कृष्ण प्रसाद सिम्खडा |
फूलहरुले कति मिठो मधुमास बोकेका छन
नदिहरु बर्षौ पुरानो ईतिहास बोकेका छन
तिमि अन्धकार औसिको रातमा हेर्न सक्छौ
जूनकिरि हरुले कत्रो प्रकाश बोकेका छन
मानिसको सँगत छोडि चराहरु सँग छु म
तिनिहरुले आवाजमा मिठास बोकेका छन
गजलकारको हालात हेर्न साझँमा आउनु
साथमा बोतल हातमा गिलास बोकेका छन
'बा' र आमाको सदैब आज्ञा पालन गर्नु
तिमि प्रति धेरै ठुलो विश्वास बोकेका छन
कृष्ण प्रसाद सिम्खडा
गितानगर-४,देबनगर
चितवन
२.गजल
मान्छेहरुको मन म कसरि बुझौ
खै यहाँको चलन म कसरि बुझौ
कति निदर्यि रहेछ यो शहर पनि
आफ्नैहरु तर्कन्छन म कसरि बुझौ
तिमिले नै बोलाई यहाँ सम्म आए
टाढा हुन्छौ झनझन म कसरि बुझौ
अस्तिको झुप्रो आज महल बनेछ
यति छिट्टै परिवर्तन म कसरि बुझौ
बिनाकारण त्यसै त्यसै धडकिरहेछ
यो मुटुको धड्कन म कसरि बुझौ
कृष्ण प्रसाद सिम्खडा
गितानगर-४,देबनगर
चितवन
३.गजल
प्रयासहरु पटक ,पटक हुनसक्छ।
एकदिन उ पनि ,लेखक हुनसक्छ॥
ति जूनकिरि भनेर नहेप्नु होला।
अध्यारोमा छुट्टै ,चमक हुनसक्छ॥
कहाँ छ र यो जिन्दगि सोचेजस्तो।
सोचेभन्दा पनि धेरै ,फरक हुनसक्छ॥
हतियार छोडेर अब कलम समाउ।
नत्र स्थिति निकै ,अराजक हुनसक्छ॥
अरु के नै दिन सकुला र तिमिलाई।
मैले दिने उपहार ,पुस्तक हुनसक्छ॥
कृष्ण प्रसाद सिम्खडा
गितानगर-४,देबनगर
चितवन
४.गजल
यि आखाँहरु त्यसै त्यसै रसाईरहेछन्।
केबल तिम्रै मात्र यादहरु आईरहेछन्॥
अध्यारो रातमा एक्लै हिडिरहेको बेला।
जूनकिरिहरु मलाई बाटो देखाईरहेछन्॥
कति रमाईलो छ यो जङगलको वातावरण।
मयुरहरु नाचिरहेछन चराहरु गाईरहेछन्॥
प्रेम गर्नेहरुको चाला देखेरै म छक्क पर्छु।
कोहि तड्पीरहेछन् कोहिले तड्पाईरहेछन्॥
छोडि जानेलाई सम्झि आशु नझार'कृष्ण'।
मेरा केहि मित्रहरु मलाई सम्झाईरहेछन्॥
कृष्ण प्रसाद सिम्खडा
गितानगर-४,देबनगर
चितवन
५.गजल
आकाशमा उडने चरि का कुरा
गज्जब लाग्छ ति परि का कुरा॥
गजल मा श्रृङगार कम गर्दै छु
नसम्झाउ फेरि सुन्दरि का कुरा॥
अ साच्चै ताजै छन ति यादहरु
रुझ्दै हिडेको त्यो झरि का कुरा॥
जब एक्लो हुन्छु नितान्त एक्लो
मनमा खेल्छन अनेकथरि का कुरा॥
आउ प्रिया ! एउटा सहमति गरौ
के छ भन तिम्रा मनभरिका कुरा॥
कृष्ण प्रसाद सिम्खडा
गितानगर-४,देबनगर
चितवन
0 comments:
Post a Comment