Home » , » गजलकार संगिता थापाको एक गजल

गजलकार संगिता थापाको एक गजल

NepaliTalim | 11:02:00 PM | 0 comments
गजलकार संगिता थापाको यो गजल असाध्यै मन पर्यो

===========================
गजल बाँड्दै हिँडेका फकिरहरु..!
यतै भेटेँ 'गालिव' र मिरहरु..!!

'जिन्दगी छैन अचेल जिन्दगी जस्तो'..
साँट्न चाहान्छन् कोही तक्दिरहरु..!!

'आगो' बोकेर 'अमला' हिँडी रहिन भने..
एक दिन मैदान बनाईनेछन् भिरहरु..!!

'तलास' गरेर भन्यो 'जरुर केही त छ'..
यो 'सफर'मा भेटिन्छन् 'तस्बिर'हरु..!!

'यो अचम्म भो' 'चिहान' खनिदैछ..
'बा' ले भत्काएर मन्दिरहरु..!!

'जीवन कस्का लागी' उ भन्दै थियो..
देश सम्झेर फर्किएछन् वीरहरु..!!

'आधा जलेको खप्पर' भेटिए पछि..
बौलाएछन् 'अन्तिम'मा अमिरहरु..!!

'देश हिँडी रहन्छ म हिँडी रहन्छु'..
'बाटो अँझै छ बाँकी' ए सिसिरहरु..!!

'एक झोक्का हावा'ले 'माटो मुटु र मन'..
स्पर्स गर्दा हराएछन् पिरहरु..!!

'यो शहर हो यार' 'पर्दा उघारे पछि'..
देखिन्छन् 'संगी'का शरिरहरु..!!

संगीता थापा
भिमभेदी-मकवानपुर
हाल काठ्माण्डौँ
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger