारी राख्नुस ।
मान्छे जस्तो हुनलाई सभ्य, जारी राख्नु ।
खुट्टा तान्नेहरु हजार हजार, भेटिएलान 
जीन्दगीको युद्धमा गन्तब्य, जारी राख्नु । 
राम शरण श्रेष्ठ
चिसापानी रामेछप
28-01-2014

१९. मुक्तक  
तनाब कस्तो हुन्छ मलाई सोध
अभाब कस्तो हुन्छ मलाई सोध
तिमी सुनको महलमा अमृत पिउँछौ 
सराब कस्तो हुन्छ मलाई सोध 
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप 
29-01-2015

२०. मुक्तक  
बाटो मोडिनकै लागि बनेको होला 
मन तोडिनकै लागि बनेको होला
नबनेका जोडिहरु देख्दा यस्तो लाग्छ 
प्रेम छोडिनकै लागि बनेको होला
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप 
29-01-2015

२१. मुक्तक  
काँडाहरुमा पनि आस राखियो 
अनि मन खुबै बिन्दास राखियो 
तिमी जहर मात्र पिलाउन खोज्छ्यौ
औषधी बनाएर निकास राखियो ।
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप 
02-022015

२२. मुक्तक  
मौसम जस्तो बद्लिन सकिन्न 
मनमा राखियो बिर्सिन सकिन्न 
मुटु फेर्न कोसिस नगरेको हैन 
लाग्छ उ बिना सकिन्न सकिन्न 
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप 
03-02-2015

२३. मुक्तक   
अब्यक्त प्रेम गरिरहेछन् कोही 
सधैंनै जलेर मरिरहेछन् कोही
सम्झेर आउ ए जानेहरु हो 
यहाँ एक्लो परिरहेछन् कोही 
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप 
03-02-2015

२४.मुक्तक 
गएको मान्छे फर्कने आश छैन 
समयले पनि पर्खने आश छैन 
यो कलियुगमा सबै छन् स्वार्थी
अमृत कसैले छर्कने आश छैन 
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप 
04-02-2015

२५. मुक्तक   
नदुख्नु पर्ने दुखेछ हजुरलाई 
नपुग्नु पर्ने पुगेछ हजुरलाई 
बगिरहेकैछु प्रितिको खोला भै
नसुक्नु पर्ने सुकेछ हजुरलाई
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप 
04-02-2015

Thank you 

Episode : 131 (यो साँझ यो सुबाश-03-02-2015) - Download

NepaliTalim | 1:36:00 PM | 0 comments
YO SANJH YO SUBASH    
(03-02-2015 /2071-10-20)  
प्रस्तोता : प्रदिप गिरि     
कार्यक्रम : यो साँझ यो सुबाश     
Email : hajurkopatra@gmail.com     
Website : http://ransimedia.com     
Facebook : YSYS Facebook Page
Follow us at Youtube
Follow Us at Twitter
Follow Us at Facebook

आज मिति 2071 माघ 20 गते तदनुसार 03-02-2015 मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको Episode-131 औ श्रीङ्खला साथ लिएर लिएर सदाझैं आज पनि  तपाईहरु सामु  प्रस्तोता प्रदिप गिरी कार्यक्रम लिएर उत्पादन सहयोगि रन्सी गिरि (RansiMedia) को साथमा उपस्थित भएका छौं । 

रन्सी मेडियाले यु एस ए मा उत्पादन गर्ने यो कार्यक्रम नेपाल  भरि बिभिन्न एफ एम स्टेशनहरु लगायत विश्वभरी युटुब, ब्लगहरु, र  विभिन्न वेबसाइटहरुमार्फत स्रोता समक्ष पुग्दछ जहाँ  नेपाली गजल,प्रेरणदाई कथा, लेख रचनाहरुको प्रस्तुती रहनेछन् । साथ आईफोन र एन्ड्रोइड फोनमामा कार्यक्रम सुन्नको लगि आइ-फोन/ एन्रोइड/ विनडोज फोन : 
√ Nepali Audio Book
√ Nepali FM
√ My Nepal
नेपालका  ३० भन्दा बढी रेडियोहरुबाट एकै साथ:
1. रेडियो एक्सप्रेस, नेपालगंज (सोमबार ९ बजे)
2. रेडीयो ईन्द्रेणी, दाड० (बुधबार ८ बजे)
3. खस्यौली एफ एम, बुटवल (बुधबार ९ बजे)
4. रेडीयो रेसुड०गा, गुल्मी (बिहिबार ९ बजे)
5. रेडीयो फिक्कल, ईलाम (शुक्रबार ९ बजे)
6. रेडीयो बुद्ध आवाज, कपिलवस्तु (सोमबार साँझ ६:३० बजे)
7. रेडियो तरंग, पोखरा (बुधबार साँझ ५ः१० देखि ६ बजे )
8. रेडियो तुलसीपुर्, दाङ (बिहिबार ९:१५ बजे )
9. रेडियो कोहलपुर, बाके (शनिबार ९:१५ बजे )
10.रेडियो जलजला, रोल्पा (शुक्रबार ९:१५ बजे )
11.रेडियो पालुङ्ग, मकवानपुर (बुधबार ) 
12. सामुदायिक रेडियो वालिङ्ग, स्याङ्गजा (मंगलबार ) 
13. रेडियो हाम्रो मालिका, कैलाली (मंगलबार)
14. रेडियो त्रिबेणी, चितवन (बिहिबार ९:१५ बजे) 
15.गुराँस एफ एम १०७.५, संखुवासभा, राती बुधबार ९.१५
16.कपिलबस्तुको रेडियो परिवर्तन ८९ मेगाहर्ज (सुक्रबार राती ९ :१५ )
17.कन्चनपुरको रेडियो पहिचान १०५.३ मेगाहर्ज (मंगलबार ९:१५) 
18.ग्लोबल एफ. एम. झापा (बिहिबार ९:१०) 
19. पहिलो रेडियो, बलेटक्सार, गुल्मी (शनिबार ९:१५)
20.रेडियो अमुर्त, गाइघाट उदयपुर (शुक्रबार ९:१५) 
21. रेडियो सुदुर संचार, बेलौरी कंचनपुर 
22. रेडियो माण्डबि, प्युठान (बुधबार ९: १५) 
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download

श्रृंखला 141 : वहकिने मन (2071-10-19/02-02-2015) : Download

NepaliTalim | 1:18:00 PM | 0 comments
बहकिने मन BAHAKINE MAN 
DATE :(2071-10-19/02-02-2015)
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone-977-02-550982 / 5551161 
Facebook : Bahakine Man
FM: CIN Network 


नमस्कार,

आज मिति 2071 माघ 19 तदनुसार 02-Feb-2015 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन EPISODE 141 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)

Download : Click Here to Download

रेडियो नेपालको गजल गंगा (27-01-2015/13-10-2071) : Download

NepaliTalim | 5:12:00 PM | 0 comments
RADIO NEPAL PRESENTS
कार्यक्रम : गजल गंगा 
रेडियो : रेडियो नेपाल
समय : हरेक मंगलबार ९.१५ देखि
 
कार्यक्रम संयोजन : ललिजन रावल
Facebook : Facebook Page  

Web : Radio Nepal 


नमस्ते साथीहरु,

आज मिति  2071 माघ 13 तदनुसार 27-January-2015 मंगलबार, हरेक मंगलबार राति ९.१५ देखि रेडियो नेपाल बाट प्रसारण हुने नेपाली  साहित्यिक गजलको कार्यक्रम गजल गंगाबाट आज पनि संयोजन ललिजन रावलका साथमा  कार्यक्रम प्रस्तोता राम अविरल उपस्थित हुनुभएको छ ।  आउनुस् हामी पनि सुनौ गजल गंगाको यो श्रीङ्खला ।
Listen and Download

Download : Click Here to Download

Thank you 

BULBUL 282 (28-01-2015/2071-10-14) : Download

NepaliTalim | 5:07:00 PM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS    
BULBUL EPISODE - 282


शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! आज मिति 2071 माघ 14 गते तदनुसार 28-January 2015 बुधबारका का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 282) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं..... युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
खुसीको खबर तथा सूचना
आइतवार १३ असोज २०७० देखी बुलबल उज्यालो ९० मेगाहर्जबाट हप्ताको २ दिन हरेक आइतवार र बुधवार सोहि समय रातको ९.१५ देखी १० वजेसम्म फरक फरक श्रृंखला प्रशसारण भइरहेको छ । निरन्तर चलिरहेको आइतवारिक बुलबुल १८ श्रृंखला पस्चात सदाकै समयमा आइतवारबाट सनिबार बज्नेछ । धन्यवाद । 
Listen and Download (Right Click and save)

Download : Click Here to Download

'साबरी' मुक्तक विशेष (31-01-2015/2071-10-17) : Download

NepaliTalim | 5:04:00 PM | 0 comments
बाग्मती एफ एम १०७.४ mhz 
मुक्तक विशेष कार्यक्रम 'साबरी' 
समय : शनिवार बेलुका ९.१५
प्रस्तोता : रोहित शाही अनुरागी 

नमस्कार मित्रहरु,
आज मिति 2070- माघ 17 गते तदनुसार 31-January-2015 शनिकारका दिन रेडियो बाग्मती एफ एम १०७.४ मेगाहर्जको नेपाली साहित्य विधा मुक्तक विशेष प्रस्तुतिको श्रृंखलामा कार्यक्रम संचालक प्रस्तोता रोहित शाही अनुरागी उपस्थित हुनुभएको छ । यो कार्यक्रम अनलाई रेडियो छहारी तथा त्यसैगरी काईस्ट एफ एम ९१.८ मेगाहर्ज टिकापुर कैलाली बाट पनि प्रसारण हुन्छ । कार्यक्रम सुनेर के कस्तो लाग्यो सल्लाह सुझब र प्रतिकृया दिन नभुल्नुहोला । यो कार्यक्रम पठाएर सहयोग गर्नुहुने मित्र रोहित जि लाई धेरै धेरै धन्यवाद । 
Listen and Download (Right Click and Save)

Download : Click Here to Download

यो श्रृंखलामा बाचन भएको मेरो मुक्तक 
सोचेकै हुनुपर्छ जरुरी छैन 
जून तारा छुनुपर्छ जरुरी छैन 
तिम्रा पनि त सपनाहरु होलान 
मेरोलागि रुनुपर्छ जरुरी छैन 
राम शरण श्रेष्ठ
चिसापानी रामेछप
28-01-2014

गजलका फूलहरू -68 : (01-02-2015/2071-10-19) : Download

NepaliTalim | 4:57:00 PM | 0 comments
फेसबुक पेजको प्रस्तुति   
उत्पादन तथा संचालक 
वि.एस.पृथक
gazalkaphoolharu@gmail.com
हप्ताको हरेक बिहिवार
बेलुकी ९.१५ बजेदेखी 

नमस्कार साथीहरु,

आज मिति 2071 माघ 19 गते तदनुसार  02-Feb-2015 सोमबारका दिन देखी नयाँ जोश नयाँ उमङ्गका साथ वि.एस.पृथकको उत्पादन तथा प्रस्तुतिमा नेपाली साहित्यिक विधा विशेषत नेपाली गजलको लागि समर्पित गजलका फूलहरु फेसबुक पेज चिसापानी ब्लग मार्फत प्रस्तुत गर्दछ र युनाइटेड एफ एम ९२.४ मेगाहर्ज मार्फत बेलुका ९.१५ बजे हस्ताको हरेक सोमबार गजल बाचन र सुमधुर गीत गजलको कार्यक्रम तपाईकै साथी प्रस्तोता गजलकार वि.एस.पृथकको साथमा गजलका फूलहरु । अत्याधिक चर्चामा पुगेको साहित्यिक फेसबुक पेज गजलका फूलहरु पेज गजलकार गौरब श्रेष्ठ मनकुराले सुरु गर्नु भएको हो यो पेजको मुख्य विशेषता यहाँ फोटो गजल प्रकाशन हुने गर्दछ हाल उहाँ लगायत थुप्रै गजलकार हरु एडमिनमा रहेर गजल साहित्य विस्तारमा फेसबुके अभियानमा सामेल हुनुहुन्छ ।

आजको कार्यक्रम Episode 68 हो। के कस्तो लाग्यो सल्लाह सुझाव र प्रतिकृया दिनुहोला । कार्यक्रममा गजलका फूलहरु पेजमा तपाइहरुले पठाउनु भएको उत्कृष्ट गजलरुलाई स्थान दिइनेछ जसको लागि तपाइहरुले फेसबुक पेज गजलका फूलहरुके इन्बक्समा आफ्ना गजलहरु म्यासेज गर्नु पर्नेछ  । यो कार्यक्रम तयार पारेर पठाउनुहुने मित्र कार्यक्रम संचालक वि.एस.पृथकज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download

Ekal Kabita Baachan 10 : (31-01-2015/2071-10-17) कवयत्री निलम कार्की निहारिका : Download

NepaliTalim | 4:43:00 PM | 0 comments
Ekal Kabita Baachan : Episode 10
Date : (31-01-2015/2071-10-17) 
Time : Every Saturday 9.15pm

आदरणिय साथीहरु, 


आज मिति 2071 माघ 17 गते तदनुसार 31-01-2015 शनिबारका दिन उज्यालो ९० नेटवर्कको भावना जागृति र प्रस्तुतिको समिश्रण एकल कविता बाचन कविता बाचन विशेष साहित्यिक कार्यक्रम एकल कविता बाचनको (Episode 10आजको श्रृंखला लिएर कार्यक्रम प्रस्तोता उपस्थित हुनुभएको छ । आजको श्रृंखलामा कवयत्री निलम कार्की निहारिका का कविताहरु सुन्नेछौं । कार्यक्रम ब्लगमा राख्न अनुमति दिनुभएकोमा कार्यक्रम प्रस्तोता अच्युत घिमिरे बुलबुललाई धेरै धेरै धन्यवाद ।
Listen and Download 

Download : Click Here to Download

बिम्ब प्रतिबिम्ब (26-01-2015/2071-10-12) : Download

NepaliTalim | 10:09:00 AM | 0 comments
बिम्ब प्रतिबिम्ब
मुक्तक बिशेष प्रस्तुती    
रेडियो नेपाल बाट
प्रस्तुती रमेश पौडेल
 (26-01-2015/2071-10-12)

Follow us at Youtube
Follow Us at Twitter
Follow Us at Facebook

नमस्कार साथीहरु,

आज मिति  2071 माघ 12 तदनुसार 12-Jan-2015 दिन रेडियो नेपालको मुक्तक बिशेष बिम्ब प्रतिबिम्ब लिएर कार्यक्रम प्रस्तोता  रमेश पौडेल उपस्थित हुनुभएको छ ।
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger