Episode 9 : Muktak Man (2070-02-24) - Download

NepaliTalim | 10:09:00 PM | 0 comments
रेडियो मेरो आत्माको प्रस्तुती
साथमा रेडियो नबिन संसार
कार्यक्रम मुक्तक मन

प्रस्तोता : आशिष दनाइ 
मिति 2070-02-24
Email :muktakman@gmail.com
FB : Muktak Man
  
कार्यक्रम मुक्तक मन कार्यक्रम रेडियो मेरो आत्माको उत्पादनमा रेडियो मेरोआत्मा र रेडियो नबिनसंसार मार्फत एकसाथ प्रसारण हुनेछ त्यसैले मुक्तक आफ्नै आवाजमा रेकर्ड गरेरmuktakman@gmail.com मा पठाउनुहोला । स्काईप आईडी aatma.lama वा मोवाईल न 9779849611559 मा सम्पर्क गरेर पनी मुक्तक रेकर्ड गर्न सक्नुहुन्छ । बिस्तृत जानकारिको लागी फेसबुक पेज लाईक गर्नुहोला । कार्यक्रम उपलब्ध गराउने मित्रहरु आशिष दनाइ र इन्द्रमान आत्मा प्रति हार्दिक आभार ब्यक्त गर्दछु ।
Listen and Download

Episode 8 : Muktak Man (2070-01-28) - Download

NepaliTalim | 10:08:00 PM | 0 comments
रेडियो मेरो आत्माको प्रस्तुती
साथमा रेडियो नबिन संसार
कार्यक्रम मुक्तक मन

प्रस्तोता : आशिष दनाइ 
मिति (2070-01-28)
Email :muktakman@gmail.com
FB : Muktak Man 

कार्यक्रम मुक्तक मन कार्यक्रम रेडियो मेरो आत्माको उत्पादनमा रेडियो मेरोआत्मा र रेडियो नबिनसंसार मार्फत एकसाथ प्रसारण हुनेछ त्यसैले मुक्तक आफ्नै आवाजमा रेकर्ड गरेरmuktakman@gmail.com मा पठाउनुहोला । स्काईप आईडी aatma.lama वा मोवाईल न 9779849611559 मा सम्पर्क गरेर पनी मुक्तक रेकर्ड गर्न सक्नुहुन्छ । बिस्तृत जानकारिको लागी फेसबुक पेज लाईक गर्नुहोला । कार्यक्रम उपलब्ध गराउने मित्रहरु आशिष दनाइ र इन्द्रमान आत्मा प्रति हार्दिक आभार ब्यक्त गर्दछु ।
Listen and Download
                                      Download : Click Here to Download Episode 8



Thank you

Episode 7 : Muktak Man (2070-01-20) - Download

NepaliTalim | 10:07:00 PM | 0 comments
रेडियो मेरो आत्माको प्रस्तुती
साथमा रेडियो नबिन संसार
कार्यक्रम मुक्तक मन
प्रस्तोता : आशिष दनाइ
 

मिति 2070-01-20
Email :muktakman@gmail.com
FB : Muktak Man 
 
कार्यक्रम मुक्तक मन कार्यक्रम रेडियो मेरो आत्माको उत्पादनमा रेडियो मेरोआत्मा र रेडियो नबिनसंसार मार्फत एकसाथ प्रसारण हुनेछ त्यसैले मुक्तक आफ्नै आवाजमा रेकर्ड गरेर muktakman@gmail.comमा पठाउनुहोला । स्काईप आईडी aatma.lama वा मोवाईल न 9779849611559 मा सम्पर्क गरेर पनी मुक्तक रेकर्ड गर्न सक्नुहुन्छ । बिस्तृत जानकारिको लागी फेसबुक पेज लाईक गर्नुहोला । कार्यक्रम उपलब्ध गराउने मित्रहरु आशिष दनाइ रइन्द्रमान आत्मा प्रति हार्दिक आभार ब्यक्त गर्दछु ।
Listen and Download

Download : Click Here to Download



गजलका थुँगाहरु - ८ : (17-06-2013/2070-03-03) - Download

NepaliTalim | 10:03:00 PM | 0 comments
दर्जनौ ब्लगहरुमार्फत एकैपल्ट
GAZALKA THUNGAHARU
अर्जुन पौडेलको परिकल्पनामा
गजलका थुँगाहरु श्रृंखला - 8
कार्यक्रम प्रस्तोता दोय :
रामकृष्ण अनायास र फुच्ची जमुना
मिति : 
(17-06-2013/2070-03-03)

नमस्कार साथीहरु,
आज मिति 2070-03-03 गते शुक्रबार 17-06-2013 हामी गजलमनहरुको यौटा भिन्दै कार्यक्रम  विशेष लिएर उपस्थित भएका छौं । गजलकार अर्जुन पौडेलको परिकल्पना र उत्पादनमा एकै पल्ट विभिन्न दर्जनैा ब्लगहरु तथा वेबसाइटहरु मार्फत एकै पल्ट प्रसारण हुने नेपाली साहित्य जगतमा एउटा अनुपम प्रयास, तपाई हाम्रा मिलन विछोडका कुरा, कतै मन दुखेका कुरा त कतै माया र प्रेम साटेका कुरा , गजल मार्फत अभिव्यत गर्ने साझा चौतारी कार्यक्रम गजलका थुँगाहरु लिएर कार्यक्रम प्रस्तोता हुनुभैक्नुभएको छ ।आजको भागमा नारी स्रष्टा विशेष छ, नारी स्रष्टाका मात्र गजल वाचन भएको 

कार्यक्रममा अनायासका पानाहरु फेसबुक पेज र गजलका थुँगाहरुमा पोष्ट भएका गजलहरु तथा तपाइहरुलेनै मेलमा पठाउनुभएको गजलहरु लिएर आएका छौं । आजको श्रृङ्खला कस्तो लाग्यो हामीलाई सल्लाह सुझाव र प्रतिकृया दिन नभुल्नुहोला । आउनुस् हामी पनि सुनौ गजलका थुँगाहरु 
Listen & Download
                                Download : Click Here to Download Episode 8

Thank you

गजलका थुँगाहरु श्रृंखला– ७ (हास्यव्याङ्य विशेष) - Download

NepaliTalim | 10:02:00 PM | 0 comments
दर्जनौ ब्लगहरुमार्फत एकैपल्ट
GAZALKA THUNGAHARU
अर्जुन पौडेलको परिकल्पनामा
गजलका थुँगाहरु श्रृंखला - 7
कार्यक्रम प्रस्तोता दोय :
रामकृष्ण अनायास र फुच्ची जमुना
मिति : (2070-01-20/03-05-2013)

नमस्कार साथीहरु,


गजलका थुँगाहरु श्रृंखला– ७ (हास्यव्याङ्य विशेष, हास्यकालाकार सुरज भिरखैरेको साथमा )  नमस्कार
साथीहरु, आज मिति2010-01-20 गते शुक्रबार 03-05-2013 हामी गजलमनहरुको यौटा भिन्दै  कार्यक्रम  विशेष लिएर उपस्थित भएका छौं । गजलकार अर्जुन पौडेलको परिकल्पना र उत्पादनमा एकै पल्ट विभिन्न 25 ब्लगहरु तथा वेबसाइटहरु मार्फत एकै पल्ट  प्रसारण हुने नेपाली साहित्य जगतमा एउटा अनुपम प्रयास, तपाई हाम्रा मिलन  विछोडका कुरा, कतै मन दुखेका कुरा त कतै माया र प्रेम साटेका कुरा , गजल  मार्फत अभिव्यत गर्ने साझा चौतारी कार्यक्रम गजलका थुँगाहरु लिएर कार्यक्रमप्रस्तोता उपस्थित 
हास्यकालाकार सुरज भिरखैरेको हुनुभैक्नुभएको छ ।

कार्यक्रममा अनायासका पानाहरु फेसबुक पेज र गजलका थुँगाहरुमा पोष्ट भएका गजलहरु तथा तपाइहरुलेनै मेलमा पठाउनुभएको गजलहरु लिएर आएका छौं । आजको श्रृङ्खला कस्तो लाग्यो हामीलाई सल्लाह सुझाव र प्रतिकृया दिन नभुल्नुहोला । आउनुस् हामी पनि सुनौ गजलका थुँगाहरु ।
Listen & Download
                         
Download : Click Here to Download Episode 7


Source : Arjun Paudel 

हृदय-स्पन्दन (2070-02-30/14-06-2013) : Download

NepaliTalim | 9:45:00 PM | 0 comments

कार्यक्रम : हृदय स्पन्दन  
प्रस्तोता :अनु अर्पन   
रेडियो: सामुदायिक  रेडियो सर्लाही १०५.६ मेगाहर्ज 
अनलाइन :http://www.radiosarlahi.org/
समय : प्रत्येक बिहिबार राति ९।१५ बजे
मिती : (2070-02-30/14-06-2013) 



प्रत्येक बिहिबार सामुदायिक रेडियो सर्लाहीबाट बि बि सि नेपाली सेवा पछि  ९.१५ बजे सदा झै आज् पनि कार्यक्रम प्रस्तोता अनु अर्पन उपस्थित भै सक्नु भएको छ आउनुस हामि पनि सुनौ। कार्यक्रम उपलब्ध गराई  दिनुहुने रेडियो सर्लाहीका प्राबिधिक मित्र श्रवन थापालाइ धन्यबाद।
Listen and Download
                            Download : Click Here to Download

Thank you

हृदय-स्पन्दन-(2070-02-02/16-05-2013) Download

NepaliTalim | 9:44:00 PM | 0 comments
कार्यक्रम : हृदय स्पन्दन
प्रस्तोता :अनु अर्पन 
रेडियो: सामुदायिक  रेडियो सर्लाही १०५.६ मेगाहर्ज
अनलाइन : http://www.radiosarlahi.org/
समय : प्रत्येक बिहिबार राति ९।१५ बजे
मिती : (2070-02-02/16-05-2013)



प्रत्येक बिहिबार सामुदायिक रेडियो  सर्लाहीबाट बि बि सि नेपाली सेवा पछि  ९.१५ बजे सदा झै आज् पनि कार्यक्रम  प्रस्तोता अनु अर्पन उपस्थित भै सक्नु भएको छ आउनुस हामि पनि सुनौ।  कार्यक्रम उपलब्ध गराई  दिनुहुने रेडियो सर्लाहीका प्राबिधिक मित्र श्रवन  थापालाइ धन्यबाद।
Listen and Download
                               
Download : Click Here to Download

Thank you

हृदय-स्पन्दन-(2069-02-09/23-05-2013) Download

NepaliTalim | 9:43:00 PM | 0 comments
कार्यक्रम : हृदय स्पन्दन
प्रस्तोता :अनु अर्पन 
रेडियो: सामुदायिक  रेडियो सर्लाही १०५.६ मेगाहर्ज
अनलाइन : http://www.radiosarlahi.org/
समय : प्रत्येक बिहिबार राति ९।१५ बजे
मिती : (2069-02-09/23-05-2013)



प्रत्येक बिहिबार सामुदायिक रेडियो सर्लाहीबाट बि बि सि नेपाली सेवा पछि  ९.१५ बजे सदा झै आज् पनि कार्यक्रम प्रस्तोता अनु अर्पन उपस्थित भै सक्नु भएको छ आउनुस हामि पनि सुनौ। कार्यक्रम उपलब्ध गराई दिनुहुने रेडियो सर्लाहीका प्राबिधिक मित्र श्रवन थापालाइ धन्यबाद।
Listen and Download
                                 

My Gazal in this episode:
जिन्दगी मेरो, निराधार जस्तै ।।
मृत्युले गर्दैछ, बहिस्कार जस्तै ।।

नाटक रहेछ, दुइचार दिनको
कहाँ छ र प्यार, प्यार जस्तै ।।

छूरा भन्दा बढी, हुन्छ धारिलो
फूलको प्रहार, तरवार जस्तै ।।

बितेपछी समय, सम्झेर आयौ
जसरी आउँछ, सरकार जस्तै ।।

मान्छेको आचरण, मैले बुझिँन
सबै नै लाग्छन्, गद्धार जस्तै ।।

तिमी नहुँदा, मेरो संसारमा
जितहरु लाग्दैछ, हार जस्तै ।।

सबैलाई सम्झिँए, आपदको बेला
कोहिपनि लागेनन, यार जस्तै ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

दिनेशराज पुरीका १० गजलहरू (28-06-2013)

NepaliTalim | 9:41:00 PM | 0 comments
1.गजल 
जून तारा झै खुली, म कसरी हाँस्न सक्छु?
आँखामा छ त्रिशुली,म कसरी हाँस्न सक्छु?

यो प्रेमको वगैचामा हाँगाबिना पातबिना
त्यो गुलाब झै फुली, म कसरी हाँस्न सक्छु?

मेरो प्राण भन्ने मान्छेनै अब ढुंगा भैसक्यो
जो फेर्दैन काचुली, म कसरी हाँस्न सक्छु?

हिजो पलपल् मुटुभरि, जुन याद बोकी हिडेँ
आज त्यै याद भुली,म कसरी हाँस्न सक्छु?

मनमा डडेलो लगाई ऊ बसाइँ सरेको छ
तै भन् न बाटुली, म कसरी हाँस्न सक्छु?
-दिनेशराज पुरी
सुनारपानी-९ रामेछाप(2069-10-21)

२.गजल
दुई- दुईटा भीरबाट लडियो "बर्तमान् परिप्रेक्षमा"
कुरो सहमतीमै अल्झियो "बर्तमान् परिप्रेक्षमा"

जब म प्रधानमन्त्री भएथेँ इन्डिया चहारेर फर्किदा
लक्षण सरुवा रोगकै देखियो, "बर्तमान् परिप्रेक्षमा"

मस्ती आज छ भोलि "छएन" भनेर आउदा -जाँदा
भट्टीवाल्नीसँग प्यार गाँसियो "बर्तमान् परिप्रेक्षमा"

त्यत्ति हिमचिम त बढाएझै लाग्दैन खै कसरी यो?
ऊ गर्वीणी छे भन्ने सुनियो, "बर्तमान् परिप्रेक्षमा"

त मैले भनेकै छु, मलाई हत्यारा साबित गरियोस्
संविधान सभा नै मारियो, "बर्तमान् परिप्रेक्षमा"
-दिनेशराज पुरी

सुनारपानी-९ रामेछाप

३.गजल
ऊ याद बनी आउँछ र प्यार माग्छ
अनि घरिघरि सताउँछ र प्यार माग्छ

हे दैव! मै रित्तो छु म के दिउँ उस्लाई
टुहुरा आसु बगाउँछ र प्यार माग्छ

"तिमी विना म बाँच्न सकिन सानू"
झिनो समर्पण देखाउँछ र प्यार माग्छ

"यो भूल दोहोरिए मारिदेऊ स्वीकार्छू"
ऊ दुवै कान समाउँछ र प्यार माग्छ

म के गरुँ अब ? मेरो पाउमा परेर
भीखको झोली फिजाउँछ र प्यार माग्छ
दिनेशराज पुरी 
सुनारपानी ९, रामेछाप
(2069-09-19)

४.गजल
छोराले खै के दिन्छन् बाले धड्कन दिइरहेछन्
आमाहरुले प्रत्येक सासको कम्पन दिइरहेछन्

खै यो पागलपन या प्रेम? प्रेमी प्रेमिकाहरु
जस्ले मुटु चुड्छ उसैलाई मन दिइरहेछन्

र त शब्दमा बाँच भनेको, ऊ खरानी भैसक्यो
उस्का अक्षरहरुले उस्लाई जीवन दिइरहेछन्

यी ईश्वर जी पनि उदेकका छन् बा!-टुहुराको
घर लुटिरहेछन् सट्टामा आँगन दिइरहेछन्
-दिनेशराज पुरी
सुनारपानी-९, रामेछाप

५.गजल
तिम्रो नासोको रुपमा जन्मदै "माया"शव्दको
"टुहुरा" जन्मेका कथाहरुको पाण्डुलिपि के गरुँ? 

तिम्लाई नायक बनाई तिम्रो अभावमा भिजेर
आँसुले लेखेका कथाहरुको पाण्डुलिपि के गरुँ?

ठीक छ त्यो बस्ती नछिरुँला म नबोलूँला तर
मुटुले बोलेका कथाहरुको पाण्डुलिपि के गरूँ?

"भुल्"भन्नुभन्दा अगाडि मलाई जबाफ चाहिन्छ 
यादमा मरेका कथाहरुको पाण्डुलिपि के गरुँ?
-सुनारपानी-९ रामेछाप
(2069-12-14)

६.गजल
हत्याराको कारखानामा आगो लगाइयोस्
अब यस्तो निशानामा आगो लगाइयोस्

जहाँ अपराधीलाई ढोकासम्म पुर्याइदैन
त्यस्ता प्रत्येक थानामा आगो लगाइयोस्

जस्ले झुप्राको मझेरी खनेको छ यहाँ
उस्को पनि छानामा आगो लगाइयोस्

सरकारले"भोका" र "टुहुरा"चिन्दैन भने
तिन्का नाम-ठेगानामा आगो लगाइयोस्

कि भने बलात्कारीलाई ठेगान लगाइयोस्
कि विधानको पानामा आगो लगाइयोस
-दिनेशराज पुरीसुनारपानी-९ रामेछाप(2069-12-06) 

७.गजल
देउता झै मान्छे पुजेर म जागिर खान्न आमा
दुनियाँको खुट्टा ढोगेर म जागिर खान्न आमा

नङग्रा खियाउँछु,हुर्किसकेँ माफ गर फेरि पनि
तिम्लाई बन्दकी राखेर म जागिर खान्न आमा

कति दुख गरेर तिमीलाई बुवाले जोडिदिएको
त्यो नाकको फूली बेचेर म जागिर खान्न आमा

सके पौरखले खान्छु नसके नखाई नखाई मर्छु
तर नेताको"गाउँले"बनेर म जागिर खान्न आमा

 -सुनारपानी-९ रामेछाप
(2069-12-07) 

८.गजल
छोडिदे नभन्नुस् आमा,मेरो पनि हक लाग्छ
मैले जोतेको जग्गामा,मेरो पनि हक लाग्छ

आज नपाए पनि कुनैदिन मेरी हुनुको नाताले
उस्का प्रत्येक पाइलामा मेरो पनि हक लाग्छ

जस्लाई आफ्नो बनाउन आफैलाई भुलेको छु
त्यो मनको नाका-नाकामा,मेरो पनि हक लाग्छ

जुन आँखाले मलाई पलपल एकहोर्याएको छ
किन लाग्दैन?त्यो आँखामा मेरो पनि हक लाग्छ

कि मेरो गहिरो समर्पणउपर इजलास हुनुपर्यो
नत्रभने मुटुको कुनामा, मेरो पनि हक लाग्छ
(2069-11-12

९.गजल
तिम्रो हातमा बोतल?कुन पक्षको?
यत्ति ठूलो हलचल, कुन पक्षको?

दर्केको सावनझै,देशको छातीभरि
आँशुको/रगतको भल,कुन पक्षको?

एकरात निदाएको छैन आनन्दले
आजपनि खलबल,कुन पक्षको?

म के उत्तर दिउँ के?ऊ सोधिरहेछ
तँ उभिएको धरातल कुन पक्षको?

सरकार तँ जवाफ दे एउटै शब्दमा 
देश कुन पक्षको दल कुन पक्षको?

-दिनेशराज पुरी
सुनारपानी,९ रामेछाप
(2069-11-06)

१०.गजल
मनको रोजाइको यौटा मन भेटियो
त्यो मनको परिचय सज्जन भेटियो

जब अंगालो छोइयो हल्का हल्का
लाग्यो आज सिड्गो गगन भेटियो 

जुनले आँखा चिम्लियो एक्कासी
शरिरमा नजानिदो कम्पन भेटियो

यही नाराको बजार हजार भएछ
दिनेशको गालामा चुम्बन भेटियो 

दिनेशराज पुरी 
सुनारपानी ९, रामेछाप

उहाँको गजल संग्रह धोखाको आगो

बिक्रम चिमरियाका ६ गजलहरू (28-06-2013)

NepaliTalim | 10:30:00 AM | 0 comments
1.गजल
हेर यो जिन्दगि कति बिकराल छ।
खबर के बताउनु र बेहाल छ।

हे प्रिय आवज नदेउ मेरा लागि।
यहाँ बाध्यताको बिशाल पर्खाल छ।

प्रेम देख्दछौ मेरा नजरमा तिमी।
तर यी आँखामा त आँशुको ताल छ।

बाघ छोड बाछैले खेदो गर्छ मेरो।
ओरालो लाग्या हरिणको झैँ चाल छ।

म पानी बिनको माछो झैँ तड्पीदैछु।
यहीँ नजिकै बकुल्लाको बगाल छ।

फूल र भमरा बिछोडमै मर्लान।
बगैँचामा काँडाकै ठुलो सँजाल छ।

मलाई लेख्यौ भने पत्र त्यहीँ सोध्नु।
तिम्रो ह्रूदयभरि जति सवाल छ।
-बिक्रम चिमरिया (बिर्तामोड नयाँ बस- पार्क, झापा)

2. 'गजल'
सरकारले गाउँमा धारा लगायो!
सडक खन्न गाउँले सारा लगायो!...(1)

सबैलाई घर बनाइदिन्छु भन्यो,
रुखहरुका फेदमा आरा लगायो!...(2)

गाउँलेहरुका सिधा सादा मनमा,
सपनाका चम्किने सितारा लगायो!...(3)

अचम्मकै ल्यायो प्रशासनले निति,
अपराधी पक्डन हत्यारा लगायो!....(4)

बाढी आयो खुशीहरु बगाइ लाग्यो,
यी दु:ख जती यही किनारा लगायो!...(5)
-बिक्रम चिमरिया (बिर्तामोड नयाँ बस- पार्क, झापा)

3.गजल'
जिन्दगीका पुर्जाहरुमा खिया लागेपछि!
टुक्रियो दिल खुशीमा हँसिया लागेपछि!

परदेशको माहोलले तानी लग्दो रै' छ,
आफ्नो देशकोचलन घटिया लागेपछि!

न त्यो खेल खेल्नुमा न हेर्नुमा मजा हुन्छ!
कमजोरका बिरुद्ध बलिया लागेपछि!

बोल्ने नबोल्ने बोलिएछा के-के गरिएछा,
पिउँदा पिउँदै भट्टिको चिया लागेपछि!

जनतालाई खान लाउन कसरी पुग्छ ?
यही गरीब देश नै अधियाँ लागेपछि!
-बिक्रम चिमरिया (बिर्तामोड नयाँ बस- पार्क,झापा)

4.गजल'
त्यो लडाकुले तरवार र ढाल बोकेको छ!
चिहानघारी खोतलेर कङ्काल बोकेको छ!

उमथि शत्रुले ति बम बारुद बर्षाउँदा,
उसले काँधमा झरेको पर्खाल बोकेको छ!

धर्ती काप्छ पलभरमै शत्रु बगी जान्छन्,
लाग्छ उसले ज्वारभाटाको छाल बोकेको छ!

माझी दाइले माछा मारे जसरी नै उसले,
दुस्मन्लाई फन्दामा पार्न जाल बोकेको छ!

उसले आमाको सारीको टुक्रा घाउमा बाँध्यो
प्रेयसीले चिनो दिएको रुमाल बोकेको छ!

-बिक्रम चिमरिया (बिर्तामोड नयाँ बस- पार्क, झापा)

5. 'गजल'

रातको तारा के जानोस्, बिहानी कसरी हुन्छ!
आगो नै जान्दछ सबै, खरानी कसरी हुन्छ!

त्यो प्रेम बियोग भोगेकी युवतीलाई सोध्नुस्,
प्रेमीको चिहान उसको सिरानी कसरी हुन्छ!

नियाल्दा ति परिवर्तित्,नजर आफै बोल्छन्!
असल भन्ठानेको मान्छे, बैमानी कसरी हुन्छ!

श्रम् र कर दिनलाई, कन्जुस्याइँ नगर त,
अनी हेर लोभी सरकार्, दानी कसरी हुन्छ!

खोलामा ढल मिसाएर, उपाय सोध्ने गर्छन्,
चौबिसै घण्टा धाराहरुमा, पानी कसरी हुन्छ?
बिक्रम चिमरिया (बिर्तामोड नयाँ बस- पार्क,झापा)

6. 'गजल'
जन्मदै सब्थोक जानेको हुँदैन कसैले!
त्यो शिशुलाई मूर्ख मानेको हुँदैन कसैले!

अबोध बालक यहाँ बनेपछि रत्नाकर्,
बाल्मिकी बन्छ भन्ने ठानेको हुँदैन कसैले!

नहुनेलाई छ दु:ख हुनेलाई झन दु:ख,
यो जीबन सजिलै धानेको हुँदैन कसैले!

बिश्वासघातको गहिरो चोट नपरी ब्यर्थै,
आफ्नो पेट्मा छुरा हानेको हुँदैन कसैले!

सुखभोग्को महत्वकाङ्क्षा
 छ सबै मान्छेमा,
रहरले संघर्श छानेको हुँदैन कसैले!
 -बिक्रम चिमरिया (बिर्तामोड नयाँ बस- पार्क, झापा)

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger