Home » » गजल -प्रचारमा मात्र सिमित..

गजल -प्रचारमा मात्र सिमित..

NepaliTalim | 3:55:00 PM | 0 comments
उज्यालो नदिने ति , तारा देखि दिक्क लाग्छ ।।
प्रचारमा मात्र सिमित, नारा देखि दिक्क लाग्छ ।।

सहमति भन्दा भन्दै, बाद–विवादमा ब्यस्त हुने
नेताजिको हावादारी, पारा देखि दिक्क लाग्छ ।।

जताततै अस्त ब्यस्त, महँगीले चिल्सीएको
काकाकुलयो काठमाडौंको, धारा देखि लाग्छ ।।

सक्ताको होडबाजी, सक्तीको तछाड मछाड
विदेशिकै भक्त्त हुक्ति'हारा देखि दिक्क लाग्छ ।।

आफ्नै मात्र स्वार्थ देख्ने, मान्छे हरु अचेलका
फाईदामा विक्ने भाई–चारा देखि दिक्क लाग्छ ।।

राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger