नमस्कार, 2073-बैशाख-10 तदनुसार 22-April-2016 शुक्रवारका दिन रेडियो मिर्मिरे ८९.४ मेगाहर्जको प्रस्तुति लिएर प्रस्तोता कमल सरगम् उपस्थित् हुनु भएको छ । हरेक शुक्रवार ९ बजे देखि १० बजे सम्म गजल उथ्थानको लागि कार्यक्रम् गजल सुधा प्रशारन हुने गर्दछ कार्यक्रम पठाएर सहयोग गरिदिनुहुने कार्यक्रम संचालक कमल सर्गम् ज्यूलार्इ धेरै धेरै धन्यवाद ।
आज मिति 2073 बैशाख 21 तदनुसार 03-April-2016 सोमबारका दिन थाहा संचार मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन BAHAKINE MAN EPISODE 202 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला ।
आज मिति 2073 बैशाख 19 गते तदनुसार 01-May-2016 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला ।
आज मिति 2073 बैशाख 12 गते तदनुसार 24-April-2016 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला ।
आज मिति 2073 बैशाख 11 गते तदनुसार 23-April-2016 का दिन रेडियो राप्तिको नेपाली साहित्य विधा मुक्तक विशेष कार्यक्रम मुक्तक डायरी लिएर कार्यक्रम प्रस्तोता उपस्थित उत्तर कुमार साहु हुनुभएको छ । आज पनि तपाईहरुकै मिठा मिठा मुक्तकहरु बाचन हुनेछन् । कार्यक्रम सुनेर प्रतिकृया दिनुहुनेनै छ । Listen and Download (Right Click and Save As)
आज मिति 2073 बैशाख 13 तदनुसार 26-April-2016 सोमबारका दिन थाहा संचार मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन BAHAKINE MAN EPISODE 201 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला ।
१.मुक्तक बन्दुक बनाउने रे । उसले बम बनाउने रे । यता छोडि उता माया धमाधम बनाउने रे । यस्तै भनेर खुब धम्की दिन थालेकी छ अचेल उसले अब म प्रतिको माया कम बनाउने रे । उत्तर कुमार साहु ठेगाना फलाबाङ ६ सल्यान २.मुक्तक मलाई सम्झी रुने दिन कसो नआउला र ? आसुले सिरानी धुने दिन कसो नआउला र ? खुब मेरा कुरा काट्दै हिड्छेउ रे आजभोलि ,,,, हेर्छु तिमी एक्लै हुने दिन कसो नआउला र ? उत्तर कुमार साहु ठेगाना फलाबाङ ६ सल्यान २..मुक्तक ईमान हरायो यहा जमान हरायो १ र त आज मान–सम्मान हरायो ११ यस्तै भनेर खुब ।।रुन्छ्यौ रे तिमी धेरै माया गर्ने त्यो बेईमान हरायो उत्तर कुमार साहु ठेगाना फलाबाङ ६ सल्यान ४.मुक्तक तिमी बाट म टाढा, बनिदिय भने अर्कैलाई आफ्नो, गनीदिय भने तिमी के भनेर मन बुझाउछेउ उसैसंग बिहे गर्छु, भनिदिय भने उत्तर कुमार साहु ठेगाना फलाबाङ ६ सल्यान ५..मुक्तक मलाई जिउदो लास बनायर । उता अर्को मान्छे खास बनायर । तिमी धेरै खुसी छौ रे आजभोली यता मलाई भने निराश बनायर उत्तर कुमार साहु ठेगाना फलाबाङ ६ सल्यान ६..मुक्तक मेरो अस्तीत्वमा खोट दियर आज मनभरी चोट दियर गयकि छ उ छोडेर मलाई सम्झन याद बेजोड दियर उत्तर कुमार साहु ठेगाना फलाबाङ ६ सल्यान ७..मुक्तक म तारा अनि आफुलाई जुन ठान्दी रैछ म पित्तल आफुलाई नम्बरी सुन ठान्दी रैछ त्यसकै निम्ती सबैे त्यागी दिदा मैले ।।।।। र आज आयर त्यहि बैगुन ठान्दी रैछ उत्तर कुमार साहु ठेगाना फलाबाङ ६ सल्यान ८..मुक्तक हाम्रो समस्याको छिटो हल गरम यार आउ बसेर धेरै छलछल गरम यार कतिञ्जेल लुकिछिपी माया लगाउनु बिहे गर्न घरमा पहल गरम यार उत्तर कुमार साहु ठेगाना फलाबाङ ६ सल्यान ९.मुक्तक बिग्रेको सम्बन्ध ठिक बनाउनु छ । टाढीनेलाई फेरी नजिक बनाउनु छ । आज यो जिवन सुम्पीयर उसैलाई मेरो दिलको मालीक बनाउनु छ । उत्तर कुमार साहु ठेगाना फलाबाङ ६ सल्यान १०.मुक्तक भेटिन्छन, हजारौ कठोर दिल भेटिन्छन । आँखा मा र त आँसु टिलपिल भेटिन्छ्न छोडेर गयकी थियौ नि तिमी त्यो बेलामा हो आज मुटु भित्र तिनै खिल भेटिन्छन उत्तर कुमार साहु ठेगाना फलाबाङ ६ सल्यान ११..मुक्तक आंधी भयौ भने हुरि भयौ भने । म अचानो तिमी खुकुरी भयौ भने । दया देखाउलान माया देखाउलान, म नहुदा तिमी टुहुरी भयौ भने । उत्तर कुमार साहु ठेगाना फलाबाङ ६ सल्यान १२..मुक्तक मेरो जस्तो तिम्रो मन नभएपछी । सम्झिनलाई मिठो वचन नभएपछि । अरे तिमी कसरी आफ्नो भन्छौ मलाई यदि दुई मुटु एक धड्कन नभएपछी । उत्तर कुमार साहु ठेगाना फलाबाङ ६ सल्यान १३..मुक्तक तिमीले घरीघरी त्यै कुरा गछ्यौ । कसम मनपरी त्यै कुरा गछ्यौ ।। आप्mनै अडान राखी माथी गयर, अझै तल नझरी त्यै कुरा गछ्यौ ।। उत्तर कुमार साहु ठेगाना फलाबाङ ६ सल्यान १४..मुक्तक भगवानले नै ठगेको जस्तो लाग्छ सुखिहरु सबै लगेको जस्तो लाग्छ बर्षातमा आउने त्यो भेललाई हेर्दा, कसम मेरै आशु बगेको जस्तो लाग्छ उत्तर कुमार साहु ठेगाना फलाबाङ ६ सल्यान १५..मुक्तक न वार बनाउछ्यौ तिमीले न पार बनाउछ्यौ यो चालले सपना कसरी साकार बनाउछ्यौ यसरी तिमीलाई पर्खियर बसे भने पछिसम्म लाग्छ एकदिन मायाको हाहाकार बनाउछ्यौ उत्तर कुमार साहु ठेगाना फलाबाङ ६ सल्यान १६.मुक्तक फुल्दा–फुल्दै ओईलियर झरे भने के गर्छौ । तिमीलाई रुवाउने काम गरे भने के गर्छौ । अरे तिमी कहिल्यै टाढा हुन दिन्न भन्छ्यौ, भन यदि म यत्तिकै मा मरे भने के गर्छौ । उत्तर कुमार साहु ठेगाना फलाबाङ ६ सल्यान १७..मुक्तक आजकल आफ्नैको भर हुन्न भन्छन् । आफुले सोचे जस्तो घर हुन्न भन्छन् । कहिले माया अनि कहिले झगडा हुन्छ , सधै एकैनास को प्रहर हुन्न भन्छन् । उत्तर कुमार साहु ठेगाना फलाबाङ ६ सल्यान १८..मुक्तक तिमीलाई मन पराउथे , थाहा हुदा–हुदै पनि । केहि भन्न पनि डराउथे, थाहा हुदा–हुदै पनि । तिमीले त मेरो माया नबुझेरै गईहाल्यौ नि... सधै तिम्रै मायामा हराउथे, थाहा हुदा–हुदै पनि उत्तर कुमार साहु ठेगाना फलाबाङ ६ सल्यान १९..मुक्तक तिमी संग जिवन जिउने रहर गर्दिन । वाध्य बनाउला तर पनि कर गर्दिन ।। जमानासंगै चल्नु पर्छ भन्छन,, त्यसैले सुनको सिक्री नभई स्वयम्बर गर्दिन ।।। उत्तर कुमार साहु ठेगाना फलाबाङ ६ सल्यान २०..मुक्तक जुन भुलेर तारा भुलेर । यो दुनिया सारा भुलेर । नरिसाउदै बस्नु पर्छ तिमी मेरो लफङगा पारा भुलेर उत्तर कुमार साहु ठेगाना फलाबाङ ६ सल्यान २१..मुक्तक तिमी र म एक थियौ कुनै जमानामा छोड्यौ आज मलाई अनेक बहानामा पहिले त खुब तिमी मेरै हो भन्थेउ नि अहिले परिन जस्तो छ है चाहानामा उत्तर कुमार साहु ठेगाना फलाबाङ ६ सल्यान २२..मुक्तक म तिम्रो आसपास हुनेछु । जिवनभर तिम्रै खास हुनेछु । दिएपछि धोका तिमिले, हुनेछु पक्कै मसान घाट हुनेछु । उत्तर कुमार साहु ठेगाना फलाबाङ ६ सल्यान २३..मुक्तक ओइ तिमिलाई मन पराएको धेरै भैसक्यो । मन पराएर भन्न डराएको धेरै भैसक्यो । हुन्छ भने हुन्छ भन नत्र अन्तै try गर्छु , घरमा बिहे गर भनी कराएको धेरै भैसक्यो । उत्तर कुमार साहु ठेगाना फलाबाङ ६ सल्यान २४..मुक्तक ओई काली तिम्रो मेरो घर हुदैन होला तिम्रो नाम पछी मेरो थर हुदैन होला घरमा बाउ आमाले अर्कै केटी रोजी सके रे।।। त्यसैले तिमीसंग बिहे सकभर हुदैन होला उत्तर कुमार साहु ठेगाना फलाबाङ ६ सल्यान २५..मुक्तक आउछन् मनमा,हुरि चलाएर जान्छन । शब्द(शब्द मा छुरी चलाएर जान्छन् । पहिले मायाको नाटक गर्छन् अनि, पछि उसैलाई खुकुरी चलाएर जान्छन् । उत्तर कुमार साहु ठेगाना फलाबाङ ६ सल्यान २६..मुक्तक हुनेछ अनौठो अनि चर्को घाम हुनेछ । सबको मुखमा त्यो दिन रामराम हुनेछ गर्नेछन चिरफार मलाई अस्पताल लियर चिहायर हेर्नू मुटुमा, तिम्रो नाम हुनेछ । उत्तर कुमार साहु ठेगाना फलाबाङ ६ सल्यान २७..मुक्तक तिम्रो मेरो एउटै मन बनाउला । दुई मुटु एक धड्कन बनाउला। पहिले साथ दियर त हेर प्रीय। साच्ची फरक जीवन बनाउला । उत्तर कुमार साहु ठेगाना फलाबाङ ६ सल्यान २८..मुक्तक मलाई मेरै दोधारे मनले बिगार्यो । अनि यो प्यारो बचपनले बिगार्यो । पहिले हासो खुसी हुन्थ्यो मनभरी, आज लथालिङ्ग जिवनले बिगार्यो । उत्तर कुमार साहु ठेगाना फलाबाङ ६ सल्यान २९..मुक्तक तिम्रो मायाको मलाई अब अभाब हुने छैन । तिमीलाई सम्झीयर बस्नुपर्ने दबाव हुने छैन ।। किनकी तिम्रो जिवनदेखी धेरै टाढा जादै छु म पक्कै त्यो ठाउमा तिम्रो मायाको प्रभाब हुने छैन ।।। उत्तर कुमार साहु ठेगाना फलाबाङ ६ सल्यान ३०..मुक्तक लान्न लान्न भन्थे माया कर गर्यौ तिमीले मै संग जिवन विताउने रहर गर्यौ तिमीले खै कोले मेरो बारे नानाथरी कुरा लगाई दिदा आजभोली छोड्ने कुरा हरप्रहर गर्यौ तिमीले उत्तर कुमार साहु ठेगाना फलाबाङ ६ सल्यान ३१.मुक्तक मैले कसैसंग चोखो माया लाको थिए । उसकै पछि मठमन्दिर पनि धाको थिए । खै के कुरा मिलेन र रुरु छोडिन उनिले , जिवनभर उनकै हुने कसम खाको थिए । उत्तर कुमार साहु ठेगाना फलाबाङ ६ सल्यान ३२.मुक्तक मलाई तिम्रो कत्ती आस लाग्दैन । किनकी तिम्रो बिस्वास लाग्दैन । भन्न त भन्छेउ म तिम्रै हो भनेर , सांच्ची तिमी मेरो मान्छे खास लाग्दैन उत्तर कुमार साहु ठेगाना फलाबाङ ६ सल्यान ३३.मुक्तक म सोच्दै छु मेरो भविष्य के होला म खोज्दै छु मेरो भविष्य के होला थाहा छैन जानेर हो या अन्जानै मा म रोज्दै छु तिमि भविस्य के होला उत्तर कुमार साहु ठेगाना फलाबाङ ६ सल्यान ३४.मुक्तक दुबैको एउटै मन बनाउला । हांसो खुसी झन बनाउला । तिमिले साथ दिएर त हेर , सांचि फरक जीवन बनाउला । उत्तर कुमार साहु ठेगाना फलाबाङ ६ सल्यान ३५.मुक्तक तिमिले किन बेईमानी गर्दै छौ रु जानी हो या नजानी गर्दै छौ रुरु माया गर्छु भनेकै त छु नि मैले , बिहे गर्न किन आनाकानी गर्दै छौ उत्तर कुमार साहु ठेगाना फलाबाङ ६ सल्यान ३६.मुक्तक तिमिले भनेका सबै कुरा मान्न आतुर छु किन खोज्दै छौ छोड्न जान्न आतुर छु सोच्या जस्तो मान्छे नभाको भए म यदि सुधृएर तिमिलाई आफ्नै ठान्न आतुर छु उत्तर कुमार साहु ठेगाना फलाबाङ ६ सल्यान ३७.मुक्तक केटिले हामिलाई फसाउन चाहान्छ्न रे आफ्नै इसारा मा नचाउन चाहान्छ्न रे मुखमा रामराम बगलिमा छुरा भने झै , मन नमिल्दा ,भाला धसाउन चाहान्छ्न रे उत्तर कुमार साहु ठेगाना फलाबाङ ६ सल्यान ३८.मुक्तक सुन्दर डाडापाखा घुम्न मन छ मलाई सल्यानी सस्कृतिमै झुम्न मन छ मलाई कहिले त सोच पनि के के आउँछ के के उडेर नै चन्द्रमा चुम्न मन छ मलाई उत्तर कुमार साहु ठेगाना फलाबाङ ६ सल्यान ३९.मुक्तक प्वाल परेको घरको छानो टाल्छु भनेर। अनि बजारमा नया घर हाल्छु भनेर बिदेश जाने बिचार गरेको थिय मैले नि तिमिलाई सुख सङ पाल्छु भनेर । उत्तर कुमार साहु ठेगाना फलाबाङ ६ सल्यान ४०.मुक्तक आवेशमा आयर गल्ती गरीएछ तिम्रो पछी धायर गल्ती गरीएछ आफुसंगका साथीहरु कहाँ पुगीसके तिमीसंग माया लायर गल्ती गरीएछ उत्तर कुमार साहु ठेगाना फलाबाङ ६ सल्यान ४१.मुक्तक खै तिमीलाई मनाउन सकिदै सकियन भनौ आफ्नो बनाउन सकिदै सकियन कर गरी घरकाले अन्तै बिहे गरीदिय र तिमीलाई जनाउन सकिदै सकियन उत्तर कुमार साहु ठेगाना फलाबाङ ६ सल्यान ४२.मुक्तक जिवन जिउने आधार दिन्छु तिमीलाई सच्चा निश्चल प्यार दिन्छु तिमीलाई जस्तो सुकै आई परे पनि परीस्थीती , मैले साथ ... हरबार दिन्छु तिमीलाई उत्तर कुमार साहु ठेगाना फलाबाङ ६ सल्यान ४३.मुक्तक मेरो बारे सोध्दा गाली गछ्यौ अरे आजभोली कुरा पनि जाली गछ्यौ अरे केहि समय म टाढा हुदा यस्तो सुने तिमीले त बिहे यसपाली गछ्यौ अरे उत्तर कुमार साहु ठेगाना फलाबाङ ६ सल्यान ४४.मुक्तक छोड्यौ अनि पिउने बनायौ । मदिरामै जीवन जिउने बनायौ । धुजा धुजा पारेर गयौ नि मुटु , र मलाई एक्लै सिउने बनायौ । उत्तर कुमार साहु ठेगाना फलाबाङ ६ सल्यान ४५.मुक्तक म भात पकाउछु, तिमी तरकारी पकाउली म ठुस्स परि रिसाउदा, मलाई फकाउली यस्तै यस्तै गरि जीवन बिताउला हामीले हरेक सुख दुख मा मलाई तिम्ले सघाउली नाम उत्तर कुमार साहु ठेगाना फलाबाङ ६ सल्यान Note : Copyright of the Above All Muktaks are reserved with Writer Uttar Kumar Sahu. Strictly Prohibited to Commercial Use.
आज मिति 2073 बैशाख 06 तदनुसार 18-April-2016 सोमबारका दिन थाहा संचार मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन BAHAKINE MAN EPISODE 200 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला ।
आज मिति 2072 चैत्र 29 तदनुसार 11-April-2016 सोमबारका दिन थाहा संचार मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन BAHAKINE MAN EPISODE 199 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला ।
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! आज मिति 2073 बैशाख 08 गते तदनुसार
20-April-2016 बुधबारका का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 344)लिएर उपस्थित हुनुभएको छ ।
बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं..... युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।
बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद । बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
बिशेष सूचना
२०७० असोज १३ (29-Sep-2013 गतेदेखि आइतबारिय नयाँ बुलबुल सुरुभएको थियो, त्यसपछि २०७० माघ १८ (01-Feb-2014) गतेदेखि शनिबार सारेर श्रृंखला १९ नयाँ बुलबुल प्रसारण हुँदै आएकोमा मिति २०७१ मंसिर २७ (13 Dec 2014) गते देखि नयाँ बुलबुलको श्रृंखला अन्त भएको छ । अब केवल हप्तामा बुधकार मात्र बुलबुल प्रसारण भइरहेको छ। विगतका नयाँ बुलबुल सुन्नको लागि -Click Here to Listen New Bulbul All (61) Episodes