Episode : 77 (यो साँझ यो सुबाश-14-01-2014) - Download

NepaliTalim | 12:11:00 PM | 0 comments
YO SANJH YO SUBASH     
(14-01-2014 /2070-09-30)
प्रस्तोता : प्रदिप गिरि    
कार्यक्रम : यो साँझ यो सुबाश  
Email : hajurkopatra@gmail.com     
Website : http://ransimedia.com     
Facebook : YSYS Facebook Page
Phone :  9808826116


आज मिति 2070 पुष महिनाको 30 गते तदनुसार  14-01-2014 मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको  Episode-77 औ श्रीङ्खला साथ लिएर लिएर सदाझैं आज पनि  तपाईहरु सामु  प्रस्तोता प्रदिप गिरी कार्यक्रम लिएर उत्पादन सहयोगि रन्सी गिरि  (Ransi Media) को साथमा उपस्थित भएका छौं । कार्यक्रम विशेष कारण बस केही समय देखी ७५ श्रृंखलासम्म आएर बन्द भएको थियो आज देखी श्रृंखला ७६ देखी पुन सुचारु भएको जानकारी सबै सबैमाझ गराउन पाउँदा ज्यादै खुसि लागेको छ ।

रन्सी मेडियाले यु एस ए मा उत्पादन गर्ने यो कार्यक्रम नेपाल  भरि बिभिन्न एफ एम स्टेशनहरु लगायत विश्वभरी युटुब, ब्लगहरु, र  विभिन्न वेबसाइटहरुमार्फत स्रोता समक्ष पुग्दछ जहाँ  नेपाली गजल,प्रेरणदाई कथा, लेख रचनाहरुको प्रस्तुती रहनेछन् । साथ आईफोन र एन्ड्रोइड फोनमामा कार्यक्रम सुन्नको लगि Application "Nepali Fm" मा हाम्रा सम्पूर्ण श्रीङ्खलाहरु सुन्न सक्नु हुनेछ ।  कार्यक्रमका सम्पूर्ण श्रीङ्खलाहरु उपलब्ध गराएर सहयोग गर्नुहुने साथी कार्यक्रम प्रस्तोता प्रदिप गिरि र उत्पान सहयोगी रन्सि  मेडियाका रन्सी गिरिलाई हृदयदेखीनै धेरै धेरै धन्यवाद दिन चाहन्छु  
Listen and Download

Download :Click Here to Download Episode 77

यो श्रृंखलाबा बाचन भएको मेरो गजल
कोही लडाउनेहरु कोही उक्साउनेहरु ।
बारम्बार भेटेको छु मलाइ सताउनेहरु ।

गरिवि के हो तिनीहरुलाई सोधी हेर्नु
यहाँ थुप्रैछन् पानि पिएर अघाउनेहरु ।

आजभोली सम्झन अलि फुर्सद छैन
मलाई माफ गर्नु ए याद पठाउनेहरु ।

एक इट राखेर सुरुवात गरेर देखाऊ
युद्धको नाममा इमारत भत्काउनेहरु ।

एक दिन जनताले ठुलो दण्ड दिनेछन्
साबधान ए जनतालाई झुक्याउनेहरु ।

म सधै शान्तिकै पक्षमा उभिरहनेछु
अझैं बाँकि छन् बुद्ध जन्माउनेहरु ।
13-Dec-2013
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

नयाँ बुलबुल - 16 : (12-01-2014/2070-09-28) अग्रज गजलकार ललिजन रावल सँगको अन्तवार्ता विशेष : Download

NepaliTalim | 11:26:00 AM | 0 comments
RADIO  UJYALO 90Mhz FM PRESENTS 
NEW BULBUL EPISODE - 16
Host : Achyut Ghimire  
Date :
(12-01-2014/2070-09-28)
FB : Facebook Page

आजको आइतवारिय नयाँ बुलबुलमा अग्रज गजलकार ललिजन रावल सँगको अन्तवार्ता विशेष रहनेछ

नमस्कार,

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति 2070 षौष 28 गते तदनुसा 21-01-2014 आइतवारका दिन बुलबुलको आइतवारिया श्रृंखलाको पहिलो श्रृंखला रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला ( NEW Bulbul Episode -16) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला । बुलबुल डाउनलोडका सम्पूर्ण स्रोत  स्रोत उज्यालो ९० नेटवर्कको वेबसाईट www.ujyaaloonline.com  हो 
Listen and Download

Download : Click Here to Download
Lalijan Rawal

शिरीष बेगलका ६ गजलहरू

NepaliTalim | 11:24:00 AM | 0 comments
१. गजल
रुप अनि रंगलाई मात्र कति गाउँछ गजल |                                                                    
मदिराका भट्टी भट्टी ,मात्र कति धाउँछ गजल ||

हिमाल,पहाड ,वन ,खोला देशभक्ति नदेखेर ,
किशोरीका बैंश र शृंगार ,मात्र कति पाउँछ गजल ||

सुस्ता अनि कालापानी ,बुद्दको गाउँ बिर्सिएर ,
महिलाको गुन्योचोली मात्र कति लाउँछ गजल |

वीर ,निडर, नेपालीका गौरवगाथा मिल्काएर ,
प्रिय अनि मदिरामा मात्र कति आउँछ गजल |

रोको धर्ति गरिबको ,चोट टाल्नु परै जाओस,
विसंगति-विकृतिलाई मात्र कति छाउँछ गजल  ||  
----------------शिरीष बेगल--------------

२.गजल
हाङ्गै काटी रोपेपनि सरिदिन्छ गुलाब |
सुशुप्त ती प्रेम प्रकट गरिदिन्छ गुलाब ||

प्रियतमको माया पाउने पर्खाइमा बसेका ती,
प्रियसीको ओठमा मुस्कान छरिदिन्छ गुलाब||

दुखाएर आँफैलाई आफ्नो भेट्नो चुंडदा पनि,
राजी खुशी प्रेमका लागि मारिदिन्छ गुलाब ||

दिनु ठुलो ठान्छ सधै,आँफु निमित्त भएपनि
अरुको लागि प्रेमको रुप धारिदिन्छ गुलाब ||

माया प्रेम दर्शाउन आँफुलाई नटिपेमा
चित्त दुखाई ओइलाएर झरिदिन्छ गुलाब||
----------------शिरीष बेगल--------------

३.गजल
कोइ मेरो भन्नेहरु सहभागी मात्र बने |
मैले आफ्ना भन्नेहरु रंगमंचका पत्र बने ||

सहज यात्रा सिद्धेपछी जब कठिन मोड आयो,
मेरा परम मित्रहरु तेंही यत्रतत्र बने ||

कोइकोइलाई  सजाएर आफ्नो ठान्दै मनमुटुमा ,
सधै राख्न चाहे पनि दुइ दिनको बस्त्र बने ||

उसका समू झर्न खोज्दा सम्हालेका आँसुहरु ,
हिउँदका लामा रात काट्नलाई सर्बत्र बने ||

मैले दिन नसकेका उसले लान नसकेका
उसका याद सधै मेरो मुटु काट्ने अस्त्र बने||
----------------शिरीष बेगल--------------

४.गजल
खुट्टाहरु गलिसक्यो ठुलो मान्छे बन्नु कैले |
आधा बैंश ढलिसक्यो ठुलो मान्छे बन्नु कैले ?

गर्नुपर्ने,भोग्नुपर्ने  अझै धेरै बाँकी नै छ
आशाहरु जलिसक्यो ठुलो मान्छे बन्नु कैले ?

पाउनुपर्ने,धुनुपर्ने धेरै चिज र ठाउँ रैछन
मनमा आगो बलिसक्यो ठुलो मान्छे बन्नु कैले ?

आफ्नै लागि स्वार्थी जीवन जीउनलाई मिलेका ती
अवसरले नी छलिसक्यो ठुलो मान्छे बन्नु कैले ?
----------------शिरीष बेगल--------------

५.गजल
जवानीको डील खारेर गयौ |
दुनियाको ओछ्यान चहारेर ||

मरिमेट्ने त्यो तरुणको प्रेम
ह्य! तिमि माया मरेर गयौ ||

बोलि लाग्दा गरुङ्गो थैली टिपी
ऐरेगैरेलाई घाइते परेर गयौ ||

धनसंग तन साट्ने घिनलाग्दो चाला
आफन्तको माया प्रेम हारेर गयौ ||

जवानीको आवरणले लोभलाग्दो पासो थापी
भन्ने लाज्मारने रोग सारेर गयौ ||

जवानी त क्षणिक थियो,बुझिनु तिम्ले
आफ्नै मुटु ढुंगा माथि बजारेर गयौ ||
----------------शिरीष बेगल--------------

६.गजल
खोलितिर डुल्दै हिंड्दा रमाएको याद आयो |
तिम्र साना कोमल हात समाएको याद आयो ||

दुइ चुल्ठी सिउँदो काटी आँखाभरी गाजल लाउन्थ्यौ
पुतलीको बिहे गरि अन्माएको याद आयो||

नाङ्गो खुट्टा उफ्री हिंड्दा ,बिझेथ्यो काँडा कठैबरी
नरोउ सानी नानी भन्दै मनाएको याद आयो ||

बर्खे झरी पर्दाखेरि बलेंसीमा नुहाउन्थ्यौ
खेल्न कागतको डुंगा बनाएको याद आयो ||

दशैंतिहार आउँदा फुर्की नयाँ  नाना देखाउन्थ्यौ
सयपत्रीको बिउ संगै जमाएको याद आयो ||
 ----------------शिरीष बेगल--------------                                                                  
धन्यबाद||

मेरो रचना (2070-09-28/12-01-2014) : Download

NepaliTalim | 11:07:00 AM | 0 comments
कार्यक्रम : मेरो रचना  
रेडियो अर्पण १०४.५ मेघाहर्ज  
रत्ननगर १ बकुलर चोक , चितवन 
प्राबिधिक : रिजन केसी  र राज पौडेल 
सल्लाह सुझाबको लागी  : ९८१७२३८६२४
आइतबार बिहान १० बजे पछि 


नमस्कार साथीहरू,

आज मिति 2070 पौष 28 गते तदनुसार 12-01-2014 आइतवारका, रेडियो अर्पण १०४.५ मेघाहर्जको साहित्य विशेष  कार्यक्रम मेरो रचनामा कार्यक्रम संचालक दिपेन्द्र लामा हार्दिक स्वागत गर्दछ ।  कार्यक्रम सुनेर सल्लाह सुझाब दिन नभुल्नुहोला ।
Listen and Download 

Download : Click Here to Download

कार्यक्रम 'मेरो रचना' (2070-09-28/12-01-2014) : Download

NepaliTalim | 10:56:00 AM | 0 comments
कार्यक्रम 'मेरो रचना' 
बुधबार बेलुका ९ :१५ बजे देखि १०:०० बजे सम्म
इन्टरनेटमा :- www.damaulifm.org
फेसबुकमा :-Damauli FM @ FB
फेसबुकमा :- Mero Rachana @ FB
कार्यक्रम प्रस्तोता  :- दिवाकर भट्टराई
मिति : (2070-09-28/12-01-2014) 

नमस्कार साथीहरु,

आज मिति 2070 साल पौषमहिनाको 28 गते तदनुसार 12-01-2014 बुधबार बेलुका ९.१५ देखि रेडियो25दमौली एफएमको साहित्य विशेष प्रस्तुति कार्यक्रम मेरो रचना लिएर प्रस्तोता साथी दिवाकर भट्टराई उपस्थित हुनुभएको छ । सुनेर आफ्ना प्रतिक्रृयाहरु फेसबुक, इमेल मा पठाउन सक्नुहुन्छ । 
Listen and Download

Download : Click Here to Download

कार्यक्रम 'मेरो रचना' (2070-09-24/08-01-2014) : Download

NepaliTalim | 10:44:00 AM | 0 comments
दमौली एफएमको प्रस्तुती 
कार्यक्रम 'मेरो रचना' 
बुधबार बेलुका ९ :१५ बजे देखि १०:०० बजे सम्म
इन्टरनेटमा :- www.damaulifm.org
फेसबुकमा :-Damauli FM @ FB
फेसबुकमा :- Mero Rachana @ FB
कार्यक्रम प्रस्तोता  :- दिवाकर भट्टराई
मिति :(2070-09-24/08-01-2014) 

नमस्कार साथीहरु,

आज मिति 2070 साल पौषमहिनाको 24 गते तदनुसार 08-01-2014 बुधबार बेलुका ९.१५ देखि रेडियो25दमौली एफएमको साहित्य विशेष प्रस्तुति कार्यक्रम मेरो रचना लिएर प्रस्तोता साथी दिवाकर भट्टराई उपस्थित हुनुभएको छ । सुनेर आफ्ना प्रतिक्रृयाहरु फेसबुक, इमेल मा पठाउन सक्नुहुन्छ । 
Listen and Download

Download : Click Here to Download

चार लाईन मुक्तक (10-01-2014/2070-09-26) : Download

NepaliTalim | 10:38:00 AM | 0 comments
रेडियो ध्रुबताराको ८९.८ को प्रस्तुती 
कार्यक्रम चार लाइन मुक्तक 
समय : शुक्रबार बेलुका ९.१५
सुनिल महतोको साथमा 
(10-01-2014/2070-09-26)  


नमस्कार साथीहरु,

आज मिति 2070 पौष 16 गते तदनुसार 10-January-2013 शुक्रबारका दिन सदा झैं ९.१५ मा वि.वि.सि सेवा पछी रेडियो ध्रुबतारा ८९.८ मेगाहर्जको मुक्तक विशेष प्रस्तुती चार लाइन मुक्तक कार्यक्र लिएर कार्यक्रम प्रस्तोता सुनिल महतोको साथमा उपस्थित भएको छु । कार्यक्रम उपलब्ध गराएर सहयोग गर्नुहुने प्रस्तोता मित्र सुनि महतोलाई धेरै धेरै धन्यवाद ।
Listen and Download

Download : Click Here to Download


श्रृंखला 86 - वहकिने मन (2070-09-29/13-01-2014) - Download

NepaliTalim | 10:08:00 AM | 0 comments
बहकिने मन BAHAKINE MAN
DATE :(2070-09-29/13-01-2014) 
Time : 9.15pm Every Monday         

Host :  Mahabir Biswakarma         
Phone-977-01-550982 / 5551161 
Facebook : Bahakine Man

FM: CIN Network 


नमस्कार,

आज मिति 2070 पौष 29 तदनुसार 13-01-2014 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन EPISODE 86 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download

Download : Click Here to Download

रेडियो नेपालको गजल गंगा (2070-09-23/07-01-2014) - Download

NepaliTalim | 1:34:00 PM | 0 comments

RADIO NEPAL PRESENTS

कार्यक्रम : गजल गंगा
रेडियो : रेडियो नेपाल
समय : हरेक मंगलबार ९.१५ देखि
 
कार्यक्रम संयोजन : ललिजन रावल
Facebook : Facebook Page 
Web : Radio Nepal 
Date : 
(2070-09-23/07-01-2014) 

नमस्ते साथीहरु,

आज मिति  2070 पौष 23 तदनुसार 07-01-2014 मंगलबार, हरेक मंगलबार राति ९.१५ देखि रेडियो नेपाल बाट प्रसारण हुने नेपाली  साहित्यिक गजलको कार्यक्रम गजल गंगाबाट आज पनि संयोजन ललिजन रावलका साथमा  कार्यक्रम प्रस्तोता राम अविरल उपस्थित हुनुभएको छ ।  आउनुस् हामी पनि सुनौ गजल गंगाको यो श्रीङ्खला ।
Listen and Download

Download :  Click Here to Download

Thank you 

रेडियो नेपालको गजल गंगा (2070-09-16/31-12-2013) साहित्यकार तथा संगीतकार बालन्द राई सँगको अन्तवार्ता विशेष - Download

NepaliTalim | 10:12:00 PM | 0 comments
RADIO NEPAL PRESENTS
कार्यक्रम : गजल गंगा
रेडियो : रेडियो नेपाल
समय : हरेक मंगलबार ९.१५ देखि
 
कार्यक्रम संयोजन : ललिजन रावल
Facebook : Facebook Page 
Web : Radio Nepal 
Date : 
(2070-09-16/31-12-2013)

आज साहित्यकार तथा संगीतकार बालन्द राई सँगको अन्तवार्ता विशेष हुनेछ । 

नमस्ते साथीहरु,

आज मिति  2070 पौष 16 तदनुसार 31-Dec-2013 मंगलबार, हरेक मंगलबार राति ९.१५ देखि रेडियो नेपाल बाट प्रसारण हुने नेपाली  साहित्यिक गजलको कार्यक्रम गजल गंगाबाट आज पनि संयोजन ललिजन रावलका साथमा  कार्यक्रम प्रस्तोता राम अविरल उपस्थित हुनुभएको छ ।  आउनुस् हामी पनि सुनौ गजल गंगाको यो श्रीङ्खला ।
Listen and Download

Download : Click Here to Download
Balanda Rai

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger