सोचे जस्तो हुन्न जिवन , सम्झे जस्तो हुन्न जिवन ।।
जस्तो भोग्यो उस्तै हुन्छ, देखे जस्तो हुन्न जिवन ।।
पिडाहरु बटुलेर रोईरहुँ जस्तो लाग्छ
खुसिहरु समेटेर हाँसिरहुँ जस्तो लाग्छ
आँसु आँसु हुन्न जिवन , खुसि खुसि हुन्न जिवन
भोग्यो जस्तै उस्तै हुन्छ, रोजे जस्तो हुन्न जिवन ।।
घाम ताप्त पर्खि बस्यो पानी उतै बर्सिदिन्छ
अँध्यारोमै जाउँ भन्दा उज्यालोपो चर्कि दिन्छ
पानी पर्नु पनि जिवन, घाम लाग्नु पनि जिवन
एउटा रोज्यो अर्कै मिल्छ, खोजे जस्तो हुन्न जिवन Download : Chick here to Download this song Listen :
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ ।
बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।
प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।
आज मिति २०६८ मंसिर १४ गते तदनुसार ३० नोभेम्वर २०११ यू एन एन एफ एम रेहियो ९० मेगाहर्जमा हरेक बुधवार प्रसारण हुने आजको ११८ औ सृङ्खलाको बुलबुलमा चर्चित गजलकार बा गजलका लेखक श्री बाबु त्रिपाठीको अन्तर्वाता र उहाँका स्वरबाट मिठा मिठा अतभुद गजलहरु लिएर प्रस्तोत अच्युत घिमिरे उपस्थित हुनुभएको छ ।