आज मिति 2069 असोज 06 गते (22 SEP-2012) सनिबार रेडियो एकता ९२.४ मेगाहर्ज, सर्लाही लालबन्दीमा ९.१५ बजेको बि. बि. सि. नेपालि सेवा पछि ''श्रृजनाका सुशेलीहरु'' सुन्न सकिन्छ। प्रस्तोता सुरेश बिडारीका साथ रेडियो एकता बाट प्रत्येक सनिबार बेलुका प्रसारण हुनेगर्छ । आजको कार्यक्रममा मुक्तकको बारेमा चर्चा र कृष्ण शाह यात्रीको तिनवोटा लघुकथा पनि बाचन हुनेछन् ।
यो अङ्क प्राबिधिक साथी रविन कार्कीले मलाई उपलब्ध गराईदिनुभएकोमा उहाँलाई धेरै धेरै धन्यवाद ।
आउनुहोस् हामि पनि सुनौ .
नमस्ते साथीहरु,
हरेक मंगलबार राति ९.१५ देखि रेडियो नेपाल बाट प्रसारण हुने नेपाली साहित्यिक गजलको कार्यक्रम गजल गंगाबाट आज पनि संयोजन ललिजन रावलका साथमा कार्यक्रम प्रस्तोता नविन दाहाल उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ गजल गंगाको यो श्रीङ्खला । आजको श्रीङ्खलामा प्रिय दर्षिनिको गजल संग्रह चित्र जिन्दगीका बारेमा केहि चर्चा साथै गजलहरु र युगिन साहित्य समाज देवदह रुपन्देहीका श्रष्टाहरुले बाचन गरेको गजलहरु उहाँहरुकै आवाजमा लिएर आएका छौं ।
( मुक्तक मधुरिमा ) Program : Muktak Madhurima Radio : Radio Chitwan 94.6mhz Time : Turusday 9.15pm Host : Ramu Acharya Date : (2069-06-01/20-09-2012)
आज मिति 2069 असोज 04 गते तदनुसार 30th Sep 2012 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।
यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Pageजान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।
२०६९-०६-०४ गते बिहिबार तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ ............
01-Gobinda Acharya Maya तिमी आयौ जिन्दगीमा लाग्यो वहार आए जस्तो जिउँने रहर वढ्दै थियो सहयात्री पाए जस्तो कोपिलामै झर्नु रैछ विश्वासका यि थुंगाहरु पाइला मोड्यौ निष्ठूरी भाछ मुटू खाए जस्तो -गोबिन्द आचार्य माया बिरेन्द्रनगर -७,चितवन हाल: साउदी अरब, अल खोबर
02-न्यौपाने माइला यती राम्री छौ कि जुन सँग दाज्न सक्दिन ! संगीत का सबै धुन्,सँग दाज्न सक्दिन !! जुगौ जुग बचाउने छ मलाई त्यो माया ले अनि, अमृत को त्यो गुण्,सँग दाज्न सक्दिन !! -न्यौपाने माइला डुमरवाना, बारा हाल UAE अब बाट मुक्तक मधुरिमा यो पेज बाट पनि download गरेर सुन्न सक्नु हुनेछ.... https://www.facebook.com/piratikodori
03-Mohan Bihani 'छेस्का' नजरको बाण हानेकै हो, स्वरुपले तिम्रो तानेकै हो, हजारौको भिड बिचमा पनि, तिमीलाई मैले छानेकै हो। Copyright@--मोहन बिहानी,भक्तिपुर-७ सर्लाही -- http://mohanbihani.blogspot.com/
04-Rai Munkmen Ramesh मुक्तक कोहि आउने र कोहि जानेले जिन्दगी छेकिन्न मन परेको कुनै पनि चिज को मूल्य लेखिन्न स्वर्ग जान ईच्छा हुने मर्नु भन्दा पछि हट्ने मरण भन्दा पहिलै नै त पक्कै स्वर्ग देखिन्न -राई"मुक्मेन"रमेश हाल-साउदी:
05-Khadga G Magar प्रदेशि चेलिको पिडा (मुक्तक) यसपालिको तिजमा पनि, आउन पाईन आमा रातो सारि चुरा पोते, लाउन पाईन आमा // प्रदेशका दुःख पिडा, मनै भरि सांची बेदनाक स्वरहरु, गाउन पाईन आमा // खद्ग जी.एम. कतार बाट
06-Arjun Chaudhary धुजा धुजा भएको मुटु सिलाई देलन प्रिर्या, धन छाडि मन सँगै मिलाई देउन प्रिर्या, तिमी उता म एता तडपिएर बस्नु भन्दा, स्वीकार्य छ बिष घोली पिलाई देउन प्रिर्या.... ARJUN CHAUDHARY,PADAMPUR 6@
07-श्रीकान्त बराल कहेराज आऊ नेपालि देश लाइ बचाउनु पर्ने भाछ देश सारै बिमार भो जचाउनु पर्ने भाछ परदेशको पसिनाको ट्याक्स पनि खान्छन नेता , आऊ इ नेता लाइ जमिनमा पचाउनु पर्ने भाछ .... कृष्ण मन्दिर चोक
09-Nirdoshi Pokhrel तिजमा दिदि खुसियाली छाउन पाईन। साथमै बसी गित मैले गाउन पाईन॥ भेट भएन भनी दु:खी नहुनु होला। बाबालाई भन्छु म लिन आउन पाईन॥ lokbahadurpokhrel(nirdoshi) benimadipur~7 devi nagar tadi nawalpresi.... Hall~mumbai..india
10-अभागी कान्छा गाउले >>>>> माया गर्छु भनेर, तन सारेर जानेलाई ! चोट हजार दिई, मन मारेर जानेलाई !! ठेस नलागोस, हरेक पाइला पाइलामा देखावटी मलाई, आशु झारेर जानेलाई !! -अभागी कान्छा गाउँले तोपगाछी, झापा <<<<<
11-Bus Anta राती राती सुटुक्क आउन प्यारी मलाई भेट्न, धेरै दिन भाईसक्यो आउन प्यारी प्यस मेट्न। घरी घरी नतडपाउन बाँच्न मलाई गाह्रो भयो. चोखो माया गरिसके, नखोज प्यारी मुटु रेट्न। -from basanta bhattarai.... chabahil ktm
12-Baral Suryamani खुशि तिम्रो घटेको देख्नु नपरोस् जिन्दगीमा। दुःखको कुनै कहानी तिम्रो लेख्नु नपरोस् जिन्दगीमा। सँधैभरी हाँसि राख्नु माया प्रेम गाँसि राख्नु, फूलै फूल होस्बाटोभरी काँडा टेक्नु नपरोस् जिन्दगीमा।। -घट्टेकुलो काठमाण्डौ
13-अर्जेल मायाको शागर अर्जेल "हाँसी हाँसी बिताईरहेछु दुख का पलहरु! मनमै लुकाएर राखेको छु आँशु का भलहरु अझै पनी संघर्ष म गरिरहे को छु मिल्छकी भन्दै यहाँ परीश्रम का फलहरु
14-Saroj Dhital बिष रैछ जिवन यहा जिउँदा जिउँदै मरे.. मात रैछ जिवन यहाँ पिउँदा पिउँदै मरे.. उद्रिएछन् लक्षहरु च्यातिदै छ जिवन पनि.. च्यातिएको मेरो जिवन सिँउदा सिँउदै मरे.. -डाँछी 3 काठमाडौ
15-Nabaraj Kharel खडेरीमा एक थोपा, पानि खोज्दै आँए म त । अब पानि पिलाउने, नानी खोज्दै आँए म त ।। सुख दुःख हास्दा रुदा जिन्दगीमा साथ दिने, माया गर्ने मायालुको, खानी खोज्दै आँए म त Nabaraj kharel danchhi 9,ktm Mero fan banna chahane haruko lagi mero mobile no.9841232064
16-Ram Sharan Shrestha उस्ले चाहेकै पार्टी सरकारमा छ ।। त्यसैलेत जागिर पनि भन्सारमा छ ।। मौका यहि हो केहि गर्नेपर्छ भन्दै बेर्फुसदी उ अति हतारमा छ ।। राम शरण श्रेष्ठ चिसापानी ६ , रामेछाप । मुक्तक मधुरिमाका अघिल्ला श्रीङ्खलाहरु सुन्न र डाउनलोड गर्नको लागि चिसापानी नेपाल http://chisapaninepal.blogspot.com/search/label/Muktak%20Madhurima लगइन गर्नुहोला ।
17-Raag Gazmer Raz तिर्दैछु दस्तुर जिन्दगीको के थियो कसुर जिन्दगीको के थाहा यो चोला यति महँगो होला आँशु भो जरुर जिन्दगीको
18-Amrit Shrestha दिल भित्र उस्को तस्वीर थमाउनु बेकार थियो उसै सँग केही बेर रमाउनु बेकार थियो छाडी जाने धोकेवाजलाई भन्नु के छ र ? जुनि सगै काट्छु भनि हात समाउनु बेकार थियो (Amrit shrestha pokhara 12 kaski)
19-Gyan Tramu Magar <मुक्तक> एकअर्का विना पनि जिऊनु सक्नुपर्छ। प्रलय आए जहर पिऊनु सक्नुपर्छ॥ भन्ने गर्ने शब्दहरु भर्खर जस्तो लाग्छ। तिम्रो पालो अब मुटु सिऊनु सक्नुपर्छ॥ -ज्ञान तरामु <सेतु> ठुलोलुम्पेक चार कसिंन्थला गुल्मी हाल (दृष्टि-वाटिका साहित्य समाज) मुम्बई भारत
20-Ashish Danai मुक्तक गरिबलाई झुपडीकै बास नेपालमा कसको गर्ने गरिबले आश नेपालमा राजतन्त्र मेटिएर गणतन्त्र आयो तर गरिबलाई कहिल्यै हुन्न खास नेपालमा -आशीष दनाई बेसिशहर, लमजुङ Click to Listen And Download Muktak Madhurima--- www.ashishdanai.com.np
21-Krishna Prasad Simkhada पहिलो पटक मन पराय तिम्रो रुप हेरे दोस्रो पटक माया लाग्यो तिमीलाई खुब हेरे तेस्रो पटक परिचय भयो नाम थाहा पाय तिम्रो चौथो पटक लुकी लुकी तिम्रो फेसबूक हेरे -कृष्ण प्रसाद सिम्खडा -गितनगर्-४
22-Jyoti Khatiwada Anischit यो मुटु अहिले चस्कँदो छ बेसरी सम्झनामा तिमी नआईदेउन घरिघरी याद तिम्रो भुलाउन जहर नै पिउँ कि तिमीलाई भुल्न सकिन मैले कसैगरी । -ज्योति खतिवडा अनिश्चित सुरुङ्गा २ झापा हाल त्रि चन्द्र वहुमुखी क्याम्पस ।
23-निस्चल प्रेमी कान्छा मन तिम्रो खाली भए आऊन पृत लाईदिन्छु भन्छौ भने तिम्रो निम्ती चितवन तिर धाईदिन्छु संगीनीको खोजी गर्दै निस्चल मन समालेर जुनीभरी हासी खुसी जिन्दगीम सजाईदिन्छु ।। निस्चल प्रेमी कान्छा खर्ज्याङ 9 गुल्मी हाल दृष्टि - वाटिका साहित्य समाज मुम्बई भारत
24-Mahesh Jung Thapa भन्दै हिड्छे रे उ, उसले मलाइ छाडि रे। मेरो छायाँ पर्दा सामु, उसले आँखा माडि रे।। पुणिमाको रात पनि औँसि लाग्न थाल्यो अचेल, मलाइ भन्थि उसको माया, अर्कै संग बाडि रे।। -महेश जंग थापा कुशादेवी-4, काभ्रे हाल ;बसुन्धारा, काठमाण्डौ
25-Lalu Gm सकिन नी तिम्रो दिलमा, डेरा जमाई बस्न सानु। चोखो पिरतीको नाता, जुनी भरीलाई कस्न सानु।। झुटो मायामा लठ्याएर, अर्कैसंग रमायौ तिमी। बाध्यछु आज तिम्रो दिलको गहिराइमा फस्न सानु।। -लालु जि.एम स्वर्गद्वारी प्यूठान हाल मलेसिया
26-Thapa Kale Magar कोइली भन्छ नरौं तिमी मेरोनी उस्तै कथा छ। जिन्दगीले थगेपछि बिरक्तीएको ब्यथा छ।। न्याउली भन्छ जाऊ कही एकान्तको बस्ती तिर। गरिब मारी ढुकुटी भर्ने देश्को यस्तो प्रथा छ।।।। -मनु थापा ठूलो लुम्पेक एक गुल्मी हाल प्रदेशी भूमी मुम्बई भारत।।।
27-Surya Chemjong तिमी नै भन त के म त्यो संग रिसाऊँ? तिमीलाई चाहने जो-जो संग रिसाऊँ ! सताउँछौ तिमी छौ र पो त आफ्नो भन्ने तिमी संग नरिसाए,को संग रिसाऊँ ??
28-Dipak Karakheti मुक्तक दियो जतै बल्दैछ, यो बिरनो मुलुकमा साझामा सधैं जल्दैछ, यो बिरनो मुलुकमा // जता हेर्यो उस्तैछ , यो पैसाको माहुलो असल साथी भुल्दैछ, यो बिरनो मुलुकमा // -दीपक काराखेती हाल:- अबुधाबी(UAE)
30-Dipendra Chapagain आइदिन्छ सम्झना घात दिने निष्ठुरीको तड्पाई तड्पाई रात दिने निष्ठुरीको माया गाँसिनु र छुटिनु त रित भएछ घातक एक नजरले मात दिने निष्ठुरीको ।। दिपेन्द्र चापागाँई, कपिलवस्तु । हाल मुम्बई
32-Umesh Shrestha बादलहरु जिस्काऊँछन् तिम्रै ईशारा मा घरि घरि मुस्कुराऊँछन् तिम्रै ईशारा मा सम्झी तिमीलाई मुस्कुराऊँछु फेरी मन उस्तै हावा पनि सुम्सुम्याऊँछन् तिम्रै ईशारा मा (उमेश श्रेष्ठ "गुम्सिएका मन को बहार" ) चिसापानी-४ रामेछाप
33-गजल प्रेमी औसीकोरातमा इन्द्रमानआत्मा को छ म संगै बाँच्ने अनी म संगै मर्ने ? मेरो हातको चुरापोते अनी सिन्दुर भर्ने कोही छ भने आऊ तीजको मेलामा भेट्न हामी त्यहि तीजको मौकामा भागेर बे'गर्ने hetauda makawanpur hal doha qatar
34-तिलक निस्कर्ष तिमि थियौ माया गर्ने, पिडा पनि दियौ तिम्ले मेरा सपनाको केन्द्र हरु नछोडेर लियौ तिम्ले म पनि त तिमि बाट धेरै टाढा पुगी सके , गुनासो केहि छैन बाकि, पराइ संग जियौ तिम्ले रत्ननगर ७
35-अविरल भण्डारी कसैले नदेख्ने अदृश्य साश हैन अविरल शोसक र सामन्तीको दाश हैन अविरल यो धर्तीमा जन्मे पछी केहि गरेर छाड्छ छाड्छ देश को निम्ति जिउदै मर्या लाश हैन अविरल कुमरोज ३ गबई
.........मुक्तक मधुरिमा सुन्ने माध्यम हरु , Live- radio chitwan 94.6 www.radiochitwan.com.np Download - www.facebook.com/radiochitwan www.facebook.com/muktakmadhurima http://chisapaninepal.blogspot.com/ http://mohanbihani.blogspot.com/ www.ashishdanai.com.np www.facebook.com/piratikodori धन्यबाद
कार्यक्रम डाउनलोड को ब्यबस्था मिलाउने साथीहरु ....... कृष्णहरि खड्का ,रेडियो चितवन ९४.६ लक्ष्मण सापकोटा ,रेडियो चितवन ९४.६ राम शरण श्रेष्ठ ,चिसापानी,६ , रामेछाप मोहन बिहानी , भक्तिपुर ७ , सर्लाही आशिष दनाई ,गाउँशहर-२ दनाईगाउँ, लमजुङ ß-kash Neupane, डुमरवाना, बारा हाल UAE
आज मिति 2069-06-03 तदनुसार 19-09-2012 बुधवारका दिन मुक्तक विशेष कार्यक्रम लिएर उपस्थित भएको छु । सुचनाको लागी सामुदायिक सञ्चार अभियानद्धारा सञ्चालित सामुदायिक रेडियो,रेडियो देबदह 106.6 मेगाहर्जको पृथक प्रस्तुती कार्यक्रम मुक्तक सरोबर सुन्न नभुल्नुहोला सप्ताहका दुई बार बुधबार र शुक्रबार बेलुकी 9:20 देखी 10:00 बजेसम्म। शुक्रबार तपाईकै फोन लिन्छौ तपाईकै मुखार बिन्दु बाट मुक्तक सुन्छौ जस्को निम्ती तपाईले हाम्रो स्टुडियो को फोन 071-577735 लाई खटखटाउनु पर्ने हुन्छ। त्यस्तै गरी बुधबारीय बसाईमा तपाईकै चिठी पत्र र अनि तपाईले नै गर्नु भएका wall post उठान गर्ने गर्छौ। wall post गर्न नभुल्नुहोला हाम्रो Muktak Sarobarwall मा।
RADIO UJYALO 90Mhz PRESENTS
BULBUL EPISODE - 160
(19-Sep-2012/ 2069-06-03)
FB : Facebook Page (आज रात्री गन्थन, तपाईहरुकै गजलहरु र सुमधुर सांगितिक गजल बिशेष प्रस्तुति रहनेछ ।)
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति 2069 असोज महिनाको 03 गते बुधवार तदनुसार 19-09-2012, का दिन एफ एम रेडियो उज्यालो ९० मेगाहजमा उत्पादन सहयोगी तथा प्राबिधिक सहयोगीका साथमा बुलबुल प्रस्तोता अच्चुत घिमिरे उत्पादन सहयोगी दिनेश निरौलाका साथमा आज बुलबुलको लिएर (BULBUL EPISODE - 160) लिएर उपस्थित हुनुभएको छ ।
बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।
आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।
बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।
बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
रेडियो : रेडियो चौतारी ९१.४ मेगाहर्ज अतिथी : अशिष दनाई कार्यक्रम : दोभान
रेडियो चौतारि ९१.४ मेगाहर्जमा मिति २०६९ असोज ३ गते बुधबारका दिन मुक्तक विशेष कार्यक्रममा श्रष्टा सँगको भलाकुसारीका क्रममा मेरा मित्र गजलकार तथा मुक्तककार आशिष दनाई साँगको अन्तर्वाता लिएर आएको छु । आउनुस् हामी पनि सुनौं ।
समय : हरेक बुधवार १० बजे विहान
प्रस्तोता: रविन कार्की
यो संसार अचम्मको छ चाहे तपाईं पत्याउनुश या नपत्याउनुश तपाईं पनी अचम्मकै हुनु हुन्छ हजुर संसार अचम्मको छ । आज मिति 03 असोज २०६९ तदनुसार बुधबार , आजदेखि शान्ति र सदभाबका लागि रेडियो एकता 92.4mhz को कार्यक्रम अचम्मको संसारको 2nd श्रीङ्खला लिएर कार्यक्रम प्रस्तोता रविन कार्की उपस्थित हुनुभएको छ । विश्वभरिका विभिन्न अचम्मका रोचक कुराहरुको जानकारीहरु यो कार्यक्रमको विशेषता रहनेछ । Listen and Download
आहो !!! कति शक्तिसाली हुन यि पूर्ण विरामहरु .... पछ्याईरहेछन् सबैलाई.... कुरिरहेछन् सबैलाई ... सखाप पार्न... जिवन लिला अन्त्य गर्न.. मोड मोडहरुमा ... सिकरी झैं सिकारको प्रतिक्षामा... आफैलाई शक्तिसाली शिद्ध गर्न... त्रासित पार्दै सबैलाई तर्साउँदै उहि पूर्ण विरामहरु आहो !!! कति शक्तिसाली हुन यि पूर्ण विरामहरु ....
घडिका सुईहरु सँगै प्रगतिका पाईलाहरु सँगै घामको झुल्काहरु सँगै हर तत्वहरुमा कणहरुमा लगाउन अँकुश देखाउँदै तुजुक बाएर मुखहरु... निल्दै थुकहरु.... झैं परम शत्रु हुँदै अन्तिम विजयी आफ्नै जयजय गाउँदै पछि पछि आउँदै रमाउँदै गराउँछ अष्तित्व बोध उहि पूर्ण विरामहरु आहो !!! कति शक्तिसाली हुन यि पूर्ण विरामहरु ....
हर कोसिस हरुका पछाडी जो हिडेपनि अगाडी अगाडी सताउँछ असफलताले लक्ष निकट भएपपनि सफल हुँदै गएपनि जन्म देखि पछ्याउँछ यात्राभरि.. मृत्युसम्म जिवन भरि मन परि अनि दस्तखत दिन्छ अन्तिममा उहि पूर्ण विरामहरु आहो !!! कति शक्तिसाली हुन यि पूर्ण विरामहरु ....
छन् कि केहि विकल्पहरु भटिएनन् नहुने अन्तहरु हो अनि स्विकारेँ तिम्रो पूरुशार्थलाई अति आज्ञाकारीझैं जय हो पूर्णविराम .. धन्य पूर्ण पूर्णविराम.. यो राम लाई पाखा लगायो भित्री सत्य सिकायो लाएँ अनि उहि पूर्ण विरामहरु आहो !!! कति शक्तिसाली हुन यि पूर्ण विरामहरु ....।।।
PROGRAM : GAZALKA SHERHARU HOST : LAXMI ITIHAS TIME : EVERY MONDAY, 9.15PM DATE : - (2069-06-02/18-09-2012) .............................................. कार्यक्रम : गजलका शेरहरु "तिज विशेष"
संचालिका : लक्ष्मि इतिहाँस
एफ.एम : रेडियो एकता 92.4, लालबन्दी समय : हरेक सोमबार बेलुका ९.१५बजे अनलाईन सुन्न :Radio Ekata फेसबुक पेज : Gazalka Sherharu
आदरणिय साथीहरु,
आज मिति 2069 असोज महिनाको 02 तदनुसार मिति 18 Sep 2012 गते सोमबार रेडियो एकता ९२.४ मेगाहर्ज, लालबन्दीमा गजलका शेरहरु "तिज विशेष" लिएर प्रस्तोता लक्ष्मी इतिहाँस प्राविधिक मित्र रबिन कार्किसँग तपाईहरु सामु उपस्थित हुनुभैसक्नुभएको छ ।आज महिनाको अन्तिम सातामा हामी गजल सवाज जवाफ विशेष श्रीङ्खला लिएर आएका छौं । कार्यक्रमको श्रीङ्खला उपलब्ध गराईदिनुभएकोमा रेडियो एकताका साथी रविन कार्कीलाई हृदयदेखिनै धेरै धेरै धन्यवाद ।
आज मिति २०६९ असोज 01 तदनुसार 17 Sep 2012 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 40 एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । कार्यक्रममा तपाईहरु आफ्ना मुक्तकहरु लेखिएको स्टाटसकै मुनि पोष्ट गर्नुहोला जहाँ बाट एक उत्कृष्ट मुक्तक कार्यक्रमको श्रीङ्खलामा प्रस्तुत गरिनेछ । आउनुस् हामी पनि सँगै सुनौ न बहकिने मन Listen and Download