नजर अलि जुधाएर, हेर्नु बल्ल थाहा होला ।।
सक्नुहुन्छ मुस्काएर, हेर्नु बल्ल थाहा होला ।।
भावनाको वर्षाद होला, कविता र गजलमा
मायाँ प्रिती लाएर, हेर्नु बल्ल थाहा होला ।।
कति लाग्छ उस्को मायाँ, गाह्रो पर्ला भन्नलाई
आफ्नो मान्छे बनाएर, हेर्नु बल्ल थाहा होला ।।
कति रोला मन तिम्रो, नपाउँदा मनपर्ने
असफलता पाएर, हेर्नु बल्ल थाहा होला ।।
सारा खुसि ब्यर्थ लाग्ला, उ बिना जिन्दगीमा
प्रेमिकालाई गुमाएर, हेर्नु बल्ल थाहा होला ।।
मुटु तिम्रो टुक्रा पर्दा, ज्यून कति गाह्रो हुन्छ
प्रेममा धोका खाएर, हेर्नु बल्ल थाहा होला ।।
राम शरण श्रेष्ठ
चिसापानी–६, रामेछाप ।
0 comments:
Post a Comment