Home » » सूचना- संयुक्त गजलकृति प्रकाशनका लागि गजल आव्हान गरिन्छ

सूचना- संयुक्त गजलकृति प्रकाशनका लागि गजल आव्हान गरिन्छ

NepaliTalim | 12:13:00 PM | 0 comments

स्रोत : बाबु त्रीपाठी

शब्दघर छापाखानाको प्रस्तावअनुसार संयुक्त गजलकृति प्रकाशनका लागि तपसिलमा उल्लेखित नियमभित्र रही गजल पठाउन हुन देश तथा देशबाहिर रहेका गजलकारहरूमा आह्वान गरिन्छ । उक्त प्रस्ताव अनुसार २० जना गजलकारहरूको ४४८ पृष्ठको संयुक्त गजलसङ्ग्रह प्रकाशन गरिनेछ । गजल छनोट समिति तपसिलमा उल्लेख भए अनुसार हुनेछ 


गजल छनोट समिति

संयोजकः ज्ञानुवाकर पौडेल (९८४१८८५५५२)
सदस्यः बाबु त्रिपाठी (९८४१३१६१५४)
सदस्यः मनोज न्यौपाने (९८४१५००५०१)
सदस्यः पुरु लम्साल (९८५१०५८७१२)
सदस्यः कपिल अञ्जान (९८४८१८३६५१)
सदस्य–सचिवः प्रोल्लास सिन्धुलीय (९८५१०११३७९)

नियमहरू
............
(१) एक गजलकारले आफ्नो ३५ वटा गजल पठाउनुपर्नेछ । गजल प्रिति फन्टमा टाइप गरिएको हुनुपर्नेछ / गजल इमेल वा हुलाक मार्फत पनि पठाउन सकिनेछ
(२) छनोटमा परेका गजलकारहरूको २० वटा गजल प्रकाशन गरिनेछ भने १५ वटा गजल गजलकारलाई नै फिर्ता गरिनेछ ।
(३) गजल छनोटको जिम्मा समितिमा रहनेछ । समितिको निर्णय नै अन्तिम निर्णय हुनेछ ।
(४) सकेसम्म गजलसङ्ग्रह प्रकाशित नभएका गजलकारहरूलाई प्राथमिकता दिइनेछ ।
(५) यो संयुक्त सङ्ग्रह हुनेछ । यसमा कोही सम्पादक रहने छैनन् । 
(६) प्रकाशक गजलकारहरू स्वयम् नै हुनेछन् ।
(७) यो सङ्ग्रहलाई प्रतिनिधि गजलसङ्ग्रह भनिनेछैन ।
(८) यसमा जो पनि अटाउन सक्नुहुनेछ, वरिष्ठ, कनिष्ठ, नयाँ, पुरानो, टाढा, नजिकको भनेर कुनै पनि किसिमको भेदभाव गरिनेछैन । 
(९) कमजोर गजल र गजलकारलाई स्थान दिइनेछैन ।
(१०) शब्दघर छापाखानाको पहलमा संयुक्त गजलसङ्ग्रह प्रकाशन हुने भएकाले यो कृतिमा अन्य कुनै पनि संस्थाको उपस्थित रहनेछैन ।
(११) सर्वाधिकार संयोजक संस्थामा सुरक्षित रहनेछ ।
(१२) यस कृतिको मूल्य रु. ३०० रहनेछ ।
(१३) गजल असोज १५ गतेभित्र निम्न ठेगानामा आइपुग्नुपर्नेछ । असोज १५ गतेभन्दा पछि आएका गजलहरू स्वीकार हुने छैनन् ।


सहभागी हुन के गर्नुपर्छ ?

१) संयुक्त लगानी हुने भएकाले आर्थिक लगानीमा सबैको दायित्व समान हुनेछ ।
२) कम्तिमा ने.रु. ५ हजार तिरेर तपाईं पुस्तकमा समेटिन सक्नुहुने छ ।
3) ५ हजार तिर्ने गजलकारलाई ४० वटा प्रदान गरिनेछ ।
४) ६ हजार तिर्ने गजलकारलाई ५० वटा पुस्तक प्रदान गरिनेछ ।
५) १० हजार तिर्ने गजलकारलाई ९० पुस्तक प्रदान गरिनेछ ।
६) १५ हजार तिर्ने गजलकारलाई १४० पुस्तक प्रदान गरिनेछ ।
५) सोभन्दा बढी चाहिए प्रतिपुस्तक २००।– का दरले उपलब्ध गराइनेछ । तर, त्यसका लागि २५ प्रतिशत रकम अग्रीम उपलब्ध गराउनुपर्नेछ ।
६) पुस्तकबाहेक कुनै पनि किसिमको पारिश्रमिक प्रदान गरिने छैन ।
७) पुस्तकले कुनै महत्वपूर्ण पुरस्कार प्राप्त गरयो भने त्यसको हक सम्पूर्ण स्रष्टाहरूमा समान रहनेछ ।
८) प्रस्तावित रकम अग्रीम उपलब्ध नभई सहभागी गराउन हामी बाध्य हुने छैनौँ ।
९) यो पुस्तक पुनप्र्रकाशन गर्ने अधिकार संयोजक संस्था शब्दघरमा रहनेछ ।


गजल पठाउने ठेगानाः
.........................
समितिका पदाधिकारीहरू 
अथवा
शब्दघर छापाखाना
भिआईपी मार्ग–८०, बागबजार, काठमाडौँ–३१
श्रेष्ठ टेलरिङको विपरीत, पद्मकन्या क्याम्पसको पूर्वको गल्ली 
फोन ४२४४५९७
इमेल: shabdabook@gmail.com
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger