Home » , » BULBUL DOWNLOAD - Episode 118 (Interview With Babu Tripathi)

BULBUL DOWNLOAD - Episode 118 (Interview With Babu Tripathi)

NepaliTalim | 10:33:00 AM | 0 comments

Bulbul Gazal Program- Episode 118 

Interview with Babu Tripathi in Bulbul Program

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री  गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ ।
बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।

प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।

आज मिति २०६८ मंसिर १४ गते तदनुसार ३० नोभेम्वर २०११ यू एन एन एफ एम रेहियो ९० मेगाहर्जमा हरेक बुधवार प्रसारण हुने आजको ११८ औ सृङ्खलाको बुलबुलमा चर्चित गजलकार बा गजलका लेखक श्री बाबु त्रिपाठीको अन्तर्वाता र उहाँका स्वरबाट मिठा मिठा अतभुद गजलहरु लिएर प्रस्तोत अच्युत घिमिरे उपस्थित हुनुभएको छ ।

DOWNLOAD BULBUL EPISODE 118

Download Link : Click Here to Download (Episode 118)

LISTEN ONLINE:  
 






यस एपिसोडमा मलाई मन छोएको बाबु त्रिपाठिका गजलहरु

यो मलिलो माटो कस्ले बनायो बा ।।
माटो माथि बाटो कस्ले बनायो बा ।।

तिमीलाई त पक्कै पनि थाहा होला
रगतलाई रातो कस्ले बनायो बा ।।

चराहरु झगडा गरेको देख्दिँन
मानिसमा फाटो कस्ले बनायो बा ।।

मान्दैनन् दुःख गर्न कोहि पनि
दुःखको यो पाटो कस्ले बनायो बा ।।

हामीलाई परेको बेलामा नबोल्ने
कानुन यति लाटो कस्ले बनायो बा ।।

त्यस्तै बाबुको अर्को गजल 

 
कुमालेको त्यो, कला हेर्नुस् त ।
पृथ्वि जत्रो, गमला हेर्नुस् त ।।

दाईजो नल्याएको झोकमा
रेटिएका अबला हेर्नुस् त ।।

रहेछ कति सम्म कायर
पछाडिबाट हमला हेर्नुस् त ।।



Thank you, 
Ram Sharan Shestha
Chisapani, Ramechhap

Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger