Home » » मेरा ६ गजलहरू (राम शरण श्रेष्ठ) : 28-06-2013

मेरा ६ गजलहरू (राम शरण श्रेष्ठ) : 28-06-2013

NepaliTalim | 9:14:00 PM | 0 comments
१.गजल
राम्रो सोच्दा सोच्दा थाकी सकेँ म ।।
बुद्ध खोज्दा खोज्दा थाकी सकेँ म ।।

किन मेरा कुरा पनि कोहि सुन्दैनन्
ब्यथा पोख्दा पोख्दा थाकी सकेँ म ।।

यि देउताहरु लाई हटऊँ मंदिरबाट
देउता ढोग्दा ढोग्दा थाकी सकेँ म ।।

हे दैब मेरै बाटोमा काँडाहरु कति
काँडा तोड्दा तोड्दा थाकी सकेँ म ।।

काल पनि किन ?? आउँदैन मलाई
स्वास रोक्दा रोक्दा थाकी सकेँ म ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
31 July 2012

२.गजल
मन पूरै तरल....बनाएर गयो ।।
जिन्दगीनै गजल बनाएर गयो ।।

हुन्न भन्दा पनि नमानी नमानी
विश्वास झनै अटल बनाएर गयो ।।

म या मृत्यु रोज्ने धम्कि दिएर
धर्म संकट सबल बनाएर गयो ।।

कुनैदिन हुन्छ प्यार आश लिएर
एकतर्फि सफल बनाएर गयो ।।

यो कस्तो अनौठो गरेर प्रेम आज
सम्झनाको महल बनाएर गयो ।।

कोसिस अन्तिम गरेर विन्तीहरुमा
पूरै आँखा सजल... बनाएर गयो ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
29-July 2012

3. गजल
गल्ति तिम्रो या मेरो सोचिरहेछु ।।
घटनाकाती सेरोफेरो सोचिरहेछु ।।

ब्याधाले ज्यानैलियो माता पिताको
कसरि बाँच्लान् बचेरो सोचिरहेछु ।।

बाटो कता जान्छ गन्तब्य भेटिएन
किन चौतर्फी अँधेरो सोचिरहेछु ।।

उस्तै रगतहरुमा पनि भेदभाव किन
हे प्रभु कस्तो लिला तेरो सोचिरहेछु ।।

काल किन आएन पर्खिएर बस्दापनि
जिन्दगी या मृत्यु अप्ठेरो सोचिरहेछु ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
Date :3rd July 2012

४.गजल
हेर्दै जाउँ जिन्दीले, कहाँ लान्छ होला ।।
के सोचेको नसोचेको, हुँदै जान्छ होला ।।

मायाँ मोह भन्ने पनि, बुझ्नै गाह्रो चिज
कुनमोडमा कस्ले मन, कता तान्छ होला ।।

प्रयासमा बिती रह्यो, जिवन सारा त्यसै
तर्साउन शष्त्र अस्त्र, के के हान्छ होला ।।

नजरहरु फरक हुन्छन्, मान्छे मान्छे बिच
मलाईनै सबले किन, पागल ठान्छ होला ।।

भाग्य विच चल्यो द्धन्द कस्ले जित्ने हार्ने
मान्छेहरु भाग्य ठूले किन मान्छ होला ।।

मजा लिन्छन् अरु दुख्दा, हाँसि हाँसि मान्छे
झूठा बाचा झूठा कसम, किन खान्छ होला ।।

निरुत्तर उनि भईन्, दोधारमा पो छिन् कि
दौलत या प्रेम विच, कस्लाई छान्छ होला ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
13,july 2012

५.गजल
तिमी जून झैं मुस्काईरहनु ।।
मुटु माझ सधै आईरहनु ।।

धड्कन लाई महसुस गरिरहँदा
ढुकढुकी भै मायाँ बताईरहनु ।।

रिसमा हुँदा कैले काँही म
सदावहार मायाँ जनाईरहनु ।।

प्रेम रोगी म तिमी औषधी
औषधी प्रेम दिई बाचाईरहनु ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
2nd July 2012

६.गजल
हर काममा लफडा किन  हुन्छ !!
मान्छे मान्छेमा झगडा किन हुन्छ !!

रफ्तार जति बढाए पनि आखिर
सधै समय तगडा किन हुन्छ !!

मान्छेको मन र मदिरा दाँज्दा
मान्छेकै मन कडा किन हुन्छ !!

थाहा छ रक्सिले भलो गर्दैन भन्ने
तर भट्टिमै अखडा किन हुन्छ !!

जब–जब केहि बदल्ने कुरा गर्दा
बाधा उहि परम्पारा किन हुन्छ !!
राम शरण श्रेष्ठ
चिसापानी छ रामेछाप
25th June 2012
नोट : सिर्जना गजल श्रृंखला ९मा बाचन भएको छ

Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger