जनताको सरकार, आउँछ कहिले सम्म

NepaliTalim | 5:04:00 PM | 0 comments
जनताको सरकार, आउँछ कहिले सम्म !!
नेपालीले शान्ति, पाउँछ कहिले सम्म !!

ए नोताहरु हो, भनिदेउ, आज मलाई
महङ्गिले हामीलाई, सताउँछ कहिले सम्म !!

पक्कै पनि हेर्दैनन्, टुलुटुलु सधै जनता
कुर्सिको आडले, बचाउँछ कहिले सम्म !!

गरिबको छोरो सधैं, श्रमिक मात्र हुनुपर्ने
संम्भ्रान्तलेनै देश, चलाउँछ कहिले सम्म !!

बन्द आँखा राजनीतिको, नखुल्नेनै भयो
सोचिराछु यहाँ अन्धकार, छाउँछ सम्म !!
१२ डिसेम्बर २०१२
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

श्रृंखला 82 - वहकिने मन (2070-09-01/16-12-2013) - Download

NepaliTalim | 3:59:00 PM | 0 comments
बहकिने मन BAHAKINE MAN
DATE :(2070-09-01/16-12-2013)
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone-977-01-550982 / 5551161 
Facebook : Bahakine Man

FM: CIN Network 


नमस्कार,

आज मिति 2070 पौष 01 तदनुसार 16-Dec-2013 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन EPISODE 82 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download

Download : Click Here to Download

यो श्रृंखलामा उत्कृष्ट चारमा पर्न सफल मेरो एक मुक्तक 
मुनाको मदन कहिल्यै फर्केन ।।
मान्छेको बचपन कहिल्यै फर्केन ।।
उ निष्ठुरी रहेछ बल्ल था भो
ढुङ्गाको मन कहिल्यै फर्केन ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।।
http://chisapaninepal.blogspot.com/

नयाँ बुलबुल -12 : (15-12-2013/2070-08-30) अग्रज गजलकार ज्ञानुवाकर पौडेल सँगको अन्तवार्ता बिशेष : Download

NepaliTalim | 4:13:00 PM | 0 comments
RADIO  UJYALO 90Mhz FM PRESENTS 
NEW BULBUL EPISODE - 12
Host : Achyut Ghimire  
Date : (15-12-2013/2070-08-30)
FB : Facebook Page

नयाँ बुलबुलमा अग्रज गजलकार ज्ञानुवाकर पौडेल सँगको अन्तवार्ता बिशेष रहनेछ ।  

नमस्कार,

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति 2070 मंसिर 30 गते तदनुसा 15-Dec-2013 आइतवारका दिन बुलबुलको आइतवारिया श्रृंखलाको पहिलो श्रृंखला रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला ( NEW Bulbul Episode -12) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला । बुलबुल डाउनलोडका सम्पूर्ण स्रोत  स्रोत उज्यालो ९० नेटवर्कको वेबसाईट www.ujyaaloonline.com  हो 
Listen and Download

Download :Click Here to Download
Gyanu Walkar Paudel





मेरो रचना (2070-08-30/15-12-2013) : Download

NepaliTalim | 5:25:00 PM | 0 comments
कार्यक्रम : मेरो रचना  
रेडियो अर्पण १०४.५ मेघाहर्ज 
रत्ननगर १ बकुलर चोक , चितवन 
प्रस्तोता : दिपेन्द्र लामा 
प्राबिधिक : रिजन केसी  र राज पौडेल 
सल्लाह सुझाबको लागी  : ९८१७२३८६२४
आइतबार बिहान १० बजे पछि 


नमस्कार साथीहरू,

आज मिति 2070 मंसिर 30 गते तदनुसार 15-Dec- 2013 आइतवारका, रेडियो अर्पण १०४.५ मेघाहर्जको साहित्य विशेष  कार्यक्रम मेरो रचनामा कार्यक्रम संचालक दिपेन्द्र लामा हार्दिक स्वागत गर्दछ । कार्यक्रम सुनेर सल्लाह सुझाब दिन नभुल्नुहोला ।
Listen and Download 

Download :Click Here to Download


चार लाईन मुक्तक (13-12-2013/2070-08-28) : Download

NepaliTalim | 12:11:00 PM | 0 comments
रेडियो ध्रुबताराको ८९.८ को प्रस्तुती 
कार्यक्रम चार लाइन मुक्तक
समय : शुक्रबार बेलुका ९.१५
सुनिल महतोको साथमा 
 (13-12-2013/2070-08-28)

नमस्कार साथीहरु,

आज मिति 2070 मंसिर 28 गते तदनुसार 13-Dec-2013 शुक्रबारका दिन सदा झैं ९.१५ मा वि.वि.सि सेवा पछी रेडियो ध्रुबतारा ८९.८ मेगाहर्जको मुक्तक विशेष प्रस्तुती चार लाइन मुक्तक कार्यक्र लिएर कार्यक्रम प्रस्तोता सुनिल महतोको साथमा उपस्थित भएको छु । कार्यक्रम उपलब्ध गराएर सहयोग गर्नुहुने प्रस्तोता मित्र सुनि महतोलाई धेरै धेरै धन्यवाद ।
Listen and Download

Download :Click Here to Download

गजल बिम्ब (2070-08-27/12-12-2013) गजलकार खकेन्द्र साउद समर्पण सँगको अन्तवार्ता बिशेष : Download

NepaliTalim | 11:57:00 AM | 0 comments
नवज्योती एफएमको प्रस्तुती

कार्यक्रम : गजल बिम्ब
समय : बिहिवार ९.१५ राती
संचालक : रोहित साही अनुरागी
मिति : (2070-08-27/12-12-2013)


आज गजल विम्बमा अछामका गजलकार खकेन्द्र साउद समर्पण सँगको अन्तवार्ता बिशेष हुनेछ ।

नमस्कार साथीहरु,

आज मिति 2070 मंसिर 27 गते तदनुसार 12-Dec-2013 बिहिबार, नवज्योति एफ एम ८८.२ मेगाहर्ज त्यसैगरि लम्की कैलाली स्थीत मालिका एफ एम ९९ मेगाहर्ज रेडियो तरँग बाट पनि कार्यक्रम गजल बिम्ब लिएर प्रस्तोता रोहित साहि अनुरागी उपस्थित हुनुभएको छ । हरेक बिहिबार बेलुका ९.१५ बजे गजल विशेष कार्यक्रम गजल बिम्ब प्रसारण हुने गर्दछ ।  कार्यक्रम पठाएर सहयोग गरिदिनुहुने कार्यक्रम संचालक रोहित शाही "अनुरागी" ज्यूलार्इ धेरै धेरै धन्यवाद । 
Listen and Download

Download :Click Here
खकेन्द्र साउद समर्पण
-->


रेडियो नेपालको गजल गंगा (2070-08-18/03-12-2013) - Download

NepaliTalim | 11:41:00 AM | 0 comments
RADIO NEPAL PRESENTS
कार्यक्रम : गजल गंगा
रेडियो : रेडियो नेपाल
समय : हरेक मंगलबार ९.१५ देखि
 
कार्यक्रम संयोजन : ललिजन रावल
Facebook : Facebook Page 
Web : Radio Nepal 
Date : 
 (2070-08-18/03-12-2013) 

नमस्ते साथीहरु,

आज मिति  2070 मंसिर 18 तदनुसार 03-Dec-2013 मंगलबार, हरेक मंगलबार राति ९.१५ देखि रेडियो नेपाल बाट प्रसारण हुने नेपाली  साहित्यिक गजलको कार्यक्रम गजल गंगाबाट आज पनि संयोजन ललिजन रावलका साथमा  कार्यक्रम प्रस्तोता राम अविरल उपस्थित हुनुभएको छ ।  आउनुस् हामी पनि सुनौ गजल गंगाको यो श्रीङ्खला ।
Listen and Download

Download :Click Here to Download

Thank you 

स्मृतिका पाना (2070-08-24/09-12-2013) : Download

NepaliTalim | 3:39:00 PM | 0 comments
रेडियो रामेछाप ९५.८ मेगाहर्जको प्रस्तुति 
साहित्यिक : कार्यक्रम स्मृतिका पाना
हरेक सोमबार बेलुकि ९.१५ देखी
प्रस्तोता : Psquare Prajwal Paudel
फेसबुक : Facebook Page
(2070-08-24/09-12-2013)

नमस्कार साथीह,
आज मिति 2070 मंसिर महिलनाको 24 गते तदनुसार 09-Dec-2013 सोमबारका दिन सदाझैं यो बेलुकाको ९ बजेको बि.बि.सि सेवा पछि रेडियो रामेछाप ९५.८ मेगाहर्जको गजल सहित्य विशेष कार्यक्रम स्मृतिका पाना लिएर आज पनि कार्यक्रम प्रस्तोता प्रज्वल पौडेल र प्राविधिक मित्र विभिन्न सांगीतिक मनोरञ्न सहित उपस्थित हुनुभएको छ ।  कार्यक्रममा तपाईहरु पनि सहभागी जनाउनको लागि र सल्लाह सुझाबको लागि यो इमेलमा मेल गर्न सक्नुहुनेछ । यो कार्यक्रम पठाएर सहयोग गर्नुहुने साथी कार्यक्रम प्रस्तोता प्रज्वल पौडेललाई धेरै धेरै धन्यवाद । 
Listen and Download

Download : Click Here to Download

गजल -खेत र बारीमा किसान जिन्दगी भर

NepaliTalim | 4:43:00 PM | 0 comments
खेत र बारीमा किसान जिन्दगी भर । 
फलाउँछन् मकै र धान जिन्दगी भर । 

बा र आमा भन्थे, यस्तो काम गरिदेखा 
जस्ले मेटिन्न पहिचान जिन्दगी भर । 

त्यो बस्तिमा सरकार कहिल्यै पुगेन
न थिए त्यहाँ भगवान जिन्दगी भर । 

मलाई मेरा गुरुहरुले सिकाएका हुन्
कायम राख्नु है इमान जिन्दगी भर ।

छोरा छोरी हुर्काए, पढेर बिदेशिए
सुनसान घर दलान, जिन्दगी भर ।

रामले त्यस्तो अनुसन्धान गरिरहेछ
जस्ले दिलाउँछ मुस्कान जिन्दगी भर ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
http://chisapaninepal.blogspot.com/

गजल बिम्ब (2070-08-20/05-12-2013) : Download

NepaliTalim | 10:47:00 AM | 0 comments
नवज्योती एफएमको प्रस्तुती
कार्यक्रम : गजल बिम्ब
समय : बिहिवार ९.१५ राती
संचालक : रोहित साही अनुरागी
मिति : (2070-08-13/28-11-2013)


अर्धबार्षिक प्रकाशन हुने पुष्परश साहित्यिक पत्रिका विशेष


नमस्कार साथीहरु,

आज मिति 2070 मंसिर 20 गते तदनुसार 05-Dec-2013 बिहिबार, नवज्योति एफ एम ८८.२ मेगाहर्ज त्यसैगरि लम्की कैलाली स्थीत मालिका एफ एम ९९ मेगाहर्ज रेडियो तरँग बाट पनि कार्यक्रम गजल बिम्ब लिएर प्रस्तोता रोहित साहि अनुरागी उपस्थित हुनुभएको छ । हरेक बिहिबार बेलुका ९.१५ बजे गजल विशेष कार्यक्रम गजल बिम्ब प्रसारण हुने गर्दछ ।  कार्यक्रम पठाएर सहयोग गरिदिनुहुने कार्यक्रम संचालक रोहित शाही "अनुरागी" ज्यूलार्इ धेरै धेरै धन्यवाद । 
Listen and Download

Download :Click Here to Download

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger