कवि अजित क्षेत्रीका मान्छे शिर्षककाे कविता -05-05-2016 (Poem by Ajit Chhetri)

NepaliTalim | 5:03:00 PM | 0 comments
Poet-Ajit Chhetri
मान्छेहरु (कविता) 
यहाँ मान्छेहरु...
जो हाँसेजस्ता देखिन्छन् ती रोएका हुन्छन्
जो रोएको अभिनय गर्छन् ती हाँसेका भेटिन्छन्
जो अंकमाल गर्छन् ती छुरा बोकेका हुन्छन्
जो टाढा हुन्छन् ती अंकमालको आतुर हुन्छन्
वास्तवमा मान्छे
जे देखिन्छ त्यो होइन
जे देखिन्न त्यो पनि होइन
म मान्छे भएर पनि मान्छेलाई बुझ्न सकिन
थाहा छैन यहाँ
को मान्छे हो
को मान्छे होइन ।
हिउँद याममा
ब्रम्हपुत्र नदी किनारमा
समागमका लागी आतुर फिरन्ते बकुल्ला झैं
तम्तयार छन् मान्छे
मान्छेकै बध गर्न
हो, मान्छेका बस्तीहरु
बधशाला झैं लाग्छन् मलाई
मान्छेका भिडहरु
कसाईले पालेका
बिकासे खसीको बथान लाग्छछन् मलाई
तर हेर्नुस् न कस्तो अचम्म भने नी !
उही सिकारी भएको छ
उही सिकार भएको छ ।
पानी र हावाले खिइदा खिईंदै
एउटा बिबश पत्थर आज
भगवान बनेको छ
र पुजीन थालेको छ दोबाटोमा
हिंजोसम्म कुकुरले मुत्ने त्यो ढुङ्गो
आज साक्षात् भगवान भएको छ
बधशालामा आफन्तकै बध गरेर मान्छे
धुन्छ पाइखानामा आफ्ना रक्ताम्य हात
अनि पुग्दछ उही दोबाटोको
पत्थरको ईश्वरमा ढोग्न
र बर माग्दछ कहिल्यै नमर्ने ।
परस्त्रीसँग रातभर खेलेर फर्कन्छ मान्छे
अनि आफ्नी स्त्रीलाई भन्छ:
तिम्रो यादमा रातभर निदाउन सकिन
परपुरुषको शयनबाट फर्कन्छे उसकी स्वास्नी
र बस्छे सोमवारे एकादशी ब्रत
र रोप्छे तुलसीको बोट पनि
श्रीमानको दीर्घायुका लागी
हेर्नुस् न कस्तो अचम्म !
दुबैले दुबैलाई ढाँटेका छन्
तर दुबैले दुबैलाई बुझेका छन्
त्यहि भएर दुबै चुपचाप छन्
सम्झौतामा बाँचेको मान्छे
चङ्गाको डोरी भन्दा कमजोर छ
मान्छे मान्छे सँगै असुरक्षित छन्
किनकी बधशालामा मान्छेले मान्छे
किनबेच थालेको छ
खुद्रा मुल्यमा
हो त्यही भएर म
मान्छेलाई घृणा गर्न थालेको छु ।
हो त्यही भएर म
मान्छेलाई घृणा गर्न थालेको छु ।

Note :
Copyright Reserved with Writer of Above Poem

कवि दीप मिलनको वसन्त कविता अहाँकै सस्वरमा बाचन सहित (05-05-2016/2073-01-23) : Download

NepaliTalim | 4:46:00 PM | 0 comments
Poet-Deep Milan
 कविता बाचन 
शिर्षक -बसन्त 
आयो पात्रो घर घर नयाँ आशको दीप बाल्दै!
लैजाऊ यी जनलहरको पीर चिन्ता पखाल्दै!!
यो माटोमा अब विरहको गर्नु पर्ने छ अन्त!!
आऊ आऊ सबतिर खुशी बाँड प्यारो वसन्त!!
-
रोएका यी तनमनहरु हाँस्न सक्ने बनाई!
हांस्दै खेल्दै सब मिलिजुली बाँच्न सक्ने बनाई!!
छर्दै फूल्नू रनवन भरी फूल मीठो सुगन्ध!!
यस्तै बास्ना सुमधुर छरे बन्छ मीठो वसन्त!!
-
काला मैला दिन मनुजका लाग्न थालून् किनारा!!
रोएका यी मन लहरको बन्न पाई सहारा!!
हाम्रो पीडा अब विगतको हुन्छ होला नि अन्त!!
नेपालीको अमर ममता बाँड्न आऊ वसन्त!!
-
आऊ आऊ सब मिलिजुली शान्तिको दीप बालौँ
छोडौँ हामी छलठग सबै चन्द्र सुर्जे उचालौँ!!
हाम्रो आस्था पर क्षितिजमा हाँस्न खोज्दैछ मस्त!!
द्यौसी खेलौ अब मिलनको एकतामा वसन्त!!
-
आशाको यो नव किरणमा ज्योति छर्नू तिमीले!
भाषाको यो सब हरफमा अर्थ भर्नू तिमीले!!
हाम्रो इच्छा सघन पथमा दौडिदै जान्छ जन्त!!
हाम्रा आँखा तनमन खुशी पार्न आऊ वसन्त!!
-
हाम्रो बाटो भर दिनदिनै भ्रष्टको नै छ राज!
हाम्रो माटो अपहरणमा पर्न थाल्दै छ आज!!
लुट्ने चुँड्ने सब मनुज याँ बन्दछन् साधु सन्त!!
आऊ आऊ नव युग तिमी भै सुनौलो वसन्त!!
दीप मिलन
रुद्रपुर रुपन्देही
हाल दोहा कतार
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download
Listen at YouTube

Episode 71 : Sangeet Sargam संगीत सरगम (14-04-2016/2073-01-02) : Download

NepaliTalim | 4:18:00 PM | 0 comments
गुरूवावा एफएम 106.4 को प्रस्तुती
संगीत सरगम
समय -हरेक विहिवार बेलुका 9.15
प्रस्तोता - लोकराज विश्वकर्मा
 (14-04-2016/2073-01-02)
lokraj.bishwakarma@gmail.com


नमस्कार साथीहरु,

आज मिति 2073- बैशाख-02 तदनुसार 14-April-2016 का विहिबारका दिन सदा झैं गुर्वावा एफ एम १०६.४ मेगाहर्जको यो रात्रिकालीन ९.१५ बजेदेखि १० सम्मको समयमा एउटा पृथक रेडियो कार्यक्रम संगीत सरगम लिएर कार्यक्रम प्रस्तोता लोकराज विश्वकर्मा उपस्थित हुनुभएको छ । कार्यक्रम सुनेर के कस्तो लाग्यो इमेलबाट आफ्ना सल्लाह सुझाब दिन सक्नुहुनेछ । 
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download

गजलको कार्यक्रम बुलबुल BULBUL 345 (27-04-2016/2073-01-15) गजलकार एस.पि. माथवर सँगको अन्तर्वाता विशेष : Download

NepaliTalim | 4:02:00 PM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS    
गजलको कार्यक्रम बुलबुल
BULBUL EPISODE - 345
Host : Achyut Ghimire Bulbul   
Date  : (27-04-2016/2073-01-15)
Interview with SP Mathawar
New Bulbul at Youtube
 गजलकार एस.पि. माथवर सँगको अन्तर्वाता विशेष 

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! आज मिति 2073 बैशाख 15 गते तदनुसार 
27-April-2016 बुधबारका का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 345) लिएर उपस्थित हुनुभएको छ । 

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं..... युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई । 

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
बिशेष सूचना 
२०७० असोज १३ (29-Sep-2013 गतेदेखि आइतबारिय नयाँ बुलबुल सुरुभएको थियो, त्यसपछि २०७० माघ १८ (01-Feb-2014) गतेदेखि शनिबार सारेर श्रृंखला १९ नयाँ बुलबुल प्रसारण हुँदै आएकोमा मिति २०७१ मंसिर २७ (13 Dec 2014) गते देखि नयाँ बुलबुलको श्रृंखला अन्त भएको छ । अब केवल हप्तामा बुधकार मात्र बुलबुल प्रसारण भइरहेको छ। विगतका नयाँ बुलबुल सुन्नको लागि -Click Here to Listen New Bulbul All (61) Episodes
Listen and Download (Right Click and save)

Download : Click Here to Download
Listen at YouTube

गजल सुधा Ghazal Sudha (29-04-2016/2073-01-17) गजलकार निर्मल पराजुली सँगको अन्तर्वाता विशेष : Download

NepaliTalim | 5:53:00 PM | 0 comments
अनलाईन रेडियो छहारीको 
रेडियो मिर्मिरे ८९.४ मेगाहर्ज 
गजल विशेष प्रस्तुति  
गजल सुधा 
हप्ताको हरेब शुक्रवार 
प्रस्तोता : कमल सरगम 
(29-04-2016/2073-01-17)
Interview with Nirmal Parajuli

गजलकार निर्मल पराजुली अन्तर्वाता विशेष 

नमस्कार, 2073-बैशाख-17 तदनुसार 29-April-2016 शुक्रवारका दिन रेडियो मिर्मिरे ८९.४ मेगाहर्जको प्रस्तुति लिएर प्रस्तोता कमल सरगम् उपस्थित् हुनु भएको छ । हरेक शुक्रवार ९ बजे देखि १० बजे सम्म गजल उथ्थानको लागि  कार्यक्रम् गजल सुधा प्रशारन हुने गर्दछ कार्यक्रम पठाएर सहयोग गरिदिनुहुने कार्यक्रम संचालक कमल सर्गम्  ज्यूलार्इ धेरै धेरै धन्यवाद ।
Listen and Download (Right click and save as)

Download : Click Here to Download
Listen at YouTube

गजल सुधा Ghazal Sudha (22-04-2016/2073-01-10) गजलकार रूद्र अधिकारी सँगको अन्तवर्ता विशेष : Download

NepaliTalim | 5:35:00 PM | 0 comments
अनलाईन रेडियो छहारीको 
रेडियो मिर्मिरे ८९.४ मेगाहर्ज
गजल विशेष प्रस्तुति  
गजल सुधा 
हप्ताको हरेब शुक्रवार 
प्रस्तोता : कमल सरगम 
 (22-04-2016/2073-01-10) 

गजलकार रूद्र अधिकारी सँगको अन्तवर्ता विशेष 

नमस्कार, 2073-बैशाख-10 तदनुसार 22-April-2016 शुक्रवारका दिन रेडियो मिर्मिरे ८९.४ मेगाहर्जको प्रस्तुति लिएर प्रस्तोता कमल सरगम् उपस्थित् हुनु भएको छ । हरेक शुक्रवार ९ बजे देखि १० बजे सम्म गजल उथ्थानको लागि  कार्यक्रम् गजल सुधा प्रशारन हुने गर्दछ कार्यक्रम पठाएर सहयोग गरिदिनुहुने कार्यक्रम संचालक कमल सर्गम्  ज्यूलार्इ धेरै धेरै धन्यवाद ।
Listen and Download (Right click and save as)

Download : Click Here to Download
Listen at YouTube


Rudra Adhikari

श्रृंखला 202 : वहकिने मन Bahakine Man (03-05-2016/2073-01-21) : Download

NepaliTalim | 6:26:00 PM | 0 comments
बहकिने मन BAHAKINE MAN -202
Thaha Sanchar Network Presents
DATE-(03-05-2016/2073-01-21)
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone: 01 4350831
Facebook : Bahakine Man 
http://thahasanchar.com/


नमस्कार,

आज मिति 2073 बैशाख 21 तदनुसार 03-April-2016 सोमबारका दिन थाहा संचार मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन BAHAKINE MAN EPISODE 202 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)

Download : Click Here to Download
Listen at YouTube

Muktak Mala मुक्तक माला -155 (01-05-2016/2073-01-19) : Download

NepaliTalim | 5:40:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती १०.१५ आईतबार 
(01-05-2016/2073-01-19)
Facebook Page 


नमस्कार साथीहरु,

आज मिति 2073 बैशाख 19 गते तदनुसार 01-May-2016 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download
Listen at YouTube

Muktak Mala मुक्तक माला -154 (24-04-2016/2073-01-12) : Download

NepaliTalim | 5:36:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती १०.१५ आईतबार 
(24-04-2016/2073-01-12) 
Facebook Page 


नमस्कार साथीहरु,

आज मिति 2073 बैशाख 12 गते तदनुसार 24-April-2016 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download
Listen at YouTube

Episode 21 : Muktak Diary मुक्तक डायरी (23-04-2016/2073-01-11) : Download

NepaliTalim | 3:33:00 PM | 0 comments
रेडियो राप्तीको प्रस्तुती 
मुक्तक विशेष कार्यक्रम 
हरेक : शनिवार बेलुका ९.१५ देखि
Every : Saturday 9.15pm
 (23-04-2016/2073-01-11) 


नमस्कार साथीहरु, 
आज मिति 2073 बैशाख 11 गते तदनुसार 23-April-2016 का दिन  रेडियो राप्तिको नेपाली साहित्य विधा मुक्तक विशेष कार्यक्रम मुक्तक डायरी लिएर कार्यक्रम प्रस्तोता उपस्थित उत्तर कुमार साहु हुनुभएको छ । आज पनि तपाईहरुकै मिठा मिठा मुक्तकहरु बाचन हुनेछन् । कार्यक्रम सुनेर प्रतिकृया दिनुहुनेनै छ ।
Listen and Download (Right Click and Save As)

Download: Click Here to Download
Listen at YouTube

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger