नेपाली गजल प्रशिक्षण श्रृंखला तिन (Episode 6) : आदरणिय अग्रज गजलकार शेखर अस्तित्व

NepaliTalim | 10:19:00 AM | 0 comments
Shekhar Astitwa
नमस्कार,

धेरै वर्ष देखी भारतको मुम्बइमा बसेर नेपाली गजलमा कलम चलाईरहनुभएका हाम्रा अति आदरणिय अग्रज गजलकार दाजु शेखर अस्तित्वको अनुमतिमा चिसापानी नेपाल ब्लगमा उहाँले फेसबुकमा सुरु गर्नुभएको गजल प्रशिक्षणको  छैठौं श्रृंखला यहाँ हरु सामु लिएर आएको छु । आशाछ उहाँले सुरु गनुएको यो गजल प्रशिक्षणले गजलमा भर्खर पाईला चाल्दै गर्नुभएका र गजल मनपराउनुहुने सबैलाई गजलको दिब्य दर्शन प्राप्त हुनेछ । यो अमुल्य प्रशिक्षणको लागि हामी उहाँ प्रति मुरि मुरि धन्यवाद ब्यक्त गर्दछौं र ईश्वर सँग प्रार्थना गर्दछौ उहाँको क्षत्र छायाँ हामीलाइृ सदैब प्रदान भईरहोस । 
Note : 
यो लेखमा सर्वाधिकार लेखकमा निहित रहनेछ । 
प्रशिक्षक अग्रज आदरणिय गजलकार शेखर अस्तित्व ।
स्रोत फेसबुक : Facebook - Shekhar Astitwa
.......................................................................................................

नेपाली गजल प्रशिक्षण श्रृंखला-६ (Tuesday, 25th July 2014, 9.44Pm)
..........................................................

प्रिय साथीहरू ! नमस्कार !
संचै हुनुहुन्छ ? म पनि एकदम ठीक छु ! एउटा कुरा भन्छु ल ? आज हामी यो गजल यात्राको पाँचौं श्रृङ्खला पछि छैटौंमा प्रवेश गर्दै छौं ! मेरो मन मा के बिचार आयो भने, हामी प्रत्येक रुक्नमा आधारित बहरलाई सिक्नको लागि सातामा 5 दिन राखौंला र बाकी 2 दिन अनलाईन गजल लेख्ने प्रयास गरौंला ! सबैलाई रदीफ र काफिया थाहा छ ! बहर कतै बिग्रियो भने मिलेर ठीक गरौंला ! सबैलाई मिसरा लेख्ने र गलत छ भने दुरूस्त गर्ने अधिकार छ ! सबै बराबर छन् ! आज मैले एउटा निवेदन गर्न चाहन्छु कि बहरको जानकारी पछि हामिलाई उसको भाव पक्ष र अभिव्यक्तिको पनि ध्यान राख्नुपर्छ ताकि गजल समग्र रूपमा शक्तिशाली होस् ! मात्र शब्दहरूको सङ्ग्रह न होस् ! ओ के ?
ल मैले एउटा मतला दिन्छु ! बाकी सबैले मिलेर पूरा गर्ने प्रयास गर्नुहोस् है त !

पसीना / चुहाई / फसल आ / ज लेखौं
ल साथी / मिलेरै / गजल आ / ज लेखौं
(Shekhar Astitwa)
समेटौं / म के के / गजलमा / न सोधौं
लगाए / र थो रै / अकल आ / ज लेखौं
(Prakash Acharya)
बहरको / खडेरी / परेको / गजलमा
मुहानै / फुटाए / र जल आ / ज लेखौं
(Kapil Khanal)
ईलामे पुत्र जी को सम्पूर्ण गजल 2 आंशिक संशोधनको साथ यस भित्र परेको जानकारी गराउन चाहन्छु !
Thank you 

नयाँ बुलबुल - 44 : (26-07-2014/2071-04-10) : Download

NepaliTalim | 9:37:00 AM | 0 comments
NEW BULBUL EPISODE - 44
Date : (26-07-2014/2071-04-10)

पून प्रशारण :
आजको शनिवारिय बुलबुलको श्रृंखलामा गजल सिद्धान्तको बारेमा थप जानकारीको साथमा तपाइहरुकै गजल र सांगीतिक प्रस्तुतिहरु रहनेछ । 

नमस्कार,

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति 2071 असार 10   गते तदनुसा 26-July-2014 आइतवारका दिन बुलबुलको शनिवारिय श्रृंखलाको पहिलो श्रृंखला रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (NEW Bulbul Episode -44) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला । बुलबुल डाउनलोडका सम्पूर्ण स्रोत  स्रोत उज्यालो ९० नेटवर्कको वेबसाईट www.ujyaaloonline.com  हो 
सूचना,
आइतवारिय बुलबुल शनिवार (पहिलो श्रृंखला २०७० माघ २०७० तदनुसार ०१ फेब्रुअरी २०१४) सोहि समय सारिएको जानकारी गरिन्छ ।
Listen and Download

Download : Click Here to Download

Episode 24- Swarnim Prahar (27-07-2014/2070-04-11) : Download

NepaliTalim | 9:03:00 AM | 0 comments
हरेक आईतबार राति १०;३० बजे अष्ट्रेलिया समय
तथा साँझ ५;१५ बजे नेपाली समय
Program: Swarnim Prahar
Radio: Nepali Sanchar Radio
Host:Bikram Arpan
Date :  (27-07-2014/2070-04-11) 


नमस्कार साथीहरू,


आज मिति 2071 साउन 11 गते तदनुसार 27-July-2014, अनलार्इन रेडियो नेपाली संचार रेडियोको प्रवासी भूमिबाट नेपाली साहित्यको संरक्षण सम्बृदी संगै तपाई सृजनशील श्रष्टाहरुको मनको भावना बिसाउने माध्यम  साहित्यिक कार्यक्रम स्वर्णिम प्रहर लिएर प्रस्तोता विक्रम अर्पण उपस्थित हुनुभएको छ । कार्यक्रम के कस्तो लाग्यो सल्लाह सुझाब दिदै गर्नुहोला ।

Listen and Download 

Download : Click Here to Download

यो श्रृंखलामा बाचन भएको गजल
मनमा थरिथरिका भावहरु आउँछन् ।।
आउँछन् जिन्दगीमा तनाबहरु आउँछन् ।।

सम्हालिएर हिँड्दा पनि फेरीफेरी तर
झन बढी उताव बढावहरु आउँछन् ।।

उदास उदास हुँदै, निरास निरास हुँदा
भएर साहारा त्यै सरावहरु आउँछन् ।।

प्रेमको प्रतिक्षमा म, बसिरहेकै बेला
काँडाहरु लिएका गुलाबहरु आउँछन् ।।

जब अघिको बाटो धेरै आँध्यारो हुन्छ
निर्णय लिनकठिन चुनावहरु आउँछन् ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

Episode 24- Swarnim Prahar (27-07-2014/2070-04-11) : Download

NepaliTalim | 11:59:00 AM | 0 comments
हरेक आईतबार राति १०;३० बजे अष्ट्रेलिया समय
तथा साँझ ५;१५ बजे नेपाली समय
Program: Swarnim Prahar
Radio: Nepali Sanchar Radio
Host:Bikram Arpan
Date :(27-07-2014/2070-04-11) 

नमस्कार साथीहरू,

आज मिति 2071 साउन 11 गते तदनुसार 27-July-2014, अनलार्इन रेडियो नेपाली संचार रेडियोको प्रवासी भूमिबाट नेपाली साहित्यको संरक्षण सम्बृदी संगै तपाई सृजनशील श्रष्टाहरुको मनको भावना बिसाउने माध्यम  साहित्यिक कार्यक्रम स्वर्णिम प्रहर लिएर प्रस्तोता विक्रम अर्पण उपस्थित हुनुभएको छ । कार्यक्रम के कस्तो लाग्यो सल्लाह सुझाब दिदै गर्नुहोला ।

Listen and Download 

Download :   Click Here to Download

रेडियो नेपालको गजल गंगा (2071-04-06/22-07-2014) - Download

NepaliTalim | 3:36:00 PM | 0 comments
RADIO NEPAL PRESENTS
कार्यक्रम : गजल गंगा 
रेडियो : रेडियो नेपाल
समय : हरेक मंगलबार ९.१५ देखि
 
कार्यक्रम संयोजन : ललिजन रावल
Facebook : Facebook Page  

Web : Radio Nepal 
Date : (2071-04-06/22-07-2014)

नमस्ते साथीहरु,

आज मिति  2071 Srawan 06 तदनुसार 22-July-2014 मंगलबार, हरेक मंगलबार राति ९.१५ देखि रेडियो नेपाल बाट प्रसारण हुने नेपाली  साहित्यिक गजलको कार्यक्रम गजल गंगाबाट आज पनि संयोजन ललिजन रावलका साथमा  कार्यक्रम प्रस्तोता राम अविरल उपस्थित हुनुभएको छ ।  आउनुस् हामी पनि सुनौ गजल गंगाको यो श्रीङ्खला ।
Listen and Download

Download : Click Here to Download

साहित्य संसारमा गजलकार पुरुशोत्तम रसुवा सँगको अन्तवार्ता (20-07-2014) : Download

NepaliTalim | 1:44:00 PM | 0 comments
Purushotam Paudel Rasuwa
रेडियो त्रिसुली ८८.४ मेगाहर्ज
को साहित्यिका प्रस्तुति 
साहित्य संसार 
(20-07-2014/2071-04-04)



गजलकार पुरुशोत्तम रसुवा सँगको अन्तवार्ता 


नमस्कार साथीहरु,

रेडियो त्रिसुली ८८.४ मेगाहर्ज को साहित्य विशेष प्रस्तुती साहित्य संसार लिएर आएका छौं । साहित्य संसारमा आज रसुवा भोर्लेका गजलकार पुरुशोत्तम पौडेल रसुवा सँगको अन्तवार्ता विशेष रहनेछ ।
Listen and Download

Download : Click Here to Download

गीत - घुर्की लगाउनु पर्दैन भो फुर्ती लगाउनु पर्दैन (निरज श्रेष्ठ 'आकार')

NepaliTalim | 1:06:00 PM | 0 comments
Niraj Shrestha (Akar)
निरज भाइको स्वरमा नेपाली पप शैलीको रमाइलो गीत घुर्की लगाउनु पर्दैन, भिडियो तयार नर्ने भाइ प्रबिन श्रेष्ठ

गीत -घुर्की लगाउनु पर्दैन
स्वर - निरज श्रेष्ठ आकार
एल्बम : स्मृति
...................................................
घुर्की लगाउनु पर्दैन भो फुर्ती लगाउनु पर्दैन,
तिमीले बालै नदिये पनि आकाशै त झर्दैन,
Listen and Watch Video : 

गजल बिम्ब (2071-04-08/24-07-2014) गजलकार बिबेक बिषालु सँगको अन्तवार्ता विशेष : Download

NepaliTalim | 11:11:00 AM | 0 comments
रेडीयो बाग्मतीको प्रस्तुती
कार्यक्रम : गजल बिम्ब
समय : बिहिवार ९.१५ राती
संचालक : रोहित साही अनुरागी 
मिति : (2071-04-08/24-07-2014) 
Email : gajalbimba@gmail.com

एक पाइला आकास गजल संग्रहका लेखक गजलकार बिबेक बिषालु सँगको अन्तवार्ता विशेष

नमस्कार साथीहरु,

आज मिति 2071 साउन 08 गते तदनुसार 24-July-2014 बिहिबार, रेडियो बाग्मती १०७.४ मेगाहर्ज त्यसैगरि लम्की कैलाली स्थीत मालिका एफ एम ९९ मेगाहर्ज , अछामको रेडियो सोसाइटि एफ एम त्यसैगरी काईस्ट एफ एम ९१.८ मेगाहर्ज टिकापुर, बाँकेको रेडियो बागेश्वरी एफ एम ९४.६ मेगाहर्जको  रेडियो तरँग बाट पनि कार्यक्रम गजल बिम्ब लिएर प्रस्तोता रोहित साहि अनुरागी उपस्थित हुनुभएको छ । हरेक बिहिबार बेलुका ९.१५ बजे गजल विशेष कार्यक्रम गजल बिम्ब प्रसारण हुने गर्दछ ।  यहि सिलसिलामा आज हामी सँग अन्तवार्ता विशेष श्रृंखलामा एक पाइला आकास गजल संग्रहका लेखक गजलकार बिबेक बिषालु सँगको अन्तवार्ता विशेष लिएर आएका छौं । उहाँसँगको अन्तरंग कुराकानी का साथसाथै उहाँका गजल उहाँकै आवाजमा सुन्नेछौं ।  कार्यक्रम पठाएर सहयोग गरिदिनुहुने कार्यक्रम संचालक रोहित शाही "अनुरागी" ज्यूलार्इ धेरै धेरै धन्यवाद ।
Listen and Download

Download : Click Here to Download

नेपाली गजल प्रशिक्षण श्रृंखला तिन (Episode 5) : आदरणिय अग्रज गजलकार शेखर अस्तित्व

NepaliTalim | 10:20:00 AM | 0 comments
Shekhar Astitwa
नमस्कार,

धेरै वर्ष देखी भारतको मुम्बइमा बसेर नेपाली गजलमा कलम चलाईरहनुभएका हाम्रा अति आदरणिय अग्रज गजलकार दाजु शेखर अस्तित्वको अनुमतिमा चिसापानी नेपाल ब्लगमा उहाँले फेसबुकमा सुरु गर्नुभएको गजल प्रशिक्षणको पाँचौं श्रृंखला यहाँ हरु सामु लिएर आएको छु । आशाछ उहाँले सुरु गनुएको यो गजल प्रशिक्षणले गजलमा भर्खर पाईला चाल्दै गर्नुभएका र गजल मनपराउनुहुने सबैलाई गजलको दिब्य दर्शन प्राप्त हुनेछ । यो अमुल्य प्रशिक्षणको लागि हामी उहाँ प्रति मुरि मुरि धन्यवाद ब्यक्त गर्दछौं र ईश्वर सँग प्रार्थना गर्दछौ उहाँको क्षत्र छायाँ हामीलाइृ सदैब प्रदान भईरहोस । 
Note : 
यो लेखमा सर्वाधिकार लेखकमा निहित रहनेछ । 
प्रशिक्षक अग्रज आदरणिय गजलकार शेखर अस्तित्व ।
स्रोत फेसबुक : Facebook - Shekhar Astitwa
.......................................................................................................


नेपाली गजल प्रशिक्षण श्रृंखला-५ (Thursday, 24th July 2014, 9.35Pm)

..........................................................

प्रिय मित्रहरू, नमस्कार !


आज भगवान बुद्ध को एउटा सानो कथा भन्न मन लाग्यो ! भगवान बुद्धका अनेक शिष्यहरुमा एउटा शिष्य "श्रोण" भन्ने राजकुमार पनि थियो ! सानैदेखि राजपरिवारमा हुर्केको केटो ! राग रङ्ग रसको कमि थिएन श्रोणलाई ! एकदम जिद्दी स्वभाव ! त्यसमाथि भगवान बुद्धबाट नयाँ-नयाँ सन्यास ग्रहण गरेको ! अनि आफ्नो जिद्दी स्वभावले गर्दा बुद्धको सङ्घमा बस्दाखेरी श्रोणले घोषणा गर्यो कि - जब सम्म मलाई पनि बुद्ध जस्तै ज्ञानको प्राप्ति हुँदैन, तब सम्म म अन्न-जल केहि ग्रहण गर्दैन ! सबै भिक्षुकहरूलाई चिन्ता भयो ! अन्तमा कुरा भगवान बुद्ध सम्म पुग्यो !
बुद्धले श्रोणलाई बोलाएर सोध्नु भयो - श्रोण, मैले सुन्या छु कि सन्यास लिनुभन्दा पहिले राजमहलमा बस्दा तिमीले धेरै राम्रो सितार वादन गर्थ्यौ रे ?
श्रोणले भन्यो - हो भगवन ! म राम्रै सितार बजाउँथें !
बुद्धले पुन: सोध्नुभयो - श्रोण ! भन त ! यदि सितार को तार एकदमै ढिला भयो भने सुर निस्किन्छ त ?
श्रोणले भन्यो - नाई भगवन ! तार एकदमै ढिला भयो भने सुर निस्किन्न !
बुद्धले फेरि सोध्नुभयो - अनि एकदमै तारलाई कस्सियो भने सुर निस्किन्छ त ?
श्रोणले भन्यो - नाई भगवन ! त्यो गर्दा त तारनै टुटिहाल्छ !
त्यतिबेला भगवान बुद्धले श्रोणलाई समझाउनुभयो -
"हेर श्रोण ! सन्यास पनि यस्तै छ ! यो जीवनमा साधनाको तार ठिक्क को कसेको हुनुपर्छ ! न धेरै ढिला, न धेरै टाईट ! अनि बल्ल ज्ञानरूपी सुर निस्किन्छ !"

प्रिय साथीहरू !
हाम्रो यो विगत 4 श्रृँखला को अनुभवले मलाई थाहा भएको छ कि केहि साथीहरूले धेरै राम्रो गरेका छन् ! कसैको औसत प्रगति छ भने कसैले अझै राम्रोसंग बहर बुझ्न सकेका छैनन् !
मेरो निवेदन यति मात्र हो कि - यो पनि एक साधना नै हो ! हतार हतारमा अथवा आत्तिएर केहि हुनेवाला छैन ! बरू एउटै शेर लेख्नुस तर मनैबाट राम्रोसंग बुझेर अनि मेहनत गरेर लेख्नुस ! यो निरन्तर साधनाले नै सबैलाई खारेको छ ! तपाईलाई पनि अवश्य खार्ने छ !
प्रसंगवश एउटा कुरा अझै याद आयो ! आजभन्दा करीब 30 वर्ष अगाडि कक्षा 7 मा पढ्दा मैले एउटा शे'र लेखे थिएँ !

आग तो तुझमें भी है, बस फूँकने की देर है !
कामयाबी क्या है ? तेरी कोशिशों का ढेर है !

प्रिय साथी !
तपाई भित्र पनि सृजनको आगो छ ! र यसको प्रमाण छ - तपाई भित्रको यो सिक्ने चाहना ! यो आगोलाई अलिकति फूँक्न मात्र बाँकी छ ! मैले फुँकीरा'छु ! सफलता पक्कै मिल्नेछ ! किनभने सफलता के हो ? तपाईले गरेको प्रयासको थुप्रो हो ! तपाईले गरेको कोशिशको ढेर हो !
जति ठूलो र अग्लो तपाईको प्रयासको थुप्रो हुनेछ ! त्यतिनै ठूलो सफलता तपाईले पाउनुहुन्छ !
तपाईको प्रयास सफल होस् ! तपाईको साधना पूर्ण होस् ! मेरो शुभकामना !

ल त ! आज फेरि शुरू गरौं ! त्यै "फऊलुन्" बाट ! के कस्तो गर्नुभयो हिजोको होमवर्क ? हेरौं त.......

Muktak Madhurima (2071-04-08/24-07-2014) - Download

NepaliTalim | 10:00:00 PM | 0 comments
Muktak Madhurima  
Radio : Radio Arpan 104.5 
Time : Thrusday 9.15pm
Host : Ramu Acharya

Date : (2071-04-08/24-07-2014) 


आज मिति 2071 श्रावण 08 गते तदनुसार 24-July-2014 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी रेडियो अर्पण १०४.५ मेगाहर्जबाट बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।        
Listen and Download

Download : Click Here to Dowload

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger