मुक्तक सरोबर (2069-06-03/19-09-2012) - Download

NepaliTalim | 11:40:00 PM | 0 comments
MUKTAK SAROBAR
कार्यक्रम : मुक्तक सरोबर 
Date :  (2069-06-03/19-09-2012)
रेडियो : देबदह 106.6 मेगाहर्ज
समय: शुक्रबार बेलुकी 9:20 देखी
प्रस्तोता-युबराज लामिछाने 
FB Page : Muktak Sarobar
 
आज मिति 2069-06-03 तदनुसार 19-09-2012 बुधवारका दिन मुक्तक विशेष कार्यक्रम लिएर उपस्थित भएको छु । सुचनाको लागी सामुदायिक सञ्चार अभियानद्धारा सञ्चालित सामुदायिक रेडियो,रेडियो देबदह 106.6 मेगाहर्जको पृथक प्रस्तुती कार्यक्रम मुक्तक सरोबर सुन्न नभुल्नुहोला सप्ताहका दुई बार बुधबार र शुक्रबार बेलुकी 9:20 देखी 10:00 बजेसम्म। शुक्रबार तपाईकै फोन लिन्छौ तपाईकै मुखार बिन्दु बाट मुक्तक सुन्छौ जस्को निम्ती तपाईले हाम्रो स्टुडियो को फोन 071-577735 लाई खटखटाउनु पर्ने हुन्छ। त्यस्तै गरी बुधबारीय बसाईमा तपाईकै चिठी पत्र र अनि तपाईले नै गर्नु भएका wall post उठान गर्ने गर्छौ। wall post गर्न नभुल्नुहोला हाम्रो Muktak Sarobar wall मा। 
Listen and Download

Download : Click Here to Download

Thank you

BULBUL : EPISODE 160-(19-09-2012) Download

NepaliTalim | 10:21:00 PM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS
BULBUL EPISODE - 160
(19-Sep-2012/ 2069-06-03)

FB : Facebook Page
(आज रात्री गन्थन, तपाईहरुकै गजलहरु र सुमधुर सांगितिक गजल बिशेष  प्रस्तुति  रहनेछ ।)
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति 2069 असोज महिनाको 03 गते बुधवार तदनुसार 19-09-2012,  का दिन  एफ एम रेडियो उज्यालो ९० मेगाहजमा उत्पादन सहयोगी तथा प्राबिधिक सहयोगीका साथमा  बुलबुल प्रस्तोता अच्चुत घिमिरे उत्पादन सहयोगी दिनेश निरौलाका साथमा आज  बुलबुलको लिएर (BULBUL EPISODE
- 160) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।
आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।
बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद । 
बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला । 
Listen and Download :
Download : Click Here to Download 160
आज सम्मका बुलबुलका श्रीङ्खलाहरु सुन्नुहोस्
Thank you

कार्यक्रम दोभानमा अशिष दनाईसँगको अन्तर्वाता - Download

NepaliTalim | 8:34:00 PM | 0 comments
अशिष दनाई
रेडियो : रेडियो चौतारी ९१.४ मेगाहर्ज
अतिथी :  अशिष दनाई
कार्यक्रम :  दोभान


रेडियो चौतारि ९१.४ मेगाहर्जमा मिति २०६९ असोज ३ गते बुधबारका दिन मुक्तक विशेष कार्यक्रममा श्रष्टा सँगको भलाकुसारीका क्रममा मेरा मित्र गजलकार तथा मुक्तककार आशिष दनाई साँगको अन्तर्वाता लिएर आएको छु । आउनुस् हामी पनि सुनौं ।
Listen and Download

Download : Click Here to Download

Thank you

अचम्मको संसार - Episode 2 - Download

NepaliTalim | 12:45:00 PM | 0 comments
अचम्मको संसार (Achammako Sansar)
मिति : 19-09-2012/03-06-2069
रेडियो :  रेडियो एकता 
समय : हरेक बुधवार १० बजे विहान
प्रस्तोता:  रविन कार्की

यो संसार अचम्मको छ चाहे तपाईं पत्याउनुश या नपत्याउनुश तपाईं पनी अचम्मकै हुनु हुन्छ हजुर संसार अचम्मको छ । आज मिति 03  असोज २०६९ तदनुसार बुधबार , आजदेखि शान्ति र सदभाबका लागि रेडियो एकता 92.4mhz को कार्यक्रम अचम्मको संसारको 2nd श्रीङ्खला लिएर कार्यक्रम प्रस्तोता रविन कार्की उपस्थित हुनुभएको छ । विश्वभरिका विभिन्न अचम्मका रोचक कुराहरुको जानकारीहरु यो कार्यक्रमको विशेषता रहनेछ ।
Listen and Download
Download : Click Here to Download 2

Thank you

कविता- पूर्ण बिरामहरु !!!!

NepaliTalim | 11:37:00 AM | 0 comments
!!! पूर्ण बिरामहरु !!!!

आहो !!!
कति शक्तिसाली हुन यि पूर्ण विरामहरु ....
पछ्याईरहेछन् सबैलाई....
कुरिरहेछन् सबैलाई ...
सखाप पार्न...
जिवन लिला अन्त्य गर्न..
मोड मोडहरुमा ...
सिकरी झैं सिकारको प्रतिक्षामा...
आफैलाई शक्तिसाली शिद्ध गर्न...
त्रासित पार्दै सबैलाई तर्साउँदै
उहि पूर्ण विरामहरु
आहो !!! कति शक्तिसाली हुन यि पूर्ण विरामहरु ....

घडिका सुईहरु सँगै
प्रगतिका पाईलाहरु सँगै
घामको झुल्काहरु सँगै
हर तत्वहरुमा कणहरुमा
लगाउन अँकुश देखाउँदै तुजुक
बाएर मुखहरु... निल्दै थुकहरु....
झैं परम शत्रु
हुँदै अन्तिम विजयी
आफ्नै जयजय गाउँदै
पछि पछि आउँदै रमाउँदै
गराउँछ अष्तित्व बोध
उहि पूर्ण विरामहरु
आहो !!! कति शक्तिसाली हुन यि पूर्ण विरामहरु ....


हर कोसिस हरुका पछाडी
जो हिडेपनि अगाडी अगाडी
सताउँछ असफलताले
लक्ष निकट भएपपनि
सफल हुँदै गएपनि
जन्म देखि पछ्याउँछ
यात्राभरि.. मृत्युसम्म
जिवन भरि मन परि
अनि दस्तखत दिन्छ अन्तिममा
उहि पूर्ण विरामहरु
आहो !!! कति शक्तिसाली हुन यि पूर्ण विरामहरु ....


छन् कि केहि विकल्पहरु
भटिएनन् नहुने अन्तहरु
हो अनि स्विकारेँ
तिम्रो पूरुशार्थलाई
अति आज्ञाकारीझैं
जय हो पूर्णविराम ..
धन्य पूर्ण पूर्णविराम..
यो राम लाई पाखा लगायो
भित्री सत्य सिकायो
लाएँ अनि
उहि पूर्ण विरामहरु
आहो !!! कति शक्तिसाली हुन यि पूर्ण विरामहरु ....।।।

राम शरण श्रेष्ठ
चिसापानी ६,रामेछाप

गजलका शेरहरु "तिज विशेष" -(2069-06-02/18-09-2012) - Download

NepaliTalim | 11:04:00 AM | 0 comments
PROGRAM : GAZALKA SHERHARU
HOST : LAXMI ITIHAS
TIME : EVERY MONDAY, 9.15PM
DATE : - (2069-06-02/18-09-2012)
..............................................
कार्यक्रम : गजलका शेरहरु "तिज विशेष"
संचालिका : लक्ष्मि इतिहाँस
 एफ.एम : रेडियो एकता 92.4, लालबन्दी

समय : हरेक सोमबार बेलुका ९.१५बजे     
अनलाईन सुन्न : Radio Ekata
   
फेसबुक पेज  : Gazalka Sherharu



आदरणिय साथीहरु, 
आज मिति 2069 असोज महिनाको 02 तदनुसार मिति 18 Sep 2012 गते सोमबार रेडियो एकता ९२.४ मेगाहर्ज, लालबन्दीमा गजलका शेरहरु "तिज विशेष" लिएर प्रस्तोता  लक्ष्मी इतिहाँस प्राविधिक मित्र रबिन कार्किसँग तपाईहरु सामु  उपस्थित हुनुभैसक्नुभएको छ ।आज महिनाको अन्तिम सातामा हामी गजल सवाज जवाफ विशेष श्रीङ्खला लिएर आएका छौं । कार्यक्रमको श्रीङ्खला उपलब्ध गराईदिनुभएकोमा रेडियो एकताका साथी रविन कार्की लाई हृदयदेखिनै धेरै धेरै धन्यवाद ।   
Listen and Download 
Download : Click Here to Download   
Listen All Previous  Episodes

Thank you

बहकिने मन (2069-06-01/17-09-2012) - Download

NepaliTalim | 12:27:00 PM | 0 comments
बहकिने मन BAHAKINE MAN
DATE :  (2069-06-01/17-09-2012)
Time : 9.15pm Every Monday
Host :  Mahabir Biswakarma
Phone-977-01-550982 / 5551161

आज मिति २०६९ असोज 01 तदनुसार 17 Sep 2012 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 40 एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । कार्यक्रममा तपाईहरु आफ्ना मुक्तकहरु लेखिएको स्टाटसकै मुनि पोष्ट गर्नुहोला जहाँ बाट एक उत्कृष्ट मुक्तक कार्यक्रमको श्रीङ्खलामा प्रस्तुत गरिनेछ । आउनुस् हामी पनि सँगै सुनौ न बहकिने मन
Listen and Download 

Download : Click Here to Download  
Thank you

Episode : 44 (यो साँझ यो सुबाश-18-09-2012) - Download

NepaliTalim | 11:35:00 AM | 0 comments
EPISODE 44 - YO SANJH YO SUBASH
(18-09-2012 / 2069-06-03)
प्रस्तोता : प्रदिप गिरि

कार्यक्रम : यो साँझ यो सुबाश
Facebook : YSYS Facebook Page
Phone 9808826116

आज मिति 2069 साल असोज महिनाको 03 गते तदनुसार 18th Sep 2012, मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको तिज विशेष 44   औ श्रीङ्खला साथ लिएर लिएर सदाझैं आज पनि  तपाईहरु सामु प्रस्तोता प्रदिप गिरी कार्यक्रम लिएर उत्पादन सहयोगि रन्सी गिरि (Ransi Media) को साथमा  उपस्थित भएका छौं । काठमाडौंमा कार्यक्रम रेडियो उपत्यका ८७.६ मेगाहर्जमा शुक्रबार बेलुका ९.१५ देखि प्रसारण हुनेछ । 
रन्सी मेडियाले यु एस ए मा उत्पादन गर्ने यो कार्यक्रम नेपाल भरि बिभिन्न एफ एम स्टेशनहरु लगायत विश्वभरी युटुब, ब्लगहरु, र विभिन्न वेबसाइटहरुमार्फत स्रोता समक्ष पुग्दछ जहाँ  नेपाली गजल, प्रेरणदाई कथा, लेख रचनाहरुको प्रस्तुती रहनेछन् । उज्यालो नेपाल मिडिया नेटवर्क मार्फत ११ वोटा एफ.एम.हरु लगायत देशै भरि 23 रेडियो स्टेशनहरुमा कार्यक्रम यो साँझ यो सुवास प्रशारण हुने रेडियो स्टेशनहरु निम्नानुसार छन् ।
1. रेडियो उपत्यका ८७.६ मेगाहर्जमा शुक्रबार बेलुका ९.१५ देखि
2. बिजय एफएम १०१.६ मेगाहर्ज, नवलपरासी-शनिबार बेलुकी ९.१५ देखि
3. रेडियो मना:लु १०३.९ मेगाहर्ज गोरखा-बुधबार बेलुकी ९.१५ देखि
4. हिमाल एफ.एम ९२.८ मेगाहर्ज बाँके-बुधबार बेलुकी ९.१५ देखि
5. रेडियो परिवर्तन ८९.४ मेगाहर्ज सुनसरी-शुक्रबार बेलुकी ९.१५ देखि
6. हाम्रो मालिका १०७ मेगाहर्ज कैलाली-बुधबार बेलुकी ९.१५ देखि
7. हजुरको रेडियो १०२.१ मेगाहर्ज रामेछाप-शुक्रबार बेलुकी ९.१५ देखि
8. साझा एफ.एम १०४.८ मेगाहर्ज मोरङ्ग-शुक्रबार बेलुकी ९.१५ देखि
9. रेडियो नमस्ते ९२.८ मेगाहर्ज बुटवल-बुधबार बेलुकी ९.१५ देखि
10. रेडियो फिक्कल ९०.६ मेगाहर्ज इलाम-शुक्रबार बेलुकी ९.१५ देखि
11. हिँउचुली एफएम ९२.२ मेगाहर्ज पोखरा-मंगलबार बेलुकी ९.१५ देखि
12. रेडियो रेसुङ्गा १०६.२ मेगाहर्ज गुल्मी शुक्रबार बेलुकी ९.१५ देखि
13. कोहलपुर एफएम १०१.२ मेगाहर्ज शुक्रबार राती ९.१५ देखि
14. रेडियो उपत्यका ८७.६ मेगाहर्जमा शुक्रबार बेलुका ९.१५ देखि
15. इन्द्रेनी एफ.एम ९२.४ मेगाहर्ज दाङ बाट
16. यु.के. एफ एम १०६.८ मेगाहर्ज उदयपुर
साथसाथै आईफोन र एन्ड्रोइड फोनमामा कार्यक्रम सुन्नको लगि Application "Nepali Fm" मा हाम्रा सम्पूर्ण श्रीङ्खलाहरु सुन्न सक्नु हुनेछ।कार्यक्रमका सम्पूर्ण श्रीङ्खलाहरु उपलब्ध गराएर सहयोग गर्नुहुने साथी कार्यक्रम प्रस्तोता प्रदिप गिरि र उत्पान सहयोगी रन्सि मेडियाका रन्सी गिरिलाई हृदयदेखीनै धेरै धेरै धन्यवाद दिन चाहन्छु
LISTEN AND DOWNLOAD
Download : Click Here to Download 44 
 पूराना श्रीङ्खलाहरु सुन्नको लागि

  








यो श्रीङ्खलामा बाचन भएको मेरो गजल

 खोजे जस्तै बर मिलोस्, बरदानमा तिमीलाई ।।
स्वर्ग जस्तै घर मिलोस्, बरदानमा तिमीलाई ।।

 तिम्रो हर सुख दुख, आफ्नो ठानि मायाँ गर्ने
यौटा हमसफर मिलोस्, बरदानमा तिमीलाई ।।

जन्म घर विदा लिई, कर्म घरको यो यात्रामा
 असल साथी भर मिलोस्, बरदानमा तिमीलाई ।।

दर खनु ब्रत बस्नु, साथी साँगी सँग नाच्नु
शुःख सान्ति प्रहर मिलोस् बरदानमा तिमीलाई ।।

शुभकामना यो तिजमा, खोजे जति रोजे जति
तिम्ले पाको खबर मिलोस्, बरदानमा तिमीलाई ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।।

गजल संसार -8 : (17-09-2012/2069-06-02) - Download

NepaliTalim | 9:50:00 AM | 0 comments
हाम्रो संसार डट नेटको गजलहरुको
साहित्यिक कार्यक्रम : गजल संसार

Episode 8 :   (17-09-2012/2069-06-02)
Host : Shanti Pakhrin
Source : Website
(GAZAL SANSAR) 
 
 
मन भित्रका कुरा आवाजका झन्कार यो हो कार्यक्रम (गजल संसारGazal Sansar Episode 8) नेपाली समय अनुसार साझको ५ बजे देखि ६ सम्म प्रत्येक सोमबार झैं आज पनि मिति 2069 असोज 02 तदनुसार 17-Sep-2012 का दिन कार्यक्रम संचालिका गजलकार शान्ति पाख्रिनका साथ  रेडियो   हाम्रो संसार अनलाईन रेडियो मार्फत विश्वभरि आजको श्रीङ्खला लिएर उपस्थित भएका छौं । आउनुस् हामी पनि सुनौं ।
Listen and Download

Download : Click Here to Download 8

मेरो गजल यो श्रीङ्खलामा
खोजे जस्तै बर मिलोस्, बरदानमा तिमीलाई ।।
स्वर्ग जस्तै घर मिलोस्, बरदानमा तिमीलाई ।।

तिम्रो हर सुख दुख, आफ्नो ठानि मायाँ गर्ने
यौटा हमसफर मिलोस्, बरदानमा तिमीलाई ।।

जन्म घर विदा लिई, कर्म घरको यो यात्रामा
असल साथी भर मिलोस्, बरदानमा तिमीलाई ।।

दर खनु ब्रत बस्नु, साथी साँगी सँग नाच्नु
शुःख सान्ति प्रहर मिलोस् बरदानमा तिमीलाई ।।

शुभकामना यो तिजमा, खोजे जति रोजे जति
तिम्ले पाको खबर मिलोस्, बरदानमा तिमीलाई ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।।

Episode 3 : साहित्य सिर्जना (15-09-2012/2069-05-30) - Download

NepaliTalim | 5:08:00 PM | 0 comments
EPISODE : THREE (3)
कार्यक्रम : “साहित्य सिर्जना 
रेडियो : रेडियो मलमला ८८.६mhz
प्रस्तोता : सुरज थापा मगर
समय : शनिबार बिहान ८.३० बजे देखि ९ बजे
फेसबुक : Facebook Page
Email : radiomalmala@gmail.com

          


साथीहरु नमस्कार ।
गीत, गजल, कविता, हाइकु, कथा, लघुकथा र सष्ट्रा परिचयको संगम कार्यक्रम “SAHITYA SIRJANA साहित्य सिर्जना” को Episode 3rd श्रीङ्खला लिएर आज मिति 2069 भाद्र 30 गते तदनुसार15 सेप्टेम्बर २०१२ का दिन कार्यक्रम प्रस्तोता साथी सुरज थापा मगर प्राविधिक साथीको साथमा उपस्थित हुनुभएको छ ।
यो कार्यक्रम अबदेखि हरेक हप्ताको शनिवार बिहान ८.३० बजे देखि ९ बजे सम्म मात्र रेडियो मलमला ८८.६ मेगाहर्जमा प्रसारण हुनेछ । यो कार्यक्रमको श्रीङ्खला उपलब्ध गरेर सहयोग गर्नुहुने साथी सुरज थापा मगरलाई धेरै धेरै धन्यवाद ।
Listen and Download
Download : Click Here to Download 3  
Thank you

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger