Muktak Madhurima Episode of 28-06-2012 (2069-03-14) Thrusday :
Muktak Madhurima ( मुक्तक मधुरिमा ) -Download
आज मिति 2069 असार 14 गते तदनुसार 2012 June 21 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।
यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page of Muktak Madhurimaजान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।
RADIO UJYALO 90Mhz PRESENTS (LATE MEHADI HASAN SPECIAL )
BULBUL EPISODE - 148
(27-June-2012/ 2069-03-13)
(आजको बुलबुल पारिजात विशेष प्रस्तुति रहनेछ ।)
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति 2069 असार महिनाको 13 गते बुधवार तदनुसार 27th-June-2012, का दिन एफ एम रेडियो उज्यालो ९० मेगाहजमा उत्पादन सहयोगी तथा प्राबिधिक सहयोगीका साथमा बुलबुल प्रस्तोता अच्चुत घिमिरे उत्पादन सहयोगी दिनेश निरौलाका साथमा आज बुलबुलको 148 भाग आजको बुलबुल पाकिस्तानि गजल गायक स्वर्गिय मेहदी हशन विशेषलिएर (BULBUL EPISODE - 148,27th June- 2012) उपस्थित हुनुभएको छ ।
बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।
आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।
बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद । चिसापानी नेपाल ब्लग विश्वभर चर्चिग रहन सफल गजल गायक स्वर्गिय मेहदी हसनलाई भाव पूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
PROGRAM : GAZALKA SHERHARU HOST : LAXMI ITIHAS TIME : EVERY MONDAY, 9.15PM DATE : 2069-03-11/15-06-2012 ................................... कार्यक्रम : गजलका शेरहरु
संचालिका : लक्ष्मि इतिहाँस
एफ.एम : रेडियो एकता 92.4, लालबन्दी समय : हरेक सोमबार बेलुका ९.१५बजे अनलाईन सुन्न : http://www.radioekata.com.np फेसबुक पेज : गजलका शेरहरु फेसबुक
आदरणिय साथीहरु,
आज मिति 2069 असार महिनाको 11 तदनुसार मिति 2012-06-24 गते सोमबार रेडियो एकता ९२.४ मेगाहर्ज, लालबन्दीमा गजलका शेरहरु लिएर प्रस्तोता लक्ष्मी इतिहाँस तपाईहरु सामु तपाईहरुकै गजल तथा सुमधुर गजल गीतहरु लिएर उपस्थित हुनुभैसक्नुभएको छ । यो श्रीङ्खला (Episode) साथी मोहन विहानीले मलाई उपलब्ध गराईदिनुभएकोमा उहाँलाई धेरै धेरै धन्यवाद ।आउनुस् हामी पनि सुनौ गजलका शेरहरु ।
यो हप्ता भरि नेपाल भरि बिभिन्न २२ एफ.एमहरु बाट प्रसारण हुनेछ ।
=============================================
उत्पादक : रन्सि मेडिया
प्रस्तोता : प्रदिप गिरि कार्यक्रम : यो साँझ यो सुबाश
आज मिति 2069 साल असार महिनाको 12 गते तदनुसार 2012-June-26 मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको 32 औ भाग लिएर सदाझैं आज पनि तपाईहरु सामु प्रस्तोता प्रदिप गिरी कार्यक्रम दिएर उपस्थित हुनुभै सक्नुभएको छ । काठमाडौंमा कार्यक्रम रेडियो उपत्यका ८७.६ मेगाहर्जमा शुक्रबार बेलुका ९.१५ देखि प्रसारण हुनेछ ।
A Ransi Entertainment Presentation.(Yo Sanjh Yo Subash) यो साँझ यो सुबाश is a night Radio Show which presents the Nepali Gazals, and motivations and morals stories. This Radio Show is produced in USA, and Broadcasting all over in Nepal, through several Radios Stations.
उज्यालो नेपाल मिडिया नेटवर्क मार्फत ११ वोटा एफ.एम.हरु लगायत देशै भरि २२ रेडियो स्टेशनहरुमा कार्यक्रम यो साँझ यो सुवास प्रशारण हुने रेडियो स्टेशनहरु निम्नानुसार छन् ।
१. बिजय एफएम १०१.६ मेगाहर्ज, नवलपरासी-शनिबार बेलुकी ९.१५
२. रेडियो मना:लु १०३.९ मेगाहर्ज गोरखा-बुधबार बेलुकी ९.१५
३. हिमाल एफ.एम ९२.८ मेगाहर्ज बाँके-बुधबार बेलुकी ९.१५
४. रेडियो परिवर्तन ८९.४ मेगाहर्ज सुनसरी-शुक्रबार बेलुकी ९.१५
५. हाम्रो मालिका १०७ मेगाहर्ज कैलाली-बुधबार बेलुकी ९.१५
६. हजुरको रेडियो १०२.१ मेगाहर्ज रामेछाप-शुक्रबार बेलुकी ९.१५
७. साझा एफ.एम १०४.८ मेगाहर्ज मोरङ्ग-शुक्रबार बेलुकी ९.१५
८. रेडियो नमस्ते ९२.८ मेगाहर्ज बुटवल-बुधबार बेलुकी ९.१५
९. रेडियो फिक्कल ९०.६ मेगाहर्ज इलाम-शुक्रबार बेलुकी ९.१५
१०. हिँउचुली एफएम ९२.२ मेगाहर्ज पोखरा-मंगलबार बेलुकी ९.१५
११. रेडियो रेसुङ्गा १०६.२ मेगाहर्ज गुल्मी शुक्रबार बेलुकी ९.१५
१२. कोहलपुर एफएम १०१.२ मेगाहर्ज शुक्रबार राती ९.१५
१३. रेडियो उपत्यका ८७.६ मेगाहर्जमा शुक्रबार बेलुका ९.१५
१४. इन्द्रेनी एफ.एम ९२.४ मेगाहर्ज दाङ बाट
बजे प्रसारण हुन्छन् ।
यो साँझ यो सुबासको सम्पूर्ण भागहरु उपलब्ध गराई सहयोग गरिदिनुभएकोमा कार्यक्रम उत्पादक रन्शि गिरि र प्रस्तोता प्रदिप गिरिलाई हृदयदेखिनै हार्दिक दिन चाहान्छु ।
रामेछाप जिल्ला चिसापानी गा.वि.स. कला र संस्कृतिको अत्यन्तै धनि मान्न सकिन्छ । नेवारहरुको बाहुल्यता रहेको उक्त गा.वि.स.मा नवारी संस्कृतिका अलावा वाहुन क्षेत्रिहरुले पनि आ–आफ्नो संस्कतिलाई जगेर्ना गर्दै आएका छन् ।
गत बर्ष २०६८ भादौ १४ गते श्री भिमेश्वर सामुदायिक अध्ययन तथा सूचना केन्द्रले आयोजना गरेको पुस्तकालय दिवसमा नेवार समुदायले आ–आफ्नो परम्परा अनुसार लाखे नाच, देवि नाच, कार्तिके भजन र माघे भजन प्रस्तुत गरे त्यहि बेला धेरै वर्ष देखि छोडिएको विशेषत बाहुन समुदायको भजन बालुन भजन पनि देखाईएको थियो आज त्यहि भिडियो तपाईहरु सामु लिएर आएको छु ।
साँझ बढ्दै गएपछि उनको मुहारमा एउटा अनौठो गंभीरता भरिन्थ्यो । निलो आकाशको विराट क्षितिजतिर एकोहोरो कतै हराए झैं, केही खोजिरहे झैं, केही सोचिरहे झैं । उमेरको दोष पनि हुन् सक्छ। आउदा जादा पटक पटक देख्ने गर्छु उनलाई, बार्दलीको डिलमा अडेस लगाएर उभिरहेकी, बादलले छेकेको उदास जुन जस्तो देखिन्थ्यो त्यो अनुहार ।
पहिलो पटक हाम्रो भेट एउटा सांस्कृतिक कार्यक्रममा भएको थियो, नेपालबाट कलाकारहरु आएका थिए । कुनै अपरिचित व्यक्तिसंग भेट हुनु या नहुनुको के महत्व हुन्छ र ? यद्यपि त्यो व्यक्तिसंग म निकै घुलमिल भएझैं या त्यो अनुहारसंग म धेरै पहिले देखि परिचित थिएँ जस्तो लागिरह्यो । भेटेर एकै पटक धेरै प्रश्नहरु सोध्न मन थियो, त्यो दिन त्यतिकै थाती रह्यो । (Article from Krishnapakshya Blog)
स्रोत : कृष्णपक्ष ब्लग
कथा लेखक : कृष्ण थापा 'कृष्णपक्ष'
बाचक : अच्युत घिमिरे
समय : हरेक हप्ताको शुक्रबार, राति ९.१५
A Novel Ganki by Dhuswan Shyami
उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुतिसंबेगमा अच्युत घिमिरेको नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं संगै देशभरिका विभिन्न एफ एफ स्टेशनहरुबाट हरेक मंगलबार र शुक्रबाट राति सवा ९ बजे एकै साथ श्रुतिसंबेग प्रसारण हुन्छ । श्रुतिसंबेगमा हामी बरिष्ठ लेखकहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।
आज धुँस्वं श्वयमीको उपन्यास गंकी लिएर आउनुभएको छ । यो उपन्यास बाचन पूरा नभएसम्म हरेक हप्ताको शुक्रबार राति ९.१५ बजे श्रुति शंबेगबाट निरन्तर बाचन हुनेछ । लौ अउनुस् हामी पनि यो उपन्यास सुनौं ।
The popular novel GANKI 1958 (Eclipse) was written by Dhuswan Shyami. He uses modern depth psychology and technique of stream of consciousness. In this novel, he shifted from external society to the psyche of the characters. Through the perception of the characters, he begins to sketch the society.