गजल संसार - 33 : (01-04-2013/2069-12-19) - Download

NepaliTalim | 11:00:00 AM | 0 comments
रेडियो हाम्रो संसार डट नेटको          
गजलहरुको  साहित्यिक     
कार्यक्रम :  गजल संसार  
Date:  (01-04-2013/2069-12-19)  
Host : Shanti Pakhrin
Source : Website

 
आज  मिति 2069 चैत्र 19 तदनुसार 01-April-2013 का दिन , मन भित्रका कुरा आवाजका झन्कार साथसाथै तपाईहरुका विभिन्न गजलहरु तथा सुमधुग सांगितीक गीत गजलहरु लिएर गजल संसारको श्रृङ्खला Gazal Sansar Episode 33 लिएर नेपाली समय अनुसार साझको ५ बजे देखि ६ सम्म प्रत्येक सोमबार झैं कार्यक्रम संचालिका गजलकार शान्ति पाख्रिनका साथ  रेडियो   हाम्रो संसार अनलाईन रेडियो मार्फत विश्वभरि आजको श्रीङ्खला लिएर उपस्थित  हुनुभएको छ ।  आउनुस् हामी पनि सुनौं
Listen And Download


Download : Click Here to Download Episode 33
Thank you

गजल संगम (2069-12-21/03-04-2013) - Download

NepaliTalim | 10:36:00 AM | 0 comments
गजल संगम (Gazal Sangam)
मिति : (2069-12-21/03-04-2013)
रेडियो : ध्रुबतारा 89.8 मेगाहर्ज
बिधा : नेपाली गजल
 
प्रस्तोता : आर पि पोख्रेल   
समय : हरेक बुधवार बेलुकी ९.१५
Phone : 056-526186
Facebook : Gazal Sangam 
 

आज मिति 2069 चैत्र महिनाको 21 गते तदनुसार 03-April-2013 बुधबारका दिन सामुदायिक रेडियो ध्रुबतारा ८९.९ मेगाहर्ज बाट हरेक बुधबार बेलुका ९.१५ देखि १० बजेसम्म प्रसारन हुने रेडियो कार्यक्रम गजल संगम कार्यक्रम सवाल जवाफ विशेष लिएर गजलमनका साथी प्रस्तोता आर पि पोख्रल र प्राविधिक मित्र श्यामको साथमा उपस्थित भएका छौं ।  गजल संगममा तपाईपनि सहभागिता जनाउन सक्नुहुन्छ जसको लागि फेसबुक पेज Gazal Sangam  गएर आफ्ना गजल पोष्ट गर्नुहोला त्यस्तै फोन गरेर पनि आफ्ना गजल बाचन गर्न सक्नुहुनेछ र  अनलाईन सुन्नको लागि News Chitwan वेबसाईट लग इन गर्नुहोला । कार्यक्रम उपलब्ध गराएर सहयोग गर्नुहुने प्रस्तोता साथी आर पि पोख्रोल लाई हृदयदेखि धेरै धेरै धन्यवाद ।

Listen and Download

Download : Click Here to Download 
Thank you

यो अंकमा बाचन भएको मेरो गजल
भ्रष्ट सरकार कतिन्जेल टिक्ला ।
म सोच्छु झार कतिन्जेल टिक्ला ।

गाउँतिरका समाचार नलेख्ने यी
अन्धो अखवार कतिन्जेल टिक्ला ।

ज्ञानको अगाडि झुक्नैपर्छ जान
जाबो तरवार कतिन्जेल टिक्ला ।

सबै नेपाली एकजुट भयौ भने
देशका गद्धार कतिन्जेल टिक्ला ।

म जितेर पनि हारेको मन्छे हुँ
पर्ख यो हार कतिन्जेल टिक्ला ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
http://chisapaninepal.blogspot.com/

सिर्जनाका लहरहरु :- Episode 108 - Download

NepaliTalim | 10:30:00 AM | 0 comments
सिर्जनाका लहरहरु : 108
SRIJANAKA LAHARHARU

EPISODE- 105 Date :  4th April-2013     
Source : Sirjanaka Laharharu    
Host : Khagendra Adhikari 
आज मिति 4th April 2013 दिन विश्व नेपाली साहित्य महासंघको अनलाईन रेडियो कार्यक्रम सिर्जनाका लहरहरुको श्रीङ्खला 108 लिएर कार्यक्रम प्रस्तोता खगेन्द्र अधिकारी अमृत आउनुभएको छु ।  यो कार्यक्रम सिर्जनाका लहरहरु डट कम बाट प्रप्त भएको हो ।   
Listen and Download

Download : Click Here to Download

Thank you
 यो अंकमा बाचन भएको मेरो गजल
जिन्दगी मेरो, निराधार जस्तै ।।
मृत्युले गर्दैछ, बहिस्कार जस्तै ।।

नाटक रहेछ, दुइचार दिनको
कहाँ छ र प्यार, प्यार जस्तै ।।

छूरा भन्दा बढी, हुन्छ धारिलो
फूलको प्रहार, तरवार जस्तै ।।

बितेपछी समय, सम्झेर आयौ
जसरी आउँछ, सरकार जस्तै ।।

मान्छेको आचरण, मैले बुझिँन
सबै नै लाग्छन्, गद्धार जस्तै ।।

तिमी नहुँदा, मेरो संसारमा
जितहरु लाग्दैछ, हार जस्तै ।।

सबैलाई सम्झिँए, आपदको बेला
कोहिपनि लागेनन, यार जस्तै ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
http://chisapaninepal.blogspot.com/

Muktak Madhurima (2069-12-22/04-04-2013) - Download

NepaliTalim | 9:48:00 AM | 0 comments
Muktak Madhurima      
Radio : Radio Chitwan 94.6mhz              
Time : Turusday 9.15pm    
Host : Ramu Acharya      
Date :  (2069-12-22/04-04-2013)

आज मिति 2069 चैत्र 22 गते तदनुसार 04-April-2013 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।
यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।  
Listen and Download

Download :
Listen All Previous Episode


Thank you
२०६९-१२ -२२ गते बिहिबार ,www.radiochitwan.com.np मार्फत प्रतक्ष तथा डाउनलोड गरेर पनि सुन्न सकिने ......... तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ ...................
01-साहित्यप्रेमी कपिल लामिछाने
कस्तो हुन्थ्यौ होला साच्चै देउता हुने भए !!
माया गर्ने मलाई कोहि एउटा हुने भए !! __________________
बिर्सिदिन्थे सारा दुनियालाई म ,,
सँगै जिउने सँगै मर्ने समझउता हुने भए !!
@साहित्यप्रेमि कपिल लामिछाने दाङ्, तुल्सीपुर@ हाल दोहा, कतार बाट..!!!

02-Jaya Bhabuk
सपनि मा वावु भन्दै वोलाउछिन रे मेरी अॉमा /
विपनि मा सम्झिएर टोलाउछिन रे मेरी ऑमा /
सॉच्चै घट्ना घट्या रै छ पर्देशी त्यो भुमि मॉ ,
चारै तिर मनका कुरा खोलाउछिन रे मेरी ऑमा/
जयराम वि .क. {जयॉ भॉवुक}
धधवार ७ बर्दिया
हाल मलेिसया जोहोर,,,,,


03-सुमन मुस्कान
यो बर्ष रातै बनाईदे उनैलाई
कती माया गर्छु जनाईदे उनैलाई ॥
खासै धेरै रङ्ग त थीएन म सग
भएको अबिर खनाईदे उनैलाई ॥
©सुमन मुस्कान बालकुमारी कलेज
नारायणगढ चितवन


04-आरके थापा मुक्तक
खस्रो पातको बोट हजुर , नहुर्केकै राम्रो ।
मै हुँ भन्दै घमन्डले , नफुर्केकै राम्रो । ।
दुश्मनले खुट्टा तानी , टेक्लान छाती माथि ,
अहमताले त्यो पाखुरी , नसुर्केकै राम्रो । । ।
-आरके थापा,बोच-दोलखा
हाल साउदी अरब


05-Ghayl Deepak Karki
सपना देखे को थिए कतै हराऐको रहे छु
बिऊजीए मात्र एतै कराएको रहे छु ॥
काहा छौ कस्ती छौ मेरो याद ऑऊछ ऑऊदैना,
तेस्तै बिसय लिएर डराऐको रहे छु॥
घाएल दिपक कार्कि
बनकटवा 9 समझना बजार लालपुर बाॅके
हाल इन्डिया गुजरात राजकोट

06-Madan Muskan Khatri <<< मुक्तक >>>
* स्वाभिमानि नेपालि हुँ कसैसंग डर्दैन !
नरोउ सानु यो युदूमा तिम्रो काले मदैँन !!
* भात पस्कदै गर !जितेरै आउने छु ~
ढुक्क हौ सिरको सिदुर पुछ्नु पदैन !!!
मदन मुस्कान खत्री
दाङ
now . study in india.

07-Raju Poudel
हजुर बा लाइ पिडालु कै गानो प्यारो लाग्छ
आफ्नै घरको आगनि र छानो प्यारो लाग्छ
चैत लाग्यो गर्मि बढयो त्यसैले पो हो कि
प्यारि भनछिन काकरा कै चानो प्यारो लाग्छ
-राजु पौडेल,
रूद्र्पुर रूपनदेहि,
दोहा कतार


08-कृष्ण अबिरल
ति बन अनि पाखाँ ,सँग मुलाकात गर्नुछ।
रोधिघरका भाकाँ ,सँग मुलाकात गर्नुछ॥
छिट्टै म आउदै छु प्रिय तिम्रो बस्तितिर।
तिम्रा गुलाबि आखाँ ,सँग मुलाकात गर्नुछ॥
© कृष्ण अबिरल
गितानगर-४ ,चितवन


09-निस्चल प्रेमी कान्छा
पराईको दिलमा तिमी खुलेर गयौ
अतीतका ति सपनालाई भुलेर गयौ
हुन्नरैछ सोचेजती रंगीन जिन्दगानी
जे जतीथ्यो मेरो दिलमा असुलेर गयौ ।
-निस्चल प्रेमी कान्छा
रेसुङ्गा साहित्य प्रतिष्ठान गुल्मी
हाल मुम्बई भारत


10-Bikalpa Babu
दबिएको श्वरहरु, बोल्ने छन् एकदिन
मन्दिरका पत्थरहरु,बोल्ने छन् एकदिन
तिम्रो अन्याय र अत्याचारको बिरुद्दमा
गाउँ बस्ती शहरहरु,बोल्ने छन् एकदिन
-बिकल्प बाबु
गितानगर-1,चितवन 


11-Artimus Siru
असत्य लाई अघि बढाई सत्य छुपाउँछौ !
साँचो कुरा मनमै सडाई सत्य छुपाउँछौ !!
सोधे भने मैले केही बोल्नै छाडी दिन्छौ !
धुरी माथि मलाई चढाई सत्य छुपाउँछौ !!
सुमित्रा अधिकारी "शिरु "
गोरखा


12-Dipendra Chapagain
तिम्रो मेरो सम्बन्ध टुटि गयो भने
अजम्बरी माया प्रेम छुटि गयो भने
निश्चित छ अन्त्य ‘विरता र गौरवको’
देशको अस्मिता दैवले लुटि गयो भने ।।
दिपेन्द्र चापागाँई, कपिलवस्तु, लुम्बिनी । हाल-मुम्बई


13-सनम गोले े
जस्लाई आफ्नो सम्झन्छु उसैबाटा धोखा हुन्छ ।
सुन्दर फुल झारिदिने हावाको त्यो झोका हुन्छ ।
सर्वस्व सम्झी मन मन्दिर मा सजाउदा कसैलाई
छिया छिया बनाईदिने बन्दुकको त्यो खोका हुन्छ ।
सनम गोले
दामन ,मकवानपुर
हाल मलेशिया


14-Shanti Adhikari मुक्तक
तिमी लड्न खोज्दा साथ दिएकै त हुँ ।
दु: ख पिडा पाउदा आँशु पिएकै त हुँ ।
जिन्दगीमा भर मन्ने हुन्न कसैको ।
हरपल छट्पटिमा जिएकै त हुँ ।।
शान्ति अधिकारी
बाके


15-Anuragi Binod Gaire
लाचार यो जिन्दगि जीउनु अझै कति।
बलेसिको आशुँभेल पिउनु अझै कति।
झुत्रा झुत्रा भएको छ मन फाटेर मेरो,
सान्त्वनाको सियोले सिउनु अझै कति।
-अनुरागि बिनोद
हाल क्षितिजको देशबाट

गीत >अँधेरी जस्तै जुन बिनाको, पन्धेरी जस्तै पानि बिनाको, तिमि नभय मेरो जिन्दगानी आँखा जस्तै
नानि बिनाको ............अन्जु पन्त को आवाजमा .....


16-Bk Khagendra Nepali
अझै नि नेपालको कथा उस्तै छ
शोषित पिडित जन्ताको व्यथा उस्तैछ
कसले भन्छ देशलाइ नया नेपाल भनेर
अझै नि गरीब ठग्ने व्यवस्था उस्तैछ
-खगेन्द्र वि क लेखफर्सा सुर्खेत
हाल
भावनगर गुजरात भारत


17-Baral Suryamani
चाहेर पनि सक्दिन होला मेरो लक्ष भेटाउन।
तिम्रो मायाले लागेको छातीको दाग मेटाउन।।
तेसै तेसै नचाहेरै टाढा भयौँ आज हामी।
दोष सबै तिम्लाई दिई सक्दिन घाँटी रेटाउन।


18-अन्जान श्रेष्ठ अभागी मुक्तक~~~~~~
तिम्रै पछि बसी कपाल तानेको बिर्स्यौ क्यारे ।।
सगै आँखा झुत्दा सरले हानेको बिर्स्यौ क्यारे ।।
संगै बस्ने गर्थ्यौँ हामी दुई एउटै बेन्चमा ।।
तिम्ले मलाई संगै बस्दा जानको बिर्स्यौ क्यारे ।।
अन्जान श्रेष्ठ अभागी
कान्छीबजार स्याङजा

19-Gyanendra Sharma
ख्याल नठान खास हो जीन्दगी!
जिउन नजाने लास हो जीन्दगी!
डाक्छ अवसरले चारैतिरबाट ,
फेल हुन्न सँधै पास हो जीन्दगी !!
©ज्ञानेन्द्र शर्मा अवीरल
सर्कुवा-2 बाग्लुङ


20-Rai Munkmen Ramesh मुक्तक
यहाँ हैन मुटु त्यहा छिया परेछ
मसिना को भात मा बिया परेछ
जवानि मा रुपको घमंड गर्दै बसेऊ
बुढी भैछौ ओठमा कठै खिया परेछ
राई"मुक्मेन"रमेश
हाल साउदी
धन्यवाद


21-Dahal Nirash Vai
सपनिमा देखे रगँले भिजेको उनको चोलि ।।।।।।
कसरि खेलिन होला एक्लै हिजो होलि।।।।।
सम्झनामा बित्दै छ दिन रात अाज याहाँ।।।।
एक चोटि सुन्दापनि अान्नद अाउछ उनको बोलि।।।।।
निरास भाई हाल दोहा कतार,,

22-कवि लिम्वू
जातको कुरा गर्छ्यौ तिमी अछुतो नि थिईन म त
प्यालाभरी बीष राख्यौ अमृत भनी पिईन म त
जान्छौ तिमी अर्कैसंग निम्तो बाँडी हिड्छौ मलाई
आसमा बसे आउछौ की सुपारी पनि लिईन म त ।
साहित्य अनुरागी ! कवि लिम्वू~[ आवरा पागल ] पाँचथर थर्पू-५
हाल: जापान


23-Mohan Bihani मुक्तक
************************
फगत यो जीवन भार भए पछी
करेन्ट बिनाको तार भए पछी ।
बाँच्नुको अर्थ छैन यो जुनीमा
जता तेतै लम्पसार भएपछि।
मोहन बिहानी
भक्तिपुर सात सर्लाही
http://mohanbihani.blogspot.com/2013/03/2069-12-1528-03-2013download.html
मोहन बिहानीको ब्लग: मुक्तक मधुरिमा (2069-12-15/28-03-2013)Download
mohanbihani.blogspot.com

24-तिलक निस्कर्ष
त्यो काहा थियो मेरो म त रित्तो थिय
आफै भित्र खालि खालि अस्तित्वो थिय
तिमीले सोच्यौ यो चट्टान सरि छ,
तर म खडाइ बारको सानो भित्तो थिय
रत्ननगर ७ चितवन

25-श्रीकान्त कहेराज़
चुनाबको माहोल नबन्दै तुहिदैछ आज
भ्रसठ नेता को बिचार कुहिदैछ आज
एउटा टुंगो लाग्नु पर्छ नत्र काहा हुन्छ
सारा नेपालीको आँसु चुहिदैछ आज
कृष्ण मन्दिर चोक

.........मुक्तक मधुरिमा सुन्ने माध्यम हरु ,
Live-
radio chitwan 94.6
www.radiochitwan.com.np
Download -
www.radiochitwan.com.np
www.facebook.com/radiochitwan
www.facebook.com/muktakmadhurima
http://chisapaninepal.blogspot.com/
http://mohanbihani.blogspot.com/
www.ashishdanai.com.np
www.muktakmadhurima.blogspot.com

BULBUL 188 : (03-04-2013/2069-12-21) - Download

NepaliTalim | 9:40:00 AM | 0 comments
ADIO UJYALO 90Mhz PRESENTS
BULBUL EPISODE - 188
Host : Achyut Ghimire 
Date :  (03-04-2013/2069-12-21)
FB : Facebook Page

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति २०६९ चैत्र 21 गते तदनुसार  03-April-2013 बुधवारका दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 188) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।
बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।  

Listen and Download

Download : Click Here to Download Episode 188
Listen All Previous Episodes:


Thank you

गजलका शेरहरु (2069-12-20/02-04-2013) - Download

NepaliTalim | 9:26:00 AM | 0 comments
PROGRAM : GAZALKA SHERHARU
HOST : LAXMI ITIHAS
TIME : EVERY TUESDAY, 9.15PM
DATE : -(2069-12-20/02-04-2013)
कार्यक्रम : गजलका शेरहरु
संचालिका : लक्ष्मि इतिहाँस
एफ.एम : रेडियो एकता 92.4, लालबन्दी
समय : मंगलबार बेलुका ९.१५बजे    
अनलाईन सुन्न : Radio Ekata   
फेसबुक पेज  : Gazalka Sherharu


आदरणिय साथीहरु,
आज मिति 2069 चैत्र महिनाको 20 तदनुसार मिति 02-April-2013 गते मंगलबार रेडियो एकता ९२.४ मेगाहर्ज, लालबन्दीमा गजलका शेरहरु  लिएर प्रस्तोता  लक्ष्मी इतिहाँस प्राविधिक मित्र रबिन कार्किसँग तपाईहरु सामु  उपस्थित हुनुभैसक्नुभएको छ । कार्यक्रमको श्रीङ्खला उपलब्ध गराईदिनुभएकोमा रेडियो एकताका साथी राजेश गौतम लाई हृदयदेखिनै धेरै धेरै धन्यवाद ।  
Listen and Download

Download :
Listen All Previous Episodes


Thank you

Muktak Man 3 : (2069-12-16/29-03-2013) : Download

NepaliTalim | 10:55:00 AM | 0 comments
Episode 3
Muktak Man (मुक्तक मन)
Date : (2069-12-16/29-03-2013)
Host : Ashish Danai
FB : Muktak Man

नमस्कार,
आज मिति २०६९ चैत्र 16 गते तदनुसार २०१२ मार्च 29 तारिख शुक्रबारका दिन रेडियो मेरो आत्माको मुक्तक विशेष प्रस्तुति मुक्तक मन लिएर कार्यक्र प्रस्तोता आशिष दनाई उपस्थित हुनुभएको छ । आज देखि हरेक शुक्रबार मुक्तक मन रेडियो अनलाईन मेरो आत्माबाट प्रसारण हुनेछ । यहाँ तपाईहरुलेनै मेल muktakman@gmail.com मा पठाउनुभएको र फेसबुक पेजमा पोष्ट गर्नुभएको मुक्तकहरु बाचन हुनेछन् । कार्यक्रक के कस्तो भयो हाम्रो फेसबुक पेज या मेलबाट कमेन्ट गरिदिनुहोला ।
धन्यवाद ।
Listen and Download

Download : Click Here to Download Episode 3
Thank you

बहकिने मन (2069-12-19/01-04-2013) - Download

NepaliTalim | 5:41:00 PM | 0 comments
बहकिने मन BAHAKINE MAN
DATE : (2069-12-19/01-04-2013)
Time : 9.15pm Every Monday  
Host :  Mahabir Biswakarma 
Phone-977-01-550982 / 5551161   
Facebook : Bahakine Man
FM: CIN Network

आज मिति 2069 चैत्र 19 तदनुसार 01-April-2013 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 67  एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । कार्यक्रममा तपाईहरु आफ्ना मुक्तकहरु लेखिएको स्टाटसकै मुनि पोष्ट गर्नुहोला जहाँ बाट एक उत्कृष्ट मुक्तक कार्यक्रमको श्रीङ्खलामा प्रस्तुत गरिनेछ ।  आउनुस् हामी पनि सुनौ बहकिने मन प्रस्तुति  
Listen and Download

Download : Click Here to Download
Listen All Previous Episodes

Thank you

सिर्जनाका लहरहरु :- Episode 107 - Download

NepaliTalim | 5:40:00 PM | 0 comments
सिर्जनाका लहरहरु : 107
SRIJANAKA LAHARHARU

EPISODE- 105 Date :  28 March-2013     
Source : Sirjanaka Laharharu    
Host : Khagendra Adhikari 
आज मिति 28 Marchry 2013 दिन विश्व नेपाली साहित्य महासंघको अनलाईन रेडियो कार्यक्रम सिर्जनाका लहरहरुको श्रीङ्खला 107 लिएर कार्यक्रम प्रस्तोता खगेन्द्र अधिकारी अमृत आउनुभएको छु ।  यो कार्यक्रम सिर्जनाका लहरहरु डट कम बाट प्रप्त भएको हो ।   
Listen and Download

Download : Click Here to Download Episode 107

Thank you

मुक्तक सरोबर (29-03-2013/2069-12-16) - Download

NepaliTalim | 12:41:00 PM | 0 comments
MUKTAK SAROBAR      
कार्यक्रम : मुक्तक सरोबर     
Date :(29-03-2013/2069-12-16) 
रेडियो : देबदह 106.6 मेगाहर्ज  
समय: शुक्रबार बेलुकी 9:20 देखी
प्रस्तोता-युबराज लामिछाने  
FB Page : Muktak Sarobar
 
आज मिति 2069 चैत्र 16 तदनुसार 29-03-2013 बुधवार दिन मुक्तक विशेष कार्यक्रम लिएर उपस्थित भएको छु । सुचनाको लागी सामुदायिक सञ्चार अभियानद्धारा सञ्चालित सामुदायिक रेडियो,रेडियो देबदह 106.6 मेगाहर्जको पृथक प्रस्तुती कार्यक्रम मुक्तक सरोबर सुन्न नभुल्नुहोला सप्ताहका दुई बार बुधबार र शुक्रबार बेलुकी 9:20 देखी 10:00 बजेसम्म। शुक्रबार तपाईकै फोन लिन्छौ तपाईकै मुखार बिन्दु बाट मुक्तक सुन्छौ जस्को निम्ती तपाईले हाम्रो स्टुडियो को फोन 071577735लाई खटखटाउनु पर्ने हुन्छ। त्यस्तै गरी बुधबारीय बसाईमा तपाईकै चिठी पत्र र अनि तपाईले नै गर्नु भएका facebook wall post उठान गर्ने गर्छौ। wall post गर्न नभुल्नुहोला हाम्रो wall.
Listen and Download

Download : Click Here to Download 

Thank you

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger