बहकिने मन-४९ : (2070-01-02/15-04-2013) - Download

NepaliTalim | 9:34:00 AM | 0 comments
बहकिने मन BAHAKINE MAN  
TODAY'S EPISODE 49
DATE :  (2070-01-02/15-04-2013)
Time : 9.15pm Every Monday   
Host :  Mahabir Biswakarma 
Phone-977-01-550982 / 5551161    
Facebook : Bahakine Man 
FM: CIN Network
 
आज मिति 2070 बैशाख 02 तदनुसार 15-April -2013 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 67  एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन Episode 49 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । कार्यक्रममा तपाईहरु आफ्ना मुक्तकहरु लेखिएको स्टाटसकै मुनि पोष्ट गर्नुहोला जहाँ बाट एक उत्कृष्ट मुक्तक कार्यक्रमको श्रीङ्खलामा प्रस्तुत गरिनेछ ।  आउनुस् हामी पनि सुनौ बहकिने मन प्रस्तुति  
Listen and Download

Download : Click Here to Download Episode 49
Listen All Previous Episodes:


Thank you

Episode 18 : Gazal Batika (गजल बाटिका) - Download

NepaliTalim | 3:46:00 PM | 0 comments
सुक्लाफाटा एफ.एम ९९.४ 
रेडियो बार्हसिङ्हा एफ.एम १०२.२
को गजलको प्रस्तुती
Gazal Batika (गजल बाटिका) 
Gazal Batika : 18 


गजल बाटिका" हरेक सोमबार राती समय अनुसार सवा नौ बजे देखी १० बजे सम्म रेडियो सुक्लाफाटा एफ.एम ९९.४ Mhz र रेडियो बार्हसिङ्हा एफ.एम १०२.२ Mhz बाट प्रसारण हुने रेडियो कार्यक्रम हो ।गजल बाटिका बिशुद्द गजल बाचन् , गजल संग्रह समिक्षा , गजल सम्बन्धी छलफल , गजल सवाल जवाफ प्रस्तुत गर्ने गर्दछौ । र अर्को कुरा यो कार्यक्रममा हामी गीतको ठाउँमा पनि गजलहरु मात्र बजाउने गर्दछौ । ।www.sfm994.com यो लिन्क्मा गजल बाटिका संसार भर सुन्न सकिन्छ ।
यो कार्यक्रम उपलब्ध गराएर सहयोग गर्नुहुने www.arjunpaudel.blogspot.com  ब्लगका मित्र  अर्जुन पौडेललाई धेरै धेरै धन्यवाद ।
Listen and Download

Download : Click Here to Download Episode 18

Thank you

गजलका थुँगाहरु भाग-5 : (2070-01-02/15-04-2012) नयाँ वर्ष २०७० विशेष :- Download

NepaliTalim | 2:42:00 PM | 0 comments
दर्जनौ ब्लगहरुमार्फत एकैपल्ट 
GAZALKA THUNGAHARU-5
अर्जुन पौडेलको परिकल्पनामा
गजलका थुँगाहरु श्रृंखला -५
कार्यक्रम प्रस्तोता दोय :
रामकृष्ण अनायास र फुच्ची जमुना   
मिति : (2070-01-02/15-04-2012) 


नमस्कार साथीहरु,
आज मिति 2070 बैशाख ०२ गते तदनुसासर मंगलबार तदनुसार 15-April-2013, हामी गजलमनहरुको यौटा भिन्दै कार्यक्रम गजलका थुँगाहरुको तेस्रो श्रृंखला लिएर उपस्थित भएका छौं । गजलकार अर्जुन पौडेलको परिकल्पना र उत्पादनमा एकै पल्ट विभिन्न सत्र 17 ब्लगहरु तथा वेबसाइटहरु मार्फत एकै पल्ट प्रसारण हुने नेपाली साहित्य जगतमा एउटा अनुपम प्रयास, तपाई हाम्रा मिलन विछोडका कुरा, कतै मन दुखेका कुरा त कतै माया र प्रेम साटेका कुरा , गजल मार्फत अभिव्यत गर्ने साझा चौतारी कार्यक्रम गजलका थुँगाहरुको दोस्रो श्रृंखला लिएर कार्यक्रम प्रस्तोता दोय गजलकारहरु रामकृण अनायास र फुच्ची जमुना उपस्थित हुनुभैक्नुभएको छ ।
 
कार्यक्रममा अनायासका पानाहरु फेसबुक पेजगजलका थुँगाहरुमा पोष्ट भएका गजलहरु तथा तपाइहरुलेनै मेलमा पठाउनुभएको गजलहरु लिएर आएका छौं । आजको श्रृङ्खला कस्तो लाग्यो हामीलाई सल्लाह सुझाव र प्रतिकृया दिन नभुल्नुहोला । यो श्रृंखला उपलब्ध गराएर सहयोग गरिदिनुहुने साथी अर्जुन पौडेललाई धेरै धेरै धन्यवाद । आउनुस् हामी पनि सुनौ गजलका थुँगहरु
Listen and Download

Download : Click Here to Download Episode 5
Thank you

श्रुति शंबेग श्रृङ्खला "कथाहरु" 12-April-2013 - Download

NepaliTalim | 2:28:00 PM | 0 comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)
कृति : आजका नेपाली कथा संगालो
सम्पादक : अनमोलमणी
विधा : कथा संगालो
रेडियो : उज्यालो ९० मेगाहर्ज 
बाचक :  अच्युत घिमिरे
स्रोत : उज्यालो ९० मेगाहर्ज
प्रकासन : वि एन पुस्तक संसार
मिति : 2069 चैत्र ३०

उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न २५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

आज मिति 2069 चैत्र ३० गते तदनुसार १२ April 2012 ,Friday का दिन श्रुति शंबेगको शुक्रबारको श्रृङ्खलामा आज हामी नयाँ गद्य श्रृङ्खला सुन्नेछौं । युवा पुस्ताका केहि उत्कृष्ट कथाहरु संगालेर प्रकाशित कथा संग्रह "आजका नेपाली कथा संगालो कथा संग्रह" बाट आज हामी केहि कथाहरु सुन्नेछौं ।
आजका नेपाली कथा भन्ने पुस्तकबाट बाचन हुने कथाहरु
१.कृष्णा कुँवरको कथा  सेराज अहमद
२.अनमोलमणीको कथा निलो रुमाल हराएपछी
Listen and Download

Download : Click Here to Download

साहित्य सिर्जना - 30 : (13-03-2013/2069-12-31) -Download

NepaliTalim | 10:41:00 AM | 0 comments
EPISODE :30
Date : (13-03-2013/2069-12-31)
कार्यक्रम : “साहित्य सिर्जना       
रेडियो : रेडियो मलमला ८८.६mhz      
प्रस्तोता : सुरज थापा मगर   
समय : शनिबार बिहान ८.३० बजे देखि ९ बजे  
फेसबुक : Facebook   
Email : radiomalmala@gmail.com   

साथीहरु नमस्कार ।
आज मिति 2069 चैत्र 31 गते तदनुसार 13-03-2013 का दिनपनि गीत, गजल, कविता, हाइकु, कथा, लघुकथा र सष्ट्रा परिचयको संगम कार्यक्रम “SAHITYA SIRJANA" "साहित्य सिर्जना” को Episode 30 श्रीङ्खला लिएर कार्यक्रम प्रस्तोता साथी सुरज थापा मगर प्राविधिक साथीको साथमा उपस्थित हुनुभएको छ । यो कार्यक्रम अबदेखि हरेक हप्ताको शनिवार बिहान ८.३० बजे देखि ९ बजे सम्म मात्र रेडियो मलमला ८८.६ मेगाहर्जमा प्रसारण हुनेछ ।  यो कार्यक्रमको श्रीङ्खला उपलब्ध गरेर सहयोग गर्नुहुने साथी सुरज थापा मगरलाई धेरै धेरै धन्यवाद ।     
Listen And Download

Download : Click Here to Download Episode 30

Thank you

सिर्जनाका लहरहरु :- Episode 109 - Download

NepaliTalim | 10:06:00 AM | 0 comments
सिर्जनाका लहरहरु : 109
SRIJANAKA LAHARHARU

EPISODE- 105 Date :  1-April 2013
Source : Sirjanaka Laharharu    
Host : Khagendra Adhikari 
आज मिति 4th April 2013 दिन विश्व नेपाली साहित्य महासंघको अनलाईन रेडियो कार्यक्रम सिर्जनाका लहरहरुको श्रीङ्खला 109 लिएर कार्यक्रम प्रस्तोता खगेन्द्र अधिकारी अमृत आउनुभएको छु ।  यो कार्यक्रम सिर्जनाका लहरहरु डट कम बाट प्रप्त भएको हो ।   सिर्जनाका लहरहरु भाग १०९ कवि हेमन यात्रीको कविता संग्रह पहाड म सितै यात्रा गर्छ बिशेष भाग
Listen and Download

Download : Click Here to Download 109

Thank you

गजल संसार - 34 : (08-04-2013/2069-12-26) - Download

NepaliTalim | 3:35:00 PM | 0 comments
रेडियो हाम्रो संसार डट नेटको            
गजलहरुको  साहित्यिक       
कार्यक्रम :  गजल संसार  
Date:  (08-04-2013/2069-12-26)   
Host : Shanti Pakhrin
Source : Website

 
आज  मिति 2069 चैत्र 26 तदनुसार 08-April-2013 का दिन , मन भित्रका कुरा आवाजका झन्कार साथसाथै तपाईहरुका विभिन्न गजलहरु तथा सुमधुग सांगितीक गीत गजलहरु लिएर गजल संसारको श्रृङ्खला Gazal Sansar Episode 34 लिएर नेपाली समय अनुसार साझको ५ बजे देखि ६ सम्म प्रत्येक सोमबार झैं कार्यक्रम संचालिका गजलकार शान्ति पाख्रिनका साथ  रेडियो   हाम्रो संसार अनलाईन रेडियो मार्फत विश्वभरि आजको श्रीङ्खला लिएर उपस्थित  हुनुभएको छ ।  आउनुस् हामी पनि सुनौं
Listen And Download


Download : Click Here to Download 

Thank you

गजल-तिम्रो यादले आतँक मच्चाउँछ (स्वर, लय, रचना -राम शरण श्रेष्ठ)

NepaliTalim | 2:14:00 PM | 0 comments

गजल : स्वर, लय, रचना  (राम शरण श्रेष्ठ)
हो............................
तिम्रो यादले आतँक मच्चाउँछ ।।
मलाई रातभर जाग्न लगाउँछ ।।

ति बक्र द्रृष्टी लगातार यतैतिर
तिरझै आइ बारम्बार सताउँछ ।।

सुरु कतिखेर भयो थहै पाइएन
उस्लाई देखेपछी मन रमाउँछ ।।

मौनतामा झुकेका परेलीले आज
मलाई नि सोच्न बाध्य गराउँछ ।।

सिलसिला यस्तै चलिरह्यो भने
कुन दिन मलाई पागल बनाउँछ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप 
Listen from YouTube

Thank you

Muktak Madhurima (2069-12-29/11-04-2013) - Download

NepaliTalim | 11:01:00 PM | 0 comments
Muktak Madhurima        
Radio : Radio Chitwan 94.6mhz                
Time : Turusday 9.15pm    
Host : Ramu Acharya      
Date :  (2069-12-29/11-04-2013)

आज मिति 2069 चैत्र 29 गते तदनुसार 11-April-2013 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।
यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।  
Listen and Download

Download : Click Here to Download
Listen All Previous Episodes


Thank You

गजल : सौगात पुरै धर्ती आकास तिमीलाई (स्वर : राम शरण श्रेष्ठ)

NepaliTalim | 1:24:00 PM | 0 comments
रचना : जीवन श्रेष्ठ
स्वर र संगित : राम शरण श्रेष्ठ
मधुवन साहित्यिक प्रतिस्ठानको शनिवारीय सुन्ने सुनाउने श्रृंखलामा पहिलोपल्ट चिनजान भएको गजलकार जीवन श्रेष्ठ A Jeevan Shrestha भाईले मलाई यौटा गजल गाउनको लागि अनुरोध गर्नुभएको थियो । उहाँको गजल खुबै राम्रो लाग्यो र मैले प्रयास गरेको छु कस्तो लाग्यो प्रतिकृयाको अपेक्षा राख्दछु । 
=====================
गजल : सौगात पुरै धर्ती आकास तिमीलाई
रचना : जीवन श्रेष्ठ
स्वर र संगित : राम शरण श्रेष्ठ
===========
गजल (जिविका छन्द)
सौगात पुरा धर्ती आकाश तिमीलाई
त्यो जून र ताराको प्रकाश तिमीलाई ।

ऐया नभनी हाँस्दै टेक्दै छु म काँडामा
रङ्गीन बगैँचाको आभाष तिमीलाई ।

माया अब मान्छेको भन्दा मदिराको छ
रक्सी पिउँदै भुल्ने प्रयास तिमीलाई ।

बिर्सेर सबै बाचा टाढा हुन खोज्दैछ्यौ
मेरो मनमा उस्तै विश्वास तिमीलाई ।

हारेर बिजेताको माला पहिरीएछौ
प्रेमी र पराईको स्याबास तिमीलाई ।

जीवन श्रेष्ठ
VIDEO:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger