"साथी"-राम शरण श्रेष्ठ

NepaliTalim | 10:32:00 AM | 0 comments
"साथी"
.......
उस्ले प्रस्ताब राखेपछीका केही रातहरू,
म निदाउन सकिँन,
***********
थाहै थिएन,
एक्कासी आफ्नो सबैभन्दा मिल्ने केटि साथीले
मलाई मन पराउँदो रहेछिन् ।
***********
थाहै थिएन,
उस्को मुस्कानको तारिफमा मैले बोलेका
केहि शब्दहरुले उस्को मनमा
उथलपुथल ल्याईदिएछ ।
***********
थाहै थिएन,
उस्को सुन्दरताको बयानमा मैले लेखेका
केहि शेरहरुमा उ धड्किएर बसेको रहेछ ।
***********
थाहै थिएन,
मैले नबोलेका कयौं शब्दहरु
मैले नलेखेका शेरहरु
मैले नलेखेका प्रेम पत्रहरु
मैले नगाएका गीतहरु
मा उस्को आश,
मैले बोलोस, लेखोस, गाओस भनेर
पर्खाइको रातोगुलाबको बगैचामा
कोहि बसिरहेको
मलाई पत्तै भएन ।
***********
अब्यत्त प्रेमको कयौं वर्ष बिताईसकेपछी
मैले कसैलाई मन पराउँछु भन्नु भन्दा
ठिक एक घन्टा
पछाडी,
आफ्नो प्रेम प्रस्ताबको एउटा चिठ्ठि दिएर
बेपत्ता भईन
मेरो सबै भन्दा मिल्ने साथी
सायद कतै टाढा
मेरो यादहरु साथ दिएर
अन्तिम पल्ट
एक सानदार मुस्कान दिई
दुई थोपा आँसु चुहाँउँदै ।
विदाईको हात हल्लिएको
मात्र बारम्बार सम्झिरहेछु
बस सम्झिरहेछु ।
....
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप

प्रेम दिवश विशेष ६ गजलहरु (राम शरण श्रेष्ठ)

NepaliTalim | 2:42:00 PM | 0 comments
१.गजल (प्रेम दिवश विशेष)
नजिक सर्ने कोही भए, प्रस्ताव राख्नु प्रेम दिवसमा
मन पर्ने कोही भए, प्रस्ताव राख्नु प्रेम दिवसमा

जति माया गर्छौ तिमी, त्यो भन्दा बढी तिमीलाई
माया गर्ने कोही भए, प्रस्ताव राख्नु प्रेम दिवसमा

साथी मध्ये त्यस्तो मिल्ने, तिमीप्रति अति पागल
चैन हर्ने कोही भए, प्रस्ताव राख्नु प्रेम दिवसमा

नबोलेरै कति कति, आँखा आँखाबाट मुटु
माया भर्ने कोही भए, प्रस्ताव राख्नु प्रेम दिवसमा

पवित्र प्रेम साईनो कहिल्यै, नछुट्ने बाचा गर्दै
जीउने मर्ने कोही भए, प्रस्ताव राख्नु प्रेम दिवसमा

सुखदु:ख सँगै काट्न, आँधी भेल जिन्दगीका
जँगार तर्ने कोही भए, प्रस्ताव राख्नु प्रेम दिवसमा

सम्बन्धको सुरुवात नयाँ, रातो गुलाबबाट गर्दै
खुसि छर्ने कोही भए, प्रस्ताव राख्नु प्रेम दिवसमा
राम शरण श्रेष्ठ (राम)
चिसापानी ६, रामेछाप

२.गजल (प्रेम दिवश विशेष)
यसपालि त आँट्नु पर्ला जे जे होला होला ।।
प्रेम प्रस्ताब राख्नु पर्ला जे जे होला होला ।।

सुरुवात त गर्नैपर्छ, जस्ले गरे पनि....
आफै कुरा थाल्नु पर्ला जे जे होला होला ।।

प्रेम दिवस मौका पारी, मनको कुरा खोल्छु
माने जिवन साट्नु पर्ला जे जे होला होला ।।

जिन्दगीको नयाँ यात्रा, थाल्न सहयात्री
उस्को साथ माग्नु पर्ला जे जे होला होला ।।
राम शरण श्रेष्ठ (राम)
14-Feb-2012
राम शरण श्रेष्ठ (राम)
चिसापानी ६, रामेछाप

३.गजल (प्रेम दिवश विशेष)
प्रेम दिवसमा प्रेमै प्रेम, जोडिएला मन कतै ।।
चकनाचुर कति सपना, तोडिएला मन कतै ।।

पाउलान कतिले, नायाँ साथी नयाँ जीवन
टुक्रिएला कतै झन, मोडिएला मन कतै ।।

कलिलो कोपिलमा, मल जल गर्नुपर्छ
झुक्किएर जरैसित, गोडिएला मन कतै ।।

कति होलान् प्रणयमा, रम्दै आनन्दमा मस्त
कतै आँसु धरधरी, फोडिएला मन कतै ।।

कतै मायाँ मात्र मायाँ , कतै घृणा मात्र घृणा
प्रेम आड भरोसामा, ओडिएला मन कतै ।।

प्रेम प्रतिक रातो गुलब, सँगै बिशेष उपहार
होस गर्नु मन दुख्ला , छोडिएलमा मन कतै ।।
  (मिति - २०६७ फाल्गुन १)
राम शरण श्रेष्ठ (राम)
चिसापानी ६, रामेछाप

४. गजल (प्रेम दिवश विशेष)
मुटु भित्र सिंहाशनमा, बसाउँकी हजुरलाई ।।
प्रेम पत्र रातो गुलाफ, पठाउँकी हजुरलाई ।।


लुकि छिपी दिल भित्र, पसुँ पसुँ लाग्यो आज
कि त आई मनको कुरा, बताउँकी हजुरलाई ।।

मनै हर्ने मुस्कान सँगै, नजर हाना हान भयो
नजर बाटै ईसाराले, मनाउँकी हजुरलाई ।।

किन किन आजभोली, उसैलाई भेटुँ लाग्छ
मुटु झिकी टक्राएर, चढाउँकी हजुरलाई ।।

मायाँ छ कि छैन भन, यता जस्तै उता पनि
आफू जस्तै पागल प्रेमी, बनाउँकी हजुरलाई ।।
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप
10-Feb-2012

५. गजल (प्रेम दिवश विशेष)
नयाँ यौटा सम्बन्धको बिस्तार गर्दैछु ।।
उस्लाई भन्ने कसरी हो बिचार गर्दैछु ।।

चोखो प्रेम गर्नेहरु, डराउँदैन भन्छन्
नयाँ जोस अफुभित्र प्रसार गर्दैछु ।।

धेरै सोधे मेरो र उस्को बारे आफन्तले
आज हाम्रो प्रेम रैछ स्विकार गर्दैछु ।।

लेखेकोछु प्रेम पत्र, मनको कुरा समेटेर
अन्तर्मुखीआफ्नो स्वभाव सुधार गर्दैछु ।।

थाहा छैन तिमीलाई, मन पर्छ पर्दैन
जानि जनी प्रेम रोगले, बिमार गर्दैछु ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

६.गजल (प्रेम दिवश विशेष)
हुन्छ मान्छे पागल जस्तै, प्रेम रोग लागेपछी ।।
जाग्राम बन्छन् रातपनि, यस्ले सिमा नागेपछी ।।
-------------
लाग्छ उ नै सर्बस्व हो, सुरु अन्त्य उसैबाट
नचाहेर के हुन्छ र, आत्माले नै मागेपछी ।।
-------------
छट्पटी नि तिब्र हुन्छ, पलभर छुटिदिंदा
मनहरु देह छोडी, अन्तकतै भागेपछी ।।
------------------
एउटा यस्तो कसम बन्छ, संगै जिउने संगै मर्ने
कसै प्रति सच्चा प्रेम, यतिधेरै जागेपछी ।
राम शरण श्रेष्ठ
चिसापानी , रामेछाप
Note : रेडियो सर्लाहिको गजलका शेरहरु र उज्यालोबाट प्रसारण हुने बुलबुल २९३ औ अंकमा  बाचन भएको गजल

राम शरण श्रेष्ठ

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger