पाँचौ बर्षमा प्रबेष गरेको परिबर्तनले पाँचजनालाई गर्यो सम्मान : काठमाण्डौ २६, भदौ, २०७२

NepaliTalim | 10:53:00 AM | 0 comments
काठमाण्डौ २६, भदौ
परिवर्तन सरगम साहित्य प्रतिष्ठान पाँचौ बर्षमा प्रबेश गरेको छ । पाँचौ बार्षिकोवत्सब सोमारोहमा सो संस्थाले नेपाली साहित्यको विभिन्न क्षेत्रमा योगदान पुर्याउने पाँच जना सर्जकलाई सम्मान गरेको छ ।  
सनिबार राजधानीको नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न कार्यक्रममा आख्यन विद्याबाट वरिष्ठ साहित्यकार मोहन राज शर्मा, गीत गजल विद्याबाट डा कृष्णहरी बराल,  गायन विद्याबाट चर्चित गायक आनन्द कार्की, गायन विद्याबाट गायीका निशा देसार र सर्बत्कृष्ठ कम्पनि संचालक विद्याबाट विन्धबासीनी म्यूजीकका संचालक सुवास रेग्मीलाई सम्मान गरेको छ ।

काभ्रेको कोशीपारीमा स्थापना भएको परिवर्तन सरगमले प्रकाशित गर्दैै आएको साहित्यीक पत्रिका समर्पणको पनि विमोचन गरिएको थियो । सो संस्थाले अहिले देशका विभिन्न जिल्ला तथा विदेशमा पनि आफ्ना साखा खोलिसकेको छ ।

बरिष्ठ साहित्यकार मदनमणी दिक्षीतको प्रमुख आथीत्यमा सम्पन्न उत्त कायक्रममा विभिन्न क्षेत्रका ब्यत्तित्वहरुको सहभागीता थियो ।

कार्यक्रममा बोल्दै बरिष्ठ साहित्यकार दिक्षीतले प्रज्ञा प्रतिष्ठानमा राखीएका विज्ञापनहरु प्रति असनतुष्टी प्रकट गरे । नेपालको एउटा प्रतिष्ठीत संस्था प्रतिष्ठानलाई विज्ञापनको केन्द्र बनाउन नहुने प्रति अंकित गर्दै ति विज्ञापनहरु नहटाए सम्म आफु प्रज्ञा प्रतिष्ठानमा पाईला नटेक्ने घोषणा समेत गरे ।
नेपाल प्रज्ञा प्रतिष्ठानमा गाईजात्रा चलिरहेको समयमा प्राँणगढ भरि रक्सीको विज्ञापन देखे पछि उनले यसको विरोध गरेका हुन ।

त्यस्तै सम्मानकै क्रममा सम्मानीत श्रष्ठा मोहन राज शर्माले नेपाली साहित्यमा आएको बाढीलाई परिवर्तन सरगमले अझ संगाल्दै लगेकको र नेपाली साहित्यलाई यूवाले नै धानीरहेको बताए । बरिष्ठ सम्मानीत साहित्यकार डा कृष्णहरी बरालले परिवर्तन सरगमले विगत पाँच बर्ष देखीको निरन्तर साहित्य यात्रालाई धानीरहेको देख्दा आफु खुसीरहेको बताउदै सो संस्थालाई सुभकामना समेत दिए ।

गीत संगीतको बजारको पछिल्लो अबस्थालाई कठिनाई रुपमा धानीरहेको बेलामा यसरी श्रष्ठाहरको जमात देख्दा खुसी ब्यत्ति गरे । साथै आफ्नो गायन प्रस्तुत गर्दै सम्मानीत गायक आनन्द कार्कीले आफ्नो गायनको सम्मान गरेकोमा खुसी ब्यत्ति गरे ।

सस्थाका अध्यक्ष कमल सरगमको सभापतित्वमा सम्पन्न कायक्रममा दुईसय भन्दा बढी सर्जकहरुको बाक्लो उपस्थिती थियो । सो कार्यक्रमलाई समापन गर्दै परिवर्तन सरगम साहित्य प्रतिष्ठानका अध्यक्ष कमल सरगमले संस्थालाई अगाढी बढाउनको लागी पत्रकार तथा अग्रजको साथले नै यो स्थान सम्म पुगेको बताउदै अझ आगामी बर्षहरुमा यो भन्दा उत्कुष्ठ कार्यक्रमहरु लिएर आउने प्रतिबद्धता ब्यत्त गरे ।
परिवर्तन सरगमले नियमीत मासिक रुपमा रचना बाचन गर्दै आईरहेको छ ।

केही तस्विरहरू







सिर्जनाको प्रतिबिम्बमा अग्रज गजलकार घनश्याम न्यौपाने परिश्रमी सँगको अन्तवार्ता विशेष : Download

NepaliTalim | 6:15:00 PM | 0 comments
Gazal Special Program
Sirjanako Pratibimba
Host : Krishna Kattel
Interview Special 
कार्यक्रम : सिर्जनाको प्रतिबिम्ब 
प्रस्तोता : कृष्ण कट्टेल


नमस्कार साथीहरु,

आज कार्यक्रम सिर्जनाको प्रतिविम्बमा प्रशारण भएको अग्रज गजलकार घनश्याम न्यौपाने परिश्रमी  सँगको अन्तवार्ता विशेष लिएर आएको छु । कार्यक्रम पठाएर सहयोग गरिदिनुहुने कार्यक्रम प्रस्तोता कृष्ण कट्टेलज्यूलाई धेरै धेरै धन्यवाद । 
Listen and Download

Download : Click Here to Download

गजल यात्रा (29-08-2015/2072-05-12) संगीतकार तथा गायक हरी लंसाल सँगको अन्तवार्ता विशेष : Download

NepaliTalim | 6:14:00 PM | 0 comments
रेडियो कार्यक्रम 
गजल यात्रा 
गोर्खा एफ एम ९३ मेगाहर्ज
प्रस्तोता शशी शर्मा मजगैया
Email : rjshashi.radio@gmail.com
समय : हरेक शनिवार बेलुक १० देखी ११ 
Date :(29-08-2015/2072-05-12)


आज मिति 2072 भाद्र 12 गते तदनुसार 29-Aug-2015 शनिवारका दिन यहाँहरु सामु गोर्खा एफ एम ९३ मेजाहर्जको साहित्यिक कार्यक्रम गजल यात्रा लिएर कार्यक्रम प्रस्तोता शशी शर्मा मजगैया उपस्थित हुनुभएको छ । कार्यक्रम सुनेर के कस्तो लाग्यो कार्यक्रमको इमेलमा सम्पर्क गर्नुहोला । 
Listen and Download (Right click and Save As)

Download : Click Here to Download


त्रिवेणी TRIBENI (01-09-2015/2072-05-15) : Download

NepaliTalim | 6:14:00 PM | 0 comments
रेडियो : नेपाल एफ एम ९१.८ 
कार्यक्रम : त्रिवेणी TRIBENI 
प्रस्तोता : धनराज बास्तबिक
  

समय : मंगलबार बेलुकी ९.१५
  
फेसबुक : NFM TRIBENI
मिति :(01-09-2015/2072-05-15)

नमस्कार साथीहरु,

आज मिति 2072 भाद्र 15 गते तदनुसार 01-Sep-2015 मंगलबार, आज हरेक मंगलबार प्रसारण हुने नेपाल एफ एम ९१.८ मेगाहर्जको साहित्यिक विशेष कार्यक्रम त्रिवेणी लिएर प्रविधिक सहयोगीका साथमा कार्यक्रम प्रस्तोता गजलकार धनराज बास्तबिक उपस्थीत हुनुभएको छ ।
Listen and Download (Rright Click and Save As)

Download : Click Here to Download

त्रिवेणी TRIBENI (28-08-2015/2072-05-08) : Download

NepaliTalim | 5:49:00 PM | 0 comments
रेडियो : नेपाल एफ एम ९१.८ 
कार्यक्रम : त्रिवेणी TRIBENI 
प्रस्तोता : धनराज बास्तबिक
  
समय : मंगलबार बेलुकी ९.१५
  
फेसबुक : NFM TRIBENI
मिति : (28-08-2015/2072-05-08)


नमस्कार साथीहरु,

आज मिति 2072 भाद्र 08 गते तदनुसार 25-Aug-2015 मंगलबार, आज हरेक मंगलबार प्रसारण हुने नेपाल एफ एम ९१.८ मेगाहर्जको साहित्यिक विशेष कार्यक्रम त्रिवेणी लिएर प्रविधिक सहयोगीका साथमा कार्यक्रम प्रस्तोता गजलकार धनराज बास्तबिक उपस्थीत हुनुभएको छ ।
Listen and Download (Rright Click and Save As)

Download : Click Here to Download

गजल सुधा (04-09-2015/2072-05-18) गजलकार मानन्धर अभागी सँगको अन्तवार्ता विशेष : Download

NepaliTalim | 5:24:00 PM | 0 comments
अनलाईन रेडियो छहारीको 
रेडियो मिर्मिरे ८९.४ मेगाहर्ज
गजल विशेष प्रस्तुति 
गजल सुधा 
हप्ताको हरेब शुक्रवार 
प्रस्तोता : कमल सरगम 
(04-09-2015/2072-05-18) 

गजलकार मानन्धर अभागी सँगको अन्तवार्ता विशेष

नमस्कार, 

आज मिति 2072 भाद्र 18 गते तदनुसार 04-Sep-2015 शुक्रवारका दिन रेडियो मिर्मिरे ८९.४ मेगाहर्जको प्रस्तुति लिएर प्रस्तोता कमल सरगम् उपस्थित् हुनु भएको छ । हरेक शुक्रवार ९ बजे देखि १० बजे सम्म गजल उथ्थानको लागि  कार्यक्रम् गजल सुधा प्रशारन हुने गर्दछ कार्यक्रम पठाएर सहयोग गरिदिनुहुने कार्यक्रम संचालक कमल सर्गम्  ज्यूलार्इ धेरै धेरै धन्यवाद ।
काठमान्डौमा रेडियो मिर्मिरे ८९ थोप्लो ४ मेगाहर्ज (www.radiomirmire.com.np)
अनलाईन रेडियो ,रेडियो छहारी (www.radiochhahari.com)
नेपालीको अनलाईन रेडियो (www.nepalikoonline.com)
अक्सिजन रेडियो (www.oxyjanradio.com)
बाट एकै साथ सुन्ने प्रायस गर्नु होला
प्रस्तोता कमल सर्गम को साथमा
Listen and Download (Right click and save as)

Download : Click Here to Download



Muktak Madhurima (10-09-2015/2072-05-24) - Download

NepaliTalim | 5:11:00 PM | 0 comments
Radio : Radio Arpan 104.5 
Time : Thrusday 9.15pm
Host : Ramu Acharya
Date (10-09-2015/2072-05-24) 

आज मिति 2072 भाद्र  24 गते तदनुसार 10-Sep-2015 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी रेडियो र्पण १०४.५ मेगाहर्जबाट बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।        
Listen and Download

Download : Click Here to Download

मुक्तक माला -121 (06-09-2015/2072-05-20) : Download

NepaliTalim | 3:58:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती १०.१५ आईतबार
(06-09-2015/2072-05-20)
Facebook Page 


नमस्कार साथीहरु,

आज मिति 2072 भाद्र 20 गते तदनुसार 06-Sep-2015 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download
Listen at YouTube

गजलको कार्यक्रम बुलबुल BULBUL 313 (09-09-2015/2072-05-23) गजलकार गोपी कृष्ण ढुंगाना सँगको अन्तवार्ता विशेष : Download

NepaliTalim | 1:35:00 PM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS    
गजलको कार्यक्रम बुलबुल
BULBUL EPISODE - 313
Host : Achyut Ghimire Bulbul  
Date :(09-09-2015/2072-05-23)

गजलकार गोपी कृष्ण ढुंगाना सँगको अन्तवार्ता विशेष

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! आज मिति 2072 भाद्र 23 गते तदनुसार 
09-Sep-2015 बुधबारका का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 313) लिएर उपस्थित हुनुभएको छ ।

Gopi Krishna Dhungana
बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं..... युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
बिशेष सूचना 
२०७० असोज १३ (29-Sep-2013 गतेदेखि आइतबारिय नयाँ बुलबुल सुरुभएको थियो, त्यसपछि २०७० माघ १८ (01-Feb-2014) गतेदेखि शनिबार सारेर श्रृंखला १९ नयाँ बुलबुल प्रसारण हुँदै आएकोमा मिति २०७१ मंसिर २७ (13 Dec 2014) गते देखि नयाँ बुलबुलको श्रृंखला अन्त भएको छ । अब केवल हप्तामा बुधकार मात्र बुलबुल प्रसारण भइरहेको छ। विगतका नयाँ बुलबुल सुन्नको लागि -Click Here to Listen New Bulbul All (61) Episodes
Listen and Download (Right Click and save)

Download : Click Here to Download
Listen at Youtube

रमेश अनुरागका ३ मुक्तकहरू-10-09-2015

NepaliTalim | 10:47:00 AM | 0 comments
१.मुक्तक
जीन्दगीमा  पिडा नपरेको मान्छे को नै होला
आँखाबाट आँशु नझरेको मान्छे को नै होला
अरूको बाध्यतामा रमाउन नहुने हो मित्र
बाँच्नलाई सम्झौता नगरेको मान्छे को नै होला
रमेश अनुराग
भेरीगंगा नगरपालीका 14 सुर्खेत

२.मुक्तक
कति सपना गहबाट दर्किएर टुट्यो
कति सपना सिसाजस्तै चर्किएर टुट्यो
थियो चहाना कसैसंग नटुटोस सम्बन्ध
त्यहि पनि किन आज तर्किएर टुट्यो
रमेश अनुराग
भेरीगंगा नगरपालीका 14 सुर्खेत


३.मुक्तक
बाटो हेरियो अनि दिन गनेर, बसियो
यति लामो इन्तजारमा तिमि छौ भनेर, बसियो
पानी र यो जीन्दगानी रहेनछ भर कसैको
 खै किन ? यति लामो खडेरी सहेर, बसियो
चिसापानी नेपालको लागि
रमेश अनुराग
भेरीगंगा नगरपालीका 14 सुर्खेत

Thank you 

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger