Home » » गजल-दुई सन्तान

गजल-दुई सन्तान

NepaliTalim | 3:01:00 PM | 0 comments

ईश्वरकै हो बरदान, भए दुई सन्तान ।।
समाजमा छुट्टै सान, भए दुई सन्तान ।।

एक छोरा एक छोरी, हुन् दुबै बराबरी,
ब्यवहार गर्नु समान, भए दुई सन्तान ।।

परिवार सानो राम्रो, आमा बाबु छोरा छोरी,
खुसिको के बयान, भए दुई सन्तान ।।

धेरै भए थोरै सुख, थोरै भए धेरै सुख,
बढ्छ आफ्नै आन, भए दुई सन्तान ।।

योजना मिलाएर, सरसल्लाह गरि दुईले,
बन्याकरण गर्नु सन्धान, भए दुई सन्तान ।।

बुढेसकालको साहारा, आँखाको ज्योति बनी,
देला साहारा हुँदा जवान, भए दुई सन्तान ।।

स्वर्ग सुखि परिवार, आफ्नै हातमा छहै,
प्रचार यहि आह्वान, भए दुई सन्तान ।।
(मिति ः २०६७ फाल्गुन ११)
बुलबुलमा बाचन भएको, भाग ८३, २०६७ चैत्र १६
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger