प्रकट पंगेनिका गजलहरु - Download

NepaliTalim | 2:02:00 PM | 0 comments
प्रकट पंगेनिका गजलहरु

Listen

Download Link : Click Here to Download

Thank you ,

विश्वब्यापी गजल प्रतियोगिता बिशेष -Downlaod

NepaliTalim | 3:32:00 PM | 0 comments
हिमाली स्वरहरुको यो बिशेष सृजनाका स्वरहरुको शृंखलामा
विश्वब्यापी अनलाइन नेपाली रेडियो गजल प्रतियोगिताका उत्कृस्ट गज़ल हरु प्रस्तुत गर्दै छौ ! Pls visit www.nepaliradio.org to listen all our online radio programs

ब्रुनाई,
गत ५ अपि्रलका दिन प्रवासी नेपाली साहित्य समाजको आयोजना र अनलाइन नेपाली साहित्य मंचको सह-आयोजनामा सम्पन्न भएको विश्वब्यापी प्रथम अनलाइन नेपाली रेडियो गजल प्रतियोगिता २०६६ को नतिजा वि. एफ. वि. एस. गोर्खा रेडियो ब्रुनाईको प्रत्येक्ष २ घण्टा लामो प्रसारणबाट सार्वजनिक भएको छ ।

मलेशिया, नेपाल, अफगानिस्तान, कतार, दुवई, वेलायत, अमेरिका, क्यानडा, इराक, कुवेत, इन्डिया, अष्ट्रेलिया, ब्रुनाई, सिगापुर, इजरायल, नेदरल्याण्ड, पोर्चुगल, हङकङ, द. कोरिया लगायत विश्वका विभिन्न १८ मुलुकहरुबाट र नेपालको विभिन्न ३८ जिल्लाबाट गरि जम्मा १७७ जना स्रष्टाहरुको सहभागिता रहेको थियो ।

प्रतियोगितामा इजरायलबाट सहभागि उमा सुवेदी प्रथम भोजपुरका निराजन बतास द्धितिय र काठमाण्डोका सूर्य चापागाई तृतीया बन्न सफल भएका छन् । विजयीहरुले क्रमश नगद रु २० हजार १० हजार र ५ हजार पुरस्कार प्राप्त गर्नेछन् । पुरस्कारको लागि कलासाहित्य डटकम युन्छोमा प्रा. लि. र चाम्स फिल्म प्रोड्क्सन प्रा. लि. प्रायोजक रहेका छन् । उत्कृष्ट २० जना गजलकर्मीहरु- रिता खत्रि विराटनगर, डा. सुधा शाही काठमाडौं, नबराज नवोदित कतार, गनिन्द्र लिम्बू मलेशिया, निराज भट्टराई तँनहू, निर्मल कुमार पौडेल रौतहट, गोपालचन्द्र राई खोटाङ, पि. एस. लिम्बू दुवई, विपु वाइवा वेलायत, डा. टिकाराम भण्डारी रुपन्देही, हस्त गौतम मृदुल अमेरिका, निरु केसी अश्रु पोखरा, विष्णुनन्द चाम्लिङ हङकङ, दिलदुखी जन्तरे मलेशिया, नरेश नाती ब्रुनाई, देवकला कार्की धनकुटा, बर्षाद दर्लामी मलेशिया रहेका छन् ।
Listen

Download Link : Click Here to Download

Note:
www.nepaliradio.org

Thanks
Ram Sharan Shrestha


अ पेनफुल केस - Download

NepaliTalim | 2:24:00 PM | 0 comments
 ( Story by Jems Jwes - A Painful Case)
टाईम्स एफ एम ९०.६ मेगाहर्ज को कार्यक्रम कथा भित्रका गीतहरु । यो प्रसिद्ध साहित्यकारहरुका प्रसिद्ध कथा तथा लेख रचनाहरुलाई गीति रसमा ढालेर प्रसारण गरिने कार्यक्रम हो । सदाझै आज पनि तपाईहरु सामु कृष्ण अर्र्याल विश्व प्रसिद्ध लेखक जेम्स ज्वेसद्धारा लिखित कथा अ पेनफुल केस लिएर आउनुभएको छ । 




कथा भित्रका गीतहरु
पुस्तक : अ पेनफुल केस– जेम्स् ज्वेस
बाचक : कृष्ण अर्र्याल


Download A Painful Case from Katha Bhitraka Geetharu 
Episode 1

Download Link : Click Here to Download Episode 1
Episode 2

Download Link : Click Here to Download Episode 2
Episode 3

Download Link :Click Here to Download Episode 3 (Last)

Thank you,
Ram Sharan Shrestha

लैला मजनु - Download

NepaliTalim | 1:25:00 PM | 0 comments

टाईम्स एफ एम ९०.६ मेगाहर्ज को कार्यक्रम कथा भित्रका गीतहरु । यो प्रसिद्ध साहित्यकारहरुका प्रसिद्ध कथा तथा लेख रचनाहरुलाई गीति रसमा ढालेर प्रसारण गरिने कार्यक्रम हो । सदाझै आज पनि तपाईहरु सामु कृष्ण अरर्याल विश्व प्रसिद्ध प्रेम कहानी लैला मजनु लिएर आउनुभएको छ ।



कथा भित्रका गीतहरु 
पुस्तक : लैला मजनु 
बाचक : लैला मज

Download "Laila Majanu" from Katha Bhitraka Geetharu
Episode 1

Download Link : Click Here to Download Episode 1
Episode 2

Download Link : Click Here to Download Episode 2 
Episode 3 - Last

Download Link : Click Here to Download Episode 3 (Last)

Thank you,
Ram Sharan Shrestha

Muktak Madhurima- 04-11-2068 (Download)

NepaliTalim | 10:42:00 AM | 0 comments
Muktak Madhurima ( मुक्तक मधुरिमा ) -Download










आज मिति २०६८ फाल्गुन ४ गते तदनुसार २०१२ फेबु्रअरि १७ तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दैै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ । यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।

Listen

Download : Click Here to Download -04-11-2068

Thank you,

Ram Sharan Shrestha
Chisapani, Ramechhap

BULBUL : EPISODE 129 (Download)

NepaliTalim | 12:18:00 PM | 0 comments
 BULBUL GAZAL PROGRAM - EPISODE 129


(दृष्टिविहिन गजलकारहरुको गजल र अन्र्तबार्ता विशेष Mभाग दुई 
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति २०६८ फाल्गुन महिनाको
गते बुधवार तदनुसार फेबु्रअरी १५, २०१२,  का दिन यो चिसो महिनामा एफ एम रेडियो उज्यालो ९० मेगाहजमा उत्पादन सहयोगी शसिन्द्र गौतमका साथमा बुलबुल प्रस्तोता अच्चुत घिमिरे आज  बुलबुलको १२८  भाग लिएर (BULBUL EPISODE - 129, 15th February 2012)  उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।

आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

आजको बुलबुल विशेषगरि दृष्टिविहिन गजलकारहरु (१.बिरेन्द्र बेहोसी , २.सरिता लामिछाने, ३.किस्वरा अ¥र्याल, ४.दिपक बास्तबिक, ५.लक्ष्मी अधिकारी , ६.सरिता आचार्य अकेली, ७.बिबेक भट्र्टरराई) को गजल साथसाथमा उहाँसहरुसँगका अन्र्तवार्तामा केन्द्रित रहनेछ  .

तपाईहरु पनि बुलबुलको लागि गजल पठाउन सक्नुहुन्छ जसको लागि:
कार्यक्रम : -  बुलबुल
पोष्ट बक्स नं. :- ६४६९
उज्यालो एफ एम को रात्रि कालिन प्रस्तुति
ईमेल : - bulbul@unn.com.np


धन्यवाद ।  
Download Bulbul : Episode 129 (15th February 2012, Wednesday) UNN 90Mhz Ujyalo FM Program of Every Wednesday form 9.15pm to 10pm by Achyut Ghimire with Shasindra Gautam.

Download Bulbul Episode 129
Listen:
( 15th Feb 2012)


Listen All Episodes

Thanks

Episode 13 - यो साँझ यो सुबाश (प्रेम दिवश विशेष)- Download

NepaliTalim | 4:23:00 PM | 0 comments
Episode 13- Yo Sajh Yo Subash (Valentine's Day Special) 





















A Ransi Entertainment Presentation. यो साँझ यो सुबाश is a night Radio Show which presents the Nepali Gazals, and motivations and morals stories. This Radio Show is produced in USA, and Broadcasting all over in Nepal, through several Radios Stations. 
उज्यालो नेपाल  मिडिया नेटवर्क मार्फत कार्यक्रम यो साँझ यो सुवास प्रशारण भइरहेका रेडियो स्टेशनहरु  

 १. बिजय एफ.एम १०१.६ मेगाहर्ज नवलपरासी शनिबार बेलुकी ९.१५ , २. रेडियो मनासलु १०३.९ मेगाहर्ज गोरखा बुधबार बेलुकी ९.१५ , ३. हिमाल एफ.एम ९२.८ मेगाहर्ज बाँके बुधबार बेलुकी ९.१५ , ४. रेडियो, परिवर्तन ८९.४ मेगाहर्ज सुनसरी शुक्रबार बेलुकी ९.१५ , ५. हाम्रो मालिका १०७ मेगाहर्ज कैलाली बुधबार बेलुकी ९.१५ , ६. हजुरको रेडियो १०२.१ मेगाहर्ज रामेछाँप बिहिबार बेलुकी ९.१५ , ७. साझा एफ.एम १०४.८ मेगाहर्ज मोरङ्ग शुक्रबार बेलुकी ९.१५ , ८. रेडियो नमस्ते ९२.८ मेगाहर्ज बुटवल बुधबार बेलुकी ९.१५ , ९. रेडियो फिक्कल ९०.६ मेगाहर्ज इलाम शुक्रबार बेलुकी ९.१५ , १०. हिँउचुली एफ.एम ९२.२ मेगाहर्ज पोखरा मंगलबार बेलुकी ९.१५ ,११. रेडियो रेसुङ्गा १०६.२ मेगाहर्ज गुल्मी शुक्रबार बेलुकी ९.१५

प्रसारण भएका कार्यक्रमको भागहरु उपलब्ध गराई सहयोग गरिदिनुभएकोमा प्रस्तोता प्रदिप गिरीलाई विशेष धन्यवाद । यो साँझ यो सुबासको 13 औ भाग राती को ९:१५ देखी १०:०० बजे सम्म सदाझैं आज पनि तपाईहरु सामु प्रस्तोता प्रदिप गिरी कार्यक्रम दिएर उपस्थित हुनुभै सक्नुभएको छ ।


यो साँझ यो सुबासको  हरेक हप्ताको बुधबारका दिन  को ९:१५ देखी १०:०० बजे सम्म प्रसारण हुन्छ आफ्नो रचनाहरु पठाउन hajurkopatra@gmail.com मेल गनुएहोला
Listen 

Download Link : Click Here to Download Episode 13 (Valentine Special 2012)


Thank you, 
Ram 

गजल-प्रेम प्रस्ताब राख्नु पर्ला

NepaliTalim | 4:10:00 PM | 1comments



यसपालि त आँट्नु पर्ला जे जे होला होला ।।
प्रेम प्रस्ताब राख्नु पर्ला जे जे होला होला ।।

सुरुवात त गर्नैपर्छ, जस्ले गरे पनि....
आफै कुरा थाल्नु पर्ला जे जे होला होला ।।

प्रेम दिवस मौका पारी, मनको कुरा खोल्छु
माने जिवन साट्नु पर्ला जे जे होला होला ।।

जिन्दगीको नयाँ यात्रा, थाल्न सहयात्री
उस्को साथ माग्नु पर्ला जे जे होला होला ।।
( Valentine Special)

गजल-नयाँ यौटा सम्बन्धको बिस्तार गर्दैछु .

NepaliTalim | 4:07:00 PM | 0 comments










नयाँ यौटा सम्बन्धको बिस्तार गर्दैछु ।।
उस्लाई भन्ने कसरी हो बिचार गर्दैछु ।।

चोखो प्रेम गर्नेहरु, डराउँदैन भन्छन्
नयाँ जोस अफुभित्र प्रसार गर्दैछु ।।

धेरै सोधे मेरो र उस्को बारे आफन्तले
आज हाम्रो प्रेम रैछ स्विकार गर्दैछु ।।

लेखेकोछु प्रेम पत्र, मनको कुरा समेटेर
अन्तर्मुखीआफ्नो स्वभाव सुधार गर्दैछु ।।

थाहा छैन तिमीलाई, मन पर्छ पर्दैन
जानि जनी प्रेम रोगले, बिमार गर्दैछु ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप 

प्रेम पत्र रातो गुलाफ, पठाउँकी हजुरलाई

NepaliTalim | 5:31:00 PM | 0 comments

गजल
मुटु भित्र सिंहाशनमा, बसाउँकी हजुरलाई ।।
प्रेम पत्र रातो गुलाफ, पठाउँकी हजुरलाई ।।

लुकि छिपी दिल भित्र, पसुँ पसुँ लाग्यो आज
कि त आई मनको कुरा, बताउँकी हजुरलाई ।।

मनै हर्ने मुस्कान सँगै, नजर हाना हान भयो
नजर बाटै ईसाराले, मनाउँकी हजुरलाई ।।

किन किन आजभोली, उसैलाई भेटुँ लाग्छ
मुटु झिकी टक्राएर, चढाउँकी हजुरलाई ।।

मायाँ छ कि छैन भन, यता जस्तै उता पनि
आफू जस्तै पागल प्रेमी, बनाउँकी हजुरलाई ।।
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप
10-Feb-2012

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger