डिल्ली प्रसाद खराल "घायल" का १० गजलहरू -19-04-2015

NepaliTalim | 5:19:00 PM | 0 comments
१. गजल एक 
आँखाभरि टिलपिल आँसु पार्दै म परदेश आएँ
जिन्दगीलाई सात समुद्र तार्दै म परदेश आएँ ।"

मिठो पिठो जे भएनि बाँडी खाउँला सँगै भन्थे
नयनबाट बलिन धारा झार्दै म परदेश आएँ । "

बाँच्नु पर्ने जिन्दगीले कैले पालुवा फेर्ला भनी
छिया छिया भाको मुटु बार्दै म परदेश आएँ

भाग्यको नै खेल सम्झी आफ्नो मन बुझाएर
तिर्सना ती मनभित्रका मार्दै म परदेश आएँ ।"

चारैतिर पीडा मात्र खुशी कैले नमिलेसि
जिन्दगीसँग हरेक पल हार्दै म परदेश आएँ । "

डिल्ली प्रसाद खराल"घायल "
बिरेंद्रनगर चितवन,
हाल : मरुभूमिको छाती दुबई,

२.गजल दुर्इ 
जस्कोपनि जिन्दगी त्यो जालमा पर्न सक्छ 
दुस्मनले रचेको त्यो चालमा पर्न सक्छ 

दौलतको आडमा आज जतिसुकै नाच तिमि 
सम्पतीभोलि कौडाको त्यो खालमा पर्न सक्छ 

कुडेको त्यो दु:ध झैं नउम्लभो तेत्ती सारै
आजाद त्यो समुन्द्रको छालमा पर्न सक्छ

ईष्या अनि क्रोध लाई काबु राख नत्रभने 
जिन्दगी त्यो रगतको तालमा पर्न सक्छ 

सुमार्गलाई छोडि आज कुमार्ग चल्ने हरु
ख्यालगरहै जिन्दगी त्यो अ-कालमा पर्न सक्छ ,
डिल्ली प्रसाद खराल"घायल "
बिरेंद्रनगर चितवन,
हाल : मरुभूमिको छाती दुबई,


३.गजल तिन 
हास्न भन्छौ मन मेरो टुटेको देख्दा देख्दै
सिसा जस्तै भाग्यआज फुटेको देख्दा देख्दै..?

सागरको लहर जस्तै असान्त यो जिन्दगिमा
गास्न भन्छौं सम्बन्द त्यो छुटेको देख्दा देख्दै..?

उजाड यो जिन्दगिमा बिरहले पाईला टेक्दा 
बाच्न भन्छौ खडेरिले भुटेको देख्दा देख्दै..? 

यो छातिमा घायल मुटु बोकेर मैले हिंड्दा 
नाच्न भन्छौ दैबले आज चुटेको देख्दा देख्दै..?

कंयौ पटक फुटेर तेसै छुटेका ति सपना लाई 
साच्नभन्छौ भाग्यले यति लुटेको देख्दा देख्दै..?

निर्दोष त्यो आशुहरु पुछीदिने हातलाई किन 
भाच्न भन्छौ काडाले मुटु खुटेको देख्दा देख्दै..?
डिल्ली प्रसाद खराल"घायल "
बिरेंद्रनगर चितवन,

हाल : मरुभूमिको छाती दुबई,

४.गजल चार
साथ दिन्छु भन्नेहरू छुटे कति जिन्दगीमा
आफ्नैले आफैलाई लुटे कति जिन्दगीमा,

एकपछि आर्को पीडा नियति दे'को बेला
जरैसित उखल्नलाई जुटे कति जिन्दगीमा,

चर्किएका सपनाहरू पौरखले टाल्छु भन्दा
समयको फाइदा उठाई चुटे कति जिन्दगीमा,

बिधताले छड्के नजर यो दु:खिलाई तरेपछि
आँधी-हुरी असिनाले कुटे कति जिन्दगीमा,

आफ्नो बाटो सिधा पार्न, स्वार्थी यो दुनियाले
यो घायललाई भट्टमास झैं भुटे कति जिन्दगीमा,
डिल्ली प्रसाद खराल"घायल "
बिरेंद्रनगर चितवन,

हाल : मरुभूमिको छाती दुबई,

५.गजल पाँच
जन्मेदेखि आजसम्म घात मात्र दियौ जीवन
चारैतिर आन्धकारको, रात मात्र दियौ जीवन,

हाँसो खुशी बटुलेर जिउने आशा गर्दै थिए
पीडासँगै वेदनाको खात मात्र दियौ जीवन,

मिठा-मिठा सपनाहरू हृदयमा सजाको थे
पाइलैपिच्छे ठोक्कर अनि लातमात्र दियौ जीवन,

जब जब पहिलाहरूलेसहारा को साथ् खोज्यो
अबाकीलाई दु:खदायी हात मात्र दियौ जीवन,

उजाड यो जिन्दगीमा सुबास केही छ्रर्छु भन्दा
बाँचुन्जेल आँशुको त्यो बर्सात मात्र दियौ जीवन,
डिल्ली प्रसाद खराल "घायल "
बीरेन्द्रनगर चितवन,

हाल : मरुभूमिको छाती दुबई

६.गजल छ
ओइलिएर फूल जस्तै झरेझैं भाको छ,
दु:खी जीवन जिउदा जिउदै मरेझैं भाको छ ?

बाचुन्जेल संघर्षको खेती गर्दा गर्दै,
जिन्दगि यो आन्दोलनमा परेझैं भाको छ ?

सजायका सपनाहरू खहरेको बगर हुँदा,
विधाताले खुशी मेरो हरेझैं भाको छ ?

खातै-खात कल्पनालाई सकार पार्ने चाह हुँदा,
मनको डेरा आज किन सरे झैं भाको छ ?

एकपछि आर्को पिंडा पाहिलै पिच्छे मिलेपछि ,
भाग्यले नि पक्षपात गरेझैं भाको छ ?

डिल्ली प्रसाद खराल"घायल "
बिरेंद्रनगर चितवन,
हाल : मरुभूमिको छाती दुबई,

feedback:-dilipkharal@gmail.com,

७.गजल सात 
त्यों फूलको डाली भाचेर के पायौ
ल भन-त्यो जवानी नासेर के पायौ ?

दुनियाले मेरो घाऊमा नून चुक लगाउदा
ल भन-म रुदा तिमी हाँसेर के पायौ ?

आफ्नो स्वार्थ पुरागर्न-जिउदै मलाई जलायौ
ल भन-मलाई मारी तिमी बाँचेर के पायौ ?

खै कसरी बुझेउ यो निस्छल नातालाई
ल भन-जीवनलाई दलदलमा भासेर के पायौ ?

पिरतीको को डुंगा पल्टायर बिचमै
ल भन-अन्तै नाता गासेर के पायौ ?
डिल्ली प्रसाद खराल"घायल "
बिरेंद्रनगर चितवन

हाल : मरुभूमिको छाती दुबई

८. गजल आठ
दुनियाको त्यो भीडमा मान्छेको कयौ जाति पाए
दु:खी अनि पीडित मात्र जिन्दगीमा साथी पाए ?

भाग्य लेख्दा विधाताले पच्क्षपात गरेपछि
जिन्दगीका हर प्रहरमा अन्धकार त्यो राति पाए ?

चाहना र आकांक्षाहरू मनमा हजार हुदाहुदै
अधुरा सपनाहरूको मात्रखाली ताती पाए ?

आकाशको जुनतारालाई साक्षी राखी चल्दा पनि
साथ् दिन्छु भन्नेहरू धोकेबाज र घाती पाए ?

दुई हात फैलाएर भगवानसँग खुशी माग्दा
चुँडाएर चढाएका मन्दिरका तिनै पातीपाए ?
डिल्ली प्रसाद खराल"घायल "
बिरेंद्रनगर चितवन

हाल : मरुभूमिको छाती दुबई

९. गजल नौ
विवशताले गर्दा आज छोडी आए नेपाल आमा,
तिम्रो माया ममतालाई तोड़ी आए नेपाल आमा,

हिरा मोती त्यही धर्तीमा, हुदा हुदै पनि मैले
संग्लो जीवन जानी जानी, गोडी आए नेपाल आमा,

सात समुद्र काटे मैले छातीमाथि ढुंगा राखी
आफ्नो मुटु आफैले नै फोडी आए नेपाल आमा,

थिए कति इच्छहरू, आफ्नै देश मै रमाउने
विवश भई पाइलाहरू मोडी आए नेपाल आमा,
डिल्ली प्रसाद खराल"घायल "
बिरेंद्रनगर चितवन

हाल : मरुभूमिको छाती दुबई

१०. गजल आठ
आमा बाबा सदै तिम्रो ओरिपरि हुन पाऊ.
कोमल तिनै पाउहरुलाई सदै मैले छुन पाऊ 

चाहीदैन अरु कुनै संसारको खुशी मलाई 
नयन भित्र न विजाई त्यो,आसु बनि चुनपाऊ.

दसौं धारा दु:धको भारा तिर्नमैले नसकेनी 
हर्षको त्यो आशुहरुले मुहार सदै धुनपाऊ,

अधुरो छ जिबन यो,आमा तिम्रो काख बिना
तिम्रा हरेक पिडाहरुलाई अङ्गालेर रुनपाऊ 

जन्म दिई कर्म दीयौ सुनौलो यो संसार दीयौ.
सातौ जुनी किन नहोस तिम्रै सन्तान हुनपाऊ,
डिल्ली प्रसाद खराल”घायल ”
बिरेंद्रनगर चितवन,
हाल :दुबई यू.ए.इ,

Muktak Madhurima (16-04-2015/2072-01-03) - Download

NepaliTalim | 9:00:00 PM | 0 comments
Radio : Radio Arpan 104.5 
Time : Thrusday 9.15pm
Host : Ramu Acharya
Date : (16-04-2015/2072-01-03)

आज मिति 2072 बैशाख 03 गते तदनुसार 16-April-2015 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी रेडियो र्पण १०४.५ मेगाहर्जबाट बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।        
Listen and Download

Download : Click Here to Download

BULBUL 293 (15-04-2015/2072-01-02) : Download

NepaliTalim | 6:26:00 PM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS    
गजलको कार्यक्रम बुलबुल
BULBUL EPISODE - 293


शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! आज मिति 2072 बैशाख 02 गते तदनुसार 15th April -2015 बुधबारका का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 293) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं..... युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
बिशेष सूचना 
२०७० असोज १३ (29-Sep-2013 गतेदेखि आइतबारिय नयाँ बुलबुल सुरुभएको थियो, त्यसपछि २०७० माघ १८ (01-Feb-2014) गतेदेखि शनिबार सारेर श्रृंखला १९ नयाँ बुलबुल प्रसारण हुँदै आएकोमा मिति २०७१ मंसिर २७ (13 Dec 2014) गते देखि नयाँ बुलबुलको श्रृंखला अन्त भएको छ । अब केवल हप्तामा बुधकार मात्र बुलबुल प्रसारण भइरहेको छ। विगतका नयाँ बुलबुल सुन्नको लागि -Click Here to Listen New Bulbul All (61) Episodes
Listen and Download (Right Click and save)

Download : Click Here to Download

यो श्रृंखलाबा बाचन भएको मेरो गजल
हुन्छ मान्छे पागल जस्तै, प्रेम रोग लागेपछी ।। 
जाग्राम बन्छन् रातपनि, यस्ले सिमा नागेपछी ।।
-------------
लाग्छ उ नै सर्बस्व हो, सुरु अन्त्य असैबाट 
नचाहेर के हुन्छ र, आत्माले नै मागेपछी ।।
-------------
छट्पटी नि तिब्र हुन्छ, पलभर छुटिदिंदा
मनहरु देह छोडी, अन्तकतै भागेपछी ।।
------------------
एउटा यस्तो कसम बन्छ, संगै जिउने संगै मर्ने
कसैप्रति सच्चाप्रेम, यतिधेरै जागेपछी ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

Episode 33- संगीत सरगम (09-04-2015/2071-12-26) : Download

NepaliTalim | 5:46:00 PM | 0 comments
गुरूवावा एफएम 106.4 को प्रस्तुती
संगीत सरगम
समय -हरेक विहिवार बेलुका 9.15
प्रस्तोता - लोकराज विश्वकर्मा
(09-04-2015/2071-12-26)
lokraj.bishwakarma@gmail.com

नमस्कार साथीहरु,

आज मिति 2071 चैत्र 26 तदनुसार 09-April-2015 का विहिबारका दिन सदा झैं गुर्वावा एफ एम १०६.४ मेगाहर्जको यो रात्रिकालीन ९.१५ बजेदेखि १० सम्मको समयमा एउटा पृथक रेडियो कार्यक्रम संगीत सरगम लिएर कार्यक्रम प्रस्तोता लोकराज विश्वकर्मा उपस्थित हुनुभएको छ । कार्यक्रम सुनेर के कस्तो लाग्यो इमेलबाट आफ्ना सल्लाह सुझाब दिन सक्नुहुनेछ । 
Listen and Download

Download : Click Here to Download

Episode 32- संगीत सरगम (02-04-2015/2071-12-19) : Download

NepaliTalim | 5:45:00 PM | 0 comments
गुरूवावा एफएम 106.4 को प्रस्तुती
संगीत सरगम
समय -हरेक विहिवार बेलुका 9.15
प्रस्तोता - लोकराज विश्वकर्मा
(02-04-2015/2071-12-19)
lokraj.bishwakarma@gmail.com

नमस्कार साथीहरु,

आज मिति 2071 चैत्र 19 तदनुसार 02-April-2015 का विहिबारका दिन सदा झैं गुर्वावा एफ एम १०६.४ मेगाहर्जको यो रात्रिकालीन ९.१५ बजेदेखि १० सम्मको समयमा एउटा पृथक रेडियो कार्यक्रम संगीत सरगम लिएर कार्यक्रम प्रस्तोता लोकराज विश्वकर्मा उपस्थित हुनुभएको छ । कार्यक्रम सुनेर के कस्तो लाग्यो इमेलबाट आफ्ना सल्लाह सुझाब दिन सक्नुहुनेछ । 
Listen and Download

Download : Click Here to Download

श्रृंखला 6 : गजल पुञ्ज (10-04-2015/2071-12-27) नयाँ वर्ष २०७२ विशेष : Download

NepaliTalim | 5:32:00 PM | 0 comments
Program : Gazal Punja -3
कार्यक्रम : गजल पुञ्ज   
रेडियो : रेडियो देउखुरी १०५.८
समय : शुक्रबार राती ९.१५
प्रस्तोता  : एसपी माथवर
(10-04-2015/2071-12-27)

नमस्कार साथीहरू,

आज मिति  2071 चैत्र 27 गते तदनुसार 10-April- 2015,  हरेक शुक्रबार रेडियो रेडियो देउखुरी १०५.८ मेगाहर्ज  बाट प्रसारण हुने एकमात्र मधुरसले युक्त कार्यक्रम गजल पुञ्ज लिएर कार्यक्रम प्रस्तोता तपाईको भाई छोरो साथी एसपी माथवर उपस्थित हुनुभएको छ । कार्यक्रममा सल्लाह सुझाव तथा तपाईहरुको रचनाका लागि कार्यक्रमको इमेल मा सम्पर्क गर्नुहोला ।  
Listen and Download

Download : Click Here to Download

बिम्ब प्रतिबिम्ब (13-04-2015/2071-12-30) नयाँ वर्ष २०७२ विशेष : Download

NepaliTalim | 5:11:00 PM | 0 comments
बिम्ब प्रतिबिम्ब
मुक्तक बिशेष प्रस्तुती    
रेडियो नेपाल बाट
प्रस्तुती रमेश पौडेल
(13-04-2015/2071-12-30)

Follow us at Youtube
Follow Us at Twitter
Follow Us at Facebook

नमस्कार साथीहरु,

आज मिति  2071 चैत्र 30 तदनुसार 13-April-2015 दिन रेडियो नेपालको मुक्तक बिशेष बिम्ब प्रतिबिम्ब लिएर कार्यक्रम प्रस्तोता  रमेश पौडेल उपस्थित हुनुभएको छ ।
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download

मुक्तक माला -100 (12-04-2015/2070-12-29) : Download

NepaliTalim | 5:00:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती १०.१५ आईतबार
 (12-04-2015/2070-12-29)
Facebook Page 




नमस्कार साथीहरु,

आज मिति 2071 चैत्र 29 गते तदनुसार 12-April-2015 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download

Note :
 आज पेजमा तपाईंले नै पठाउनु भएका रसिला कसिला मुक्तक हरफहरु , सवाल जवाफ मुक्तक सँगै Badal Ghimire जी सँगको बिशेष कुराकानी समाबेश गरिएको छ ।

गजल यात्रा (07-03-2015/2071-11-23) गजलकारहरु दामोदर नेपाल र केशवराज जोशी यात्री सँगको अन्तवार्ता विशेष : Download

NepaliTalim | 4:50:00 PM | 0 comments
रेडियो कार्यक्रम 
गजल यात्रा 
गोर्खा एफ एम ९३ मेगाहर्ज
प्रस्तोत शशी शर्मा मजगैया
Email : rjshashi.radio@gmail.com
समय : हरेब शनिवार बेलुक १० देखी ११ 
Date : (07-03-2015/2071-11-23)



आज मिति 2071 फाल्गुन 23 गते तदनुसार 07-March-2015 शनिवारका दिन यहाँहरु सामु गोर्खा एफ एम ९३ मेजाहर्जको साहित्यिक कार्यक्रम गजल यात्रा लिएर कार्यक्रम प्रस्तोत शशी शर्मा मजगैया उपस्थित हुनुभएको छ । कार्यक्रा सुनेर के कस्तो लाग्यो कार्यक्रमको इमेलमा सम्पर्क गर्नुहोला । 
Listen and Download (Right click and Save As)

Download : Click Here to Download

Episode 18 -Muktak Sansar (09-04-2015/2071-12-26) मुक्तककार बादल घिमिरे सँगको अन्तर्वाता बिशेष : Download

NepaliTalim | 4:36:00 PM | 0 comments
 रेडियो नारायणी १०५।२ मेगाहर्ज
मुक्तक संसार (Muktak Sansar)
समय : बिहीबार राति ९:१५ बजे
प्रस्तोता : विवेक न्यौपाने
(09-04-2015/2071-12-26) 
Follow Us: Facebook page

नमस्कार मित्रहरु,

आज मिति 2071-चैत्र 26 गते तदनुसार 09-April 2015 शनिकारका दिनसामुदायिक रेडियो, रेडियो नारायणी १०५.२ मेगाहर्जबाट नेपाली साहित्यको मुक्तक बिधामा आधारित रेडियो कार्यक्रम नेपाली साहित्यको मुक्तक बिधामा आधारित रेडियो कार्यक्रम; मुक्तक सन्सार कार्यक्रम लिएर संचालक प्रस्तोता विवेक न्यौपाने उपस्थित हुनुभएको छ । कार्यक्रमको लागि सल्लाह सुझाब तथा तपाईहरुले आफ्ना मुक्तक पठाउनको लागि हामीलाई हाम्रो फेसबुक पेज मुक्तक संसारमा लगइन गर्नुहोला । 
Listen and Download (Right Click and Save)

Download : Click Here to Download

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger