श्रृंखला 7 : गजल पुञ्ज (17-04-2015/2072-01-04) : Download

NepaliTalim | 6:44:00 PM | 0 comments
Program : Gazal Punja -3
कार्यक्रम : गजल पुञ्ज   
रेडियो : रेडियो देउखुरी १०५.८
समय : शुक्रबार राती ९.१५
प्रस्तोता  : एसपी माथवर
(17-04-2015/2072-01-04)

नमस्कार साथीहरू,

आज मिति  2072-बैशाख-04 गते तदनुसार 17th April 2015,  हरेक शुक्रबार रेडियो रेडियो देउखुरी १०५.८ मेगाहर्ज  बाट प्रसारण हुने एकमात्र मधुरसले युक्त कार्यक्रम गजल पुञ्ज लिएर कार्यक्रम प्रस्तोता तपाईको भाई छोरो साथी एसपी माथवर उपस्थित हुनुभएको छ । कार्यक्रममा सल्लाह सुझाव तथा तपाईहरुको रचनाका लागि कार्यक्रमको इमेल मा सम्पर्क गर्नुहोला ।  
Listen and Download

Download : Click Here to Download

बिम्ब प्रतिबिम्ब (20-04-2015/2072-01-07) : Download

NepaliTalim | 6:40:00 PM | 0 comments
बिम्ब प्रतिबिम्ब
मुक्तक बिशेष प्रस्तुती    
रेडियो नेपाल बाट
प्रस्तुती रमेश पौडेल
(20-04-2015/2072-01-07)

Follow us at Youtube
Follow Us at Twitter
Follow Us at Facebook

नमस्कार साथीहरु,

आज मिति  2072 बैशाख 07 तदनुसार 20-April-2015 दिन रेडियो नेपालको मुक्तक बिशेष बिम्ब प्रतिबिम्ब लिएर कार्यक्रम प्रस्तोता  रमेश पौडेल उपस्थित हुनुभएको छ ।
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download

गजल सुधा (17-04-2015/2072-01-04) साहित्यकार डा.क्रृष्णहरी बराल सँगको अन्तवार्ता विशेष : Download

NepaliTalim | 6:38:00 PM | 0 comments
अनलाईन रेडियो छहारीको 
रेडियो मिर्मिरे ८९.४ मेगाहर्ज
गजल विशेष प्रस्तुति 
गजल सुधा 
हप्ताको हरेब शुक्रवार 
प्रस्तोता : कमल सरगम 
(17-04-2015/2072-01-04)

साहित्यकार डा.क्रृष्णहरी बराल सँगको अन्तवार्ता विशेष

नमस्कार, 

आज मिति 2072 बैशाख 04 गते तदनुसार 17th April 2015 शुक्रवारका दिन रेडियो मिर्मिरे ८९.४ मेगाहर्जको प्रस्तुति लिएर प्रस्तोता कमल सरगम् उपस्थित् हुनु भएको छ । हरेक शुक्रवार ९ बजे देखि १० बजे सम्म गजल उथ्थानको लागि  कार्यक्रम् गजल सुधा प्रशारन हुने गर्दछ कार्यक्रम पठाएर सहयोग गरिदिनुहुने कार्यक्रम संचालक कमल सर्गम्  ज्यूलार्इ धेरै धेरै धन्यवाद ।
काठमान्डौमा रेडियो मिर्मिरे ८९ थोप्लो ४ मेगाहर्ज (www.radiomirmire.com.np)
अनलाईन रेडियो ,रेडियो छहारी (www.radiochhahari.com)
नेपालीको अनलाईन रेडियो (www.nepalikoonline.com)
अक्सिजन रेडियो (www.oxyjanradio.com)
बाट एकै साथ सुन्ने प्रायस गर्नु होला
प्रस्तोता कमल सर्गम को साथमा
Listen and Download (Right click and save as)

Download : Click Here to Download

भक्तपुरका सुनील स्पन्दनको १६ गजलहरू (२०७१ भाद्र ०६०)

NepaliTalim | 4:49:00 PM | 1comments
सुनील स्पन्दन
1. गजल (सवाइ लय)
भन्छन् अझै बुढापाका, नलाऊ कर्के आँखा
खुल्लै भए मनको ढोका, लाग्छ चोर डाँका

शुद्धि छैन बुद्धि छैन, कस्तो मति लाग्यो !
आजकालका मान्छेहरू, केके भाका भाका

नबोल्नु नै बेस होला, बोले बढ्छ दुःख
बन्द हुन्छ सबै मार्ग, आउने सबै नाका

के खाँदो हो लाउँदो हो, भन्छिन् बूढी आमा
कान्छो विदेश हानिएथ्यो, पोहोर यसै ताका

राजनीति भन्नु पनि, सत्ता मोह मात्रै
सत्ता मोह कोही काखा, कोही पारि पाखा

हुत्तिहारा रैछन आखिर, सबै टाउकेहरू
यो त्यो गर्छु भन्नेले नै, कसले मा¥यो माखा

कस्तो दृश्य देख्नुपर्यो यो कलिमा प्रभू !
आगो बाली डढाउँदैछन्, माहुरीले चाका
–सुनील स्पन्दन, भक्तपुर


2. गजल (सवाई)
केके अर्थ हुन सक्छ, मेरो बुझाईमा
रहस्य र पीडा आ’छ, तिम्रो बधाईमा

सत्य सत्य बोल्दैछु म, झुट रामो राम
दिल मेरो हरी गयौ, एकै बसाईमा

आफ्नै मन कुनबेला, भयो परदेशी
म पनि त बाँचेको छु, तिम्रो पखाईमा

सगरमाथा चढ्न पनि, मुटु हुनु पर्छ
विश्वासले गाँस माया, पुग्छ उचाईमा

कुनै दिन म पनि त, जानै पर्छ हेर
तिमी पनि हास्नु साथी, मेरो विदाईमा
सुनील स्पन्दन, भक्तपुर

3. गजल (बहरे मुतकारिब)
छ रोजी र छाडी विचारी चुनेभो
म आ’को छु तिम्रो दिलैमा थुनेभो

महङगी छ यस्तो गरीबी छ चर्को
हरे यो जमाना अकासै छुनेभो

नहेरी नसोधी सही छाप लाएँ
पर्यो लौन आपत नि केके हुने भो

अभागी छ भाग्य र कर्मैै छ खोटो
सधैँ नै सुनील यो नहाँसी रुनेभो
सुनील स्पन्दन,
भक्तपुर

4. गजल (असारे लय)
भन्दछौ भने देशको लागि हाँसेर मर्छु म
मुलुकभरि पठाऊ शान्ति पुकार गर्छु म

बनाऊ खाका नलाऊ पाखा बनाऊ संविधान
बिग्रीए सोच राष्ट्रिय बोझ, अन्यौलमा पर्छु म

हिमाल हैन, तराई हैन दुवै हो नेपाल
लगाए भाग सन्तान तिमै्र, अरुमै सर्छु म

के होला देशाँ मनमा सधै चिन्ताले गाँज्दछ
हिम्मत हार्नु हुँदैन भनि विश्वास भर्छु म

नहुने के छ हातमा हात बढाइ हेरौँ त
नवीन जोस नवीन चेत सबैमा छर्छु म
सुनील स्पन्दन,
 भक्तपुर ।

5. गजल
अँजुलीमा सारा खुसी छेकी ल्याउने मान्छे ।
कलेजीमा मैरे नाम लेखी ल्याउने मान्छे ।

हरायो कि कतै कुन्नी, पाउन छाडे खबर,
तिम्रो पत्र कोशौँ दूरदेखि ल्याउने मान्छे ।

कुरा काट्न थालिसके, मेरो आजभोलि
नआउँछ डोली भार ठेकी ल्याउने मान्छे

प्रतिक्षामा बसूँ कति आशा संगालेर
आऊन हो सिन्दुरको रेखी ल्याउने मान्छे

अँजुलीमा सारा खुसी छेकी ल्याउने मान्छे ।
कलेजीमा मैरे नाम लेखी ल्याउने मान्छे ।
सुनील स्पन्दन, भक्तपुर ।

6. गजल
आफू बदलिन्न, मान्छे बदल्छे
दैनिक विभिन्न, मान्छे बदल्छे

यस्तो अनौठो, बानी छ उसको
र केही सम्झिन्न, मान्छे बदल्छे

कति आए गए, सम्झाउनेहरु
उसलाई सकिन्न, मान्छे बदल्छे

यसरी सुनील, भो नपछुताऊ
अबेर भो चिन्न, मान्छे बदल्छे
सुनील स्पन्दन,
भक्तपुर ।

7. गजल 
कैलेकाहीँ नसोचेको, हुन्छ किन साथी !
उनकै मात्र सपनी, देखिरा’छु राती ।

उनी उस्तै म नि उस्तैै, पुग्ने लक्ष्य एकै,
लक्ष्य एकै भएपछि, किन राख्ने थाँती ?

हराएको छैन मेरो, आस्था मनबाट,
अझै पनि द्यौरालीमा, चढाउँदैछु पाती ।

भाग्य आफै कोर्नुपर्छ, सफलताको लागि,
परिश्रमका बाटाहरू, कोरिएकै जाती ।

अविराम अविराम, गर्दै गए यात्रा,
अवश्य नै एक दिन, पुगिन्छ रे ! माथि ।
सुनील स्पन्दन, भक्तपुर ।

8. गजल
तिम्लाई आफ्नो ठान्दा–ठान्दै, रुवायौ नि कठै !
कोमल मुटु जान्दा–जान्दै, रुवायौ नि कठै !

कत्ति सारो छियाछिया, पा¥यौ सानो मन
तिम्रो वचन मान्दा–मान्दै, रुवायौ नि कठै !

कुदृष्टिले हेर्छ मान्छे, आँखा फुटेपछि
लक्ष्मणरेखा तान्दा–तान्दै, रुवायौ नि कठै !

कोही होला लिलामीमा,  आफैलाई बेच्ने ?
गृहस्थी यो धान्दा–धान्दै, रुवायौ नि कठै !

म नै होची म नै काली, म नै अरघेली
राम्री राम्री छान्दा–छान्दै, रुवायौ नि कठै !
सुनील स्पन्दन, भक्तपुर ।

9. गजल (सवाई)
कैले आफ्नै नजरबाट, झर्नुपर्छ बुझ्यौ !
निराशाका जङ्घारहरु, तर्नुपर्छ बुझ्यौ !?

रावणको राज्यभित्र, जन्म लिएपछि
रामलेपनि छद्म भेष, धर्नुपर्छ बुझ्यौ !

के हुँदैन यो माटोमा, केही गरी हेरौँ
यही भिरमा कोदो मकै, छर्नुपर्छ बुझ्यौ !

धैर्यबाँधी बसिरा’छु, भाग्यको तिरैमा
मेरै भागमा ठूलो माछा, पर्नुपर्छ बुझ्यौ !

सुनील आज मर्यो भनी, झ्याली नपिटाऊ
तिमीले पनि कुनैदिन, मर्नुपर्छ बुझ्यौ !
–सुनील स्पन्दन,
 भक्तपुर

10. गजल
सस्तोमा बिक्यौ, भाउमा पनि
दाग लगायौ, नाउमा पनि

कागज गरायो, किन छोराले ?
भरोसा छैन, बाउमा पनि

होला त निको, मनको चोट?
नुन छर्केर, घाउमा पनि !

ऊ जालभित्र, पार्दैछ मलाई
कुटिल हाँसो, साहुमा पनि

काँडामा टेक्छु, खुसीमा तिम्रो
फूल नै फूल होस्, पाउमा पनि
सुनील स्पन्दन,
भक्तपुर ।


11. गजल
जगाएर हृदयमा आश अचम्मै !
कहाँबाट ल्यायौ मधुमास अचम्मै !

के गर्यौ नि भन ए, आँखा जुधाएर
कहाँ गयो भोक–निद्रा, प्यास अचम्मै !

के हुदैछ मुटुभित्र, भन्न सक्दिन म
खुशी अलि पीडा अलि, आभाष अचम्मै !

छैन–छैन भन्दा भन्दै, जति ठाउँ छेक
दिइसकेछौ मुटुभित्र, बास अचम्मै !

तिमीभनि मरि मेट्ने, हजारौ पो थिए
के देख्यो र सुनीलमा, खास अचम्मै !
सुनील स्पन्दन,
भक्तपुर ।

12. गजल
सस्तोमा बिक्यौ, भाउमा पनि
दाग लगायौ, नाउमा पनि

कागज गरायो, किन छोराले ?
भरोसा छैन, बाउमा पनि

होला त निको, मनको चोट?
नुन छर्केर, घाउमा पनि !

ऊ जालभित्र, पार्दैछ मलाई
कुटिल हाँसो, साहुमा पनि

काँडामा टेक्छु, खुसीमा तिम्रो
फूल नै फूल होस्, पाउमा पनि
सुनील स्पन्दन, भक्तपुर ।

13 गजल (बहरे मुतकारिब)
रहेनौ तिमी नै, गयो खेर वाचा
म पानी बिनाको, भएको छु माछा

म हार्नेछु शायद्, चलेको छ युद्ध
उताकै शकूनी, उतै देख्छु पासा

नियालेर हेरँे, रगतको निशानी
नमर्ने सपुत्को, छ यो एक गाथा

शिशिरको तुवाँलो, छ पाखा पखेरी
लुकाएर सूर्जे, नपोखेर आभा

सुनील के बुझेनौ, र हेर्दै बसेको ?
कि आउनेछ सङ्कट, बजाएर बाजा
सुनील स्पन्दन,
भक्तपुर


14. गजल  (सवाई लय)
पिरतीको मोल भाउ, तोक्छौ तोकी राख
पराइलाई काँधमाथि, बोक्छौ बोकी राख

भाषणमा बोल्छौ तर, छैन जातपात
अझै पनि धारा पानी, रोक्छौ रोकी राख

मिल्ने भए फेर्ने थियौ, लेखी आको भाग्य
रिसाउँदै आफ्नै टाउको, ठोक्छौ ठोकी राख

कति भन्नु सुपारीले, राम्रो हुन्न बूढा !
मरिहत्ते कुटुकुटु टोक्छौ टोकी राख

गुनासोको दुई शब्द, के कोरेथ्यौ ‘सुनील’
भै’गएछौ गजलकार !, खोक्छौ खोकी राख
सुनील स्पन्दन,
भक्तपुर

15. गजल (झ्याउरे लय)
शिरको म त, पाउमा राखी, यसरी नहाँस
भीरमा फुलेँ, भीरैमा झरेँ, म लाली गुराँस

लेक र बेसी, सजाएँ तिम्रो, बिकिन बजार
दैवलाई पनि, नचल्ने म त, फुलेँछु पलाँस

सबैले राम्रो, भनेको देख्छु, बेली र चमेली
अभागी रैछु, म मखमली, मालामा नगाँस

मगमा मग, वासना दिने, छ इन्द्र कमल
शोभा नै छैन, धर्तीलाई पनि, फुलेर यो काँस

न बन्न सकेँ, म सुनगाभा, न बनेँ गुलाफ
न लागेँ काम, म बनमारा, न फूल न घाँस
–सुनील स्पन्दन, भक्तपुर


16. गजल शङख् नारी छन्द
।ऽऽ ।ऽऽ
नपर्खेर हुन्छ !?
नफर्केर हुन्छ !?

उडाउँदैछ हाँसो
नझर्केर हुन्छ !?

म भित्रै छ मेघ
नदर्केर हुन्छ !?

शिशा फुट्छ फुट्छ
नचर्केर हुन्छ !?

भई फूल बास्ना
नछर्केर हुन्छ !?
सुनील स्पन्दन
भक्तपुर ।

महेन्द्र ओझाको आत्मकथा

NepaliTalim | 2:40:00 PM | 0 comments
लेखक :-  महेन्द्र ओझा      
२०७२-०१-०८
         उज्यालो हुनु अघि खै कति बेला देखी नै हो म उनको सन्तापमा खाट माथी निराकार चिन्तन मै मस्त रहेछु । कति बेला देखि उनका हरेक चिन्तन योग्य स्मृतिहरुले म आफै लाई बिस्मृत गराईरहेको रहेछु । एकाएक श्रीमतीको झस्काई बाट बिउँझन पुगेँ । आफुलाई फेरि सामान्य रूपमा ल्याएझैँ गरि श्रीमतीले मेरो एकोहोरो पना माथी गरिने प्रशन म प्रती गरिने बिरोधाभाष लाई हुन न दिई सिधै झन उनलाईनै मेरो सम्मुख बाट ओझेल पार्न खोजेँ  सानु , चिया पकाईनौ  ? मिठो चिया खुवाउन श्रीमती हुन्छ भन्ने स्पस्टयुक्ति संगै भान्सा तिर गईन । आफुलाई फेरि पुर्ण सुरक्षित महसुस गर्दै पुन चिन्तन को क्षेत्र मै आफुलाई केन्द्रित बनाई रहेँ मानव हिर्दय भित्र कति भाब हरु कुन्ठित हुन्छन । ती भाब हरु कति ब्यक्त हुन्छन कति भाबहरु अब्यक्त हुन्छन । तेस्ता भाब हरु ले समग्र जीवन लाई नजिकै बाट नियालेर अध्यन तथा निचोड पनि दिन्छन् । साथै समस्त जीवनकाल का घटना परिघटना हरु स्वत ब्यक्त गर्छन । निस्चित समको काल चक्रमा जसरी हामी पुर्णता को खोजिमा गरिएका हरेक प्रयत्न हरुले पनि स्वत आफुलाई प्रलयकारी भाबुकताले थिचिरहेको भान हुन्छ । तेस्ता भाब हरुले हाम्रो सम्पुर्ण जीवन लाई फरक रुपमा गर्भधारण भने गरिरहेको हुन्छ । मानव हिर्दय मा जिउने जीवन शैली र चिन्तन गर्ने शैली कहिल्यै न थाक्ने यथार्थ पाटो हो । जस्को स्व-अध्यन गर्ने हो भने हाम्रो समाजमा खिचिएका बिस्तृत परिधीहरु नै समग्र जीवन को सुचना बोध गराउने नाला हरु हुन ।

            म को हुँ कस्को छोरा कस्को नाती साथै कस्तो खालको ब्याक्ती हरेक किसिमका म प्रति उठेका प्रशन चिन्ह हरुमा फेरि यसै समाजले दिएको परिचय हरुमा म तोरण बहादुर ओझा को छोरा धर्म दत्त ओझा को नाति उ सामान्य पुरुष महेन्द्र ओझा जस्ता उत्तर हरु नै मेरो समाज ले मलाई चिनाउने एक मात्र परिचय प्रयत्न हो । बास्तबिक सत्य हरु लाई नजिकै बाट केलाएर हेर्नेहो भने वास्तविकतामा म आफैलाई भुली रहेछु अफ्नो अस्तित्व समजका हरेक मानवीय संबेग भित्र उठेका उहाँहरूले काटेको अड्कल उहाँहरू ले नै गरेको खण्डन र बिखण्ड्न भित्र खोजी रहेछु । उनिहरुको ढुकढुकी मा गनिरहेछु के यो नै मेरो बस्तब मा मैले बाँचेर हेरेको मेरो जीवन हो त ? मन भित्र उठेका हरेक भाब जस्मा आफुलाई नै चिन्न न सक्नु आज आफ्नै शरीरको कोष-कोष हरुमा खिल बनेर गडिरहेछन । त्यसको मनोबैज्ञानिक उपचार के होला यसरी आफुलाई कति दिन अफ्नै चिन्तनको पिजडा भित्र भुलाई राख्नु भन्ने तर्क का ज्वारा भाट हरु एकाएक म भित्र खचमच्च गरि कुनै अव्यवस्थित कार्यलय को फाईलिङ सिस्टम जस्तो एक पछि अर्को थुप्रो माथी थुप्रो खात माथी खात भएर आउँछ । कुन प्रथम कुन अन्तिम छुट्टयाउन आफैंलाई हम्मे-हम्मे पर्छ । चिन्तन को मेरो साँघुरो पना माथिको यत्रो प्रलय भने आज पहिलोपटक होइन मेरो जिबन मा तर, किन आज बेग्लै लागिरहेको छ । म माथी उठेका हरेक मनोभाबको उत्तर भने समयकै गर्भ मा थियो ।

      एकाएक काहानी ले बेग्लै मोड लिन्छ । लामो समय पछि को प्रशब पीडा भुलेर जसरी एउटा कुमारी आमाले सन्तान जन्माउँछिन । आफ्नो सम्पुर्ण सहस्री को भेद खुलेको जस्तो । भान भै रहेको थियो लामो समय देखी जो कलात्मक ढंग ले म संग अन्तरंग भावनामा सहयात्री को भुमिका निर्बाह गरिरहेकी उनी मेरी सहायक को रहस्यमय भेद खुलेको थियो । एकाएक मेरो शरीरको हरेक नशा-नशामा यसरी रक्त संन्चार भयो कि म व्यक्त गर्न नै सक्दिन एकै चोटि शरीर कंम्पाएमान भयो भन्न रिङ्गाटा जस्तो लाग्यो मुटुनै फुट्ला जसरि रक्तस्राव शरीरभरि का कोष-कोष मा बाँडिन थाले पुर्ण शरीर छिन-छिनमा तातो चिसो भएजस्तो भान भै रहेको थियो । पुर्ण शरीर मेरो आफ्नै  नियन्त्रण बाट बाहिर थियो । म छिन-छिन मा लगलग काँपिरहेको थिएँ । ओठ मुख सुकिरहेको भान भै रहेको थियो । म भाब मा व्यक्त गर्न सक्दिन लामो समय देखी मेरो भाबनात्म सहयात्रा मा सामेल भै रहेकी मेरि प्राण पिय, जस्लाई म हरेक भाब मा निकै निकट बाट व्यक्त गरिएको थिएँ । उनी यसरी आफै खुलिन कि मैले कुनै अड्कल काट्नै सकिन । के सत्य के असत्य म मा प्रशन चिन्ह को ठुलो अंगिकार तेर्सियो । कुनै समय उनले गरेका बेदान्तक भाबहरु मा म जसरी नजिकिदै थिएँ उनको भावना हरुमा बहकिदै म आफैमा उनको प्रत्यक्ष प्रभावको अनुभव गर्दै थिएँ ।

     उनले अप्लोड गरेको भिडियो मा उनी यसरी अप्रत्यक्ष सार्बजनिक भईन जुन भिडियोमा उनी पर नच्दै थिईन र भिडियो खिचेर बोल्दै पनि थिइन् । त्यसलाई  देखेपछी म मा एकाएक सबै किसिमको भाब हरु एकै पटक आए म आफैंलाई त्यो भन्दा भाबको बिछित्ता को जंजाल बाट  कसरी मुक्त गराउँ भन्ने भाब ले छपक्कै छोप्यो । सम्पुर्ण पूर्णताको प्राप्ति आज म मा कसरी आफ्नै शारीरलाई कमाउने गरि तातो हुने गरि प्रस्तुत भयो । फेरि शरीर एकाएक चिसो पनि भयो । केही बेर तेसै बसेँ शुन्य भएर अनि शुन्यतामा उनको पुरानो मेसेज हेरेँ भाब उस्तै थियो तर म संग बोलेको ती पात्र र भिडियोमा सर्बजनिक पात्रको स्वर शब्द संयोजन उस्तै थियो । बोलीको लबज मिठास पुर्ण तर्क शैली र स्वरको निर्मलता एक पटक यसरी बिझ्यो कि म यहाँ शब्दमा व्यक्त गर्न नै सक्दिन । मनोभावना मा बिछिप्त्त रूपमा एउटा मात्रै कुरा खेलिरहयो । उनी कसरी दुबै तिर हुन सक्छिन । मैले फोटोमा देखेको नारी त नाचिरहेको थिईन भने फोनमा कुरा गरेको स्वररुपि परिचीत आवाज भिडियो खिच्दै थिईन । के म यहाँ नीर गलत थिएँ त ? मैले यत्रो समय साटेको भाब हरु अपरिचित अनुहार नै थिए त ? लामो समयदेखि भावना मा साटिएकी त्यो मेरो भावना उनै तस्वीर मा देखिएकी नारी नभई पृष्ठभुमि को कुनै अपरिचित नाईका नै थिइन त ? थुप्रै प्रशन हरुले एकातिर मलाई आफ्नै मनोभावना हरुमा बिचलित हुनेगरी खेदिरहेको थियो ।

        भने अर्कोतिर आफै संग पनि बोझिलो प्रशन ले गलह्त्याई रहेको थियो । थुप्रै मनोभावना ले आक्रान्त भै रहेँ आफैभित्र कयौं बेर चिन्तन शिल भएँ । आफै हाँसेँ आफै रोएँ । कसरी त्यो भुमरी बाट आफुलाई मुक्त गराउँ हे भगवान म यो नर्ग कुण्डमा जलिरहेछु । बिचलित अन्तर हिर्दय बोल्यो ईश्वर मा शान्तिको अनुभुती खोज्यो । आफ्नो आत्माको सबै किसिमको भाब लाई शान्त पार्न कुनै ठोस निस्कर्ष प्राप्त गर्न न सकिरहेको अवस्थामा मेरो अदोलित मनले कुनै धैर्य धारण गर्ने प्रण खोज्दै थियो । कुनै बिरान खण्डर तिर लगातार  भासिदैगएको मेरो मनोभाव आज कुनै लगातार लामो मानशिक आघात खपिसके पछि ठोस तर्कलाई अफ्नो मुक्तिको सधान बनाउने तिर थोरै आश जागृत हुँदै थियो । उनको चोरी पक्राउ परेको थियो । अब उनलाई व्यक्त गर्न मात्रै बाँकी रहँदा उनका प्रेम पुर्ण मेसेज हरुलाई हेरेँ मेरो सबै मनोभावना हरुलाई उनले सगुण भक्तिपुर्बक स्वीकार भरिएका उत्तर हरुले रात भरी सजाई रहेँ एकाएक अत्मा बाट लभालभ झरेको भाब हरुलाई शब्द संञ्जाल ले सिंङगार्दै सार्थकताको भाबमा उसलाई म प्रती गरेको अगाड भक्ती पुर्बको प्रेम पुर्ण प्रस्तुति को बधाई दिने क्रममा उनको मोबाईल बन्द हुन्छ ।

          म झस्कन्छु । कतै म भित्र गरिएको हरेक बिस्वाशको खाडल मा त परिन्न् आफै लाई फेरि सँम्हाल्दै उनी सामु आत्मा पुर्‍याएर उनको शिर झुक्याएर उन लाई सुम्सुमयाउँदै आफ्नो बहाब हरु ब्यक्त गर्ने मेरो अभिचेस्टा एकाएक सानो नदि समुन्द्र मा समाबिस्ट भएझै आफै भित्र बिलायो । कता बाट सुरु गरौ नजिकै रहेको डायरी का पाना हरु पल्टाएँ शब्द हरु लेख्ने प्रयस गरे कता-कता हरेक शब्द हरुमा पनि उनको आभाष महशुष पाएँ प्रतेक सुन्यता मा उनको कन्तिमए रुप नाच्न थाले । उनका  सरल भावना हरु मेरो मानश्पट्ल मा यसरी नाच्न थाले मानौ उनी मेरो प्रत्यक्ष अगाडि नै उभिएर मलाई सम्मोहित गराई रहेकी छिन । उनको रुपले छुट्टै नासो गरे सौन्दर्य ले छुट्टै तर उनी ब्यक्ति नै छुट्टै भएको यो अन्तिम क्षेणमा म आफुलाई कसरी कुन स्थान मा राखौ आफै मा असजिलो महसुस गर्न थालेँ । जो मेरो भाबमा छुट्टै थिइन् तस्बिरमा छुट्टै भावना र उस्को मेसेज मा उ नै भएपनि बास्तबिकता मा उ अर्कै नारी थिइन् । म झस्किएँ यत्रो समय मलाई उनले त्यै अपरिचित भाब मा नै कसरी प्राप्त गरिरहिन जस्को सामान्य सुईको सम्म मलाई दिईनन्न्  । म भने उनको तस्वीर संग आफुलाई दाँजेर उनकै कल्पनामा उनलाई बुन्दै हरेक कार्यहरुमा उनको समुप्स्थीती महशुस गरिरहेको हुन्थेँ । उनी मलाई बस्तुगत मायामा नजिकै बाट नियालेर पनि आफ्नो पुर्ण परिचय लुकाउँदै अदृश्य रुपैमा मलाई प्राप्त गरिरहिन ।

   आफुलाई निकै समय चिन्तन बाट आक्रान्त राखेर अब सोचेँ हरेक चिन्ता बाट अब मुक्ति खोजेँ । एकाएक मोबाईल मा उनको नंम्बर डायल गरेँ । सुरुमा फोन उठेन लगातार थुप्रैपटक गरेँ । अन्त्यमा हार मानेर उनले फोन उठाईन निकै बर्ष देखिको मनको ताप जसरी मैले उनको हेल्लो शब्दको पनि बेवास्ता गर्दै शब्द माथी शब्द ले नै क्रम भंग गर्ने गरि सम्पुर्ण मनका भाब हरु कुनै समाचार बाचक ले समाचार बाचक गरेझै सुनाएँ । अब म मा कुनै भाब शोक सन्ताप थिएन आफुलाई निकै हलुका महसुस गरेँ मेरा पिर हरु उनि माथी सारेर कुनै अनन्त बिजयको शंख बजाएझै गरि एकाएक म प्रफुल्ल मुद्रा मा देखिएँ । मेरो आफैंमा बहकिएको प्रफुल्लता धेरै बेर टिकेन  मेरो आत्मामा तिमिले गहिरो चोट दियौ । म फेरि झस्किएँ उनको त्यो बिना बिरोध को तर्क मेरो उनिलाई दिएको आवेश पुर्ण लामो भाषण ले उनको अन्तर आत्मा मा निकै ठूलो आघात पुर्‍याएछ । उनै बोल्दै गईन म सुन्दै गएँ ''बुझ्यौ तिमिले मेरो आत्मा मा कहिल्यै न मेटिने ठुलो खाडल खन्यौ । तिमी त्यस्तो पुरुष नै हौ जो समग्र पुरुषजातिकै प्रतिनिधित्व गर्ने छौ भन्ने मलाई संधै भान हुन्थ्यो । तिमी प्राकृतिको गर्भाशय बाट शरीर धारण गरेको उत्कृष्ट सिर्जना लाग्थ्यो । तर, आज एकाएक आएको तिम्रो तर्के हिन कुराले मेरो जिबन लाई तिम्रो अघोषित प्रेमिका कै दर्जाबाट च्युत गराउने चेस्टा गर्‍यो । रात भरिको तिम्रो पुर्ण चिन्तन को उपज हो यो तर्क । तिम्रो कुशलता पुर्बक गरिएको राजनीतिक चक्र मा कसरी परुँ आजमेरो चरीत्र तथा मेरो चोखो प्रेम को ठाडो अबमुल्यांकन भएको छ । तिम्ले आफ्नो रुप देखायौ " म चुर-चुर भएँ । "त्यो केटि म थिईन म जस्तै स्वर भएकी मेरो साथी थिईन । आज मेरो प्रेम को गतिलो मूल्य र त्यसको वास्तविक रुप मलाई छर्लङ्ग ऐना जस्तो देखायौ । सम्पुर्ण संसार त्यागेर तिम्रो प्रेम पुर्ण साहारा को लागि तिमिमै घुलिन आएको थिएँ " ।

    म उनको त्यो रोदन पुर्ण अभिव्यक्ति ले आफू लाई पुन अफ्नो चरीत्र माथिको प्रतीप्रशन ले फेरि मानशिक आघातमा अन्त्यरहित तबर ले यसरी घेरिरएको पाएँ  । हुन पनि आज मैल्र एकै पटक आफ्नै हातले अफ्नो प्रेम को हत्या गरेँ त्यो एकै छिन मा मैले दुई जीवन को अर्थ हिन मृत्यु शोक बोकेको थिएँ । एक आफ्नो र एक उनको । साथै आफ्नो चरीत्र को पनि बलात्कार पछि हत्या गरेको थिएँ  । पछि एकाएक लामो स्वस फेर्दै मैले कड्किदै उ माथी को प्रशन माथिको प्रतीप्रशन राखेको थिएँ । र उनको उत्तर ले म पानी पानी भएँ । मानौ उनको उतर मेरो कान हुँदै मेरोकानको पर्दा फाटेर मेरो नजिकै रहेका अन्यको कानमा पनि प्रतिधोनीत भै रहेछ । फेरि आफुलाई सम्झेँ अब मेरो घिनलाग्दो रुप देखि आफैलाई घिन लाग्यो । एकैचोटि आफुलाई असहज महसुस गरेँ छामेँ आफू उनको भाब मा नत मस्तक भैरहेछु खै कति बेला देखि हो आँखामा पानीजस्तो केही चिसो तरल पदर्थ झरी रहेछ । म आज सबै भाब त्यसै तरलतामा बगाएर आफुलाई रित्तो बनाउने चेस्टा गरिरहेको छु जस्तो लाग्यो । आफुलाई संम्हालिन त्यसलाई धेरै बेर त्यतिकै बग्न दिएँ । र मन मनै कल्पनामा उनलाई लाई मेरो सम्मुख उभ्याएर संम्झाउन थालेँ । म तिमिलाई धक फुकाएर रुवाउन पनि सक्दिन धक फुकाएर मायाँ गर्न पनि सक्दिन अफ्नो अंगालो बेरि राखेर सुम्सुमाउन पनि सक्दिन । आज अफै भित्र को पासदिक पसो भित्र पिल्सिनु शिबाय कुनै सार्थक प्रयात्न पाई रखेको छैन । यो कति लाचार युक्त छ तिमी आफुले स्वंम कल्पना पनि गर्न सक्दिनौ ।

              मेरो आफ्नै घमण्ड स्वोभाब आफैलाई आज घाँडो भै रहेछ । मेरो प्रेम मा अंन्धो भएकी मेरि राधा यो अफै भित्र म आफै लाई सिद्ययाउने मेरो प्रयत्न हो कि जस्तो पनि लागिरहेछ । माछी पनि पानिमा रोएको जस्तो भान भै रहेछ । दुनियाँ ले मलाई गरेको कसैको औपचारिकता माथिको प्रशन भन्दा पनि तिम्रो बिचार मा निजिकिनु योग्य लागिरहेको छ मलाई मार्ग देखाउ मेरि राधा । धेरै बेर पछि आफुलाई सम्हालेर उनको शालिन रुपलाई संझदै यत्रो समय मलाई भगवानको दर्जामा रख्ने नारी प्रती मैले गरेको शब्द बाण हरु आज उन्को र आफ्नै हिर्दय लाई क्षण-क्षण गरि भेदन गरि रहेछ । म पुर्ण पापमा भासिएको पतित पुरुष जो आफ्नो स्वार्थ त्यागेर म मा त्यो पुर्णता खोज्दै कष्टकर जीवन यात्रा ब्यथित गर्न भनी घर बाट निस्किन सम्पुर्ण बन्धन त्यगी आईन उसै लाई अबिस्वास को बन्दी बनाएँ उ आफै लाई अफ्नो नजरमा नअट्ने गरि गिराएँ । उनी लाई मैले मन बाट होइन दिमाग बाट प्रेम गरेछु अब म संग पशचाताप शिबाय केही बाँकी थिएन । आफुलाई नपुंसक आफै ले बनाएको थिएँ । यो भुल मेरो मलाई नै जीवन बाट भाग्ने मुख्य तथा अति मुख्य नपुंसक हतियार बनोस भन्ने फितलो तर्क आघी सारेँ । सम्पुर्ण व्यवहारिकता ले छपक्कै छोपेको म बिबाहित पुरुष जस्को सन्तान को मर्म चाप र जिम्मेवारी को हरेक ताप ले गलाई रहयो । जस्को शब्द हरु आफै सत्य बनी भोगिरहेछु ।

       म कुन पाटोमा आफुलाई अब्यक्त गराउँ जस्को कुनै खण्ड छैन । उस्को पनि कुनै ताप चाप प्रेम पुर्ण साहराको कुनै मूल्य स्विकार्दैन मेरो शरीर अब्यआत्मा बाट बशिभुत म आफै कुन स्थानमा आफुलाई बिसर्जित गराउँ एस्तो भयङंकर खण्डर बाट आफुलाई कसरी पार लगाउँ चिन्ता र चिन्तन हरु सब भाग्य कै पोल्टा मा परुन । उनले फोन बन्द गरिन म भने लगातार मानशिक आघात तिर दबिदै थिएँ । केही समयमै भान्साबाट खना खान आमन्त्रण आयो । हात धोएर खाना खान गएँ हातमा खाना खेलाउँदै फेरि उनैको रुप आँखामा नाच्न थाले उनको रोदन पुणको कारुणिक भाबहरुमा म मिसिएको थिएँ म प्रती गरिएको त्यो प्रेम स-भक्तिपुर्ण प्रेम थियो । त्यो जस्को केही समय अगाडी मैले पाशदिक हत्या गरेको थिएँ । उनले झारेको हरेक आँशुको तप्कामा म आफै मेरै मायाको भाब मा झरिरहेको थिएँ । फेरि मेरो बलात्कारि आत्मा बोल्यो मेरा सतक चेतनामा बीष रुपि चिन्ताको बिजाणु रोपण भयो । कतै उस्को म प्रति को लागाब प्रेम मलाई गरिएको प्रेम न भै एक किशोरी को बिपरित लिङ्ग प्रतिको आकर्षण मात्रै त होइन । बचाउमा मैले फितलो तर्क आघी सारेँ उनको प्रेम लाई मैले हत्या गरेँ अब झन् मेरो शरीरमा उनको मात्र स्मरणका झंन्कार हरु नाच्न थाले उनले गरेको तप्स्या पुर्ण सगुण भक्तिको प्रेम मा मैले बदनामको औठाछाप यसरी लगाईदिएँ कि उनले प्रतिबाद सम्म गर्न पाईनन् लाचार हुँदै मैले पटक-पटक गरेको फोन को उतर समन्य नारी भित्रको रहस्यमय प्रेम अनि आश मात्रै हो । भन्ने तर्क अघि सारेँ मानौ त्यो मेरो जिबन्त तर्क नै हो । सोचेँ अब म प्रती उस्को कुनै गुनसो छैन ।

        तर, म भित्र भने कति बेला देखि आफुलाई नै खरानी बनाउने फिल्को छिरी सकेको थियो । आफै मा साहास छैन नारीको प्रयोग लाई मनोरञ्जन को साधन मात्रै ठान्ने मेरो चेतना मा सत्यता बोध भै सकेको थियो । ठिक त्यो समय मैले आफ्नो गल्ती महसुस गरेँ । अब ढिलोभैसकेको थियो । आफैमा सतक प्रयत्न हरुको फित्ते अशक्त हरुलाई जगाउनको निम्ति कोहि हो आबशयकता खडकिरहेको मेरो त्यो बिगतको हालतमा उनी मेरो शब्द र चेतनामा एकै चोटि हाबिहुन आई रहेकी थिईन । आफै भित्र उस्को पुर्ण प्रेबेश र समित्यता उस्को प्रभाब महसुस गरिरहेको मैले सम्पुर्ण मलाई नजिकै बाट नियाल्ने हरुलाई भने आफू सामान्य नै रहेको भान पारिरहेको थिएँ । तर आत्मा र चिन्तन मा दुई भिन्न भिन्न पुरुष निरन्तर अग्रसर भै रहेका थिए । एक तर्फ आफुलाई जति सामान्य बनाउँदै लैजान्थेँ । म भित्रको अर्को प्रेमी भाबको पुरुष भने मलाई निरन्तर म बाट बाहिर आएर आफ्नो स्वेच्छिक स्वरुप धारण गर्न उद्दत हुँदै थियो । कसै गरि पनि बाहिर ल्याउन न चाहाने मरो त्यो प्रमी पुरुष तिम प्रती आश्क्त महिला प्रती भने पुर्ण रुपमा प्रेमिको नै भाबमा ग्रहण गरिरहेको पाउँथे । फेरि बिचलित मन लाई त्यो ठूलो द्वन्द्व बाट मुक्त गराउने विकल्पको रुपमा घटना र अफ्नो नजिकै बिध्यमान प्राकृति साधन प्रयोगित हरेक बस्तुहरु लाई उस्को पुर्ण स्पर्श रुपि चिन्तन चरीत्र बाट व्यक्त गराउदै आफैमा सम्होहित बनाउने प्रयत्न मा जुटेँ ।

         अधैर्य मनले पनि मानवीय चिन्तन लाई कति सम्म बिपरित तर्क तर्फ लैजान्छ त्यसको म यहाँ कुनै शब्द भाब छन्द त तथ्य गत रुपमा खण्डन तथा व्यक्त गर्न सक्दिन । जति म उनी बाट अव्यक्त हुँदै थिएँ सायद लामो काल खण्ड समय चक्रहरु पुर्ण रुपमा पछि हटिदिए । आजको यो सम्पुर्ण वास्तविकता लाई बदलेर मेरो अन्तरंग मा उनकै आभाष खेलाउने थिएँ कतै एकान्तमा फेरि आफै भित्र । फेरि उनको भाब हरु आए आफू निकै कम्जोर भएको अब शब्दको कुनै प्रयोग छैन । निराकार भएर म उनको मेसेज पढ्न थालेँ । हरेक शब्दमा म आफै अंगिकार थिएँ । उनले मेसेजमा लेखेका हरेक भाबुक भाब मा म आफै पात्रको रूपमा आफै एक काहानिको मुख्य पात्रको रूपमा गमन गर्दै थिएँ । लामो समय लागाएर उनका मनोभावना हरु अध्यन गरे जस्का शब्द संयोजन हरु एक पछि अर्को लगातार यसरी थिए ।

 "सब मेरो भुल हो । तपाईको कुनै दोष छैन । म अब धेरै कमजोर भै सकेँ अब मेरो आफन्तले जे भन्छन् मैले त्यै मान्नु पर्छ । आज बाट तपाईले मलाई भुलेर पनि नसंझनु तपाईले मेरो मायाँमा धेरै प्रशन उठाउनु भयो । मैले माया गरेको त्यो मेरो प्रेमी तपाई होईन । म आज सम्म धेरै भ्रम मा रहेछु । मेरो प्रेमी त एस्तो छैन उस्ले मलाई धेरै मायाँ गर्छ । तर तपाई को हो ? उनले प्रशन गरिन । म तपाई लाई चिन्दिन आज बाट यो बिस्वाश हिन मान्छे संग मेरो कुनै सम्बन्ध कुनै मायाँ सदभाब केही छैन । म तपाईलाई  चिन्दिन । म मेरो त्यो पुरानो प्रेमी लाई मात्रै चिन्छु र माया गर्छु । त्यो मेरो मन दुखाउने बिस्वाशघाती लाई होईन । म अब त्यो मान्छे को जिबनमा कहिल्यै आउँदिन । तपाईं संग अब मेरो कुनै नाता छैन म उस्लाई आज बाट कहिल्यै चिन्दिन कहिल्यै सम्झिंन्न उस्को अब मेरो जीवन मा कुनै महत्त्व छैन । उस्लाई म कति पनि मायाँ गर्दिन जस्ले अशल र खराब छुट्टयाउन सक्दैन । यस्तो मान्छे मेरो घृणा को पनि लाएक छैन । म उस्लाई मायाँ त के घृणा को पनि लाएक सम्झिन्न । हिजो सम्म मैले जस्लाई देवता सम्झेर पुजेँ । जस्को लागि मेरो हिर्दय मा अथाक मायाँका भाबहरु थिए आज उस्को लागि मेरो मन मुटुमा थोरै मायाँ पनि बाँकी छैन यो संसारमा मलाई उ एकदमै भिन्न पुरुष लागेको थियो । तर के गर्नु उनी त झनमाहाँ बिस्वाशघाती मेरो मन दुखाउने आतिनै झुट मन्छे रहेछन । मलाई फोन पनि न गर्नु म संग पनि न बोल्नु म तपाईंको मायाँ त के शत्रु पनि हुन योग्य सँम्झन्न आज मलाई धेरै पछुतो लागिरहेछ । मैले कस्तो बिस्वश हिन मन्छे संग प्रेम गर्न पुगेछु हे भगवान मलाई मेरो बिशल हिर्दय भएको मेरो पुरनो प्रेमी लाई सदाको लागि बिर्सने शक्ति देउ । कि त मेरो यो भौतिक शरीर उसैको नाम मा त्यग गर्ने शक्ति देउ अब न चाहाने लाई अफ्नो जीवन समर्पित गर्न लागि रहेछु मेरो जीवन मेरो प्रेमी मलाई माफ गरिदेउ मैले सोचेको सारा सपना तपाईंको एक वचन ले चकनाचुर भयो । अब हामी कहिल्यै भेट्ने छैनौ मेरो मायाँमा शंका गर्ने मलाई यति घटिया सोच्ने मलाई सदा रुहाउने मेरो प्रेमी अब कुनै जुनिमा पनि चाहिँदैन । मेरो प्रेमी लाई सदा सुखी खुसी राख्नु यदि यो संसारमा भगवान छन भने । आज बाट मेरो गंगा जस्तो पबित्र प्रेमिको लागि योग्य रहिन मलाई मायाँ होईन घृणा गर । अब म तपाई बाट मायाँ होइन घृणा कठोर बर्गपातका पतित बद पुर्णभाब हरु सुन्न चाहान्छु । हिजो सम्म म तपाईंको लागि अति पबित्र थिएँ । तर आज बाट म अर्कै भएको छु । तपाई अब मलाई भुल्नु पिय तपाईले मलाई धेरै भन्नुभयो । अब मसंग तपाई लाई भन्ने कुनै शब्द छैन । यति भनेर उनले मोबाईल मेसेज बन्द गरिन ।

       अब म चारैतिर बाट घेरिएको बिचलित शुन्य पुरुष मात्र बाँकी थिएँ । उनी मेरो अफ्नो आँखा अगाडि बिम्ब त प्रतिबिम्ब भै नाच्न थालिन म भने खाली खाली थिएँ । अगाडि प्रचण्ड तेजोमय सुर्य थियो । तर मेरो आँखामा भने पुर्ण औशिको कालो रात कै बिचरण मा थियो । एकाएक आँखा आगाडी ताराहरु नाच्न थाले । प्रतिरोध जसरी पुन मैले पनि मेसेज लेख्ने थालेँ । "मलाई बुझ सानु म शुन्य पुरुष तिम्रो अशक्ततामा आफुलाई आफैबाट रिक्त गराई खाली शुन्य पुरुष आफु भित्रकै अन्य ब्याक्तित्व बाट म कसरी छुट्टै प्रेमी पुरुष  अलग्याउँ म हिजो पनि त्यै प्रेमी थिएँ आज पनि पुरानै प्रेमी तिम्रो सामु मेसेज कोर्दै भाब हरुमा तिमिलाई भेट्दैछ । तिमिलाई अफ्नो कला पुर्ण शब्दबाट आकर्षित गराउने चेस्टामा ब्यप्त छ । कसरी तिमिलाई सम्झाउनु । एकएक आत्मा बोल्यो । शुन्य पुरुष तिम्रो अशक्ततामा कति आफुलाई जलाउँ अनि कुन सत्यता को पर्दाले मायाँ गरि तिमिलाई बुझाउँ म कुनै जादुले भरिएको जादुगर जमुडा होइन । कुनै रहस्यमय जीवन धारण गरेको देब अंग धारण गरेको देब कृपालु मनुष्य पनि होइन सत्य अतिनै तितो छ । पिय म आफै भित्र पल-पल गलि रहेछु । तिमी मेरि अर्धिङ्गिनी हुदैमा मैले तिम्रो शरीरभोग गर्दैमा तिमी आफुलाई तृप्त नसंम्झ पिय तिमी उ बेलाको कृष्ण कि राधा जस्ती मेरो पनि यो युग सुहाउँदी राधा नै हौ । जो मेरो आत्माले हरेक नारिमा तिम्रो आभाष को संभाब्यता खोजिरहेको छ । तिमी आफूलाई सामान्य नारीकै रूपमा हल्का तराजुमा नतौल तिम्रो हरेक आँशुको मुल्य भबिस्यमा हरेक प्रेमपुर्ण भाबले ग्रसित नारी हिर्दयमा खोजी रहने छ । तिमी कालन्तर को त्यो प्राकृति पात्र हौ जस्को कान्तिमय प्रेम भाब हरु चिनमय भएर पुर्ण रुप सौर्न्दर्य आफ्नै काल्पनामा बिम्ब खडागर्दै हरेक प्रेमि प्रेमिका ले आफुलाई सगुण भक्तिले तिम्रै रूपमा महसुस गर्ने छन । तिमी मेरो जीवन को अन्त्यमा भेटिएकी  तर मेरो शिर्जनशिल मुलत मुख्य प्रेरणा पात्र हौ । पिय तिमी नरोउ आफुलाई सम्हाल तिम्रो मन त्यति कमजोर छैन"

    उस्ले एकाएक लेखी :-  "अब तपाईंको जीवन मा मेरो कुनै मूल्य छैन । यो विशाल आकाशमा मलाई ओत लाग्ने कुनै रिक्तठाउँ छैन न त ? मैले तपाईं लाई धेरै नजिकैबाट नियालेर बुझेँ पनि अब तपाईंको पुर्ण जिबनमा मेरो कुनै मुल्य छैन त प्राण ? उ रुदै यी भाबहरु लाई सजिब चितले सजाउँदै थिई जस्को प्रत्यक्ष प्रभाब को महसुस म उनको मेसेज हरुमा अनुभुती गरिरहेको थिएँ । उनको भाब हरु एक पछि अर्को गर्दै यसरी आए मानौ कुनै ढुङ्गामा कोरिएको कुनै पुरनो लिपि जसरी मेरो मस्तिष्कमा र आत्मामा गडिदैथिए । उ भने आफू बिरनो यात्रामा निस्केको एकतर्फी शंखधोज गर्दै थिई । साथै आफू निकै कमजोर भएको र मेरो प्रत्यक्ष जीवनमा अफ्नो स्थान खोज्दै थिई । म भने सम्पुर्ण बास्तबिकताको फितलो तर्क पुन आघी सार्दै आफुलाई उहि राधाकी कृष्ण जस्तै अरु अनेक नारिमा राधा खोजी रहेको थिएँ । कसरी पाउँथे थुप्रैमा एक राधा म पनि त प्राकृति ले नै जन्म दिएको एक पुरुष बर्गकै चेतनाभएको प्रणी नै थिएँ । हरेक को जस्तो मेरो मा पनि सम्भावित अर्थ पुर्ण जीवन भडकिरहेको थियो । हरेक को जस्तो भाब हरेक मा बग्ने इच्छा सिङ्गो जीवन रहर इच्छा आकांक्षा बाध्यता का खाडल हरु तर्क पुर्ण अभिव्यक्ति का बन्धन हरु सम्पुर्ण त विध्येमान थिए नि । कसरी उस्को निम्ति छुट्टै प्रेमी रोज्न सक्ने थिएँ ।

    आफू ले आफुलाई टुक्राएर दुई भिन्नै पुरुष बानाउनु आफैमा प्रयोग गरिने मेरो लागि पनि त ठुलै संकट थियो । आफ्नै सम्पुर्ण आत्मा बोधहरु ले ग्रशित छु । जसरी निर्मल गंगा ले तिर्खाएको प्राणी लाई अमृत रुपि जलले तृप्त गराउँछिन जसरी बृक्षेले आफू सम्पुर्ण ताप खपेर अरुलाई शितलता प्रदान गर्छन् । त्यै प्राकृति तिमिले यो धारण शक्ति मनुष्य लाई किन दिईनौ आफुमै कुनै खोट् छ । अपितु म तिम्रो  प्रेमको लाएक हुँ ला । या न हुँ ला त्यो पनि तिम्रो र मेरो सारा ब्याक्तित्व व्यबहार र जिबनमा प्रत्यक्ष अध्यन गर्ने मुख्य पाटा पक्ष हरु होलान । कसैले मेरो जिबनको नजिकैबाट अध्यन गर्ने इच्छा राख्यो भने सरल तथा खुल्ल कितब जस्तो बनाउने चाहाना हो । कहिलेकाही अफ्नै दाँत ले पनि जिब्रो टोकिन्छ त्यो के नजानेर गरिएको भुल होईन ? नत्र कस्ले जानी-जानी अफ्नो जिब्रो  टोक्छ कस्ले अफ्नो जिबनमा आगो सल्काउँछ । अनियन्त्रित चित हरु लाई संहालेर एउटा मोतिको मालामा सम्पुर्ण जीवन सजाउने मेरो प्रण नै भयो । अब कसरी अघि बढाउने जीवन को एथेस्ट पाटा र त्यसको बाटा हरु लाई आफै जिब्रो टोक्दै आफै रुदै आफै कसरी अन्तिम बिन्दुको लक्ष्य तय गरौ । मन ससंङ्कित भयो

        अंन्धकार मा जुनकीरी को धिप-धिप तेज जसरि उस्को लक्ष्यित लक्ष्य को साहयक नायक हुन्छ । म भित्र तेस्तो कुनै बति छैन लक्ष्य छैन कसरी यो अन्धंकारको लक्ष्य सांधौ । सामान्य औपचारिकता बिना नै क्रमशः प्रेमिक लहर मा हामी थाहै नपाई एक पछि अर्को लहर मा बिलिन हुँदै गयौ । बगेको पानीमा मात्रै लहर देखिन्छ भन्ने तथ्य बाट बिमुख म शुन्य तलाउमा पनि लहरको सँम्भाब्यता ग्रहण गरिरहेको थिएँ । उसैमा सम्पूर्ण प्रेम लुटाई रहे जस्तो लाग्यो । जसरी समन्य रोग शोक भोग ले अशक्त प्राणी धेरै क्रियाशीलता बाट प्रताडित हुन्छ । यो सम्पुर्ण ब्यबहारिकता प्रती को मलाई गरिएको प्रशन चिन्ह थियो । यो कस्तो प्रेम चाहेर पनि समर्पण वाद लादेर पनि लादिन न सक्ने उ प्रती म लिप्त हुने इच्छा जागेर पनि आफू बेग्लै पारिनुपर्ने यस्तै भाब हरु ले एक पछि अर्को गर्दै म माथी लगातार थिचिनैरह्यो । म एक आज्ञाकारी भरिया जस्तो उसैको तर्क पुर्न शब्दमा बहकिएर नै पछि परि रहेँ के गरौ के नगरौ लक्ष्य बिहिन भएर टोलाएर बसि रहेँ । लागातार उस्को मेसेज एक पछि अर्को आईरहे मैले प्रती उत्तर दिई रहेँ थोरै आशक्ती पुर्न वचनहरु पोखिरहेँ आजको उनको प्रेम पुर्ण वचन मा ठूलो विभेद पाएँ ।

जीवन को परीधी एक ईशवरको देन हो । तिमी र म बांचेको साशव्त संसार हाम्रो परिकल्पना भन्दा निकै पर छ । अबिस्वस्निय र अकल्पनीय घटनाहरूले मेरो जिबन लाई संधै काहालिलाग्दो खोला को मझेधार मा ल्याएर छोडछ । जीवित जीवनकालमा कुनै सार्थक प्रयोग सामाजिक सुकर्म केन्दृत बिन्दु मा चुल्याएर छाड्ने । मेरो सार्थक प्रयास किन किन निरार्‍र्थक धुमलिदै गएको देख्छु । मेरो तिमी प्रतिको प्रेम प्रप्ती मात्र होइन परित्याग पनि हो जुन एक गौरब पुर्ण गरिने ईशवरको बन्दना हो । जो माथी पंन्च तत्त्व को यो शरीर धारण पुर्ब नै लेखिएको हुन्छ । तिम्रो र मेरो प्रेम संयोग नहोला । यधपी म सहर्ष मान्छु कुनै जन्म मा हामी पति पत्नी नै थियौ होला । तर यो जन्म हाम्रो एक अर्को को निम्ति होइन । छैटौ को दिन मा निधार मा जस्को प्राप्ती कोरेको हुन्छ कालन्तर मा उ नै यो जन्म को जीवन भरिको साहयक हुन आउँछ । तिम्रो र मेरो प्रेम यो जन्म संयोग मात्र हो । किन भने संगै बस्न त के एक झलक देख्न नि दैब लाई स्वीकार छैन । यो नै हो वास्तविक धुर्ब सत्य हो । यधपी कि म बीस बर्ष पहिले जन्मनु थियो कि बीस बर्ष पछि । यो त एक तरलता मा बग्ने हाम्रो माया कहिले समुन्द्र कहिले हिमाल । निरार्थक साशव्त अनि अबिरल । माथी को मेरो शब्द ले तिम्रो हिर्दय लाई आघात पुग्न गएको छ त्यसमा म क्षामा चाहन्छु । मेरो हरेक कुरा ले तिमिलाइ निकै दुखित बनाएको छ । म बुझ्छु नारी अस्मिता के हो भनेर पनि म कुनै हिम्श्रक नर पशु पनि होइन । मैले तिमि लाइ अफ्नो अस्मिता माथी कसैले खेलवाड न गरोस भनेर संम्झाउनु खोजेको मात्र हो । म कुनै केटि लाई अकल्पनीय रुप मा देख्न चाहान्न किमर्थ तिम्रो अन्तर आत्म ले ठानेको म तिम्रो पति । तेसैले म प्रती कति बिस्वस झल्किन्छ भनेर परिक्षा लिने प्रयास थियो । म पनि कुनै हबस को पुजारी होइन । फेरि कसरी प्रेम खोज्दै जाउँ  कुनै पर पुरुष ले सामाजिक संजाल मा तिमी लाई म बिबाहित हु भन्छ । म आफू लाई पानी माथी को ओभानो बनाउन पनि खोजेको होइन । किमार्थ तेस्तो कुनै मान्छे उदाहरण देउ मलाइ । मेरो ठाउँ मा कोहि भएको भए आफ्नो जाल मा पारी सक्ने थियो होला । तिमी चतुर छौ तर तिम्रो ठाउँमा अर्कै नारी हुन्थिन । तिम्रो अन्तर हिर्दय मा म प्रती कुनै तुस छ भने निर्धक्क भएर भन्दा हुन्छ । मेरो कुनै चेतना ले तिमी मा खोट देख्दैन । न तिम्रो शालीनता प्रती कुनै खोट देख्छ । दैब संग गरिएको अगाड भक्ती को के हामिले कुनै दिन सांवा ब्याज असुलेका छौ र ? नि-स्वार्थ निर्मल गंगा को जल ले हामी संग कुनै मोल मांगेको छ र शितल दिने बृक्षेले शितलता को उपहार खोजेको छ र । अतह म प्रती तिम्रो निर्मल सोछन्दता प्रेम स्वीकार योग्य छ । तर म एक जिम्मेवारि ले थिचेको सामाजिक परिबन्धले जगडिएको थकित । मानव आकृती कुनै चिर स्थाइ बाटो को खोजीमा दिन रात भौतारिने एक गन्तव्य बिहिन परिभाजक । तिमी प्रेम प्राप्ती को बाटो मा सदैब आगाडी लागि राख । तिमी एक सदिच्छा पुर्बक पुज्न पर्ने नारी हौ । माहान प्रेम आत्मा हरु को करोडौं प्रेम पुन्ज बाट मानव योनिमा प्रकट भएकी तिमी लाई मेरो प्रती गरिएको सगुण भक्ति प्रेम र आघाड स्नेह तप्काई दिएको मा हार्दिक नमन । 

अन्तिममा... जीवन भोगाई हो जस्को बिधिबत सञ्चालन भाबिले गर्छ अनुभव र अनुभुति हामिले ।

नुवाकोट फिकुरी ४ सातदोबाटे,सम्पर्क मोबाइल नम्बर :- ९८५११७७३८९,९८४१९५७३८९,

Facebook :- dashin_0284@yahoo.com
Blog :- http://ojha0284.blogspot.com

Ekal Kabita Baachan 20 : (18-04-2015/2072-01-05) कवि राबत : Download

NepaliTalim | 3:49:00 PM | 0 comments
Ekal Kabita Baachan : Episode 20
Date : (18-04-2015/2072-01-05)
Time : Every Saturday 9.15pm

कवि राबत - राम बहादुर तमाङ्ग

आदरणिय साथीहरु, 

आज मिति 2072 बैशाख 05 गते तदनुसार 18-April-2015 शनिबारका दिन उज्यालो ९० नेटवर्कको भावना जागृति र प्रस्तुतिको समिश्रण एकल कविता बाचन कविता बाचन विशेष साहित्यिक कार्यक्रम एकल कविता बाचनको (Episode 20आजको श्रृंखला लिएर कार्यक्रम प्रस्तोता उपस्थित हुनुभएको छ । आजको श्रृंखलामा कवि राबत - राम बहादुर तमाङ्ग लाइ  सुन्नेछौं । कार्यक्रम ब्लगमा राख्न अनुमति दिनुभएकोमा कार्यक्रम प्रस्तोता अच्युत घिमिरे बुलबुललाई धेरै धेरै धन्यवाद ।
Listen and Download 

Download : Click Here to Download

Poet Rabat

श्रृंखला 152 : वहकिने मन (20-04-2015/2072-01-07) : Download

NepaliTalim | 3:39:00 PM | 0 comments
बहकिने मन BAHAKINE MAN 
DATE :(20-04-2015/2072-01-07)
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone-977-02-550982 / 5551161 
Facebook : Bahakine Man
FM: CIN Network 


नमस्कार,

आज मिति 2072 बैशाख 07 तदनुसार 20-April-2015 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन EPISODE 152 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)

Download : Click Here to Download

Episode : 141 (यो साँझ यो सुबाश-21-04-2015) : Download

NepaliTalim | 3:13:00 PM | 0 comments
YO SANJH YO SUBASH    
(21-04-2015 /2072-01-09)  
प्रस्तोता : प्रदिप गिरि      
कार्यक्रम : यो साँझ यो सुबाश     
Email : hajurkopatra@gmail.com     
Website : http://ransimedia.com     
Facebook : YSYS Facebook Page
Follow us at Youtube
Follow Us at Twitter
Follow Us at Facebook

आज मिति 2072 बैशाख 09 गते तदनुसार 21-April-2015 मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको Episode-141 औ श्रीङ्खला साथ लिएर लिएर सदाझैं आज पनि  तपाईहरु सामु  प्रस्तोता प्रदिप गिरी कार्यक्रम लिएर उत्पादन सहयोगि रन्सी गिरि (RansiMedia) को साथमा उपस्थित भएका छौं । 

रन्सी मेडियाले यु एस ए मा उत्पादन गर्ने यो कार्यक्रम नेपाल  भरि बिभिन्न एफ एम स्टेशनहरु लगायत विश्वभरी युटुब, ब्लगहरु, र  विभिन्न वेबसाइटहरुमार्फत स्रोता समक्ष पुग्दछ जहाँ  नेपाली गजल,प्रेरणदाई कथा, लेख रचनाहरुको प्रस्तुती रहनेछन् । साथ आईफोन र एन्ड्रोइड फोनमामा कार्यक्रम सुन्नको लगि आइ-फोन/ एन्रोइड/ विनडोज फोन : 
√ Nepali Audio Book
√ Nepali FM
√ My Nepal
नेपालका  ३० भन्दा बढी रेडियोहरुबाट एकै साथ:
1. रेडियो एक्सप्रेस, नेपालगंज (सोमबार ९ बजे)
2. रेडीयो ईन्द्रेणी, दाड० (बुधबार ८ बजे)
3. खस्यौली एफ एम, बुटवल (बुधबार ९ बजे)
4. रेडीयो रेसुड०गा, गुल्मी (बिहिबार ९ बजे)
5. रेडीयो फिक्कल, ईलाम (शुक्रबार ९ बजे)
6. रेडीयो बुद्ध आवाज, कपिलवस्तु (सोमबार साँझ ६:३० बजे)
7. रेडियो तरंग, पोखरा (बुधबार साँझ ५ः१० देखि ६ बजे )
8. रेडियो तुलसीपुर्, दाङ (बिहिबार ९:१५ बजे )
9. रेडियो कोहलपुर, बाके (शनिबार ९:१५ बजे )
10.रेडियो जलजला, रोल्पा (शुक्रबार ९:१५ बजे )
11.रेडियो पालुङ्ग, मकवानपुर (बुधबार ) 
12. सामुदायिक रेडियो वालिङ्ग, स्याङ्गजा (मंगलबार ) 
13. रेडियो हाम्रो मालिका, कैलाली (मंगलबार)
14. रेडियो त्रिबेणी, चितवन (बिहिबार ९:१५ बजे) 
15.गुराँस एफ एम १०७.५, संखुवासभा, राती बुधबार ९.१५
16.कपिलबस्तुको रेडियो परिवर्तन ८९ मेगाहर्ज (सुक्रबार राती ९ :१५ )
17.कन्चनपुरको रेडियो पहिचान १०५.३ मेगाहर्ज (मंगलबार ९:१५) 
18.ग्लोबल एफ. एम. झापा (बिहिबार ९:१०) 
19. पहिलो रेडियो, बलेटक्सार, गुल्मी (शनिबार ९:१५)
20.रेडियो अमुर्त, गाइघाट उदयपुर (शुक्रबार ९:१५) 
21. रेडियो सुदुर संचार, बेलौरी कंचनपुर 
22. रेडियो माण्डबि, प्युठान (बुधबार ९: १५)
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download

डिल्ली प्रसाद खराल "घायल" का १० गजलहरू -19-04-2015

NepaliTalim | 5:19:00 PM | 0 comments
१. गजल एक 
आँखाभरि टिलपिल आँसु पार्दै म परदेश आएँ
जिन्दगीलाई सात समुद्र तार्दै म परदेश आएँ ।"

मिठो पिठो जे भएनि बाँडी खाउँला सँगै भन्थे
नयनबाट बलिन धारा झार्दै म परदेश आएँ । "

बाँच्नु पर्ने जिन्दगीले कैले पालुवा फेर्ला भनी
छिया छिया भाको मुटु बार्दै म परदेश आएँ

भाग्यको नै खेल सम्झी आफ्नो मन बुझाएर
तिर्सना ती मनभित्रका मार्दै म परदेश आएँ ।"

चारैतिर पीडा मात्र खुशी कैले नमिलेसि
जिन्दगीसँग हरेक पल हार्दै म परदेश आएँ । "

डिल्ली प्रसाद खराल"घायल "
बिरेंद्रनगर चितवन,
हाल : मरुभूमिको छाती दुबई,

२.गजल दुर्इ 
जस्कोपनि जिन्दगी त्यो जालमा पर्न सक्छ 
दुस्मनले रचेको त्यो चालमा पर्न सक्छ 

दौलतको आडमा आज जतिसुकै नाच तिमि 
सम्पतीभोलि कौडाको त्यो खालमा पर्न सक्छ 

कुडेको त्यो दु:ध झैं नउम्लभो तेत्ती सारै
आजाद त्यो समुन्द्रको छालमा पर्न सक्छ

ईष्या अनि क्रोध लाई काबु राख नत्रभने 
जिन्दगी त्यो रगतको तालमा पर्न सक्छ 

सुमार्गलाई छोडि आज कुमार्ग चल्ने हरु
ख्यालगरहै जिन्दगी त्यो अ-कालमा पर्न सक्छ ,
डिल्ली प्रसाद खराल"घायल "
बिरेंद्रनगर चितवन,
हाल : मरुभूमिको छाती दुबई,


३.गजल तिन 
हास्न भन्छौ मन मेरो टुटेको देख्दा देख्दै
सिसा जस्तै भाग्यआज फुटेको देख्दा देख्दै..?

सागरको लहर जस्तै असान्त यो जिन्दगिमा
गास्न भन्छौं सम्बन्द त्यो छुटेको देख्दा देख्दै..?

उजाड यो जिन्दगिमा बिरहले पाईला टेक्दा 
बाच्न भन्छौ खडेरिले भुटेको देख्दा देख्दै..? 

यो छातिमा घायल मुटु बोकेर मैले हिंड्दा 
नाच्न भन्छौ दैबले आज चुटेको देख्दा देख्दै..?

कंयौ पटक फुटेर तेसै छुटेका ति सपना लाई 
साच्नभन्छौ भाग्यले यति लुटेको देख्दा देख्दै..?

निर्दोष त्यो आशुहरु पुछीदिने हातलाई किन 
भाच्न भन्छौ काडाले मुटु खुटेको देख्दा देख्दै..?
डिल्ली प्रसाद खराल"घायल "
बिरेंद्रनगर चितवन,

हाल : मरुभूमिको छाती दुबई,

४.गजल चार
साथ दिन्छु भन्नेहरू छुटे कति जिन्दगीमा
आफ्नैले आफैलाई लुटे कति जिन्दगीमा,

एकपछि आर्को पीडा नियति दे'को बेला
जरैसित उखल्नलाई जुटे कति जिन्दगीमा,

चर्किएका सपनाहरू पौरखले टाल्छु भन्दा
समयको फाइदा उठाई चुटे कति जिन्दगीमा,

बिधताले छड्के नजर यो दु:खिलाई तरेपछि
आँधी-हुरी असिनाले कुटे कति जिन्दगीमा,

आफ्नो बाटो सिधा पार्न, स्वार्थी यो दुनियाले
यो घायललाई भट्टमास झैं भुटे कति जिन्दगीमा,
डिल्ली प्रसाद खराल"घायल "
बिरेंद्रनगर चितवन,

हाल : मरुभूमिको छाती दुबई,

५.गजल पाँच
जन्मेदेखि आजसम्म घात मात्र दियौ जीवन
चारैतिर आन्धकारको, रात मात्र दियौ जीवन,

हाँसो खुशी बटुलेर जिउने आशा गर्दै थिए
पीडासँगै वेदनाको खात मात्र दियौ जीवन,

मिठा-मिठा सपनाहरू हृदयमा सजाको थे
पाइलैपिच्छे ठोक्कर अनि लातमात्र दियौ जीवन,

जब जब पहिलाहरूलेसहारा को साथ् खोज्यो
अबाकीलाई दु:खदायी हात मात्र दियौ जीवन,

उजाड यो जिन्दगीमा सुबास केही छ्रर्छु भन्दा
बाँचुन्जेल आँशुको त्यो बर्सात मात्र दियौ जीवन,
डिल्ली प्रसाद खराल "घायल "
बीरेन्द्रनगर चितवन,

हाल : मरुभूमिको छाती दुबई

६.गजल छ
ओइलिएर फूल जस्तै झरेझैं भाको छ,
दु:खी जीवन जिउदा जिउदै मरेझैं भाको छ ?

बाचुन्जेल संघर्षको खेती गर्दा गर्दै,
जिन्दगि यो आन्दोलनमा परेझैं भाको छ ?

सजायका सपनाहरू खहरेको बगर हुँदा,
विधाताले खुशी मेरो हरेझैं भाको छ ?

खातै-खात कल्पनालाई सकार पार्ने चाह हुँदा,
मनको डेरा आज किन सरे झैं भाको छ ?

एकपछि आर्को पिंडा पाहिलै पिच्छे मिलेपछि ,
भाग्यले नि पक्षपात गरेझैं भाको छ ?

डिल्ली प्रसाद खराल"घायल "
बिरेंद्रनगर चितवन,
हाल : मरुभूमिको छाती दुबई,

feedback:-dilipkharal@gmail.com,

७.गजल सात 
त्यों फूलको डाली भाचेर के पायौ
ल भन-त्यो जवानी नासेर के पायौ ?

दुनियाले मेरो घाऊमा नून चुक लगाउदा
ल भन-म रुदा तिमी हाँसेर के पायौ ?

आफ्नो स्वार्थ पुरागर्न-जिउदै मलाई जलायौ
ल भन-मलाई मारी तिमी बाँचेर के पायौ ?

खै कसरी बुझेउ यो निस्छल नातालाई
ल भन-जीवनलाई दलदलमा भासेर के पायौ ?

पिरतीको को डुंगा पल्टायर बिचमै
ल भन-अन्तै नाता गासेर के पायौ ?
डिल्ली प्रसाद खराल"घायल "
बिरेंद्रनगर चितवन

हाल : मरुभूमिको छाती दुबई

८. गजल आठ
दुनियाको त्यो भीडमा मान्छेको कयौ जाति पाए
दु:खी अनि पीडित मात्र जिन्दगीमा साथी पाए ?

भाग्य लेख्दा विधाताले पच्क्षपात गरेपछि
जिन्दगीका हर प्रहरमा अन्धकार त्यो राति पाए ?

चाहना र आकांक्षाहरू मनमा हजार हुदाहुदै
अधुरा सपनाहरूको मात्रखाली ताती पाए ?

आकाशको जुनतारालाई साक्षी राखी चल्दा पनि
साथ् दिन्छु भन्नेहरू धोकेबाज र घाती पाए ?

दुई हात फैलाएर भगवानसँग खुशी माग्दा
चुँडाएर चढाएका मन्दिरका तिनै पातीपाए ?
डिल्ली प्रसाद खराल"घायल "
बिरेंद्रनगर चितवन

हाल : मरुभूमिको छाती दुबई

९. गजल नौ
विवशताले गर्दा आज छोडी आए नेपाल आमा,
तिम्रो माया ममतालाई तोड़ी आए नेपाल आमा,

हिरा मोती त्यही धर्तीमा, हुदा हुदै पनि मैले
संग्लो जीवन जानी जानी, गोडी आए नेपाल आमा,

सात समुद्र काटे मैले छातीमाथि ढुंगा राखी
आफ्नो मुटु आफैले नै फोडी आए नेपाल आमा,

थिए कति इच्छहरू, आफ्नै देश मै रमाउने
विवश भई पाइलाहरू मोडी आए नेपाल आमा,
डिल्ली प्रसाद खराल"घायल "
बिरेंद्रनगर चितवन

हाल : मरुभूमिको छाती दुबई

१०. गजल आठ
आमा बाबा सदै तिम्रो ओरिपरि हुन पाऊ.
कोमल तिनै पाउहरुलाई सदै मैले छुन पाऊ 

चाहीदैन अरु कुनै संसारको खुशी मलाई 
नयन भित्र न विजाई त्यो,आसु बनि चुनपाऊ.

दसौं धारा दु:धको भारा तिर्नमैले नसकेनी 
हर्षको त्यो आशुहरुले मुहार सदै धुनपाऊ,

अधुरो छ जिबन यो,आमा तिम्रो काख बिना
तिम्रा हरेक पिडाहरुलाई अङ्गालेर रुनपाऊ 

जन्म दिई कर्म दीयौ सुनौलो यो संसार दीयौ.
सातौ जुनी किन नहोस तिम्रै सन्तान हुनपाऊ,
डिल्ली प्रसाद खराल”घायल ”
बिरेंद्रनगर चितवन,
हाल :दुबई यू.ए.इ,

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger