गजलका शेरहरु (2070-03-18/03-07-2013) अर्न्तवाता बिशेष - Download

NepaliTalim | 2:20:00 PM | 0 comments
कार्यक्रम : गजलका शेरहरु   
संचालिका : लक्ष्मि इतिहाँस       
समय : मंगलबार बेलुका ९.१५बजे           
एफ.एम रेडियो एकता 92.4, लालबन्दी  
फेसबुक पेज  : Gazalka Sherharu   
मिति :(2070-03-18/03-07-2013)

(बिभिन्न ७ भाषामा गजल लेखेर चर्चा कमाएका गजलकार भक्ती रिजालसँगको अन्तर्वाता बिशेष)

आदरणिय साथीहरु, आज मिति 2070-असार 18 तदनुसार 02 जुलाइ 2013 गते मंगलबार रेडियो एकता ९२.४ मेगाहर्ज, लालबन्दीमा गजलका शेरहरु  लिएर प्रस्तोता  लक्ष्मी इतिहाँस प्राविधिक मित्र  राजेश गौतम   तपाईहरु सामु  उपस्थित हुनुभैसक्नुभएको छ । कार्यक्रमको श्रीङ्खला उपलब्ध गराईदिनुभएकोमा रेडियो एकताका साथी राजेश गौतम लाई हृदयदेखिनै धेरै धेरै धन्यवाद    
Listen and download

Download : Click Here to Download

Thank you

Muktak Madhurima (2013-07-04/2070-03-20) - Download

NepaliTalim | 10:16:00 PM | 0 comments
Muktak Madhurima 
Radio : Radio Chitwan 94.6mhz  
Time : Turusday 9.15pm
Host : Ramu Acharya


Date : (2013-07-04/2070-03-20)

आज मिति 2070 असार 20 गते तदनुसार 04 July-2013 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।
यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।        
Listen and Download

Download : Click Here to Download

Thank you

Gazal Gunjan गजल गुञ्जन -3 : (2070-03-19/03-07-2013) : Download

NepaliTalim | 9:11:00 PM | 0 comments
GAZAL GUNJAN : 3
सामुदायिक रेडियो  
देवदह १०६.६ मेगाहर्जको प्रस्तुती
कार्यक्रम : 'गजल गुञ्जन' श्रृंखला १ 
प्रस्तोता ः युबराज लामिछाने
समय : हरेक बुधवार ९.१५ बेलुकी

नमस्कार साथीहरु,
आज मिति 2070 असार महिनाको 19 गते तदनुसार 04 जुलाइ 2013 बुधवार, साहित्य जिवनका लागि  खुसिका लगि र मनका लागि मात्र संभब छ भन्ने नाराका साथ सुरु भएको उत्कृष्ट सामुदायिक रेडियो देबदह १०६.६ मेगाहर्ज मार्फत हरेक बुधवार राति ९.१५ देखि गजल विशेष कार्यक्रम गजल गुञ्जन लिएर कार्यक्र प्रस्तोता युबराज लागिछाने उपस्थीत हुनुभएको छ । महिनाको अन्तिम बुधवार बाहेक हरेक हप्ताको बुधबार तपाइहरुलेनै मेल र पेज मार्फत पठाउनुभएको गजलहरुको बाचन हुनेछ तर महिनाको अन्तमा तपाइहरुसँग प्रत्यक्ष फोनमार्फत गजल सुन्ने ब्यावस्था मिलाइनेछ ।  कार्यक्रम पठाएर र ब्लगमा राख्न अनुमति प्रदान गर्नुहुने मित्र युवराज लागिछाने लाई धेरै धेरै धन्यवाद । 
Listen and Download

Download : Click Here to Download Episode 3
Thank you

श्रृंखला ५ : त्रिवेणी TRIBENI (181-06-2013/2070-03-04) - Download

NepaliTalim | 12:38:00 PM | 0 comments
EPISODE 5
रेडियो : नेपाल एफ एम ९१.८ 
कार्यक्रम : त्रिवेणी TRIBENI
प्रस्तोता : धनराज योगी भाबुक
समय : मंगलबार बेलुकी ९.१५
  
फेसबुक : NFM TRIBENI
मिति : (181-06-2013/2070-03-04)



नमस्कार साथीहरु, आज मिति २०७० असार 04 गते तदनुसार 18 जुन 2013 मंगलबार, आज हरेक मंगलबार प्रसारण हुने नेपाल एफ एम ९१.८ मेगाहर्जको साहित्यिक विशेष कार्यक्रम त्रिवेणीको Episode 5 श्रृंखला लिएर प्रविधिक सहयोगीका साथमा कार्यक्रम प्रस्तोता गजलकार धनराज योगी भाबुक उपस्थीत हुनुभएको छ  ।   प्राबिधिक कारणाबस केहि भाग छुट्न गएकोमा क्षमा चाहन्छु । 
Listen and Download

Download : Click Here to Download Episode 5

Thank you

BULBUL EPISODE 201 : (03-07-2013/2070-03-19) - प्यास गजल पत्रिका बिशेष श्रृंखला : Download

NepaliTalim | 10:25:00 PM | 0 comments
ADIO UJYALO 90Mhz PRESENTS
BULBUL EPISODE - 201
Host : Achyut Ghimire  
Date :   (03-07-2013/2070-03-19)
FB : Facebook Page

(प्यास गजल पत्रिका बैशाख असार अंक २०७० प्रवासी गजलहरू बिशेष अंक आजको बुलबुलमा)
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति 2070 असार 19 गते तदनुसार  03 July -2013 मंगजबार का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 201) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
Listen and Download

Download : Click Here to Download Episode 201

Thank you

हृदय-स्पन्दन (2070-03-13/27-06-2013) : Download

NepaliTalim | 10:40:00 PM | 0 comments
कार्यक्रम : हृदय स्पन्दन  
प्रस्तोता :अनु अर्पन   
रेडियो: सामुदायिक  रेडियो सर्लाही १०५.६ मेगाहर्ज 
अनलाइन :http://www.radiosarlahi.org/
समय : प्रत्येक बिहिबार राति ९।१५ बजे
मिती : (2070-03-13/27-06-2013)


प्रत्येक बिहिबार सामुदायिक रेडियो सर्लाहीबाट बि बि सि नेपाली सेवा पछि  ९.१५ बजे सदा झै आज् पनि कार्यक्रम प्रस्तोता अनु अर्पन उपस्थित भै सक्नु भएको छ आउनुस हामि पनि सुनौ। कार्यक्रम उपलब्ध गराई  दिनुहुने रेडियो सर्लाहीका प्राबिधिक मित्र श्रवन थापालाइ धन्यबाद।
Listen and Download

Download :Click Here to Download

Thank you

श्रृंखला ६० - वहकिने मन (2070-03-17/01-07-2013) - Download

NepaliTalim | 12:32:00 PM | 0 comments
बहकिने मन BAHAKINE MAN
DATE :(2070-03-17/01-07-2013)
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone-977-01-550982 / 5551161
Facebook : Bahakine Man
FM: CIN Network 


आज मिति 2070 असार 17 तदनुसार 01-July-2013 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 81 एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन EPISODE 60 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला ।  
Listen and Download

Download : Click Here to Download Episode 60

Thank you

बाबुराम राइका ५ गीतहरू (01-07-2013)

NepaliTalim | 4:59:00 PM | 0 comments

1.गीत 
तिमी मेरै हुन्छु भन्छौ,मेरै धड्कन् सुन्छु भन्छौ
जिन्दगिको हरेक मोड्मा,सपना संगै बुन्छु भन्छौ

हामि दुबै जुटिनुमा,कतै तिमि चुक्यो भने
एउटै सपना टुक्रीएर,दुइचिरा भै फुट्यो भने
निम्तो आफ्नो छोड्ने होला,पराइ घुम्टो ओढ्ने होला
मेरो पिरमा खै कसोरि,संगै साथ रुछु भन्छौ

बैरि लागि माया फुट्दा,तिमी कहाँ पुग्ने होला
याद हरुमा हाम्रो मुटु,कति सारो दुख्ने होला
उताइ बास जोड्ने होला,घाइते मलाइ छोड्ने होला
तिम्लाइ धोका दिनु भन्दा,मृत्यु बरु चुन्छु भन्छौ 
राइ बबुरो
०६९-०७-१५

2.गीत
एक अर्कालाइ दोष दिंदै,सम्झौतामा चल्नु भन्दा
छुट्नै जाति होला प्रीये,संका भित्र जल्नु भन्दा

बुझिनौकि तिम्ले सायद,या जानिन कतै मैले
दुरि बढ्यो थाहाइ नपाइ,मनै फाट्यो कहिले
टुट्नै जाति यस्तो नाता,मनमा बिष फल्नु भन्दा
छुट्नै जाति होला प्रीये,संका भित्र जल्नु भन्दा

हाम्रो माया आखिरिमा,ओइलि झर्ने फुल भयो
सम्झे हुन्छ हिंड्दै जाँदा,भयि जाने भुल भयो
रोजौं बाटो आफ्नै अब,नहिंडेरै गल्नु भन्दा
छुट्नै जाति होला प्रीये,संका भित्र जल्नु भन्दा

एक अर्कालाइ दोष दिंदै,सम्झौतामा चल्नु भन्दा
छुट्नै जाति होला प्रीये,संका भित्र जल्नु भन्दा
राइ बबुरो
काठ्माण्डौ

3.गीत
तिम्रो आगमनले हेर,जिबन दिप बल्यो आज
जिन्दगीका अँध्यरि रात,सारा सबै ढल्यो आज

एक्लो थिएँ बेसाहारा,कुनै बेला टुट्न सक्थें
यात्रा बिचै डगरमा,नमोडिदै छुट्न सक्थे
तिम्रो साथ पाएँ जब,जिबन् यात्रा चल्यो आज
जिन्दगीका अँध्यरि रात,सारा सबै ढल्यो आज

कदर यस्तै मैले पनि,संदा तिम्रो गर्न सकुँ
नघट्दै यो तिम्रो माया,म नै पहिले मर्न सकुँ
अँंधुरो थ्यो सृष्टि हेर,तिमी आयौ चल्यो आजा
जिन्दगीका अँध्यरि रात,सारा सबै ढल्यो आज
् 
तिम्रो आगमनले हेर,जिबन दिप बल्यो आज
जिन्दगीका अँध्यरि रात,सारा सबै ढल्यो आज 
राइ बबुरो
०६९-१०-२३

4.गीत
सृष्टि कै फुर्सदिलो सिर्जना हौ तिमी
जति हेर्यो प्यास बढ्ने तृषणा हौ तिमी

बादल जस्तै केस रासि परि जस्तो भेष
कुन् स्वर्गकि हौ तिमी के हो तिम्रो देश्
कुन कबिको सृजना हौ,छौ तिमी कुन छन्दमा
कुन् पुर्णिमाकि हौ तिमी त्यो चन्द्रमा

हेर्दा हेर्दै डुबि जाने यस्तो नयन् ताल छ
कोकिल कण्ठि मधुरिमा हिँडाइ मयुर् चाल छ
कहाँ बाट आयौ तिमी भन ए हंसिनि
कुन घरकि हौ तिमी त्यो कुलबंसिनि

राइ बबुरो
०१/२४/२०७०
काठ्माण्डौ


5.गीत
जिन्दगीको यात्रा बिच,कति साथि भेटे छुटे
कति छुटे थाहा नपाइ,कोहि छुट्दा मनै लुटे

अजम्बरी हुन्न रहेछ,संधै सबै नाता यहाँ
बनावटि हुँदो रहेछ,कोहि कति बाचा यहाँ
नचाहाँदा नचाहाँदै,तेस्ता बाचा धेरै टुटे
कति छुटे थाहा नपाइ,कोहि छुट्दा मनै लुटे

गुमाएको चिजै ठुलो,हुँदो रहेछ संदै भरि
पाउँदिन म साथ तर,लाग्छ साथै वरिपरि
झस्किएर अतित बाट,भक्कानोको मुल् फुटे
कति छुटे थाहा नपाइ,कोहि छुट्दा मनै लुटे

जिन्दगीको यात्रा बिच,कति साथि भेटे छुटे
कति छुटे थाहा नपाइ,कोहि छुट्दा मनै लुटे
राइ बबुरो
०१/२६/२०७०
काठ्माण्डौ

स्थाइ ठेगाना
नाम=बाबुराम राइ( राइ बबुरो)
तोपगाछि-५,झापा
हालको अस्थाइ ठेगाना
माहादेबटार-८,गोङ्गबु

हतारहरु ...(30-05-2013)

NepaliTalim | 4:57:00 PM | 0 comments
हतारहरु 
यसरी अघि अघि हिँडेका छन् की 
मैले न्वारान देखीको बल 
लगाएर दौडिरहँदा पनि 
कहिल्यै भेट्न सकिँन 

जसरी,
घडिको 
घण्टा मिनेट र सेकेन्ड सुइहरु 
जसरी 
प्रकासका किरणहरु 
जसरी 
अनुभबनै नहुनेगरी 
घुमिरहेको पृथ्वी
एक्कासी कालो आँसिको रात 

चुनौती,
सम्पूर्ण तागत लगाएर मैले
समना गरिरहेँ गर्दैछु र गरिरहनेछु 
हतारलाई भेट्न 
लागिरहनेछु 
मेरो अन्तिम घडिसम्म । 

राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप 

अबसान भएका रहरहरू (10-06-2013)

NepaliTalim | 4:54:00 PM | 0 comments
रहरहरु साना साना खोल्सा खहरे हुँदै
बग्दै बग्दै नदि अनि समुद्र सम्म पुग्दा
रहरहरुको अस्तित्व समाप्त भएका छन् ।

जम्नदै देखेका रहरुहरु
अलि हुर्केर देखेका रहरहरु
अनि समयसँगै आएका
थुप्रै आखाभरी मनभरी सजिएका
अनगिन्ती ताराहरुझैं आकासका
आज बगैचाको फूलझैं टिपिएका छन् चटक्कै
कोही भगवानलाई चढाउन ।

समयले यस्तो दायित्व दिएर गयो
दायित्व भित्रका साना तिना र ठूल्ठूला भएभरका
सुनौंला रहरहरुलारुलाई पूरा गर्दा गर्दा
आज मेरा रहरहरु समयभन्दा धेरै पछी
छुटेका रहेछन्

त्यहि ठाउँहो मैले हिडेका
उकाली ओराली मलिला खेतहरु
अनि बुढीखोरीया बन, बनको विच
त्यहि चिसापानीको देउराली
जहाँ उभिएर चिच्याई चिच्याई
मैले समयलाई भनेको थिएँ
तिमीलाई पनि जितेर देखाउँछु

आज फर्केर हेर्दा
उ धेरै अगाडी पुगिसकेको रहेछ
म भने घस्रिंदै उहि तालमा,
अबसान भएका रहरहरुलाई
काखी च्याप्दै हिडिरहेछु,
बुढो मान्छे थाकेर
रहरहरुको सागर बोकेर ।

राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger