साहित्य सँगालो (2069-05-16/01-09-2012) - Download

NepaliTalim | 8:29:00 PM | 0 comments
 








कार्यक्रम : साहित्य संगालो (Sahitya Sangalo)
श्रीङ्खला मिति स : 2069-05-16/01-09-2012
प्रस्तोता : अशोक गौतम क्षितिज
रेडियो : तिनाउ 98.2 मेगाहर्ज
समय : शनिवार ९.१५ देखि
ई-मेल - sparsa.tfm@gmail.com
संपर्क - ०७१-४३७६७९ (स्टुडियो), ९७४१२२१९४४ (प्रस्तोता)  

Facebook : Sparsa


आज हामी तपाई सामु मिति 2069 भाद्र 16 तदनुसार 1 September 2012 मा रेडियो तिनाउको कार्यक्रम साहित्य संगालो लिएर उपस्थित भएको छु । यो कार्यक्रम पठाउने रेडियो तिनाउका यसै कार्यक्रम प्रस्तोता अशोक गौतमलाई धेरै धेरै धन्यवाद । आगमामि दिनहरुमा उपलब्ध भएसम्म कार्यक्रमका श्रीङ्खलाहरु म लिएर हाँजिर हुनेछु ।
Listen and Download

Download : Click Here to Download

Thank you



सुबिसुधा आचार्यको कथा “रातो गुलाब” - Download

NepaliTalim | 3:41:00 PM | 0 comments
सुबिसुधा आचार्यको कथा “रातो गुलाब” सुन्नुहोस

Listen and Download a Story Rato Gulab by Subisudha Acharya from Himali Swarharu 

 
हिमाली स्वरहरुको सुन्ने कथा हरुको संग्रह “कथा संसार”मा आज हामी सुबिसुधा आचार्यले मेरिल्याण्ड बाट पठाउनु भएको कथा “रातो गुलाब” प्रस्तुत गर्दै छौ! कथा संसारमा तपाई पनि आफ्नो कथा,मनोन्यास,भावना सुनाउन चाहनुहुन्छ भने लेखि पठाउनुहोस nepaliradio@gmail.com मा

कथा बाचन गर्दै छन् सहदेव !

Listen and Download

Download Link : Click Here to download -Rato Gulab


Thank you,

मुक्तक सरोबर 2069-05-15/31-08-2012) - Download

NepaliTalim | 12:00:00 PM | 0 comments
MUKTAK SAROBAR
कार्यक्रम : मुक्तक सरोबर 
Date :  (2069-05-15/31-08-2012)
रेडियो : देबदह 106.6 मेगाहर्ज
समय: शुक्रबार बेलुकी 9:20 देखी
प्रस्तोता-युबराज लामिछाने 
FB Page : Muktak Sarobar
 
आज मिति 2069-05-15 तदनुसार 31-08-2012 बुधवारका दिन मुक्तक विशेष कार्यक्रम लिएर उपस्थित भएको छु । सुचनाको लागी सामुदायिक सञ्चार अभियानद्धारा सञ्चालित सामुदायिक रेडियो,रेडियो देबदह 106.6 मेगाहर्जको पृथक प्रस्तुती कार्यक्रम मुक्तक सरोबर सुन्न नभुल्नुहोला सप्ताहका दुई बार बुधबार र शुक्रबार बेलुकी 9:20 देखी 10:00 बजेसम्म। शुक्रबार तपाईकै फोन लिन्छौ तपाईकै मुखार बिन्दु बाट मुक्तक सुन्छौ जस्को निम्ती तपाईले हाम्रो स्टुडियो को फोन 071-577735 लाई खटखटाउनु पर्ने हुन्छ। त्यस्तै गरी बुधबारीय बसाईमा तपाईकै चिठी पत्र र अनि तपाईले नै गर्नु भएका wall post उठान गर्ने गर्छौ। wall post गर्न नभुल्नुहोला हाम्रो Muktak Sarobar wall मा। 
Listen and Download

Download : Click Here to Download

Thank you

गजलका पानाहरु -5 : (01-09-2012/2069-05-16)- Download

NepaliTalim | 11:00:00 AM | 0 comments
GAZALKA PANAHARU : 4
कार्यक्रम : गजलका पानाहरु 

प्रस्तोता : गजल प्रेमी इन्द्रमान आत्मा औसिको रातमा
समय : हरेक शनिवार 
फेसबुक : Gazaka Panaharu
(रेकर्ड गजलहरुको कार्यक्रम)

आज मिति 2069-05-16 तदनुसार 01-09-2012 का दिन गजलका विभिन्न पानाहरु पल्टाउन कर्यक्रम गजलका पानाहरु लिएर कार्यक्रम प्रस्तोता गजल प्रेमी इन्द्रमान आत्मा औसिको रातमा आउनुभएको छ। आज कार्यक्रमको पहिलो बसाईमा तपाईहरुले फेसबुक पेजमा पोष्ट गर्नुभएको गजल बाचन हुनेछ । कार्यक्रम प्रति सल्लाह सुझाबहरु भए यसै कार्यक्रमको फेसबुक पेज Gazalka Panaharu मा प्रतिकृया पोष्ट गर्न सक्नुहुनेछ । कार्यक्रम उपलब्ध गरेर सहयोग गर्ने प्रस्तोता साथी लाई धेरै धेरै धन्यवाद । आउनुस् हामी पनि सुनौ यो कार्यक्रम ।
Listen and Download

Download : Click Here to Download 5

Thank you

Muktak Madhurima - (2069-05-14/30-08-2012) - Download

NepaliTalim | 12:52:00 PM | 0 comments
( मुक्तक मधुरिमा )
Program : Muktak Madhurima
Radio : Radio Chitwan 94.6mhz
Time : Turusday 9.15pm
Host : Ramu Acharya
Date :  (2069-05-14/30-08-2012)

आज मिति 2069 भाद्र 14  गते तदनुसार 30th Aug 2012 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।
Listen And Download

Download : Click Here to Download
Listen All Previous Episodes


२०६९-०५-१४ गते बिहिबार तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ
01-Ram Sharan Shrestha
उस्ले आफै महान भएको घोषणा गर्यो ।।
आफैलाई भगवान भएको घोषणा गर्यो ।।
उस्ले विधातालाई चुनौती दिँदै आज मात्र
आफू विधाताकै समान भएको घोषणा गर्यो ।। राम शरण श्रेष्ठ
चिसापानी ६ , रामेछाप ।

02-Aindra Bikram Nisthuri

जुन रुन्छ. फुल रुन्छ. तारा पनि रुदो रहेछ।
दुख्दा मुटु जल्दा मन खुसी टाढा हुदो रहेछ।
बगाएसी खहरेले उमंग र उत्साहाहरु।
बाँध फूटी नयानको मोति पनि चुँदो रहेछ।
आइन्द्र बिक्रम निष्ठूरी
अमरपुर (चार) पाँचथर
हाल. दोहा. कतार


03-Khadga G Magar

जिंदगिका सपनाहरु, मुटु भित्र सांची राखे
गरीबिका ब्यथाहरु, छात्ती भित्र चांची राखे//
अंधकार कुइरो भित्र , हराएको काग सरि
बिबश्ताले गांजिएको, चक्र भित्र नाची राखे //
खड्ग जी.एम.
उरहरी 2 दांग
23/08/2012
qatar


04-Sunil Neupane Marling

नमस्कार सम्पुर्ण मित्रहरु तथा मुक्तक मधुरीमालाई,
म बिगत समय देखी यस कार्यक्रममा मुक्तक प्रेषण गरेर अनि सुनेर साथ दिदै आएको थिए
तर कारणबश केही समय टाढीदैछु, समय मिल्नासाथ छिट्टै आउनेछु।
पवन दिने _ पात फरक छ।
तिम्रो र मेरो जात फरक छ॥
महल छैन _ झुप्रोमा बस्छु।
गरिब हु औ- कात फरक छ॥
-सुनिल न्यौपाने 'मार्लिङ'
जुनियाँ ~ दुई ~ गुल्मी
हाल :- मुम्बई


05-Nirdoshi Pokhrel

तिम्रै यादमा आज अलिकती पिउदै छु।
फाटेको मन मुटु बेदनाले सिउदै छु॥
मर्यो भन्दै अनायशै हल्ला फैलाएनी।
आज सम्म जिउदो लास भई जिउदै छु॥
lokbahadurpokhrel(nirdoshi)
benimadipur~07 devinagar tadi
nawalprasi ... Hall:= mumbai..


06-Hari Aryal Anupam

भैगो माया गर्दिन म,
तिम्रो भर पर्दिन म,
भत्किएको पूल बाट
बर्खे भेल तर्दिन म,
हरि अर्याल अनुपम
ग्वालिचौर बागलूङ


07-मोहन बिहानी काफ्ले ** मुक्तक **

आज बिहानै तिम्रो गल्लि छेउ छाउमा हलचल थियो,
बिषय तिम्रो मोबाइलमा राती गरेको मिसकल थियो।
माया गर्ने मान्छे ले सधैं भरि सम्झि राख्दा तिमिलाई,
अनाबश्यक चर्चा चलाई बेकारमा गरेको त्यो छलफल थियो।
--मोहन बिहानी,भक्तिपुर-७ सर्लाही --http://mohanbihani.blogspot.com/


08-गजल प्रेमी औसीकोरातमा इन्द्रमानआत्मा

म सुन्छु सधै मुक्तक मधुरिमा हजुर
अनि सुनिरनछु यो जुनी भरिमा हजुर
एकदिन सुन्न पाइन भने पागल हुन्छु
अनी रुदै हिड्छु भदौरे यो झरीमा हजुर
-गजल प्रेमी औसिकोरात्मा इन्द्रमान आत्मा
हेटौडा,हाल-दोहा कतार


09-Bus Anta

माया मलाई गर नगर ,मैले माया गरिसके
फुल तिमी फक्री रहनु ,शित म त झरी सके.
तिमी मलाई चाहदैनौ ,टाढा त म सारी सके .
साथी पयौ बधाई छ ,एक्लै त म भइे सके
by basanta bhattarai
from chabahil


10-Lalu Gm

डर लाग्छ पछि, कतै माया माया मार्छौकी सानु।
जसलाई भेट्यो बाटोमा, उसलाई ठीक्क पार्छौकी सानु।।
मिठा मिठा कुरा गर्दै, मायाको सिँढी चढ्दै जादा।
दुई चार कदम साथ दिई, खुट्टा तानी झार्छौकी सानु।।
-लालु जि.एम
स्वर्गद्वारी प्यूठान
हाल मलेसिया

11-अर्जेल मायाको शागर अर्जेल

दुनीयालाई भुलेर आज भगवानको शरणँ भो !
कस्को नजर लाग्यो मलाई खुशी सबै हरणँ भो
दुख पिडा शहेर बाँच्नु को के अर्थ !
भगवानले शाथ नदिए पछी अनी मेरो मरणँ भो


12-Baral Suryamani

भुबन थापाको मुक्तक:
मान्छे फुल टिप्ने होईन फुल भित्रको वास टिप्छ।
सधैं वास्ना छरि बस्ने फुलको त्यो आश टिप्छ।।
मृत्यु पनि भन्छ मैले कसैलाई मारेँ भनि।
आत्मा किन मार्न सक्थ्यो केवल तनको सास टिप्छ........!! !!
Baral Suryamaniको प्रतिकृयामाः
फुल भन्दा साथी फुल भित्रको बास
माठो,सँधै सुन्दर बनि बस्ने फुलको त्यो आश
मिठो। मृत्यूको त कामै त्यही अरु लाई
मार्ने न हो ,उस्लाई लाग्न सक्छ आत्मा
भन्दा नि सास मिठो।


13-ß-kash Neupane

सुरुवात गर्न थाल्दा थाल्दै खै के के भो जिन्दगी !
च्यात्तियको ठाउ टाल्दा टाल्दै खै के के भो जिन्दगी !!
थोरै भय पनि खुशी हरु खोज्ने बाहाना मा,
पाइला हरु चाल्दा चाल्दै खै के के भो जिन्दगी !!
-● बिकाश न्यौपाने●
डुमरवाना, बारा हाल UAE
अब बाट मुक्तक मधुरिमा यो पेज बाट पनि download गरेर सुन्न सक्नु हुनेछ....
https://www.facebook.com/piratikodori



14-Krishna Paudyal

कल्पनाको सिमित हुन्छ र
मृत्यु आत्मा जिवित हुन्छ र
भनिदेउन ओ प्रेमको गुरु
मायाको बिष अमृत हुन्छ र
-कृष्ण पौड्याल बम्घा एक गुल्मी


15-Artimus Siru

तिमी छौ र पो ,म छु अनि हाम्रो माया छ !
दिलको यो गहिराईमा मात्र तिम्रो छायाँ छ !!
जोरी पारी हासछन् किन तिम्रो मेरो प्रित देखी !
इर्ष्या गर्नेहरु धेरै छन् सानु सोच इश्वर दायाँ छ !!
सुमित्रा अधिकारी (धिताल) गोरखा


16-Madan Rokaya

बच्चन छैनन् त के, मधुशाला यहि छ ।
अप्सरा छैनन् त के, इरा पाला यहि छ ।।
बाध्छौ भने बन्धनमा जुनी तिमीलाई सुम्पुला
सिन्दुर, पोते छैनन् त के, तुलमाला यहि छ ।।
madan rokaya


17-Amrit Shrestha

अधेरी मलाई भो तिमी जुन लिएर जाउ
बिल्नो मलाई भो तिमी नुन लिएर जाउ
अझै तिमीलाई पुगेको छैन भने कसम
म मर्न तयार छु तिमी खुन लिएर जाउ
(Amrit Shrestha pokhara 12 kaski)


18-Suman Adhikari

मतिएर जिन्दगी रमाईलो मान्ने हरू !
हात समाई पछिपछि हिन्न जान्ने हरू !
के सम्झन्छन् आखीर जिन्दगी लाई..,
मात्र एक रात लाई सर्वसो ठान्ने हरू !!
-सुमन अधिकारी
पश्चिम चितवन शंकरचोक


19-निस्चल प्रेमी कान्छा

बिस पुगी एक्काईस लागे उमेर मेरो काँचो छ है
जिवनभर साथ दिने तरुनीको खाँचो छ है
घरमा आमा एक्लै भईन बुहारीको बाटो र्हेदै
यहाँ मैले लेखेजती सबै कुरा साँचो छ है ।।
निस्चल प्रेमी कान्छा
खर्ज्याङ 9 गुल्मी
हाल मुम्बई भारत


20-Dipendra Chapagain

रुडि बादी परम्परा तोड्नुपर्छ नारी तिमी
आजैदेखी नयाँ बाटो मोड्नुपर्छ नारी तिमी
अधिकार न्याए खोज्दै एकताको हातभित्र
चुलो चौको अब तिमी छोड्नुपर्छ नारी तिमी
दिपेन्द्र चापाँगाई
हरीहरपुर 3 कपिलवस्तु
हाल मुम्बई भारत

21-Bikalpa Babu 

नडुल पंछि आकाशमा तिमी, जगत छ हेर
सजाउन सिँउदो रातै बनाइ, रगत छ हेर
सोध बुझ हरेक प्राणीसँग, संसारमा कतै
'बिकल्प'को तिमी मुटु भन्ने, अवगत छ हेर
-बिकल्प बाबु
गितानगर चितवन

22-Jyoti Khatiwada Anischit

श्रावणको आकाश झै,भयो यो जीन्दगी
समुन्द्रको छाल झैँ,गयो यो जीन्दगी
पहरासँग सिँगौरी खेल्दा,चोइटिएर जीन्दगी
कठै शुन्य अवशेष मात्र,रह्यो यो जीन्दगी ।
ज्योति खतिवडा अनिश्चित
सुरुङ्गा 2 झापा
हाल त्रि चन्द्र क्याम्पस ।

23-Dipak Dhakal

नसोच भो माया मार्न कहाँ सक्छु र ..!
त्यो मन बाट बसाई सार्न कहाँ सक्छु र ..!!
साटे मुटू तिमी संग अन्त बाडदिन अब ..!
बिच बाटोमा एक्लै पार्न कहाँ सक्छु र ..!!
-दिपक ढकाल
चुहाँ 4 कैलाली नेपाल
हाल . पुना भारत

24-

25-
26-Guru Dahal
तिम्रो लागी चुरापोते किन्न भनेर
अरु लाई मेरी काली दिन्न भनेर
आउछु म हुनेवाला ससुराली गाउमा
मात पिता बाट काली छिन्न भनेर
guru prasad dahal
now india

27-Ashish Danai

आज भोली कता कता अन्धकारमा बसेको छु
थाहा छैन खै कसको जालझेलमा फसेको छु
कसैको िन नराम्रो त गर्याजस्तो लाग्याछैन
गाऊँलेको नजरबाट त्यसै कीन खसेको छु
-आिशष दनाई
बेिसशहर, लमजुङ
Go to www.ashishdanai.com.np to listen and download all episodes of muktak madhurima...

28-Arjun Chaudhary

लगन गाठो तिमीसँग गाँसन मन लाग्यो,
तिम्रो फोटो हृदयमा टाँसन मन लाग्यो,
कसलाई दिऊ के गरु भा,छ यो जोबन,
तिम्रै दिलमा मन मुटु माँसन मन लाग्यो..
ARJUN CHAUDHARY,PADAMPUR 6...@

30-Rohit Rana "मुक्तक"

आफ्नै जिवननै,धराप लाग्यो म'मा
निकै ठुलै दैवको,श्राप लाग्यो म'मा
सोझा मात्र देख्ने,दैव पनि कस्तो हरे
संकट र कर्फ्यु, तनाब लाग्यो म'मा
-रोहित राना
बुटवल-रुपन्देही
हाल-काबुल,अफगानिस्थान

31-Nabin Nepal

कती भयो गन्दै छु कि क्याहो ?
पैसा मात्र भन्दै छु कि क्याहो ?
भो छाड्छु यो पैसा को लालसा
निर्दही पर्देशी बन्दै छु कि क्याहो ?
-नबिन नेपाल
सुडाल भक्तपुर


32-Bimal Paharai

सर्ब प्रथम संचालक जी मा अदृश्य नमस्कार,
मुक्तक:
दैंवको यो जालमा पर्दा धेरै आँशु झरेका छन,
पिडाले नै जीवन मेरो अंग-अंग भरेका छन।
चाह कत्ति भएन फुल्ने झर्दा आज ओइलिएर,
पलाएका पालुवा सब रहरमै मरेका छन॥
-बिमल पहराई
हाडहाडे ५
गुल्मी,
हाल:दोहा,कतार


33-Nabodit Nabaraj

जानीजानी अगुल्टोलाई ठोस्छन किन मान्छेहरु ?
आफ्नै घरमा आँफै आगो झोस्छन किन मान्छेहरु ?
आखिर लाने के नै हो र ? ब्रम्हनालमा चढ्नेबेला
एकअर्काको हाँसोखुसी खोस्छन किन मान्छेहरु ?
-नबराज नबोदित
Leguwa,Dhankuta
हाल: दोहा, कतार।


34-Gyan Tramu Magar <मुक्तक>

पराईको भन्दा आफ्नैको डर छ।
उसको त मेरै नजिकै घर छ॥
झोस्यो भने सबै खरानी हुन्छ मेरो।
उसको छानोमा टिन मेरो त खर छ॥
-ज्ञान तरामु मगर,ठुलोलुम्पेक-4
कसिन्थला गुल्मी,हाल मुम्बई
-दुरभाषा9594663484
सम्पर्क 9987181075


35-सुजल बाबु बस्नेत सुजीता पौडेल 'प्रीति'जी को मुक्तकको जवाफी मुक्तक मेरो एउटा प्रयास:-

तिम्रै हुँ केवल म त, बन्या'छैन टाढा कैले ।
जुनि भरको चोखो प्रीति,फिक्का हुन्न गाढा जैले ।
प्रत्येक मेरा स्पन्दनमा, तिमी छौ मात्रै तिमी;
नबिझाउँने फूल थिएँ, बन्या हैन काँढा मैले ॥
सुबास बस्नेत "सुजल"
सोलुखुम्बु
हाल: चारआली, झापा

.........मुक्तक मधुरिमा सुन्ने माध्यम हरु ,

Live-
radio chitwan 94.6
www.radiochitwan.com.np

Download -
www.facebook.com/radiochitwan

www.facebook.com/muktakmadhurima

http://chisapaninepal.blogspot.com/

http://mohanbihani.blogspot.com/

www.ashishdanai.com.np

www.facebook.com/piratikodori

धन्यबाद

कार्यक्रम डाउनलोड को ब्यबस्था मिलाउने साथीहरु .......

कृष्णहरि खड्का ,रेडियो चितवन ९४.६
लक्ष्मण सापकोटा ,रेडियो चितवन ९४.६
राम शरण श्रेष्ठ ,चिसापानी,६ , रामेछाप
मोहन बिहानी , भक्तिपुर ७ , सर्लाही
आशिष दनाई ,गाउँशहर-२ दनाईगाउँ, लमजुङ
ß-kash Neupane, डुमरवाना, बारा हाल UAE

गजल संगम (2069-05-13/ 29-08-2012) - Download

NepaliTalim | 2:54:00 PM | 0 comments
गजल संगम (Gazal Sangam)
मिति : 2069-05-13/ 29-08-2012
रेडियो : ध्रुबतारा 89.8 मेगाहर्ज
बिधा : नेपाली गजल
प्रस्तोता : आर पि पोख्रेल
समय : हरेक बुधवार बेलुकी ९.१५ 
Phone : 056-526186
Website : News Chitwan
Facebook : Gazal Sangam

आज मिति २०६९ भाद्र महिनाको १३ गते तदनुसार २९ अगष्ट २०१२, बुधबारका दिन सामुदायिक रेडियो ध्रुबतारा ८९.९ मेगाहर्ज बाट हरेक बुधबार बेलुका ९.१५ देखि १० बजेसम्म प्रसारन हुने रेडियो कार्यक्रम गजल संगम कार्यक्रम लिएर गजलमनका साथी प्रस्तोता आर पि पोख्रल र प्राविधिक मित्र श्यामको साथमा उपस्थित भएका छौं । 

गजल संगममा तपाईपनि सहभागिता जनाउन सक्नुहुन्छ जसको लागि फेसबुक पेज Gazal Sangam  गएर आफ्ना गजल पोष्ट गर्नुहोला त्यस्तै फोन गरेर पनि आफ्ना गजल बाचन गर्न सक्नुहुनेछ र  अनलाईन सुन्नको लागि News Chitwan वेबसाईट लग इन गर्नुहोला । आज गजल संगम पहिलो पल्ट लिएर आएको छु ब्लगमा । कार्यक्रम उपलब्ध गराएर सहयोग गर्नुहुने प्रस्तोता साथी आर पि पोख्रोल लाई हृदयदेखि धेरै धेरै धन्यवाद । 
Listen and Download

Download : Click Here to Download

Thank you,



मुक्तक सरोबर (2069-05-13/29-08-2012) - Download

NepaliTalim | 11:31:00 PM | 0 comments
MUKTAK SAROBAR
कार्यक्रम : मुक्तक सरोबर 
Date :  (2069-05-13/29-08-2012)
रेडियो : देबदह 106.6 मेगाहर्ज
समय: शुक्रबार बेलुकी 9:20 देखी
प्रस्तोता-युबराज लामिछाने 
FB Page : Muktak Sarobar
 
आज मिति 2069-05-13 तदनुसार 29-08-2012 बुधवारका दिन मुक्तक विशेष कार्यक्रम लिएर उपस्थित भएको छु । सुचनाको लागी सामुदायिक सञ्चार अभियानद्धारा सञ्चालित सामुदायिक रेडियो,रेडियो देबदह 106.6 मेगाहर्जको पृथक प्रस्तुती कार्यक्रम मुक्तक सरोबर सुन्न नभुल्नुहोला सप्ताहका दुई बार बुधबार र शुक्रबार बेलुकी 9:20 देखी 10:00 बजेसम्म। शुक्रबार तपाईकै फोन लिन्छौ तपाईकै मुखार बिन्दु बाट मुक्तक सुन्छौ जस्को निम्ती तपाईले हाम्रो स्टुडियो को फोन 071-577735 लाई खटखटाउनु पर्ने हुन्छ। त्यस्तै गरी बुधबारीय बसाईमा तपाईकै चिठी पत्र र अनि तपाईले नै गर्नु भएका wall post उठान गर्ने गर्छौ। wall post गर्न नभुल्नुहोला हाम्रो Muktak Sarobar wall मा। 
Listen and Download

Download : Click Here to Download

Thank you

गजलका शेरहरु -(2068-01-12/25-04-2011) पूराना श्रीङ्खला - Download

NepaliTalim | 10:30:00 PM | 0 comments
PROGRAM : GAZALKA SHERHARU
HOST : SUN DIYALI
TIME : EVERY MONDAY, 9.15PM
DATE : -(2068-01-22/25-04-2011 )
..............................................
कार्यक्रम : गजलका शेरहरु
प्रस्तोता : शोम  दियाली
 एफ.एम : रेडियो एकता 92.4, लालबन्दी

समय : हरेक सोमबार बेलुका ९.१५बजे    
अनलाईन सुन्न : http://www.radioekata.com.np 
फेसबुक पेज  : Gazalka Sherharu
 
 आदरणिय साथीहरु, आज मिति 2068-01-22 तदनुसार मिति 25-04-2011 गते सोमबार रेडियो एकता ९२.४ मेगाहर्ज, लालबन्दीमा गजलका शेरहरु लिएर प्रस्तोता  शोम  दियाली प्राविधिक मित्र रबिन कार्किसँग तपाईहरु सामु  उपस्थित हुनुभैसक्नुभएको छ । आज को श्रीङ्खला मोति जयन्ति विशेष प्रस्तुति रहनेछ । कार्यक्रमको श्रीङ्खला उपलब्ध गराईदिनुभएकोमा साथी मोहन विहानीलाई हृदयदेखिनै धेरै धेरै धन्यवाद । 
Listen and Download

Download : Click Here to Download

Thank you

BULBUL : EPISODE 157 -(29-08-2012) Download

NepaliTalim | 10:19:00 PM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS
BULBUL EPISODE - 157
(29-Aug-2012/ 2069-05-13)
FB : Facebook Page
(आज गजल  तपाईहरुकै गजलहरु र सुमधुर सांगितिक गजल बिशेष  प्रस्तुति  रहनेछ ।)
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति 2069 भाद्र महिनाको 13 गते बुधवार तदनुसार 29-08-2012,  का दिन  एफ एम रेडियो उज्यालो ९० मेगाहजमा उत्पादन सहयोगी तथा प्राबिधिक सहयोगीका साथमा  बुलबुल प्रस्तोता अच्चुत घिमिरे उत्पादन सहयोगी दिनेश निरौलाका साथमा आज  बुलबुलको लिएर (BULBUL EPISODE - 157, 29th  Aug- 2012)  लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।

आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद । 
बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला । 
Listen and Download :

Download : Click Here to Download 157
Listen All Previous Episodes  


Thank you

गजलका शेरहरु -(2067-12-22/04-05-2011) पूराना श्रीङ्खला - Download

NepaliTalim | 10:02:00 PM | 0 comments
PROGRAM : GAZALKA SHERHARU
HOST : SUN DIYALI
TIME : EVERY MONDAY, 9.15PM
DATE : -(2067-12-22/04-05-2011 )
..............................................
कार्यक्रम : गजलका शेरहरु
प्रस्तोता : शोम  दियाली
 एफ.एम : रेडियो एकता 92.4, लालबन्दी

समय : हरेक सोमबार बेलुका ९.१५बजे    
अनलाईन सुन्न : http://www.radioekata.com.np 
फेसबुक पेज  : Gazalka Sherharu
 
 आदरणिय साथीहरु, आज मिति 2067-12-22 तदनुसार मिति 04-05-2011 गते सोमबार रेडियो एकता ९२.४ मेगाहर्ज, लालबन्दीमा गजलका शेरहरु लिएर प्रस्तोता  शोम  दियाली प्राविधिक मित्र रबिन कार्किसँग तपाईहरु सामु  उपस्थित हुनुभैसक्नुभएको छ । आज को श्रीङ्खला मोति जयन्ति विशेष प्रस्तुति रहनेछ । कार्यक्रमको श्रीङ्खला उपलब्ध गराईदिनुभएकोमा साथी मोहन विहानीलाई हृदयदेखिनै धेरै धेरै धन्यवाद । 
Listen and Download

Download : Click Here to Download

Thank you,
 

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger