Home » » विश्वब्यापी गजल प्रतियोगिता बिशेष -Downlaod

विश्वब्यापी गजल प्रतियोगिता बिशेष -Downlaod

NepaliTalim | 3:32:00 PM | 0 comments
हिमाली स्वरहरुको यो बिशेष सृजनाका स्वरहरुको शृंखलामा
विश्वब्यापी अनलाइन नेपाली रेडियो गजल प्रतियोगिताका उत्कृस्ट गज़ल हरु प्रस्तुत गर्दै छौ ! Pls visit www.nepaliradio.org to listen all our online radio programs

ब्रुनाई,
गत ५ अपि्रलका दिन प्रवासी नेपाली साहित्य समाजको आयोजना र अनलाइन नेपाली साहित्य मंचको सह-आयोजनामा सम्पन्न भएको विश्वब्यापी प्रथम अनलाइन नेपाली रेडियो गजल प्रतियोगिता २०६६ को नतिजा वि. एफ. वि. एस. गोर्खा रेडियो ब्रुनाईको प्रत्येक्ष २ घण्टा लामो प्रसारणबाट सार्वजनिक भएको छ ।

मलेशिया, नेपाल, अफगानिस्तान, कतार, दुवई, वेलायत, अमेरिका, क्यानडा, इराक, कुवेत, इन्डिया, अष्ट्रेलिया, ब्रुनाई, सिगापुर, इजरायल, नेदरल्याण्ड, पोर्चुगल, हङकङ, द. कोरिया लगायत विश्वका विभिन्न १८ मुलुकहरुबाट र नेपालको विभिन्न ३८ जिल्लाबाट गरि जम्मा १७७ जना स्रष्टाहरुको सहभागिता रहेको थियो ।

प्रतियोगितामा इजरायलबाट सहभागि उमा सुवेदी प्रथम भोजपुरका निराजन बतास द्धितिय र काठमाण्डोका सूर्य चापागाई तृतीया बन्न सफल भएका छन् । विजयीहरुले क्रमश नगद रु २० हजार १० हजार र ५ हजार पुरस्कार प्राप्त गर्नेछन् । पुरस्कारको लागि कलासाहित्य डटकम युन्छोमा प्रा. लि. र चाम्स फिल्म प्रोड्क्सन प्रा. लि. प्रायोजक रहेका छन् । उत्कृष्ट २० जना गजलकर्मीहरु- रिता खत्रि विराटनगर, डा. सुधा शाही काठमाडौं, नबराज नवोदित कतार, गनिन्द्र लिम्बू मलेशिया, निराज भट्टराई तँनहू, निर्मल कुमार पौडेल रौतहट, गोपालचन्द्र राई खोटाङ, पि. एस. लिम्बू दुवई, विपु वाइवा वेलायत, डा. टिकाराम भण्डारी रुपन्देही, हस्त गौतम मृदुल अमेरिका, निरु केसी अश्रु पोखरा, विष्णुनन्द चाम्लिङ हङकङ, दिलदुखी जन्तरे मलेशिया, नरेश नाती ब्रुनाई, देवकला कार्की धनकुटा, बर्षाद दर्लामी मलेशिया रहेका छन् ।
Listen

Download Link : Click Here to Download

Note:
www.nepaliradio.org

Thanks
Ram Sharan Shrestha


Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger