हाम्रो संसार डट नेटको गजलहरुको साहित्यिक रेडियो कार्यक्रम
"गजल संसार Gazal Sansar"
Episode 4 : (20-08-2012/2069-05-04)
Host : Shanti Pakhrin
==============================
मन भित्रका कुरा आवाजका झन्कार यो हो कार्यक्रम (गजल संसारGazal Sansar Episode 3) नेपाली समय अनुसार साझको ५ बजे देखि ६ सम्म प्रत्येक सोमबार झैं आज पनि मिति (20-08-2012/2069-05-04) बाट कार्यक्रम संचालिका गजलकार शान्ति पाख्रिनका साथ रेडियो हाम्रो संसार अनलाईन रेडियो मार्फत विश्वभरि आजको श्रीङ्खला लिएर उपस्थित भएका छौं ।
Note:
पहिला हाम्रो साहित्य कला संसार थियो हाल यसलाई परिवर्तन गरेर गजल संसार राखिएको छ अबदेखि यो कार्यक्रम सधै गजल संसारको नामबाट बज्नेछ । आउनुस् हामी पनि सुनौं ।
Listen and Download
Download : Click Here to Download
यो श्रीङ्खलामा बाचन भएको मेरो गजल
तिम्ले छुँदै हिँडेका, फूल हेर्दै रोएँ ।।
विगतमा गरिएका, भूल हेर्दै रोएँ ।।
तिमी गयौ डोलि चढी, रुँदै रुदै जब
छुट्ने बेला तिम्रो आँशु, मूल हेर्दै रोएँ ।।
त्यसै टारेँ हुन्न भन्दै तिम्रा प्रस्ताबहरु
बल्ल खुल्यो होस जन्ति, हूल हेर्दै रोएँ ।।
पर्खिएन समयले, मैले बुझ्न ढिला गरेँ
विदा लिँदै गयौ पारी.., पूल हेर्दै रोएँ ।।
आज बल्ल तिम्रो कमि, महसुश भयो
लेखिएको दैबको त्यो, असूल हेर्दै रोएँ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।