Home » » बाबुराम राइका ५ गीतहरू (01-07-2013)

बाबुराम राइका ५ गीतहरू (01-07-2013)

NepaliTalim | 4:59:00 PM | 0 comments

1.गीत 
तिमी मेरै हुन्छु भन्छौ,मेरै धड्कन् सुन्छु भन्छौ
जिन्दगिको हरेक मोड्मा,सपना संगै बुन्छु भन्छौ

हामि दुबै जुटिनुमा,कतै तिमि चुक्यो भने
एउटै सपना टुक्रीएर,दुइचिरा भै फुट्यो भने
निम्तो आफ्नो छोड्ने होला,पराइ घुम्टो ओढ्ने होला
मेरो पिरमा खै कसोरि,संगै साथ रुछु भन्छौ

बैरि लागि माया फुट्दा,तिमी कहाँ पुग्ने होला
याद हरुमा हाम्रो मुटु,कति सारो दुख्ने होला
उताइ बास जोड्ने होला,घाइते मलाइ छोड्ने होला
तिम्लाइ धोका दिनु भन्दा,मृत्यु बरु चुन्छु भन्छौ 
राइ बबुरो
०६९-०७-१५

2.गीत
एक अर्कालाइ दोष दिंदै,सम्झौतामा चल्नु भन्दा
छुट्नै जाति होला प्रीये,संका भित्र जल्नु भन्दा

बुझिनौकि तिम्ले सायद,या जानिन कतै मैले
दुरि बढ्यो थाहाइ नपाइ,मनै फाट्यो कहिले
टुट्नै जाति यस्तो नाता,मनमा बिष फल्नु भन्दा
छुट्नै जाति होला प्रीये,संका भित्र जल्नु भन्दा

हाम्रो माया आखिरिमा,ओइलि झर्ने फुल भयो
सम्झे हुन्छ हिंड्दै जाँदा,भयि जाने भुल भयो
रोजौं बाटो आफ्नै अब,नहिंडेरै गल्नु भन्दा
छुट्नै जाति होला प्रीये,संका भित्र जल्नु भन्दा

एक अर्कालाइ दोष दिंदै,सम्झौतामा चल्नु भन्दा
छुट्नै जाति होला प्रीये,संका भित्र जल्नु भन्दा
राइ बबुरो
काठ्माण्डौ

3.गीत
तिम्रो आगमनले हेर,जिबन दिप बल्यो आज
जिन्दगीका अँध्यरि रात,सारा सबै ढल्यो आज

एक्लो थिएँ बेसाहारा,कुनै बेला टुट्न सक्थें
यात्रा बिचै डगरमा,नमोडिदै छुट्न सक्थे
तिम्रो साथ पाएँ जब,जिबन् यात्रा चल्यो आज
जिन्दगीका अँध्यरि रात,सारा सबै ढल्यो आज

कदर यस्तै मैले पनि,संदा तिम्रो गर्न सकुँ
नघट्दै यो तिम्रो माया,म नै पहिले मर्न सकुँ
अँंधुरो थ्यो सृष्टि हेर,तिमी आयौ चल्यो आजा
जिन्दगीका अँध्यरि रात,सारा सबै ढल्यो आज
् 
तिम्रो आगमनले हेर,जिबन दिप बल्यो आज
जिन्दगीका अँध्यरि रात,सारा सबै ढल्यो आज 
राइ बबुरो
०६९-१०-२३

4.गीत
सृष्टि कै फुर्सदिलो सिर्जना हौ तिमी
जति हेर्यो प्यास बढ्ने तृषणा हौ तिमी

बादल जस्तै केस रासि परि जस्तो भेष
कुन् स्वर्गकि हौ तिमी के हो तिम्रो देश्
कुन कबिको सृजना हौ,छौ तिमी कुन छन्दमा
कुन् पुर्णिमाकि हौ तिमी त्यो चन्द्रमा

हेर्दा हेर्दै डुबि जाने यस्तो नयन् ताल छ
कोकिल कण्ठि मधुरिमा हिँडाइ मयुर् चाल छ
कहाँ बाट आयौ तिमी भन ए हंसिनि
कुन घरकि हौ तिमी त्यो कुलबंसिनि

राइ बबुरो
०१/२४/२०७०
काठ्माण्डौ


5.गीत
जिन्दगीको यात्रा बिच,कति साथि भेटे छुटे
कति छुटे थाहा नपाइ,कोहि छुट्दा मनै लुटे

अजम्बरी हुन्न रहेछ,संधै सबै नाता यहाँ
बनावटि हुँदो रहेछ,कोहि कति बाचा यहाँ
नचाहाँदा नचाहाँदै,तेस्ता बाचा धेरै टुटे
कति छुटे थाहा नपाइ,कोहि छुट्दा मनै लुटे

गुमाएको चिजै ठुलो,हुँदो रहेछ संदै भरि
पाउँदिन म साथ तर,लाग्छ साथै वरिपरि
झस्किएर अतित बाट,भक्कानोको मुल् फुटे
कति छुटे थाहा नपाइ,कोहि छुट्दा मनै लुटे

जिन्दगीको यात्रा बिच,कति साथि भेटे छुटे
कति छुटे थाहा नपाइ,कोहि छुट्दा मनै लुटे
राइ बबुरो
०१/२६/२०७०
काठ्माण्डौ

स्थाइ ठेगाना
नाम=बाबुराम राइ( राइ बबुरो)
तोपगाछि-५,झापा
हालको अस्थाइ ठेगाना
माहादेबटार-८,गोङ्गबु
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger