Muktak Madhurima (2070-11-29/13-03-2014) - Download

NepaliTalim | 12:34:00 PM | 0 comments
Muktak Madhurima 
Radio : Radio Arpan 104.5 
Time : Thrusday 9.15pm
Host : Ramu Acharya

Date : (2070-11-29/13-03-2014) 


आज मिति 2070 फाल्गुन 29 गते तदनुसार  13th March-2014 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी रेडियो अर्पण १०४.५ मेगाहर्जबाट बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।        
Listen and Download

Download : Click Here to Dwonload

साहित्यिक अनुरागी कवीन्द्र लम्सालका ६ गजलहरू_21-March-2014

NepaliTalim | 12:03:00 PM | 0 comments
Kabindra Lamsal
१. गजल
पढाइभन्दा इम्पोर्टेंन्ट, हजुर लाग्छ मलाई !
याद आएर सताउदाँ, आतुर लाग्छ मलाई !! 

जतिखेरै हजुरलाई नै सम्झी बस्छु म !
हजुर नजिक भएपनि, दुर लाग्छ मलाई !!

किताब कापी अगाडि, ध्यान भने हजुरमै !
हजुर नै देवता अनि, देवपुर लाग्छ मलाई !!

सधैंभरि हजुरकै साथमा हुन पाए हुन्थ्यो !
कहाँ दे'ला समयले, मजबुर लाग्छ मलाई !!

अरू केही माग्दिनँ म, सधैं माया गर्नु है !
हजुरकै मीठो माया, पाहुर लाग्छ मलाई !!
साहित्यिक अनुरागी कवीन्द्र लम्साल
तम्घास, गुल्मी नेपाल

२. गजल
मन् मन् मात्र कुरा गर्ने,फोन खोजिराछु !
भ्रमभित्रको रहस्यमा,प्रोटोन खोजिराछु !!

कसरी हो प्रेम गर्ने,सिकाउँछौ की विज्ञान !
छड्के नजर लगाउनलाई,कोण खोजिराछु !!

उनको हृदयको रहस्य,कसरी बुझूँ खै !
उनकै दिलमा छिर्न ढोका,ओन खोजिराछु !!

उनको मन नाप्नु छ,यन्त्र बनाऊ विज्ञान !
कहाँ लुकाऊँ उनलाई मुटुमा,जोन खोजिराछु !!

बाँचुञ्जेल उनी र म,नछुटाइदेऊ कवै !
पिरतिले मुटु किन्न,लोन खोजिराछु !!
साहित्यिक अनुरागी कवीन्द्र लम्साल
तम्घास, गुल्मी नेपाल

3. Gazal
I have true love for you please dear believe me !
I can't live without you that's why receive me !!

Nowhere you'll get longlive and true love !
I have no any self,so never deceive me !!

I have kept you in core of my liver !
I  have stolen your heart but don't call thief me !!

You are hidden in heart covering with love !
If I hurt you please beloved forgive me !!

In my respiration,your love blows each time !
You are my heart-beat dear,so never leave me !!
Kabindra Lamsal
Tamshas, Gulmi Nepal

४. गजल
उनको मेरो छुटेको साथ मिलाइदेऊ न प्रभु
फाटेका दुई मुटुलाई सिलाइदेऊ न प्रभु

रूदैँ होलिन् एक्लै उनी मलाई सम्झिसम्झि
मलाई मेरी मायालुलाई दिलाइदेऊ न प्रभु

कति झार्नु आँशु धारा उनकै सम्झनामा
उनकै यादमा जलेको मन चिसाइदेऊ न प्रभु

मलाई दुख्दा उनी रून्थिन् उनलाई दुख्दा रून्थेँ
हामी दुईको सीमा रेखा मिटाइदेऊ न प्रभु

सक्दिनँ म एक्लै बाँच्न उनकै यादले मारिसक्यो
एक्लै बाँच्नु भन्दा विषै पिलाइदेऊ न प्रभु
साहित्यिक अनुरागी कवीन्द्र लम्साल
तम्घास, गुल्मी नेपाल

५.गजल
रगत बग्ने रक्तनली टुटेपछि रोएँ सानु!
अजम्बरी नाता हाम्रो छुटेपछि रोएँ सानु!!

आकाश अनि चादँनीको जस्तै थियो सम्बन्ध नि!
त्यै सम्बन्ध ऐनासरी फुटेपछि रोएँ सानु!!

अरूलाई त पराईले लुटेपछि रून्छन् बर !
मलाई भने आफ्नाले नै लुटेपछि रोएँ सानु!!

लगेका छन् तिमीलाई मबाट धेरै टाढा!
सपनीमा तिमीलाई देखी उठेपछि रोएँ सानु!!

जीवन अनि मरणको दोसाँधमा छु म यहाँ!
आफ्नो मुटु आफैबाट थुतेपछि रोएँ सानु!!
साहित्यिक अनुरागी कवीन्द्र लम्साल
तम्घास, गुल्मी नेपाल

६.गजल
सिन्दुरले सिउँदो रङ्गै बन्धन भयो तिमीसँग !
सुखदुःख जिउँला जीवन वचन भयो तिमीसँग !!

आमा,बुवा,जन्मघर छोडी आयौ मेरो साथमा !
तन,मन सुम्पियौ अनि जीवन भयो तिमीसँग !!

तिमीजस्ती पत्नी पाउनु मेरो पनि भाग्य नै हो !
खुशी छु म जिन्दगीमा मिलन भयो तिमीसँग !!

खाडीमै छ मेरो जीवन जसोतसो खुशी हुनु !
आउँछु छिट्ठै फर्की म आश्वासन भयो तिमीसँग !!

सकेसम्म सबैकी प्यारी भएर बस्नु तिमी !
तिम्रो मुटु मेरो मन धड्कन भयो तिमीसँग !!
तम्घास, गुल्मी नेपाल

All Copyrights Reserved with Writer 

मुक्तक माला (02-12-2014/2070-11-16) : Download

NepaliTalim | 4:34:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती ९.३० आईतबार
(02-12-2014/2070-11-16)
Facebook Page 


नमस्कार साथीहरु,

आज मिति 2070 चैत्र 02 गते तदनुसार 16 March 2014 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला ।
Listen and Download

Download : Click Here to Download

गजलका फूलहरू -31 : (17-03-2014/2070-12-03) : Download

NepaliTalim | 1:25:00 PM | 0 comments
गजलका फूलहरु 
फेसबुक पेजको प्रस्तुति   
उत्पादन तथा संचालक 
वि.एस.पृथक
gazalkaphoolharu@gmail.com
हप्ताको हरेक सोमबार
बेलुकी ९.१५ बजेदेखी 
(18-03-2014/2070-12-03)

नमस्कार साथीहरु,

आज मिति 2070 चैत्र 03 गते तदनुसार 17th March 2014 सोमबारका दिन देखी नयाँ जोश नयाँ उमङ्गका साथ वि.एस.पृथकको उत्पादन तथा प्रस्तुतिमा नेपाली साहित्यिक विधा विशेषत नेपाली गजलको लागि समर्पित गजलका फूलहरु फेसबुक पेज चिसापानी ब्लग मार्फत प्रस्तुत गर्दछ र युनाइटेड एफ एम ९२.४ मेगाहर्ज मार्फत बेलुका ९.१५ बजे हस्ताको हरेक सोमबार गजल बाचन र सुमधुर गीत गजलको कार्यक्रम तपाईकै साथी प्रस्तोता गजलकार वि.एस.पृथकको साथमा गजलका फूलहरु । अत्याधिक चर्चामा पुगेको साहित्यिक फेसबुक पेज गजलका फूलहरु पेज गजलकार गौरब श्रेष्ठ मनकुराले सुरु गर्नु भएको हो यो पेजको मुख्य विशेषता यहाँ फोटो गजल प्रकाशन हुने गर्दछ हाल उहाँ लगायत थुप्रै गजलकार हरु एडमिनमा रहेर गजल साहित्य विस्तारमा फेसबुके अभियानमा सामेल हुनुहुन्छ ।

आजको कार्यक्रम एकतिसौं श्रृंखला हो। के कस्तो लाग्यो सल्लाह सुझाव र प्रतिकृया दिनुहोला । कार्यक्रममा गजलका फूलहरु पेजमा तपाइहरुले पठाउनु भएको उत्कृष्ट गजलरुलाई स्थान दिइनेछ जसको लागि तपाइहरुले फेसबुक पेज गजलका फूलहरुके इन्बक्समा आफ्ना गजलहरु म्यासेज गर्नु पर्नेछ  । यो कार्यक्रम तयार पारेर पठाउनुहुने मित्र कार्यक्रम संचालक वि.एस.पृथकज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु
Listen and Download

Download : Click Here to Download

श्रृंखला 95 - वहकिने मन (2070-12-03/17-03-2014) : Download

NepaliTalim | 10:32:00 AM | 0 comments
बहकिने मन BAHAKINE MAN
DATE :  (2070-12-03/17-03-2014) 
Time : 9.15pm Every Monday         

Host :  Mahabir Biswakarma         

Phone-977-01-550982 / 5551161 

Facebook : Bahakine Man

FM: CIN Network 

नमस्कार,

आज मिति 2070 चैत्र 03  तदनुसार 17-March-2014 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन EPISODE 95 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download

Download : Click Here to Download Episode 95

Episode : 86 (यो साँझ यो सुबाश-18-03-2014) - Download

NepaliTalim | 10:26:00 AM | 0 comments
YO SANJH YO SUBASH     
(18-03-2014 /2070-12-04)
प्रस्तोता : प्रदिप गिरि    
कार्यक्रम : यो साँझ यो सुबाश  
Email : hajurkopatra@gmail.com     
Website : http://ransimedia.com     
Facebook : YSYS Facebook Page
Phone :  9808826116

आज मिति 2070 चैत्र महिनाको 04 गते तदनुसार 18th March 2014  मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको  Episode-86 औ श्रीङ्खला साथ लिएर लिएर सदाझैं आज पनि  तपाईहरु सामु  प्रस्तोता प्रदिप गिरी कार्यक्रम लिएर उत्पादन सहयोगि रन्सी गिरि  (Ransi Media) को साथमा उपस्थित भएका छौं । 

रन्सी मेडियाले यु एस ए मा उत्पादन गर्ने यो कार्यक्रम नेपाल  भरि बिभिन्न एफ एम स्टेशनहरु लगायत विश्वभरी युटुब, ब्लगहरु, र  विभिन्न वेबसाइटहरुमार्फत स्रोता समक्ष पुग्दछ जहाँ  नेपाली गजल,प्रेरणदाई कथा, लेख रचनाहरुको प्रस्तुती रहनेछन् । साथ आईफोन र एन्ड्रोइड फोनमामा कार्यक्रम सुन्नको लगि Application "Nepali Fm" मा हाम्रा सम्पूर्ण श्रीङ्खलाहरु सुन्न सक्नु हुनेछ ।  कार्यक्रमका सम्पूर्ण श्रीङ्खलाहरु उपलब्ध गराएर सहयोग गर्नुहुने साथी कार्यक्रम प्रस्तोता प्रदिप गिरि र उत्पान सहयोगी रन्सि  मेडियाका रन्सी गिरिलाई हृदयदेखीनै धेरै धेरै धन्यवाद दिन चाहन्छु  
Listen and Download

Download : Click Here to Download Episode 86

मेरो रचना (2070-12-02/16-03-2014) : Download

NepaliTalim | 9:42:00 AM | 0 comments
कार्यक्रम : मेरो रचना  
रेडियो अर्पण १०४.५ मेघाहर्ज  
रत्ननगर १ बकुलर चोक , चितवन 
प्राबिधिक : रिजन केसी  र राज पौडेल 
सल्लाह सुझाबको लागी  : ९८१७२३८६२४
आइतबार बिहान १० बजे पछि 
(2070-12-02/16-03-2014) 

नमस्कार साथीहरू,

आज मिति 2070 चैत्र 02 गते तदनुसार 16-March-2014 आइतवारका, रेडियो अर्पण १०४.५ मेघाहर्जको साहित्य विशेष  कार्यक्रम मेरो रचनामा कार्यक्रम संचालक दिपेन्द्र लामा हार्दिक स्वागत गर्दछ ।  कार्यक्रम सुनेर सल्लाह सुझाब दिन नभुल्नुहोला ।
Listen and Download 

Download : Click Here to Download

सिर्जनाका स्वरहरु (2070-08-30) गजलकार धनराज बास्तबिक सँगको अन्तवार्ता बिशेष : Download

NepaliTalim | 3:12:00 PM | 0 comments
गजल बिशेष रेडियो कार्यक्रम
सिर्जनाको स्वरहरु 
एफ एम रेडियो मिर्मिरे ८९.४
प्रस्तोता सत्य सागर
मिति :(2070-09-07/22-12-2013)





नमस्कार 

आज २०७० मंसिर 30 गते शनिवारका रेडियो मिर्मिरे एफ एम ८९.४ मेगाहर्जको नेपाली साहित्य विशेष त गजल बिशेष कार्यक्रम सिर्जनाका स्वरहरुमा आज गजल धनराज बास्तबिक सँगको अन्तवार्ता विशेष लिएका आएको छु । कार्यक्रम सुनेर प्रतिकृया दिनुहोला । 
Listen and Download

Download : Click Here to Download

नयाँ बुलबुल - 25 : (15-03-2014/2070-12-01) : Download

NepaliTalim | 12:42:00 PM | 0 comments
RADIO  UJYALO 90Mhz FM PRESENTS 
NEW BULBUL EPISODE - 22 
Date :(15-03-2014/2070-12-01)

नमस्कार,

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति 2070 चैत्र 01 गते तदनुसा 15-03-2014 आइतवारका दिन बुलबुलको शनिवारिय श्रृंखलाको पहिलो श्रृंखला रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (NEW Bulbul Episode -25) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला । बुलबुल डाउनलोडका सम्पूर्ण स्रोत  स्रोत उज्यालो ९० नेटवर्कको वेबसाईट www.ujyaaloonline.com  हो 
सूचना,
आइतवारिय बुलबुल शनिवार (पहिलो श्रृंखला २०७० माघ २०७० तदनुसार ०१ फेब्रुअरी २०१४) सोहि समय सारिएको जानकारी गरिन्छ ।
Listen and Download

Download : Click Here to Download Episode 25

चार लाईन मुक्तक (2070-11-30/2014-03-14) : Download

NepaliTalim | 9:19:00 AM | 0 comments
रेडियो ध्रुबताराको ८९.८ को प्रस्तुती 
कार्यक्रम चार लाइन मुक्तक 
समय : शुक्रबार बेलुका ९.१५
सुनिल महतोको साथमा 
(2070-11-30/2014-03-14)

नमस्कार साथीहरु,

आज मिति 2070 फाल्गुन 30 गते तदनुसार 14 March-2013 शुक्रबारका दिन सदा झैं ९.१५ मा वि.वि.सि सेवा पछी रेडियो ध्रुबतारा ८९.८ मेगाहर्जको मुक्तक विशेष प्रस्तुती चार लाइन मुक्तक कार्यक्र लिएर कार्यक्रम प्रस्तोता सुनिल महतोको साथमा उपस्थित भएको छु । कार्यक्रम उपलब्ध गराएर सहयोग गर्नुहुने प्रस्तोता मित्र सुनि महतोलाई धेरै धेरै धन्यवाद ।
Listen and Download

Download : Click Here to Download

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger