हारलाई जितमा, बदल्नत खोजेकै हो ।।
ढुङ्गालाई प्रितमा, बदल्नत खोजेकै हो ।।
समयले सबैलाई, सिकाउँछ जिन्दगीमा
समयलाई हितमा, बदल्नत खोजेकै हो ।।
धोकालाई विर्सिएर, नयाँ यात्रा सुरुगर्न
पिडाहरु अतितमा, बदल्नत खोजेकै हो ।।
देबकै आँखालाग्यो, उजाडियो खुसिहरु
खुसियाली गीतमा, बदल्नछ खोजेकैहो ।।
पछिबाट छुरा रोप्ने, मान्छेहरु भेट्दापनि
दुस्मनलाई मितमा, बदल्नछ खोजेकै हो ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।






