गजलकार अन्जान यात्रीका ६ गजलहरू_(13-03-2014)

NepaliTalim | 2:55:00 PM | 0 comments
अन्जान यात्री
१.गजल 
आखाँमा सपना अनि जिन्दगी राखेर।
आएको छु घरजग्गा बन्धकी राखेर।१

मैले रिनको बदला तम्सुकमा पनि।
आमा बाबा र गाउलाई साची राखेर।२

यो मनमा नहुने भाबना उत्पन हुन्छ।
लेखेको छु गजल आफ्नै कहानी राखेर।३

न उन्नति भएछ न प्रगती भएछ।
आए बिदेसमा आफ्नो सम्पती राखेर।४
अन्जान यात्री
सिगौडी ३

२.गजल
कहिले कस्को नहोलार त्यो मुटु नदुखेको॥
देखि सायद यि नारिका अस्मिता लुटेको॥

यि दुष्टनेताको नियत नै यस्तो भएर होला॥
पटक पटक देशमा रगतको खोला बगेको॥

कस्तो दसा लगाएछन देशको यि पापिहरुले॥
ईतिहास छ मसंग भाईभाई लडाई गरेको॥

किन बिर्सेछन बुद्धको आज्ञा अनि चाहाना।
खै कसरि बिर्सु मान्छेको हातमा हतगडी बाधेको॥
अन्जान यात्री
सिगौडी ३

३.गजल
उ त्रसित भएछ तिम्रो दबाब देखेर।
सय प्रश्न अनि त्यसको जफाब देखेर।

उ साह्रै पिडा सहेर उभिरहेछ किन?
होला नक्कली जवानिको नकाब देखेर।

किनएकलौटे निर्णय भाको होला मान्छेमा।
मनि नाजुक भएछु मान्छेको निसाफ देखेर।

उसलाई पिडा दिएर मुटु जलाएर।
सलाई माग्यो उसंग तेजाब देखेर।
अन्जान यात्री
सिगौडी ३

४.गजल
आज आफ्नै भाग्य खोजिरहेछु निधारसंग।
के जफाव माग्ला र?नदिले किनारसंग।

झुपडिले कसरी ओत काट्छहोला रातमा।
के उतर छर मालिक अनि दरवारसंग।

देसलाई कसरी चलाउछौ सोध्छ बिदेसले।
उतर नै रहेनछ अबोध सरकारसंग।

भिमसेन र बुद्धको उपदेस पराय भएर।
देस सुम्पिने छन एकदिन उपहारसंग।
अन्जान यात्री
सिगौडी ३

५.गजल
तिमिले मलाई बन्धक बनाएर।
जलायौ मनमूटू आगो लगाएर।

तिमि खूशी संसारमा बाचेछौ अरे।
म अभाग्गी बनेछु भाग्य फुटाएर।

उनले परायको घुम्तो ओडी भनेर।
पठायो कसैले मलाई सम्झाएर।

मार्नेले माया मारेर गयपछी तिम्रो।
के गर्छस 'अन्जान'जिन्दगी बचाएर।
अन्जान यात्री
सिगौडी ३

६.गजल
कसैले त्यो नाजुकलाई बन्धनमा बाधेर।
गयो फेरि उसेको शिरको सिन्दुर पुछेर।१

तेरो धरातल भनेको पनि यहि चिता हो।
कहाँ पुग्ने आशामा छस जातभात बारेर।२

पहिले समन्ध जोडाई बिधुवा बनाई।
गर्यौ तिमि अत्यचारको सिमाना नाघेर।३

तिमिले ठिक गलत छुट्याउन सक्दैनौ भने।
के स्वर्गमा स्थान हुनेछ तिम्रो ढुङ्गा पुजेर।४

तिमि पनि त्यो समयको पर्खाईमा बसिराख।
आउनेछ सपना 'अन्जान'झै चादनी चम्केर।५
अन्जान यात्री
सिगौडी ३ 

BULBUL 236 : (12-03-2014/2070-11-28) : Download

NepaliTalim | 10:37:00 AM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS  
BULBUL EPISODE - 235
Host : Achyut Ghimire  
Date : (12-03-2014/2070-11-28) 


शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! आज मिति 2070 फाल्गुन 28 गते तदनुसार 12-03-2013 मंगजबार का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 236) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं..... युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
खुसीको खबर तथा सूचना
आइतवार १३ असोज २०७० देखी बुलबल उज्यालो ९० मेगाहर्जबाट हप्ताको २ दिन हरेक आइतवार र बुधवार सोहि समय रातको ९.१५ देखी १० वजेसम्म फरक फरक श्रृंखला प्रशसारण भइरहेको छ । निरन्तर चलिरहेको आइतवारिक बुलबुल १८ श्रृंखला पस्चात सदाकै समयमा आइतवारबाट सनिबार बज्नेछ । धन्यवाद । 
Listen and Download

Download : Click Here to Download

मेरो रचना (2070-11-25/09-03-2014) : Download

NepaliTalim | 9:23:00 AM | 0 comments
कार्यक्रम : मेरो रचना  
रेडियो अर्पण १०४.५ मेघाहर्ज  
रत्ननगर १ बकुलर चोक , चितवन 
प्राबिधिक : रिजन केसी  र राज पौडेल 
सल्लाह सुझाबको लागी  : ९८१७२३८६२४
आइतबार बिहान १० बजे पछि 
(2070-11-25/09-03-2014)

नमस्कार साथीहरू,

आज मिति 2070 फाल्गुन 25 गते तदनुसार 09-March-2014 आइतवारका, रेडियो अर्पण १०४.५ मेघाहर्जको साहित्य विशेष  कार्यक्रम मेरो रचनामा कार्यक्रम संचालक दिपेन्द्र लामा हार्दिक स्वागत गर्दछ ।  कार्यक्रम सुनेर सल्लाह सुझाब दिन नभुल्नुहोला ।
Listen and Download 

Download : Click Here to Download

9.घरबाटै लोकसेवा तयारी -केहि सोधिएका प्रश्न तथा उत्तरहरू

NepaliTalim | 11:55:00 AM | 0 comments
गर> प्रसिद्ध काराकोरम राजमार्गले कति वटा सार्क मुलुकलाई छुन्छ?
-२ वटा(भारत र पाकिस्थान)

> नेपालका सुचना तथा सञ्चार मन्त्री को हुन्‌?
-डा.मिनेन्द्र रिजाल,ने.का

> "अर्थशास्त्रका पिता"भनेर कसलाई चिनिन्छ?
-Adam smith

> सबैभन्दा कम प्रयोग हुने अंग्रेजी अक्षर 'Q' हो भने सबैभन्दा बढि प्रयोग हुने अंग्रेजी अक्षर कुन हो?
-E

> टि-ट्वान्टी विश्व कप क्रिकेट-२०१०को उपाधी कुन टिमले लगेको थियो?
-c.इङ्ल्याण्ड(उप बिजेता-अष्ट्रेलिया)

> बैकुण्ठ झरना कुन जिल्लामा पर्छ ?
-पाल्पा

> कम्प्यूटरलाई नेपालीमा के भनिन्छ?
-सुसंख्या

> नेपालको पूर्व-पश्चिम औषत लम्बाई कति कि.मी छ?
-c.885 k.m

> नेपालको सबैभन्दा फराकिलो सडक भएको शहर कुन हो?
-ख.बिराटनगर

***बजेटसम्बन्धी केही जानकारीहरु ::--
=== सर्वप्रथम बजेटको सुरुवात सन् १७३३ मा बेलायतबाट भएको हो ।
===बेलायतमा सर्वप्रथम बजेट प्रस्तुत तत्कालीन वित्तमन्त्री सर वालपोलले गरेका थिए ।
===दुई छुट्टाछुट्टै बजेट पेश गर्ने राष्ट्र भारत हो ।
===बर्षमा दुईपटक बजेट पेश गर्ने राष्ट्र फ्रान्स हो ।
===कार्यक्रम बजेटको सुरुवाट अमेरिकाबाट भएको हो ।
===नेपालमा सर्वप्रथम बजेट वि.स. २००८ माघ २१ गते प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाको पालामा प्रस्तुत गरियो ।
===नेपालमा हालसम्म सबैभन्दा धेरै पटक बजेट प्रस्तुत गर्ने अर्थमन्त्री महेश आचार्य ७ पटक हुन् ।
===नेपालमा सरकारी बजेटलाइ आ.व. २०१३/१४ देखि साधारण र विकास बजेट गरी छुट्याइयो ।
===नेपालमा कार्यक्रम बजेटको सुरुवात वि.स. २०२६ सालदेखि भएको हो ।
===नेपालको पहिलो राष्ट्रिय बजेटको कुल अनुमानित व्यय रु ५.२५ करोड रहेको थियो ।

केही प्रश्न र तिनका उत्तरहरु::
***जनजाति विकासका लागि ल्याइएको पहिलो कार्यक्रम कुन हो?
======प्रजा बिकास कार्यक्रम
***THE LIGHT OF WORLD भनेर कसलाई चिनिन्छ?
======जेसस क्राइस्ट
***भगवान वुद्धले पहिलो उपदेश कहाँ दिएका थिए?
======सारनाथ
***नेपालको सबैभन्दा पुरानो सडक कुन हो?
======त्रिभुवन राजमार्ग
***नेपालका हिमरेखाको सरदर उचाई कति रहेको छ?
======5000 मी.
***नेपालको मौद्रिक नीति कसले निर्धारण गर्छ?
======नेपाल राष्ट्र वैँक
***कुनचाहि प्राकृतिक पोलिमरको उदाहरण हो?
क.पोलिमाइनाइल क्लोराइड
ख.रबर
ग.बेकेलाइट
घ.पोलिइथिलिन
======रबर
***माओले क्रान्तिका नायक भनेर कसलाई मान्थे?
======किसान
***एउटा कोठामा भएका कुकुर र मानिसमा कुल 10 टाउका र 32 खुट्टा छन् भने त्यहाँ कति कुकुर रहेछन्?
======6
***6 ,6 वटा जिल्ला भएका नेपालका अंचल कति छन्?
======5
***भुटान भ्रमण गर्ने प्रथम नेपाली प्रधानमन्त्री को हुन?
======सुर्य बहादुर थापा
***जलबायु परिवर्तन सम्बन्धमा माल्दिप्स सरकारको पानीमुनिको बैठक कहिले बसेको थियो?
======१९ अक्टोबर २००९
***ओलम्पिक लोगोमा सात महादेशलाई चिनाउन कतिवटा रङ्ग प्रयोग भएका हुन्छन?
======५
***बैदेशिक रोजगारीका लागि नेपालीहरु निम्न मध्ये कुन मुलुकमा बढी गएका छन?
======मलेसिया
***सार्कका कती राष्ट्र BIMSTECमा आबद्ध छैनन?
======३
***टेलिभिजनको दर्शक भनेजस्तै रेडियोको के?
======श्रोता
***उषाहरण कसको कृति हो?
======भुपतिन्द्र मल्ल
***विश्वमा सबैभन्दा दोस्रो बढी हिन्दु धर्म मान्ने मानिस कुन देशमा छन्?
======नेपाल
***गोरखाका राजा रामशाहका पिताको नाम के थियो?
======पुरन्दर शाह
***हाल UNOको बजेटमा अमेरिकाको हिस्सा कति % रहेको छ?
======22%
***तलका मध्ये भारतिय स्वतन्त्रतासँग कसको सम्बन्ध छ?
क.एन्नी बेसेन्ट
ख.गोल्डा मेयर
ग.जुलिया चाङ्ग
घ.कुरुप्स्काया
======एन्नी बेसेन्ट
***तिलिचो ताल कति उचाइमा अवस्थित छ?
======४९१९ मिटर
***क्रिकेट खेलमा पिचको लम्बाइ कति हुन्छ?
======२२ गज

वन सम्बन्धी बिविध जानकारीहरु::
-वन जङ्गलले ढाकिएको क्षेत्र नेपालको कुल क्षेत्रफलको ३९.६% छ।
-तेह्रौ योजना( आधारपत्र)को लक्ष वन क्षेत्र कुल भुभागको ४०% पुरयाउने रहेको छ।
-कुनैपनी मुलुकको बातावरण सन्तुलनका लागि ४३% वनक्षेत्र आवश्यक मानिन्छ।
-नेपालमा कुल इन्धनको ८६.१% परम्परागत उर्जाको प्रयोग हुन्छ।
-परम्परागत उर्जामध्ये पनि ७६.९१% दाउरा प्रयोग हुने अवस्था छ।
- हालसम्म २० सम्रक्षण क्षेत्र स्थापना भएका छन जसले कुल भुभागको २३.२३% ओगटेको छ।
-हाल नेपालको २.५% भुभाग सिमसार क्षेत्रले ओगटेको छ।

Episode : 85 (यो साँझ यो सुबाश-11-03-2014) - Download

NepaliTalim | 11:57:00 AM | 0 comments
YO SANJH YO SUBASH     
(11-03-2014 /2070-11-27)
प्रस्तोता : प्रदिप गिरि    
कार्यक्रम : यो साँझ यो सुबाश  
Email : hajurkopatra@gmail.com     
Website : http://ransimedia.com     
Facebook : YSYS Facebook Page
Phone :  9808826116

आज मिति 2070 फाल्गुन महिनाको 27 गते तदनुसार 11th March 2014  मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको  Episode-85 औ श्रीङ्खला साथ लिएर लिएर सदाझैं आज पनि  तपाईहरु सामु  प्रस्तोता प्रदिप गिरी कार्यक्रम लिएर उत्पादन सहयोगि रन्सी गिरि  (Ransi Media) को साथमा उपस्थित भएका छौं । 

रन्सी मेडियाले यु एस ए मा उत्पादन गर्ने यो कार्यक्रम नेपाल  भरि बिभिन्न एफ एम स्टेशनहरु लगायत विश्वभरी युटुब, ब्लगहरु, र  विभिन्न वेबसाइटहरुमार्फत स्रोता समक्ष पुग्दछ जहाँ  नेपाली गजल,प्रेरणदाई कथा, लेख रचनाहरुको प्रस्तुती रहनेछन् । साथ आईफोन र एन्ड्रोइड फोनमामा कार्यक्रम सुन्नको लगि Application "Nepali Fm" मा हाम्रा सम्पूर्ण श्रीङ्खलाहरु सुन्न सक्नु हुनेछ ।  कार्यक्रमका सम्पूर्ण श्रीङ्खलाहरु उपलब्ध गराएर सहयोग गर्नुहुने साथी कार्यक्रम प्रस्तोता प्रदिप गिरि र उत्पान सहयोगी रन्सि  मेडियाका रन्सी गिरिलाई हृदयदेखीनै धेरै धेरै धन्यवाद दिन चाहन्छु  
Listen and Download

Download : Click Here to Download Episode 85

गजलका फूलहरू -30 : (10-03-2014/2070-11-26) : Download

NepaliTalim | 11:27:00 AM | 0 comments
गजलका फूलहरु 
फेसबुक पेजको प्रस्तुति   
उत्पादन तथा संचालक 
वि.एस.पृथक
gazalkaphoolharu@gmail.com
हप्ताको हरेक सोमबार
बेलुकी ९.१५ बजेदेखी 
(10-03-2014/2070-11-26)

नमस्कार साथीहरु,

आज मिति 2070 फाल्गुन 26 गते तदनुसार 10th March 2014 सोमबारका दिन देखी नयाँ जोश नयाँ उमङ्गका साथ वि.एस.पृथकको उत्पादन तथा प्रस्तुतिमा नेपाली साहित्यिक विधा विशेषत नेपाली गजलको लागि समर्पित गजलका फूलहरु फेसबुक पेज चिसापानी ब्लग मार्फत प्रस्तुत गर्दछ र युनाइटेड एफ एम ९२.४ मेगाहर्ज मार्फत बेलुका ९.१५ बजे हस्ताको हरेक सोमबार गजल बाचन र सुमधुर गीत गजलको कार्यक्रम तपाईकै साथी प्रस्तोता गजलकार वि.एस.पृथकको साथमा गजलका फूलहरु । अत्याधिक चर्चामा पुगेको साहित्यिक फेसबुक पेज गजलका फूलहरु पेज गजलकार गौरब श्रेष्ठ मनकुराले सुरु गर्नु भएको हो यो पेजको मुख्य विशेषता यहाँ फोटो गजल प्रकाशन हुने गर्दछ हाल उहाँ लगायत थुप्रै गजलकार हरु एडमिनमा रहेर गजल साहित्य विस्तारमा फेसबुके अभियानमा सामेल हुनुहुन्छ ।

आजको कार्यक्रम तिसौं श्रृंखला हो। के कस्तो लाग्यो सल्लाह सुझाव र प्रतिकृया दिनुहोला । कार्यक्रममा गजलका फूलहरु पेजमा तपाइहरुले पठाउनु भएको उत्कृष्ट गजलरुलाई स्थान दिइनेछ जसको लागि तपाइहरुले फेसबुक पेज गजलका फूलहरुके इन्बक्समा आफ्ना गजलहरु म्यासेज गर्नु पर्नेछ  । यो कार्यक्रम तयार पारेर पठाउनुहुने मित्र कार्यक्रम संचालक वि.एस.पृथकज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु
Listen and Download

Download : Click Here to Download

मुक्तक माला (09-03-2014/2070-11-25) : Download

NepaliTalim | 10:51:00 AM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती ९.३० आईतबार
(09-03-2014/2070-11-25)
Facebook Page 


नमस्कार साथीहरु,

आज मिति 2070 फाल्गुन 25 गते तदनुसार 09th March 2014 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला ।
Listen and Download

Download : Click Here to Download

गीत सुन्नुहोस्_घुम्न जाउँ जुम्ला (शब्द - धनराज वास्तबिक) : Download

NepaliTalim | 10:41:00 AM | 0 comments
Dhanraj Bastabik
Massage From Dhanraj Bastabik 


आदर्णिय मेरा मित्र बन्धु बेलकुलै नयाँ र सुमधुर लोक देउडा गित सरर घुम्न जाउ जुम्ला बजार, यहाहरुको बिचमा पुर्याउन आतुर भएका छौ । तपाई संचार कर्मि, गायक, स्रोता, ब्यबसायि सबैमा सहयोगको अपेक्षा गरेका छौ । साथै तपाईको ईमेल ठेगना यसै प्रतिक्रिया बक्समा राखि दिनु होला हामि गित पठाउने छौ । सुनेर प्रतिक्रिया दिनु होला ।

सँंगित - भरतराज बिष्ट

शब्द - धनराज वास्तबिक

स्वर - महेन्द्र शाही राष्कोटि,पूर्णकला वि. सि.
फोन नं. 9848329552,9848394720,9848115572
Source : Dhanraj Bastabik
Listen and Download

Download : Click Here to Download

स्मृतिका पाना (2070-11-26/10-03-2014) स्वर्णीम विहानी साहित्यिक प्रतिष्ठान सिन्धुलीका अध्यक्ष प्रभु विवस सँगको अन्तवार्ता बिशेष: Download

NepaliTalim | 9:57:00 AM | 0 comments
रेडियो रामेछाप ९५.८ मेगाहर्जको प्रस्तुति 
साहित्यिक : कार्यक्रम स्मृतिका पाना
हरेक सोमबार बेलुकि ९.१५ देखी 
प्रस्तोता : Psquare Prajwal Paudel
फेसबुक : Facebook Page
(2070-11-26/10-03-2014)

स्वर्णीम विहानी साहित्यिक प्रतिष्ठान सितलपाटी ६ सिन्धुलीका अध्यक्ष प्रभु विवस सँग प्रज्वल पौडेलले लिएको अन्तवार्ता बिशेष

नमस्कार साथीहरु,
आज मिति 2070 फाल्गुन महिनाको 26  गते तदनुसार 10-March-2014 सोमबारका दिन सदाझैं यो बेलुकाको ९ बजेको बि.बि.सि सेवा पछि रेडियो रामेछाप ९५.८ मेगाहर्जको गजल सहित्य विशेष कार्यक्रम स्मृतिका पाना लिएर आज पनि कार्यक्रम प्रस्तोता प्रज्वल पौडेल र प्राविधिक मित्र विभिन्न सांगीतिक मनोरञ्न सहित उपस्थित हुनुभएको छ ।  कार्यक्रममा तपाईहरु पनि सहभागी जनाउनको लागि र सल्लाह सुझाबको लागि यो इमेलमा मेल गर्न सक्नुहुनेछ । यो कार्यक्रम पठाएर सहयोग गर्नुहुने साथी कार्यक्रम प्रस्तोता प्रज्वल पौडेललाई धेरै धेरै धन्यवाद । 
Listen and Download

Download : Click Here to Download

श्रृंखला 94 - वहकिने मन (2070-11-26/10-03-2014) साहित्यकार तथा संस्कृती बिद तुलसि दिवश सँगको अन्तवार्ता विशेष : Download

NepaliTalim | 10:00:00 PM | 0 comments
बहकिने मन BAHAKINE MAN
DATE : (2070-11-26/10-03-2014)
Time : 9.15pm Every Monday         

Host :  Mahabir Biswakarma         

Phone-977-01-550982 / 5551161 

Facebook : Bahakine Man

FM: CIN Network 

साहित्यकार तथा संस्कृती बिद तुलसि दिवश सँगको अन्तवार्ता विशेष

नमस्कार,

आज मिति 2070 फाल्गुन 26  तदनुसार 10-March-2014 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन EPISODE 94 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download

Download : Click Here to Download

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger