'साबरी' मुक्तक विशेष (24-01-2015/2071-10-10) : Download

NepaliTalim | 10:05:00 AM | 0 comments
बाग्मती एफ एम १०७.४ mhz 
मुक्तक विशेष कार्यक्रम 'साबरी' 
समय : शनिवार बेलुका ९.१५
प्रस्तोता : रोहित शाही अनुरागी 
(24-01-2015/2071-10-10) 

नमस्कार मित्रहरु,


आज मिति 2070- माघ 10 गते तदनुसार 24-January-2015 शनिकारका दिन रेडियो बाग्मती एफ एम १०७.४ मेगाहर्जको नेपाली साहित्य विधा मुक्तक विशेष प्रस्तुतिको श्रृंखलामा कार्यक्रम संचालक प्रस्तोता रोहित शाही अनुरागी उपस्थित हुनुभएको छ । यो कार्यक्रम अनलाई रेडियो छहारी तथा त्यसैगरी काईस्ट एफ एम ९१.८ मेगाहर्ज टिकापुर कैलाली बाट पनि प्रसारण हुन्छ । कार्यक्रम सुनेर के कस्तो लाग्यो सल्लाह सुझब र प्रतिकृया दिन नभुल्नुहोला । यो कार्यक्रम पठाएर सहयोग गर्नुहुने मित्र रोहित जि लाई धेरै धेरै धन्यवाद । 
Listen and Download (Right Click and Save)

Download : Click Here to Download

Thank you 

रेडियो नेपालको गजल गंगा (20-01-2015/06-10-2071) : Download

NepaliTalim | 9:38:00 AM | 0 comments
RADIO NEPAL PRESENTS
कार्यक्रम : गजल गंगा 
रेडियो : रेडियो नेपाल
समय : हरेक मंगलबार ९.१५ देखि
 
कार्यक्रम संयोजन : ललिजन रावल
Facebook : Facebook Page  

Web : Radio Nepal 
Date :(20-01-2015/06-10-2071)


नमस्ते साथीहरु,

आज मिति  2071 माघ 06 तदनुसार 20-January-2015 मंगलबार, हरेक मंगलबार राति ९.१५ देखि रेडियो नेपाल बाट प्रसारण हुने नेपाली  साहित्यिक गजलको कार्यक्रम गजल गंगाबाट आज पनि संयोजन ललिजन रावलका साथमा  कार्यक्रम प्रस्तोता राम अविरल उपस्थित हुनुभएको छ ।  आउनुस् हामी पनि सुनौ गजल गंगाको यो श्रीङ्खला ।
Listen and Download

Download : Click Here to Download

Thank you 

कविता - सरिता अर्थात नदी -प्रकाश विहीन (26-01-2015)

NepaliTalim | 9:21:00 AM | 0 comments
प्रिय सरिता
तिमी पलपलमा हजारौ चोटहरु सहदै । 
उचालीदै, पछारीदै अनि अतालिदै दौडिदै।
लताकुञ्जसंग लुकामारी खेल्दै रमाउदै,
जीवनको आभा भेट्ने तिव्र आकाँक्षमा पौडिरहेछौ ।
पुग्न गन्तव्यमा
परिवर्तनको संग्राममा होमीएकी छौ ।
तर तिम्रो यात्रालाई,तिम्रो उपस्थितिलाई
समाजले अकै बुझेर
ब्ुझ पचाएर दुःख दिइरहेछ ।
म त्यो अनुभुती गर्न सक्छु , अभाष पनि सरीता ।
‘‘‘
सरिता एउटा नारी एउटा नदी
नदी र नारीको जीवन भोगाई उस्तै
उस्तै तृष्णा अनि पीडा पनि दुरुस्तै ।
एक पटक हरण भएको कुमारीत्व फेरी फर्काउन सकिदैन जसरी
त्यसरी वितेको समय, बगेको नदी फर्काउन सकिदैन ।
..........
आत्ममाको किनबेच हुने यो सहरमा
तिम्रो आस्था र विश्वास पनि किनवेच नहोला भन्न सकीदैन ।
हरेक इच्छा र चाहाहरु बलात्कृत नहोला भन्ने कुनै बलियो आधार छैनन्।
.........
त्यसैले सरिता
तिमीलाई धमिल्याउन बैरीहरु
भयनाक प्रपन्चहरु बुन्न सक्छन् ।
कोमल हृदयमा बज्रपात बर्जान सक्छन् ।
उड्ने पखेटा काटिन सक्छन् ,
हिड्ने खुट्टा भाँचिन सक्छन्, बोल्ने ओट , लेख्ने हात काटिन सक्छन्
तर
आस्था र विश्वास नढाल्नु
अस्मिता नगुमाउनु , स्वाभिमानको धरोहर कहिल्यै भाचिन नदिनु ।
..........
हो सरिता
तिम्रो त्यो सम्मोहक जवानी
हिउँ जस्तो कञ्चन मन
सीमाहिन आकाश बराबर ह्दय
बास्नात्मक समिर जब चल्न थाल्छ सुस्तरी सुस्तरी
सम्मुखका सवै सवै चिजहरुमा
विचलन आउन थाल्छ ।
मस्तिस्कीय नेटवर्कहरुमा गडबडी देखीन थाल्छ ।
काम नलाग्ने हुन सक्छन् , पागल हुन सक्छन् ।
अनि
वैँसले मात्तिएको सिँहले जस्तै
झम्टीनेछन् प्यासको अग्नीमोचानार्थ तिमीलाई ।
............
तर पनि सरिता
तिम्रो आस्था र विश्वास ढल्ने छैन्न
तिम्रो सुकोमल पाइलाहरु अविरल अविराम
यात्रामा निमेशभर रोकीने छैन्न ।
पछार्ने र उछिन्ने जीवनको
अस्थ्य भागदौडको घिनलाग्दो संस्कार तोडेर
जीवनको घुम्ती मोडेर
आस्था र स्वाभिमानको सगरमाथा ओडेर
तिमी आउने छौ ।
............
हो,मलाई विश्वास छ सरिता
रात सधैभरी रहदैन्
एक दिन अवस्य सूर्य उदाउनेनै छ ।
क्रमशःकालरात्रीका पानाहरु पल्टीरहेका छन् ।
अनि फूल भन्दा सुन्दर प्रतिविम्वन् देखिने छ तिम्रो
त्यस पछि
दुनियाँले
हर सम्वोधनहरुमा
विचार र अनुभुतीमा तिमीलाई सम्झीरहने छन् ।
हजारौ अनुनय विनय गर्ने छन्
तिम्रो भ्रमणको लागी
दर्शनको लागी
उनीहरुको प्रेमील वस्तीमा‘।
मायाको क्यानभाष बाट

प्रकाश विहीन
prakashbiheen@yahoo.com
Mr. Prakash Adhikari
Program Cheif of Child 3 Angels Community Radio 94.6 Mhz.Post Box No. 
268Pokhara -15 
KaskiPhone +977-61-431823

Muktak Madhurima (2071-10-08/22-01-2015) - Download

NepaliTalim | 9:00:00 PM | 0 comments
Radio : Radio Arpan 104.5 
Time : Thrusday 9.15pm
Host : Ramu Acharya
Date : (2071-10-08/22-01-2015)
आज मिति 2071 माघ 08 गते तदनुसार 22-Jan-2015 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी रेडियो र्पण १०४.५ मेगाहर्जबाट बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।        
Listen and Download

Download : Click Here to Download

BULBUL 281 (21-01-2015/2071-10-07) : Download

NepaliTalim | 4:19:00 PM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS    
BULBUL EPISODE - 281
Host : Achyut Ghimire Bulbul  
Date : (21-01-2015/2071-10-07) 


शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! आज मिति 2071 माघ 07 गते तदनुसार 21-January 2015 बुधबारका का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 281) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं..... युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
खुसीको खबर तथा सूचना
आइतवार १३ असोज २०७० देखी बुलबल उज्यालो ९० मेगाहर्जबाट हप्ताको २ दिन हरेक आइतवार र बुधवार सोहि समय रातको ९.१५ देखी १० वजेसम्म फरक फरक श्रृंखला प्रशसारण भइरहेको छ । निरन्तर चलिरहेको आइतवारिक बुलबुल १८ श्रृंखला पस्चात सदाकै समयमा आइतवारबाट सनिबार बज्नेछ । धन्यवाद । 
Listen and Download (Right Click and save)

यो श्रृंखलामा बाचन भएको एउटा गजल
उ आगो बनेको, हुनाले सखापभो ।
र माया गरेको, हुनाले सखापभो । 
.................
उ मान्छे हिजोसम्म साह्रै मिजासी
घमन्डै बढेको, हुनाले सखापभो ।
...............
म रोगी हजुरको, दबाई हजुरनै
भनेरै बसेको, हुनाले सखापभो । 
...............
उज्यालो दिने काम गर्दा म गर्दै 
दियौभै बलेको, हुनाले सखापभो । 
...............
बनायो खडेरी, यता 'राम' दाई 
मनैपो टुटेको हुनाले सखापभो । 
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप 
सुत्र : बहरे मुतकारिव 

गजल- प्रेम पत्र रातो गुलाफ, पठाउँकी हजुरलाई (राम शरण श्रेष्ठ)

NepaliTalim | 4:26:00 PM | 0 comments
मुटु भित्र सिंहाशनमा, बसाउँकी हजुरलाई ।।
प्रेम पत्र रातो गुलाफ, पठाउँकी हजुरलाई ।।

लुकि छिपी दिल भित्र, पसुँ पसुँ लाग्यो आज
कि त आई मनको कुरा, बताउँकी हजुरलाई ।।

मनै हर्ने मुस्कान सँगै, नजर हाना हान भयो
नजर बाटै ईसाराले, मनाउँकी हजुरलाई ।।

किन किन आजभोली, उसैलाई भेटुँ लाग्छ
मुटु झिकी टक्राएर, चढाउँकी हजुरलाई ।।

मायाँ छ कि छैन भन, यता जस्तै उता पनि
आफू जस्तै पागल प्रेमी, बनाउँकी हजुरलाई ।।
Copyright :
With Gazalkar
राम शरण श्रेष्ठ
चिसापानी-6, रामेछाप
http://chisapaninepal.blogspot.com/

"स्वर्णिमाले मन पराएको पेन्टिङ" -बिक्रम गिरी "अपरिचित" : (12-07-2013)

NepaliTalim | 4:04:00 PM | 0 comments
नोट:सर्वाधिकार लेखकमा निहित  
बिक्रम गिरी "अपरिचित"

-BIKRAM GIRI "APARICHIT"

"स्वर्णिमाले मन पराएको पेन्टिङ"

एक्कासी छत बाट एउटा सुमधुर आवाज आउदथ्यो GOOD MORNING!!! म को हो भनेर हेर्न नपाउदै उ कति छिटो मेरो अगाडि आईपुग्थी,हो उ नै स्वर्णिमा थिई ,मेरी प्यारी स्वर्णिमा!उसको अनुहारमा बेग्लै चमक थियो,उसको नयनबाट नजर हटाउन म गाह्रो महसुस गर्दथे!उ म बसेको नजीक आएर बस्दथि र भन्थी "खै त मेरो लागी पेन्टिङ"!

उ बच्चा जस्तो कराउन थाल्दथी,भन्थी मान्छेले आफ्नैलाई हो आफ्नोलाई नै पराई ठान्दछ!उ उदास भएर फर्कन्थी! म किन हो किन केवल एक मुर्ति सरह उसलाई हेर्नु बाहेक केहि गर्न सक्दिनथे,उ सधै म बाट रिसाएर जान्थी तर मैले उसको लागी एउटा यस्तो पेन्टिङ बनाउने निर्णय गरेको थिए जो अलग होस,र केवल स्वर्णिमालाई नै पहिला देखाउने प्रण गरेको थिए!म त्यो पेन्टिङमा हेरेक रितुको आर्कषण,हेरेक खुसीको मिषरण र हरेक रङ्ग मिसाउन चाहन्थे!

स्वर्णिमा आफ्नो प्राय जस्तो समय मेरो अरु पेन्टिङ हेरेर बिताउदथी!उसका साथिहरु आएर बोलाउदा नि उ पटक्क सुन्दिनथी,मान्दिन्थी!अन्तिममा मलाई नै केहि गरिदिनु पर्थयो र उ बल्ल जानलाई राजी हुन्थी तर उसका साथिहरु मलाई छडके ईशाराले जिस्काउदथे!मैले धत लाटिहरु भनेर भगाईदिन्थे र आफै मनमनै हर्षित हुन्थे,लज्जीत  हुन्थे!कता कता स्वर्णिमा भनेपछि मलाई काम गर्न रुचि जाग्दैन्थ्यो,मेरो मन कता कता टोलाउन पो थाल्दथ्यो,एक दिनको कुरा हो मेरो नाम सोध्दै कुन अपरिचित केटि मेरो घरमा आएको रहेछ तर त्यो दिन म नभएकाले,अर्को दिन स्वर्णिमाले नै केटिलाई मेरो घरसम्म पुराईदिएको थिई,उसको नाम "राधा" रहेछ!

उसले मेरो एउटा पेन्टिङ कहा देखेकाले मेरो नाम र ठेगाना सोधि म कहा आएकि रहेछ, बुझ्दै जादा उ पल्लो गाउकि रहिछ, सहरमा बसेर पढने रहेछ! म उसँग गफ गर्दा स्वर्णिमा अलिक पर उभिरहेकि थिई र उसको अनुहारमा त्यो रङ्ग थिएन त्यो चमक थिएन जुन अरुबेला हुन्थ्यो!उसमा एक किसिमको ईर्ष्या,डाहा पलाईरहेको देखिन्थ्यो,मैले स्वर्णिमालाई आखाँ चार गर्न सकिरहेको थिएन र राधा लाई जाउ पनि भन्न सक्दिनथे!म दोधारमा परे स्वर्णिमा त आफ्नै परी पहिले राधालाई नै प्राथमिकता दिए!राधाको अनुसार उसलाई एउटा यस्तो पेन्टिङ चाहिएको थियो जसमा उ आफुलाई हराएको देख्न पाओस र आन्न्दित होस! मलाई झन गाह्रो काम थपियो उता स्वर्णिमाको पेन्टिङ पुरा त के सुरु पनि भाको छैन र यता राधाको त्यसतो पेन्टिङको माग मैले हुन्छ भनिदिए र केहि समय लाग्छ भनिदिए, उसले म एक दुई महिना छुट्टिमा छु जहिले बनाए पनि हुन्छ भनि र धन्यवाद भनेर गई!राधा गएको केहि क्षणमा नै स्वर्णिमा पनि मुख फुलाएर गई, म उसलाई रोक्न सकिन, म जान्दिनथे यो उसको प्रेम हो कि के हो? हुन त म उसलाई चाहन्थे र चाहनु नै प्रेम हो! यथार्थ त यो थियो कि उ यो प्रेमबाट बन्चीत थिई मैले गर्दा र कारण म मौन थिए उसको प्रेम देखी!  

त्यो दिन देखी स्वर्णिमा म सँग भेटन पनि आएको थिईन बरु तिन चार दिन पछि राधा टुपलुक्क आईपुगी!मैले उसको हाल सोधे उसले ठिकै छ र यो कसैको जादु हुनुपर्छ भनी,मैले बुझिन भने,उसले नबुझेकै जाती भनी र पेन्टिङ बनाउने काम सुरु गर्नुभयो भनेर प्रश्न गरी!मैले अह गरेको छैन भने मन नै लागेको छैन भने,उसले कसैले मन त चोरेन भनेर भनी र मुसुक्क मुस्कान दिई,म पनी के थाहा हुनसक्छ भनेर हासिदिए!उसले अस्तिको साथी खै त भनेर सोधि,सायद उ स्वर्णिमाको कुरा गर्दैथी,मैले उ आको छैन भने उसले नाम सोधि,मैले स्वर्णिमा भनिदिए र राम्रो नाम छ भनीन उनले मैले पनी तिम्रो नाम पनी नराम्रो त छैन नी भने,सुन्दा नै आन्नद हुने "राधा"!  

उसले सायद मसँग नजीकिएको आभास गर्न थालेको थिई र उसले मेरो एउटा फोटो मागी, मलाई के गरु र के नगरु भयो, मैले फोटो दिए र उसले यो साथीको चिनो हुनेछ भनी र उ त्यहा बाट गई! सायद उ त्यहाबाट गएको स्वर्णिमाले देखेको रहेछ र मसँग आएर झर्केर बोली, अर्काको लागी फुर्सदै फुर्सद छ हामि त पराई हामिसँग  त बोल्न पनी समय हुदैन है भनी आएर मख्ख पारेर गई अब पेन्टिङ त उसकै बन्छ होला नि भनी! उ अचानक मलाई तानी र आफ्नो अगाँलोमा च्यापी, उ मलाई चुम्न थाली सायद स्वर्णिमाले गुम्साएर राखेको प्रेम आज सबथोक सुम्पिदै थिई, म अवाक भए, मैले केहि पनि गरिन! उ मलाई अगाँलोबाट फुकाली र त्यहा बाट हिडि रिसको झोकमा! म बुझ्न सकीन यो कस्तो रीस हो या फिर यो कस्तो प्रेम हो? हुन त यो प्रेम हुनुपर्छ यसमा म जलन देखीरहेको थिए, पिडा देखीरहेको थिए! स्वर्णिमाको पेन्टिङ लगभग आधा बनीसकेको थियो र लाग्थ्यो त्यो आधा पेन्टिङमानै सारा सृष्टि समावेश छ,ईन्द्रेणिको हर रङ्ग समावेश छ,आधा चित्रमानै आर्श्चय थियो!उता राधाको पेन्टिङ आज बाट सुरु गरेको मैले के उतारु पेन्टिङमा भनी दुबिधामा परेको थिए!मैले जे बनाए पनी एउटा सृजना त पक्कै हुन्छ भनी सुरु गर्दे गए राधाको लागी उसको रोजाईको पेन्टिङ! 

यता हप्तौ भयो राधा नआएको र म स्वर्णिमा मा फेरी नया जागर देखिरहेको थिए!मैले स्वर्णिमालाई नभनेपनी भित्रभित्रै म राधाको पेन्टिङ सकाउन आटेको थिए र उसले सोचे भन्दा र खोजे भन्दा बढि थियो त्यो पेन्टिङमा!हप्तामा हप्तौ भयो राधाको केहि अत्तो पत्तो थिएन!  यता स्वर्णिमाको मेरो लागी प्रेम असाध्यै थियो!उसको नयनलाई जस्ताको त्यस्तै उतार्ने मन थियो मलाई त्यो आफ्नो अधुरु पेन्टिङमा!म स्वर्णिमालाई यति चाहन्थे कि उसको पेन्टिङ नै मेरो जीवनको अन्तिम पेन्टिङ बनाउन चाहन्थे! यी हातले उसको नाम नै आखिरी पटक  लेख्न चाहन्थे र यस धडकनको आखिरी धडक पनी स्वर्णिमाको नाममा धडकाउन चाहन्थे!उसलाई म माया आफुभन्दा बढि गर्थे!मलाई दुनियाको पर्वाह थिएन केवल आशिक,मज्नु,प्रेमी भएको थिए स्वर्णिमाको प्रेममा!

साच्चै माया आस्था हो,दुई मुटुको बलिदान हो!जे होस मलाई यति थाहा थियो कि स्वर्णिमा केवल मेरो थिई मात्र मेरो!यता राधाको पेन्टिङ पनि अच्ममको बनेको थियो सायद उसले रोजे र खोजे भन्दा बढि थियो!तर उसको आगमन नभएको धेरै भईसकेको थियो,सायद उ सहर गईसकेको थिई होली आफ्नो पेन्टिङको साटो उहि मेरो एउटा फोटो लिएर,साच्ची राधा पनि नराम्रो थिईन उसको नम्र बोली र व्यबहार आकर्षित पार्दथ्यो  मलाई!अपसोच उ टाढा भईसकेकी थिई,सहरको विरान ठाउमा पसिसकेकि थिई!मैले राधाको पेन्टिङलाई नाम दिन सकिरहेको थिएन,र अन्तिममा त्यो पेन्टिङको नाम नै मैले "राधा" राखिदिए! राधाको यादमा एउटा राधा अपहार भयो म बाट!

यता स्वर्णिमाको मामाको छोरी आएकोले उ भेटन नआएको गुनासो सुनाई!मैले उसलाई अगाँलोमा राखिरहे र उसको अधरलाई चुमे! मैले स्वर्णिमालाई भने स्वर्णिमा तिमी सधै कराउने,रिसाउने कुराको समाधान गरिसके!मैले यति के भन्न पाएथे उसले बुझिहाली मैले उसको लागी बनाउन सुरु गरेको पेन्टिङ पुरा भयो भनेर!उ सारै हर्षित भई, लाग्थ्यो कुनै लडाई जितेर छाएको खुसी छाएको छ,उ रणभुमी जितेर आएकी छे!स्वर्णिमाको लागी बनाएको मेरो पेन्टिङ 'राधा' नामक पेन्टिङ पछिको अन्तिम पेन्टिङ थियो! 

मैले स्वर्णिमालाई त्यो पेन्टिङ देखाए र उसको खुसीको सिमा रहेन!मैले स्वर्णिमालाई नै उतारेको थीए त्यस पेन्टिङमा!एउटा यस्तो चित्र बनेको थियो जुन सायद मोनालिसाको मुस्कान भन्दा पनी फरक थियो र राम्रो थियो!स्वर्णिमालाई त्यो पेन्टिङ साह्रै राम्रो लाग्यो! उसले मलाई एकछिन अगाँलोमा बाधिरहि र चुमिरहि!एकछिन स्पर्शको बहार भयो,दुई मुटु एकाएक जुधे, यस खुसीको बखत स्वर्णिमाले एउटा दुख दिने खबर सुनाई उ त मामाको छोरीसँग मामाघर जाने रे!मेरो मुहार एकाएक मलिन भयो तर उसले बाचा गरी उ एक हप्ता पछि आउछु भनी,र मैले पनि उसलाई हुन्छ भनिदिए!उसले त्यो पेन्टिङ पनि आफुसँग लग्छु भनी तर मैले त्यस पेन्टिङको नाम नै राख्न पाएको थिएन !स्वर्णिमाले भनी मलाई राम्रो लाग्यो पेन्टिङ राख्देउ न त यस पेन्टिङको नाम "स्वर्णिमाले मन पराएको पेन्टिङ"! साच्चै यो नाम राम्रो थियो र उ अन्तिम पटक मलाई चुमी त्यहाबाट बिदा मागी!

भोली बिहानै  एकाएक गाडि पल्टेर मान्छे मरे भन्ने हल्ला फैलियो! मलाई मनमा कता कता चिसो पस्यो कतै स्वर्णिमालाई त!म हतार हतार गर्दे गाडि पल्टेको ठाउमा पुगे र यो आखाँ रसाए जे नदेख्नु थियो  त्यहि देख्यो यी आखाँले!स्वर्णिमाको लाश गाडिको छेउमा थियो र उसको हातमा त्यहि पेन्टिङ थियो,मृत्युले रुवाउदा पनि उसको ओठमा अजिब मुस्कान थियो! म उसको नजिक गए मेरो आशुँ स्वर्णिमाको गालामा खस्यो, म रोए, कराए साराले सम्बेदना प्रकट गरे र मसँग स्वर्णिमासँग जोडिएको एउटै चिझ बच्यो स्वर्णिमाले, आफै नाम राखिदिएको पेन्टिङ "स्वर्णिमाले मन पराएको पेन्टिङ"!!!I LOVE YOU FOREVER SWORNIMA.......
बिक्रम गिरी "अपरिचित"
 चन्द्रौटा कपिलबस्तु
Note : Article Received in stharamsharan@gmail.com


गजलका फूलहरू -66 : (15-01-2015/2071-10-01) : Download

NepaliTalim | 2:14:00 PM | 0 comments
फेसबुक पेजको प्रस्तुति   
उत्पादन तथा संचालक 
वि.एस.पृथक
gazalkaphoolharu@gmail.com
हप्ताको हरेक बिहिवार
बेलुकी ९.१५ बजेदेखी 
(15-01-2015/2071-10-01) 

नमस्कार साथीहरु,

आज मिति 2071 माघ 01 गते तदनुसार 15-01-2015 सोमबारका दिन देखी नयाँ जोश नयाँ उमङ्गका साथ वि.एस.पृथकको उत्पादन तथा प्रस्तुतिमा नेपाली साहित्यिक विधा विशेषत नेपाली गजलको लागि समर्पित गजलका फूलहरु फेसबुक पेज चिसापानी ब्लग मार्फत प्रस्तुत गर्दछ र युनाइटेड एफ एम ९२.४ मेगाहर्ज मार्फत बेलुका ९.१५ बजे हस्ताको हरेक सोमबार गजल बाचन र सुमधुर गीत गजलको कार्यक्रम तपाईकै साथी प्रस्तोता गजलकार वि.एस.पृथकको साथमा गजलका फूलहरु । अत्याधिक चर्चामा पुगेको साहित्यिक फेसबुक पेज गजलका फूलहरु पेज गजलकार गौरब श्रेष्ठ मनकुराले सुरु गर्नु भएको हो यो पेजको मुख्य विशेषता यहाँ फोटो गजल प्रकाशन हुने गर्दछ हाल उहाँ लगायत थुप्रै गजलकार हरु एडमिनमा रहेर गजल साहित्य विस्तारमा फेसबुके अभियानमा सामेल हुनुहुन्छ ।

आजको कार्यक्रम Episode 66 हो। के कस्तो लाग्यो सल्लाह सुझाव र प्रतिकृया दिनुहोला । कार्यक्रममा गजलका फूलहरु पेजमा तपाइहरुले पठाउनु भएको उत्कृष्ट गजलरुलाई स्थान दिइनेछ जसको लागि तपाइहरुले फेसबुक पेज गजलका फूलहरुके इन्बक्समा आफ्ना गजलहरु म्यासेज गर्नु पर्नेछ  । यो कार्यक्रम तयार पारेर पठाउनुहुने मित्र कार्यक्रम संचालक वि.एस.पृथकज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download

मुक्तक माला - 88 (18-01-2015/2070-10-04) : Download

NepaliTalim | 1:53:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती १०.१५ आईतबार
(18-01-2015/2070-10-04) 
Facebook Page 


नमस्कार साथीहरु,

आज मिति 2071 माघ 04 गते तदनुसार 18-01-2015 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download

Ajar Amar Geetharu अजर अमर गीतहरू (All Episode of December 2014) : Listen and Download

NepaliTalim | 12:37:00 PM | 0 comments
Ajar Amar Geetharu 
Sunday, Monday, Thrusday 
अजर अमर गीतहरू 



नमस्कार साथीहरु,

उज्यालो ९० नेटवर्कको कार्यक्रम प्रकास सायमीको साथमा हरेक आईतवार , सोमबार र विहिबार प्रसारण हुने नेपाली कालजयि गीतहरुको कार्यक्रम अजर अमर गीतहरु सम्भब भएसम्मका श्रृंखलाहरु सुन्न र डाउनलोड गर्न मिल्ने गरेर तपाईहरु सामु लिएर आएको छु । 

Ajar Amar Geetharu (Sunday, Monday and Thursday 9.15 pm)
An entertaining radio show by Prakash Sayami with contermporary Nepali songs.
Website Source: Ujyalo 90 Network
Listen and Download 
Date : 2014-12-01

Download : Click Here to Download
Date : 2014-12-04

Download : Click Here to Download
Date : 2014-12-07

Download : Click Here to DOwnload
Date : 2014-12-08

Download : Click Here to Download
Date : 2014-12-11

Download : Click Here to Download
Date : 2014-12-14

Download : Click Here to Download
Date : 2014-12-15

Download : Click Here to Download
Date : 2014-12-18

Download : Click Here to Download
Date : 2014-12-21

Download : Click Here to Download
Date : 2014-12-22

Download : Click Here to Download
Date : 2014-12-25

Download :  Click Here to Download
Date : 2014-12-28

Download : Click Here to Download
Date : 2014-12-29

Download : Click Here to Download

Thank you 

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger