फर्किएर मुस्काईदिनु जे जे पर्ला पर्ला ।।
आँखा आँखा जुधाईदिनु जे जे पर्ला पर्ला ।।
चन्द्रमाको मुहारलाई बादलुलाई छेक्यो
घुम्टो थोरै उठाईदिनु जे जे पर्ला पर्ला ।।
बोल्यो भने खैला बैला नबोले रिसाउने
बरु आँखै झिम्काईदिनु जे जे पर्ला पर्ला ।।ं
सोध्नेलाई म के भनुँ नाता के हो हाम्रो
बरु हजुरले बताईदिनु जे जे पर्ला पर्ला ।।
रचना -- कालि प्रसाद रिजाल
स्वर ÷संगित --शुवास अगम
तबला -- राम अतुल
(from Bubul Episode 119)
Thank you,
Ram Sharan Shrestha
0 comments:
Post a Comment