स्पर्श : (06-Nov-2012)-सुवास अगम सँगको अन्र्तवार्ता- Download

NepaliTalim | 10:43:00 AM | 0 comments
कार्यक्रम  : स्पर्श (SPARSA) श्रीङ्खला
अन्तर्वाता विशेष श्रीङ्खला
मिति :    (2069-07-21/06-11-2012)
प्रस्तोता : अशोक गौतम क्षितिज

रेडियो : तिनाउ 98.2 मेगाहर्ज
समय : मंगलबार ९.१५  देखि
ई-मेल - sparsa.tfm@gmail.com
संपर्क-०७१-४३७६७९(स्टुडियो), 
गजल प्रेमी साथीहरु नमस्कार ।
सदाझै आज मिति 2069  Kartin 21 तदनुसार 6th Nov 2012 मा पनि  रेडियो  तिनाउ 98.2 एफ.एमबाट हरेक मंगलबार बेलुकि वि.वि.सि. समाचार पछि ९.१५  देखि प्रसारण हुने विसुद्ध गजलको कार्यक्रम स्पर्श लिएर प्रस्तोता गजलकार अशोक गौतम क्षितिजको साथमा आएको छु । आजको श्रीङ्खलामा हामी चर्चित गजलकार तथा गायक सुवास अगमलाई लिएर आएका छौं । कार्यक्रम भरि उहाँ सँगको भलाकुसारी साथै उहाँले गाउनुभएका गजलहरु सँग रमाउनेछौं । यो कार्यक्रमको फेसबुक पेज Sparsa @ Facebook मा गएर पनि तपाईहरु आफ्ना गजल र प्रतिकृयाहरु दिन सक्नुहुनेछ  ।  यो कार्यक्रम उपलब्ध गराईदिनुहुने साथी अशोक गौतम क्षितिजलाई धेरै धेरै धन्यवाद

Special Episode (Interview with Suvas Agam in Sparsa)
Listen and Download 


Download : Click Here to Download

Thank you

Muktak Madhurima(2069-07-16/01-11-2012) Download

NepaliTalim | 10:15:00 AM | 0 comments
Muktak Madhurima
Radio : Radio Chitwan 94.6mhz
Time : Turusday 9.15pm
Host : Ramu Acharya
Date : (2069-07-16/01-11-2012)


आज मिति 2069 कार्तिक 16 गते तदनुसार 01 Nov 2012 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।
यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।
Listen and Download

Download : Click Here to Download
Listen All Previous Episodes:

२०६९-०७-१६ गते बिहिबार ,www.radiochitwan.com.np मार्फत प्रतक्ष तथा डाउनलोड गरेर पनि सुन्न सकिने ......... तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ ............
01-Mohan Bihani *********** मुक्तक **************

गरिब छु र त निरिह छु बोल्न सक्दिन,
हेपिएको छु सबैबाट मन खोल्न सक्दिन।
सबैबाट दबिएर बाँच्नु नै गरिबको नियति बन्यो,
बाध्यताले गर्दा कसै सङ्ग खतरा मोल्न सक्दिन।
Copyright@--मोहन बिहानी,भक्तिपुर-७ सर्लाही http://mohanbihani.blogspot.com/

02-Krishna Kusum कृष्ण कुसुम सिन्धुली
मेरो बाटो नकुर्नु टिका लाए हुन्छ है।
चाड बाड सम्झेर मन अति रुन्छ है।।
दशैमा घर जान नपाउँदा खेरी म।
आँखामा आँशुको भेल बगी चुन्छ है।।

03-Manoj Saud ***मुक्तक****
दशैँ आई धेरै गुन, लगाएर गयो।
कत्तिका त आसुँ पनि, बगाएर गयो।।
चिन्ता नलेऊ अर्को साल नि, पक्कै आउँछु मनोज।
मलाई भने यस्तै भनी, फकाएर गयो।।
***मनोज सिँह साउँद(९८४८०९५०९२)***
ठेगाना :रिम ६ बैतडी
हाल : क्षेत्रीय प्रहरी कार्यालय, सुर्खेत

04-Rupesh Fatra रुपेश"अनमोल"फत्र
भारपा-3,पान्थर
~~~मुक्तक~~~
कसैको घरबार,बिगार्छ दशैँले|
त्यो शुन्दर संसार,बिगार्छ दशैँले|
यस्तै भइ रहे,आपसी दाजुभाईको.....
भाईचारा सस्कार,बिगार्छ दशैले|

05-Rai Munkmen Ramesh मुक्तक
एक रहेर बेकार तेरो मेरो को कुरा नगर्नुस
समेटेकै देख्छु सबै लाइ बेकार रिष नछर्नुस
नियाल्नुस आफैमा हुन सक्छ गल्ती फेरि
जानिबुजि बेकार दोष लगाउन सामु नपर्नुस
राई"मुक्मेन"रमेश
हाल साउदी
धन्यवाद....

06-Dont hate me cuz im beautiful
तिमी रहेछौ माया सागर तरु तरु लाग्छ
तिम्रो दील मा ठाउँ छ अरे सरु सरु लाग्छ
तिमी संगै जोडु जोडु लाग्छ प्रेमका नाताहरु
खाली तिम्रो सुइदो सिन्दुर ले भरु भरु लाग्छ


07-Lb Sagar
फुलेरै पनि ,झरेको छु आज ।
बॉचेर पनि ,मरेको छु आज ।।
कस्तो ,दोधार मा छु म?
खुँशेरै पनि ,डरेको छु आज ।।
ऐल.बि.सागर ,कैलाली
हाल- मलेशिया

08-Baral Suryamani
जस्तो आयो त्यस्तै गयो दशैँ,
नुन बिनाको खल्लो भयो दशैँ।।
न साथी संगी न पिङ छ गाउँमा,
मात्र स्मृतिमा रह्यो दशैँ।।

09-Ashish Danai
सराबिको भर हुन्न बिचार गर्नु ।
मानिस अमर हुन्न बिचार गर्नु ।।
भोक भोकै मर्न तयार हुन्छ 'आशिष' ।
अर्काको चाकर हुन्न बिचार गर्नु ।
-आशिष दनाई
gaunshahar-2, danaigaun, lamjung
Visit www.muktakmadhurima.tk to listen and download muktak madhurima


10-Raag Gazmer Raz
एक कदम तिम्रो एक कदम मेरो,दुई कदम साथ साथ
एक हात तिम्रो एक हात मेरो,सात जनम साथ साथ
समाजले गरोस् जे पनि जति पनि
एक आँट तिम्रो एक आँट मेरो,तोडौं भरम् साथ साथ
धरान

11-Madan Adhikari
रातो टीका जमराको उत्सव आयो फेरि
गाउँ घरमा मालसिरी धुन छायो फेरि
टाढा भका छोरा छोरी घर नआउँदा
बा आमाको कुटुकुटु मन खायो फेरि
-मदन अधिकारी
मेचीनगर 10, काँकरभिट्टा,बर्मेलीटोल, झापा

12-तिलक निस्कर्ष
आफ्ना सारा गल्ति हरु छोप्न नखोज प्रिया
यो दिलमा फेरी मायाको बिउ रोप्न नखोज प्रिया
म त माया लाउदिन तिम्ले करै गरेपनि ,
पिरतीको तिखो काँडाले गोप्न नखोज प्रिया
रत्ननगर 7

13-Bishnu K Gautam
अहिले पनि पिरै पिरमा पारेर गयो दशै
बलिन्धारा आँसु मात्रै झारेर गयो दशै
हुनेलाई पो दशै रैछ,दशा नहुनेलाई
गरिबहरू खोजि खोजि मारेर गयो दशै ।
बिष्णु गौतम
बाग्लुङ्ग्,गल्कोट

14-मोहन रावल अनमोल 'अस्तु' मुक्तक
एउटि कालिले मोहनि लगायो ।।
दाईकि सालिले मोहनि लगायो ।।
मुटु मा सजियको देख्दा अष्तु लाई ।
आज झापालिले मोहनि लगायो ।।
मोहन रावल अनमोल "अष्तु" बान्नातोलि पाचँ (अछाम)
हाल-बिरानो शहर मुम्बई

15-Govinda Chand Sodari ---------मुक्तक---------
मेरो सपनामा लजाउने तिमि हौ ।
मन भित्रै तालि बजाउने तिमि हौ ।।
जवानि मा तिमि र म संगै रमाउदा ,
अलि कति हास्दै फसाउने तिमि हौ ।
-गोबिन्द चन्द सोडारी
कालागाउं 6 अछाम

16-Lalu Gm
दुरी टाढा भयो भन्दै, परेली डिल नसुकाउ सानु।
बाध्यताले टाढा भयौ, कोमल दिल नदुखाउ सानु।।
आफ्नो मान्छे सँग, मनका बह पोख्नु पर्छ।
भनिहाल मनमा के छ? भित्र भित्रै नलुकाउ सानु।।
लालु जि.एम
स्वर्गद्वारी प्यूठान
हाल मलेसिया

17-Jyoti Khatiwada Anischit १,
त्यो सिउँदो अर्कै हातले रंगाएको भन कसरी देखुँ म?
याद तिम्रो झलझली आउँछन् भन कसरी छेकुँ म?
एकतर्फी माया लाउनुभन्दा नलाएकै जाती हुँदो रैछ
आफ्नै शोककथा फेरि भन कसरी लेखुँ म?
ज्योति खतिवडा अनिश्चित
जामुनखाडी सिमसार,
सुरुङ्गा २ झापा ।

*******>गीत >साथी ए साथी मलाइ माफ गर मैले धोका देको होइन
समयले यस्तै गर्यो .....मुटु चिरा पार्दै बर्बर अशु झार्दै आज एक्लै रुनु पर्यो .......
रजिना रिमालको आवाजमा ...........

18-Bikalpa Babu 
क्रुर तिम्रा शब्दहरु, सहन सकिन
माया बोकी तिम्रो मनमा, बहन सकिन
सायद अन्तिम घडि, आउदैछ वर
तिमी बिना एक्लै म, रहन सकिन
bikalpa babu
gitanagar-1,chitwan

19-Nepali Deep Milan
त्यो जूनलाई सोध, परिभाषा मायाको!
र धूनलाइ सोध, परिभाषा मायाको!!
म त केबल तिम्रो अनुयायि मात्र हुँ
हो खूनलाई सोध, परिभाषा मायाको!!
-दीप मिलन्
रुद्रपुर-२ रुपन्देहि
हाल दोहा कतार

20-निस्चल प्रेमी कान्छा
साथित्वनै तोडिछौ बल्ल आज थाहा पाएँ
अन्त नाता जोडिछौ बल्ल आज थाहा पाएँ
समयको खेलसँग खेल्न नजान्दा म
फोन गर्न छोडिछौ बल्ल आज थाहा पाएँ
निस्चल प्रमी कान्छा खर्ज्याङ 9 गुल्मी हाल दृष्टि वाटिका साहित्य समाज मुम्बई भारत

21-Dipak Karakheti मुक्तक
घर सर्नु छ, बसाई तराइमा
उनै सितको, रोजाइ तराइमा//
जिबन नै , सुगम बनाउन
प्रित बाड्नु छ, मलाई तराइमा //
-दीपक काराखेती
हाल:-अबु-धाबी(UAE)

22-Bimal Paharai ...
सुनसान यि जुनेली रात मिठो लाग्छ,
यौंवन का ति नशालु मात मिठो लाग्छ।
प्यासी यि दुई मुटु बनाएर एकै ढड्कन,
अंगालोमा माया भर्ने साथ मिठो लाग्छ।
-बिमल पहराई
हाडहाडे-५
गुल्मी
हाल:दोहा,कतार

23-Surya Chemjong
सम्झनामा उति उति गाढा हुँदै जान्छ
आफ्नो मान्छे जति जति टाढा हुँदै जान्छ
घडि सधैँ एकनास कहाँ रहन्छ र ?
बिदाईमा फूल पनि काँडा हुँदै जान्छ

24-Amrit Shrestha
जती सुन्दर फुल पनि झर्नु पर्छ एक दिन
जन्मे पछी यो संसारमा मर्नु पर्छ एक दिन
नदु;खाउ कसैको मन उस्को पनि मन हो
तिम्रै निम्ती जीवन अर्पन गर्नु पर्छ एक दिन
(Amrit shrestha pokhara 12 kaski)

25-श्रीकान्त कहेराज़
नेपाल मै रोजगारीको आश देउ नेता
बैठक मात्र बस्ने होइन निकास देउ नेता
पुरानो दिन बिर्सियर ,नया सोच बोकी
जनतालाई ढुक्कता को आभाष देउ नेता
कृष्ण मन्दिर चोक

26-भूबन भट्ट
बिछोडको अन्तिम भेट भेट्न आको छु
मनका सारा बेदनालाई रेट्न आको छु
बुझ्दा आखिर तिमि संगको यति मात्र रैछ साथ्
त्यसैले त बितेका ति पल हरुलाई समेट्न आको छु
रत्ननगर ३

.........मुक्तक मधुरिमा सुन्ने माध्यम हरु ,
Live-
radio chitwan 94.6
www.radiochitwan.com.np
Download -
www.radiochitwan.com.np
www.facebook.com/radiochitwan
www.facebook.com/muktakmadhurima
http://chisapaninepal.blogspot.com/
http://mohanbihani.blogspot.com/
www.ashishdanai.com.np
www.facebook.com/piratikodori
धन्यबाद

कार्यक्रम डाउनलोड को ब्यबस्था मिलाउने साथीहरु .......
कृष्णहरि खड्का ,रेडियो चितवन ९४.६
लक्ष्मण सापकोटा ,रेडियो चितवन ९४.६
राम शरण श्रेष्ठ ,चिसापानी,६ , रामेछाप
मोहन बिहानी , भक्तिपुर ७ , सर्लाही
आशिष दनाई ,गाउँशहर-२ दनाईगाउँ, लमजुङ
ß-kash Neupane, डुमरवाना, बारा हाल UAE
 

बहकिने मन (2069-07-20/05-11-2012) - Download

NepaliTalim | 4:46:00 PM | 0 comments
बहकिने मन BAHAKINE MAN
DATE :   (2069-07-20/05-11-2012)
Time : 9.15pm Every Monday
Host :  Mahabir Biswakarma
Phone-977-01-550982 / 5551161


आज मिति 2069 कार्तिक  20  तदनुसार 05th NOV 2012  सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 52 एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । कार्यक्रममा तपाईहरु आफ्ना मुक्तकहरु लेखिएको स्टाटसकै मुनि पोष्ट गर्नुहोला जहाँ बाट एक उत्कृष्ट मुक्तक कार्यक्रमको श्रीङ्खलामा प्रस्तुत गरिनेछ । आउनुस् हामी पनि सँगै सुनौ न बहकिने मन
Listen and Download

Download : Click Here to Download

Thank you

गजलका पानाहरु -14 : (03-11-2012)- Download

NepaliTalim | 3:53:00 PM | 0 comments
GAZALKA PANAHARU : 14
कार्यक्रम : गजलका पानाहरु 

प्रस्तोता : गजल प्रेमी इन्द्रमान 
 समय : हरेक शनिवार 
फेसबुक : Gazaka Panaharu


आज मिति 2069-07-18 तदनुसार 03-11-2012 का दिन गजलका विभिन्न पानाहरु पल्टाउन हाम्रो संसार रेडियोको प्रस्तुति कर्यक्रम गजलका पानाहरु लिएर कार्यक्रम प्रस्तोता गजल प्रेमी इन्द्रमान आत्मा औसिको रातमा आउनुभएको छ। आज कार्यक्रमको पहिलो बसाईमा तपाईहरुले फेसबुक पेजमा पोष्ट गर्नुभएको गजल बाचन हुनेछ । कार्यक्रम प्रति सल्लाह सुझाबहरु भए यसै कार्यक्रमको फेसबुक पेज Gazalka Panaharu मा प्रतिकृया पोष्ट गर्न सक्नुहुनेछ । कार्यक्रम उपलब्ध गरेर सहयोग गर्ने प्रस्तोता साथी लाई धेरै धेरै धन्यवाद । यो श्रीङ्खला देखी गजलका पानाहरु रेडियो हाम्रो संसार बाट प्रसारण हुनेछ । आउनुस् हामी पनि सुनौ यो कार्यक्रम
Listen and Download

Download : Click Here to Download 14

Thank you

गजल संसार -14 : (05-11-2012/2069-07-20) - Download

NepaliTalim | 12:08:00 PM | 0 comments
EPISODE : 14 (GAZAL SANSAR)
हाम्रो संसार डट नेटको गजलहरुको
साहित्यिक कार्यक्रम : गजल संसार

Date: (05-11-2012/2069-07-20)
Host : Shanti Pakhrin
Source : Website

 
मन भित्रका कुरा आवाजका झन्कार यो हो कार्यक्रम (Gazal Sansar Episode 14) नेपाली समय अनुसार साझको ५ बजे देखि ६ सम्म प्रत्येक सोमबार झैं आज पनि मिति 2069 कार्तिक 20 तदनुसार 05th Nov-2012 का दिन कार्यक्रम संचालिका गजलकार शान्ति पाख्रिनका साथ  रेडियो   हाम्रो संसार अनलाईन रेडियो मार्फत विश्वभरि आजको श्रीङ्खला लिएर उपस्थित भएका छौं । आउनुस् हामी पनि सुनौं ।
Listen and Download

Download : Click Here to Download 14

Thank you

Episode 9 : साहित्य सिर्जना 03-Oct-2012 - Download

NepaliTalim | 10:37:00 AM | 0 comments
EPISODE : NINE 9
Date : 3-11-2012/18-07-2012

कार्यक्रम : “साहित्य सिर्जना 
रेडियो : रेडियो मलमला ८८.६mhz
प्रस्तोता : सुरज थापा मगर
समय : शनिबार बिहान ८.३० बजे देखि ९ बजे
फेसबुक : Facebook Page
Email : radiomalmala@gmail.com

  

साथीहरु नमस्कार ।
गीत, गजल, कविता, हाइकु, कथा, लघुकथा र सष्ट्रा परिचयको संगम कार्यक्रम “SAHITYA SIRJANA" "साहित्य सिर्जना” को Episode 9th श्रीङ्खला लिएर आज मिति 2069 कार्तिक 18 गते तदनुसार 3rd November 2012 का दिन कार्यक्रम प्रस्तोता साथी सुरज थापा मगर प्राविधिक साथीको साथमा उपस्थित हुनुभएको छ । यो कार्यक्रम अबदेखि हरेक हप्ताको शनिवार बिहान ८.३० बजे देखि ९ बजे सम्म मात्र रेडियो मलमला ८८.६ मेगाहर्जमा प्रसारण हुनेछ । यो कार्यक्रमको श्रीङ्खला उपलब्ध गरेर सहयोग गर्नुहुने साथी सुरज थापा मगरलाई धेरै धेरै धन्यवाद ।
Listen and Download

Download : Click Here to Download

Thank you

गजल संगम (2069-07-15/31-10-2012 ) - Download

NepaliTalim | 11:04:00 AM | 2comments
गजल संगम (Gazal Sangam)
मिति :  (2069-07-15/31-10-2012 )
रेडियो : ध्रुबतारा 89.8 मेगाहर्ज
बिधा : नेपाली गजल
प्रस्तोता : आर पि पोख्रेल
समय : हरेक बुधवार बेलुकी ९.१५ 
Phone : 056-526186
Website : News Chitwan
Facebook : Gazal Sangam

आज मिति 2069 कार्तिक महिनाको 15 गते तदनुसार 31st Oct -2012 बुधबारका दिन सामुदायिक रेडियो ध्रुबतारा ८९.९ मेगाहर्ज बाट हरेक बुधबार बेलुका ९.१५ देखि १० बजेसम्म प्रसारन हुने रेडियो कार्यक्रम गजल संगम कार्यक्रम लिएर गजलमनका साथी प्रस्तोता आर पि पोख्रल र प्राविधिक मित्र श्यामको साथमा उपस्थित भएका छौं ।  गजल संगममा तपाईपनि सहभागिता जनाउन सक्नुहुन्छ जसको लागि फेसबुक पेज Gazal Sangam  गएर आफ्ना गजल पोष्ट गर्नुहोला त्यस्तै फोन गरेर पनि आफ्ना गजल बाचन गर्न सक्नुहुनेछ र  अनलाईन सुन्नको लागि News Chitwan वेबसाईट लग इन गर्नुहोला । कार्यक्रम उपलब्ध गराएर सहयोग गर्नुहुने प्रस्तोता साथी आर पि पोख्रोल लाई हृदयदेखि धेरै धेरै धन्यवाद । 
Listen and Download

Download : Click Here to Download

Thank you
 

Episode : 50 विशेष श्रीङ्खला (यो साँझ यो सुबाश-30-10-2012) - Download

NepaliTalim | 9:52:00 AM | 0 comments
SPECIAL EPISODE 50 - YO SANJH YO SUBASH
(30-11-2012 / 2069-07-14)
प्रस्तोता : प्रदिप गिरि

कार्यक्रम : यो साँझ यो सुबाश
Facebook : YSYS Facebook Page
Phone 9808826116

आज मिति 2069 साल कार्तिक महिनाको 14 गते तदनुसार  30th Oct 2012 मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको  50 औ विशेष श्रीङ्खला साथ लिएर लिएर सदाझैं आज पनि  तपाईहरु सामु प्रस्तोता प्रदिप गिरी कार्यक्रम लिएर उत्पादन सहयोगि रन्सी गिरि (Ransi Media) को साथमा  उपस्थित भएका छौं । काठमाडौंमा कार्यक्रम रेडियो उपत्यका ८७.६ मेगाहर्जमा शुक्रबार बेलुका ९.१५ देखि प्रसारण हुनेछ । 
रन्सी मेडियाले यु एस ए मा उत्पादन गर्ने यो कार्यक्रम नेपाल भरि बिभिन्न एफ एम स्टेशनहरु लगायत विश्वभरी युटुब, ब्लगहरु, र विभिन्न वेबसाइटहरुमार्फत स्रोता समक्ष पुग्दछ जहाँ  नेपाली गजल, प्रेरणदाई कथा, लेख रचनाहरुको प्रस्तुती रहनेछन् । उज्यालो नेपाल मिडिया नेटवर्क मार्फत ११ वोटा एफ.एम.हरु लगायत देशै भरि 23 रेडियो स्टेशनहरुमा कार्यक्रम यो साँझ यो सुवास प्रशारण हुने रेडियो स्टेशनहरु निम्नानुसार छन् ।
1. रेडियो उपत्यका ८७.६ मेगाहर्जमा शुक्रबार बेलुका ९.१५ देखि
2. बिजय एफएम १०१.६ मेगाहर्ज, नवलपरासी-शनिबार बेलुकी ९.१५ देखि
3. रेडियो मना:लु १०३.९ मेगाहर्ज गोरखा-बुधबार बेलुकी ९.१५ देखि
4. हिमाल एफ.एम ९२.८ मेगाहर्ज बाँके-बुधबार बेलुकी ९.१५ देखि
5. रेडियो परिवर्तन ८९.४ मेगाहर्ज सुनसरी-शुक्रबार बेलुकी ९.१५ देखि
6. हाम्रो मालिका १०७ मेगाहर्ज कैलाली-बुधबार बेलुकी ९.१५ देखि
7. हजुरको रेडियो १०२.१ मेगाहर्ज रामेछाप-शुक्रबार बेलुकी ९.१५ देखि
8. साझा एफ.एम १०४.८ मेगाहर्ज मोरङ्ग-शुक्रबार बेलुकी ९.१५ देखि
9. रेडियो नमस्ते ९२.८ मेगाहर्ज बुटवल-बुधबार बेलुकी ९.१५ देखि
10. रेडियो फिक्कल ९०.६ मेगाहर्ज इलाम-शुक्रबार बेलुकी ९.१५ देखि
11. हिँउचुली एफएम ९२.२ मेगाहर्ज पोखरा-मंगलबार बेलुकी ९.१५ देखि
12. रेडियो रेसुङ्गा १०६.२ मेगाहर्ज गुल्मी शुक्रबार बेलुकी ९.१५ देखि
13. कोहलपुर एफएम १०१.२ मेगाहर्ज शुक्रबार राती ९.१५ देखि
14. रेडियो उपत्यका ८७.६ मेगाहर्जमा शुक्रबार बेलुका ९.१५ देखि
15. इन्द्रेनी एफ.एम ९२.४ मेगाहर्ज दाङ बाट
16. यु.के. एफ एम १०६.८ मेगाहर्ज उदयपुर
साथसाथै आईफोन र एन्ड्रोइड फोनमामा कार्यक्रम सुन्नको लगि Application "Nepali Fm" मा हाम्रा सम्पूर्ण श्रीङ्खलाहरु सुन्न सक्नु हुनेछ। कार्यक्रमका सम्पूर्ण श्रीङ्खलाहरु उपलब्ध गराएर सहयोग गर्नुहुने साथी कार्यक्रम प्रस्तोता प्रदिप गिरि र उत्पान सहयोगी रन्सि मेडियाका रन्सी गिरिलाई हृदयदेखीनै धेरै धेरै धन्यवाद दिन चाहन्छु 

Listen and download

Download : Click Here to Download 50
Listen All Previous Episodes

Thank you

BULBUL : EPISODE 166-(30-10-2012) Download

NepaliTalim | 1:13:00 PM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS
BULBUL EPISODE - 166
(31-Oct-2012/ 2069-07-15)


शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति 2069 कार्तिक महिनाको 15 गते बुधवार तदनुसार 30 Oct-2012,  का दिन  एफ एम रेडियो उज्यालो ९० मेगाहजमा उत्पादन सहयोगी तथा प्राबिधिक सहयोगीका साथमा  बुलबुल प्रस्तोता अच्चुत घिमिरे उत्पादन सहयोगी दिनेश निरौलाका साथमा आज  बुलबुलको लिएर (BULBUL EPISODE - 166) लिएर उपस्थित हुनुभएको छ ।
बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।
आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।
बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला । 
Listen and Download

Download : Click Here to Download 166
सुरुदेखि आजसम्मका बुलबुलका सबै श्रीङ्खलाहरु सुन्नको लागि 


Thank you

मुक्तक सरोबर (2069-07-15/30-10-2012) - Download

NepaliTalim | 10:34:00 AM | 0 comments
MUKTAK SAROBAR
कार्यक्रम : मुक्तक सरोबर 
Date :  (2069-07-15/30-10-2012)
रेडियो : देबदह 106.6 मेगाहर्ज
समय: शुक्रबार बेलुकी 9:20 देखी
प्रस्तोता-युबराज लामिछाने 
FB Page : Muktak Sarobar
 
 
आज मिति 2069 कार्तिक 15 तदनुसार 30 Oct 2012 बुधवारका दिन मुक्तक विशेष कार्यक्रम लिएर उपस्थित भएको छु । सुचनाको लागी सामुदायिक सञ्चार अभियानद्धारा सञ्चालित सामुदायिक रेडियो,रेडियो देबदह 106.6 मेगाहर्जको पृथक प्रस्तुती कार्यक्रम मुक्तक सरोबर सुन्न नभुल्नुहोला सप्ताहका दुई बार बुधबार र शुक्रबार बेलुकी 9:20 देखी 10:00 बजेसम्म। शुक्रबार तपाईकै फोन लिन्छौ तपाईकै मुखार बिन्दु बाट मुक्तक सुन्छौ जस्को निम्ती तपाईले हाम्रो स्टुडियो को फोन 071-577735 लाई खटखटाउनु पर्ने हुन्छ। त्यस्तै गरी बुधबारीय बसाईमा तपाईकै चिठी पत्र र अनि तपाईले नै गर्नु भएका wall post उठान गर्ने गर्छौ। wall post गर्न नभुल्नुहोला हाम्रो Muktak Sarobar wall मा।
Listen and Download

Download : Click Here


Thank you
 

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger