गजल बिम्ब (2070-05-20/05-09-2013) : Download

NepaliTalim | 9:28:00 PM | 0 comments
नवज्योती एफएमको प्रस्तुती
कार्यक्रम : गजल बिम्ब
समय : बिहिवार ९.१५ राती
संचालक : रोहित साही अनुरागी
मिति : (2070-05-20/05-09-2013) 


नमस्कार साथीहरु,
आज मिति 2070 भाद्र 20 गते तदनुसार 05-09-2013 बिहिबार, नवज्योति एफ एम ८८.२ मेगाहर्जको कार्यक्रम गजल बिम्ब लिएर प्रस्तोता रोहित साहि अनुरागी उपस्थित हुनुभएको छ । हरेक बिहिबार बेलुका ९.१५ बजे गजल विशेष कार्यक्रम गजल बिम्ब प्रसारण हुने गर्दछ । 
 कार्यक्रम पठाएर सहयोग गरिदिनुहुने रेडियो नवज्योतिका प्राबिधिक सहयोगी खगेन्द्र पुन मगर र संचालक रोहित साही अनुरागीलार्इ धेरै धेरै धन्यवाद । 

Download :Click Here to Download

Thank you

मेरा ६ गजलहरू (राम शरण श्रेष्ठ) : 28-06-2013

NepaliTalim | 9:14:00 PM | 0 comments
१.गजल
राम्रो सोच्दा सोच्दा थाकी सकेँ म ।।
बुद्ध खोज्दा खोज्दा थाकी सकेँ म ।।

किन मेरा कुरा पनि कोहि सुन्दैनन्
ब्यथा पोख्दा पोख्दा थाकी सकेँ म ।।

यि देउताहरु लाई हटऊँ मंदिरबाट
देउता ढोग्दा ढोग्दा थाकी सकेँ म ।।

हे दैब मेरै बाटोमा काँडाहरु कति
काँडा तोड्दा तोड्दा थाकी सकेँ म ।।

काल पनि किन ?? आउँदैन मलाई
स्वास रोक्दा रोक्दा थाकी सकेँ म ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
31 July 2012

२.गजल
मन पूरै तरल....बनाएर गयो ।।
जिन्दगीनै गजल बनाएर गयो ।।

हुन्न भन्दा पनि नमानी नमानी
विश्वास झनै अटल बनाएर गयो ।।

म या मृत्यु रोज्ने धम्कि दिएर
धर्म संकट सबल बनाएर गयो ।।

कुनैदिन हुन्छ प्यार आश लिएर
एकतर्फि सफल बनाएर गयो ।।

यो कस्तो अनौठो गरेर प्रेम आज
सम्झनाको महल बनाएर गयो ।।

कोसिस अन्तिम गरेर विन्तीहरुमा
पूरै आँखा सजल... बनाएर गयो ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
29-July 2012

3. गजल
गल्ति तिम्रो या मेरो सोचिरहेछु ।।
घटनाकाती सेरोफेरो सोचिरहेछु ।।

ब्याधाले ज्यानैलियो माता पिताको
कसरि बाँच्लान् बचेरो सोचिरहेछु ।।

बाटो कता जान्छ गन्तब्य भेटिएन
किन चौतर्फी अँधेरो सोचिरहेछु ।।

उस्तै रगतहरुमा पनि भेदभाव किन
हे प्रभु कस्तो लिला तेरो सोचिरहेछु ।।

काल किन आएन पर्खिएर बस्दापनि
जिन्दगी या मृत्यु अप्ठेरो सोचिरहेछु ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
Date :3rd July 2012

४.गजल
हेर्दै जाउँ जिन्दीले, कहाँ लान्छ होला ।।
के सोचेको नसोचेको, हुँदै जान्छ होला ।।

मायाँ मोह भन्ने पनि, बुझ्नै गाह्रो चिज
कुनमोडमा कस्ले मन, कता तान्छ होला ।।

प्रयासमा बिती रह्यो, जिवन सारा त्यसै
तर्साउन शष्त्र अस्त्र, के के हान्छ होला ।।

नजरहरु फरक हुन्छन्, मान्छे मान्छे बिच
मलाईनै सबले किन, पागल ठान्छ होला ।।

भाग्य विच चल्यो द्धन्द कस्ले जित्ने हार्ने
मान्छेहरु भाग्य ठूले किन मान्छ होला ।।

मजा लिन्छन् अरु दुख्दा, हाँसि हाँसि मान्छे
झूठा बाचा झूठा कसम, किन खान्छ होला ।।

निरुत्तर उनि भईन्, दोधारमा पो छिन् कि
दौलत या प्रेम विच, कस्लाई छान्छ होला ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
13,july 2012

५.गजल
तिमी जून झैं मुस्काईरहनु ।।
मुटु माझ सधै आईरहनु ।।

धड्कन लाई महसुस गरिरहँदा
ढुकढुकी भै मायाँ बताईरहनु ।।

रिसमा हुँदा कैले काँही म
सदावहार मायाँ जनाईरहनु ।।

प्रेम रोगी म तिमी औषधी
औषधी प्रेम दिई बाचाईरहनु ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
2nd July 2012

६.गजल
हर काममा लफडा किन  हुन्छ !!
मान्छे मान्छेमा झगडा किन हुन्छ !!

रफ्तार जति बढाए पनि आखिर
सधै समय तगडा किन हुन्छ !!

मान्छेको मन र मदिरा दाँज्दा
मान्छेकै मन कडा किन हुन्छ !!

थाहा छ रक्सिले भलो गर्दैन भन्ने
तर भट्टिमै अखडा किन हुन्छ !!

जब–जब केहि बदल्ने कुरा गर्दा
बाधा उहि परम्पारा किन हुन्छ !!
राम शरण श्रेष्ठ
चिसापानी छ रामेछाप
25th June 2012
नोट : सिर्जना गजल श्रृंखला ९मा बाचन भएको छ

गजलका फूलहरू -8 : (12-09-2013/2070-05-28) : Download

NepaliTalim | 5:58:00 AM | 0 comments
गजलका फूलहरु 
फेसबुक पेजको प्रस्तुति 
उत्पादन तथा संचालक 
हप्ताको हरेक शुक्रबार 
(12-09-2013/2070-05-28) 

नमस्कार साथीहरु,
आज मिति 2070 भाद्र 28 गते तदनुसार 12-Sep-2013 शुक्रबारका दिन देखी नयाँ जोश नयाँ उमङ्गका साथ वि.एस.पृथकको उत्पादन तथा प्रस्तुतिमा नेपाली साहित्यिक विधा विशेषत नेपाली गजलको लागि समर्पित गजलका फूलहरु फेसबुक पेज चिसापानी ब्लग मार्फत प्रस्तुत गर्दछ हस्ताको हरेक शुक्रबार गजल बाचन र सुमधुर गीत गजलको कार्यक्रम तपाईकै साथी प्रस्तोता गजलकार वि.एस.पृथकको साथमा गजलका फूलहरु । अत्याधिक चर्चामा पुगेको साहित्यिक फेसबुक पेज गजलका फूलहरु पेज गजलकार गौरब श्रेष्ठ मनकुराले सुरु गर्नु भएको हो यो पेजको मुख्य विशेषता यहाँ फोटो गजल प्रकाशन हुने गर्दछ हाल उहाँ लगायत थुप्रै गजलकार हरु एडमिनमा रहेर गजल साहित्य विस्तारमा फेसबुके अभियानमा सामेल हुनुहुन्छ ।

आजको कार्यक्रम आठौं श्रृंखला हो के कस्तो लाग्यो सल्लाह सुझाव र प्रतिकृया दिनुहोला । कार्यक्रममा गजलका फूलहरु पेजमा तपाइहरुले पठाउनु भएको उत्कृष्ट गजलरुलाई स्थान दिइनेछ जसको लागि तपाइहरुले फेसबुक पेज गजलका फूलहरुके इन्बक्समा आफ्ना गजलहरु म्यासेज गर्नु पर्नेछ  । यो कार्यक्रम तयार पारेर पठाउनुहुने मित्र कार्यक्रम संचालक वि.एस.पृथकज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु  ।
Listen and Download

Download :Click Here to Download Episode 8

Thank you 

गजल गुञ्जन (2070-05-26/11-09-2013) : Download

NepaliTalim | 4:28:00 PM | 0 comments
GAZAL GUNJAN : 
सामुदायिक रेडियो  
देवदह १०६.६ मेगाहर्जको प्रस्तुती
कार्यक्रम : 'गजल गुञ्जन' श्रृंखला 
प्रस्तोता ः युबराज लामिछाने
समय : हरेक बुधवार ९.१५ बेलुकी
मिति : (2070-05-26/11-09-2013)

नमस्कार साथीहरु,
आज मिति 2070 भाद्र महिनाको 26 गते तदनुसार 11-Sep 2013 बुधवार, साहित्य जिवनका लागि  खुसिका लगि र मनका लागि मात्र संभब छ भन्ने नाराका साथ सुरु भएको उत्कृष्ट सामुदायिक रेडियो देबदह १०६.६ मेगाहर्ज मार्फत हरेक बुधवार राति ९.१५ देखि गजल विशेष कार्यक्रम गजल गुञ्जन लिएर कार्यक्र प्रस्तोता युबराज लागिछाने उपस्थीत हुनुभएको छ । महिनाको अन्तिम बुधवार बाहेक हरेक हप्ताको बुधबार तपाइहरुलेनै मेल र पेज मार्फत पठाउनुभएको गजलहरुको बाचन हुनेछ तर महिनाको अन्तमा तपाइहरुसँग प्रत्यक्ष फोनमार्फत गजल सुन्ने ब्यावस्था मिलाइनेछ ।  कार्यक्रम पठाएर र ब्लगमा राख्न अनुमति प्रदान गर्नुहुने मित्र युवराज लागिछाने लाई धेरै धेरै धन्यवाद । 
Listen and Download

Download :Click Here to Download

Thank you 

BULBUL 211 : (11-09-2013/2070-05-26) गजलकार बिपिन संघर्ष सलामी सँगको अन्तर्वाता विशेष : Download

NepaliTalim | 2:47:00 PM | 0 comments
ADIO UJYALO 90Mhz PRESENTS
BULBUL EPISODE - 211
Host : Achyut Ghimire  
Date : (11-09-2013/2070-05-26)
FB : Facebook Page

आजको बुलबुलमा गजलकार बिपिन संघर्ष सलामी सँगको अन्तर्वाता विशेष  रहनेछ । 

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति 2070 भाद्र 26 गते तदनुसा 11-sep-2013 मंगजबार का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 211) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
Listen and Download

Download : Click Here to Download

Thank you 

कार्यक्रम 'मेरो रचना' (2070-05-26/11-09-2013) : Download

NepaliTalim | 2:02:00 PM | 0 comments
दमौली एफएमको प्रस्तुती 

कार्यक्रम 'मेरो रचना' 
बुधबार बेलुका ९ :१५ बजे देखि १०:०० बजे सम्म
इन्टरनेटमा :- www.damaulifm.org
फेसबुकमा :-Damauli FM @ FB
फेसबुकमा :- Mero Rachana @ FB
कार्यक्रम प्रस्तोता  :- दिवाकर भट्टराई

मिति :  (2070-05-26/11-09-2013) 



नमस्कार साथीहरु,

आज मिति 2070 साल भाद्र महिनाको 26 गते तदनुसार 11-Sep-2013 बुधबार बेलुका ९.१५ देखि रेडियो दमौली एफएमको साहित्य विशेष प्रस्तुति कार्यक्रम मेरो रचना लिएर प्रस्तोता साथी दिवाकर भट्टराई उपस्थित हुनुभएको छ । सुनेर आफ्ना प्रतिक्रृयाहरु फेसबुक, इमेल मा पठाउन सक्नुहुन्छ । 
Listen and Download

Download :Click Here to Download

THank you

श्रृंखला 17: त्रिवेणी TRIBENI (11-09-2013/2070-05-25) - Download

NepaliTalim | 10:50:00 AM | 0 comments
EPISODE 17
रेडियो : नेपाल एफ एम ९१.८ 
कार्यक्रम : त्रिवेणी TRIBENI
प्रस्तोता : धनराज योगी भाबुक
समय : मंगलबार बेलुकी ९.१५
  
फेसबुक : NFM TRIBENI
मिति    (11-09-2013/2070-05-25) 


नमस्कार साथीहरु,
आज मिति 2070 भाद्र 25 गते तदनुसार 11-Sep-2013  मंगलबार, आज हरेक मंगलबार प्रसारण हुने नेपाल एफ एम ९१.८ मेगाहर्जको साहित्यिक विशेष कार्यक्रम त्रिवेणीको Episode 17 श्रृंखला लिएर प्रविधिक सहयोगीका साथमा कार्यक्रम प्रस्तोता गजलकार धनराज योगी भाबुक उपस्थीत हुनुभएको छ  सुनेर कस्तो लाग्यो सल्लाह सल्लाह सुझाब दिएर साथ दिनुहोला
Listen and Download 

Download :Click Here to Download Episode 17


यो श्रृंखलामा बाचन भएको मेरो गजल
मोतीराम भट्ट बाजेको सम्झनामास्
..........................
बम बोकेका विचारहरु बुद्ध बन्नुपर्छ ।
खुन माग्ने हतियारहरु बुद्ध बन्नुपर्छ ।

आँखाहरू शान्ति खोज्दै छट्पटाइरहेकाछन्
अब अउने सरकारहरु बुद्ध बन्नुपर्छ ।

राजनीतिका क्रान्तिकारी नाराहरु सबैसबै
घोषण साथै प्रचारहरु बुद्ध बन्नुपर्छ ।

सधैसधैं गन्तब्य त्यै, कुर्चि भन्दा माथी उठी
राजनीतिका आधारहरु बुद्ध बन्नुपर्छ ।

बन्द आँखा खोल्नुपर्छ, शान्ति मन्त्र बोल्नुपर्छ
जम्मै आत्मा प्यारहरु, बुद्ध बन्नुपर्छ ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

हृदय-स्पन्दन (2070-05-31/29-08-2013) : Download

NepaliTalim | 4:20:00 PM | 0 comments
कार्यक्रम : हृदय स्पन्दन  
प्रस्तोता :अनु अर्पन   
रेडियो: सामुदायिक  रेडियो सर्लाही १०५.६ मेगाहर्ज 
अनलाइन :http://www.radiosarlahi.org/
समय : प्रत्येक बिहिबार राति ९।१५ बजे
मिती : (2070-05-31/29-08-2013)


प्रत्येक बिहिबार सामुदायिक रेडियो सर्लाहीबाट बि बि सि नेपाली सेवा पछि  ९.१५ बजे सदा झै आज् पनि कार्यक्रम प्रस्तोता अनु अर्पन उपस्थित भै सक्नु भएको छ ।  यो श्रृंखलामा सर्लाहिका गजलकार मोहन विहानीज्यूले लेख्नुभएको हृदय स्पन्दन सुन्नेछौं । आउनुस हामि पनि सुनौ।
Listen and Download

Download :Click Here to Download

Thank you

Muktak Madhurima (2013-09-06/2070-05-20) - Download

NepaliTalim | 12:20:00 PM | 0 comments
Muktak Madhurima 
Radio : Radio Chitwan 94.6mhz  
Time : Turusday 9.15pm
Host : Ramu Acharya

Date :  (2013-09-06/2070-05-20) 


आज मिति 2070 भाद्र 20 गते तदनुसार 06-Sep-2013 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।        
Listen and Download

Download :Click Here to Download

Episode 11 : गजल साँझ (09-09-2013/2070-05-24) : Download

NepaliTalim | 10:05:00 AM | 0 comments
रेडियो प्रयासको प्रस्तुती
Gazal Sanjh गजल साँझ
प्रस्तोता : प्रकाश निष्ठुरी
समय : हरेक शोमबार बेलुका ९ बजे
मिति :  (09-09-2013/2070-05-24)


नमस्कार साथीहरु,
आज मिति 2070 भाद्र महिनाको 24 गते तदनुसार 09-September-2013 सोमबार, आज पहिलो पल्ट रेडियो प्रयासको साहित्यिक गजल बिशेष प्रस्तुति गजल साँझ Gazal Sanjh Episode 11 लिएर कार्यक्रम प्रस्तोता प्रकाश निष्ठुरी उपस्थीत हुनुभएको छ । कार्यक्रम के कस्तो रह्यो सल्लाह सुझाब र  कार्यक्रममा गजल पठाउनको लागि गजल साँझको फेसबुक मा या prakash.nisthuri@yahoo.com मा मेल गर्न सक्नुहुनेछ । आउनुस् अब सुनौं आजको गजल साँझको श्रृंखला 
Listen and Download

Download : Click Here to Download

Thank you

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger