२. मुक्तक
प्रेमको अनुसन्धान, तिमी कति गछ्यौ
बाचामा बेईमान, तिमी कति गछ्यौ
प्रयोगसाला होइन, मान्छेहरुका मुटु
फेर्दै नयाँ चिनजान, तिमी कति गछ्यौ
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप ।
३. मुक्तक
सोच्छु यो प्रेमको पनि सिमा हुने भए
अनि मायाको पनि पूरै बिमा हुने भए
मेरा पछी पनि हुन्थे अनगिन्ती प्रेमिहरु
भाग्य फेर्ने तागत मेरो गोजिमा हुने भए
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप ।
10-03-2015
उहि भावका
मन नियन्त्रण गर्ने सिमा हुने भए
टुटेको मुटुको पनि बिमा हुने भए
प्रेमको अवस्था कस्तो हुन्थ्यो होला
हजारौं मुटु यो छातिमा हुने भए
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप
12-02-2015
४. मुक्तक
संन्तुलनमा जिन्दगी सधैं राख्न बढी गाह्रो हुन्छ
रुन भन्दा पनि यहाँ हाँस्न बढी गाह्रो हुन्छ
परिवेशलार्इ परिमार्जन गर्न नसक्दा त लाग्छ
मर्नु भन्दा कयौ गुणा बाँच्न बढी गाह्रो हुन्छ ।
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप
12-03-2015
५. मुक्तक
पर्दालेनै सबचिज कहाँ छेक्छ र
अँखाले सबै सत्य कहाँ देख्छ र
तिमी औकात को कति घमण्ड गर्छौ
सम्पतिले सबै प्यास कहाँ मेट्छ र
राम शरण श्रेष्ठ
चिसापानी रामेछप
21-04-2015
६. मुक्तक
कसैलेपछिबाट आई छुरा रोपिदायो
त्यसपछी झन् धड्कन रोकिदियो
उस्ले यसरी कायरता प्रदर्शन गर्यो
अन्तत पिठ्युँमा गोली ठोकिदियो
राम शरण श्रेष्ठ
चिसापानी रामेछप
22-05-2015
७. मुक्तक
मुनायो यादमा, मदन सकियो
तिम्रो यादमा, यो मन सकियो
जिन्दगी कुर्नकै लागि पाएको रैछु
कुर्दा कुर्दा सारा जीवन सकियो
राम शरण श्रेष्ठ
चिसापानी रामेछप
16-06-2015
८. मुक्तक
सफलता चाख्नलाई प्यास जरुरी छ
गन्तब्यमा पुग्नलाई प्रयास जरुरी छ
बाटामा बाधाहरु अनेकौ आउनेछन्
परास्त पार्न भरपूर अभ्यास जरुरी छ
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप
05-07-2015
९. मुक्तक
दिल चोरिको नालिस, तिम्रै अदालतमा छ ।।
मेरो पक्षको सिफारिस, तिम्रै अदालतमा छ ।।
आफै गर्नुस् न्याय, भएर महाँ न्यायधिस
पुनराबेदनको आषिश, तिमै अदालतमा छ ।।
27-06-2015
१०. मुक्तक
एउटा मनबाट अर्को मनको संम्बोधन कसरी हुन्छ होला
बुझ्नुछ प्रेममा योग्यताको परिक्षण कसरी हुन्छ होला
भन्नेहरु यासो भन्छन् प्रेमको सिमा अपरम्पार हुन्छ रे
त्यसो भए दुईमन बिचको दुरि संन्तुलन कसरी हुन्छ होला
राम शरण श्रेष्ठ
24-03-2015
११. मुक्तक
कसैले जिन्दगीमा सघाईदिएकी छिन्
मलाई पगाल झै बनाईदिएकी छिन्
उस्ले संगै हुने दिन नभएसम्मको लागि
मलाइ बोल्ने तस्बिर पठाइदिएकी छिन्
राम शरण श्रेष्ठ
06-10-2015
१२. मुक्तक
बाटोमा तगारा के काँडा लाउनु खै
अरुको मान्छे के आँखा लाउनु खै
अर्काको भाग खोस्न कहाँ सक्छु र
यस्तो नजर पापी के मायाँ लाउनु खै
राम शरण श्रेष्ठ
चिसापानी , रामेछाप
१३. मुक्तक
मुटु बाँड्न खोज्नेहरु पो भेटिए
कुरा भाँड्न खोज्नेहरु पो भेटिए
आफन्तको भिडमा पराई चिन्न गाह्रो
ज्यूदै गाड्न खोज्नेहरु पो भेटिए
राम शरण श्रेष्ठ
चिसापानी , रामेछाप
19-01-2016
१४. मुक्तक
कोही आँखामा नै डुब्न खोज्छन्
कोही मुटुमा पो लुक्न खोज्छन्
मुटु एउटै छ म का कसलाइ दीउ
किनसब एकै ठाउमा छुप्न खोज्छन्
राम शरण श्रेष्ठ
चिसापानी , रामेछाप
15-01-2016
१५. मुक्तक
दिएँ मन तिमीलाई नै दिएँ
मुटु धड्कन तिमीलाई नै दिएँ
म र मेरो सबै तिमीलाई भो
पहिलो चुम्बन तिमीलाई नै दिएँ
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप
09-01-2016
कारण हुँदैन घटनामा हर कुराको
हुन्छ आँखाको धार भन्दा बढी छुराको
टाउको फुटाएर पनि भाग्य फेरिँदैन
मात्र पाईन्छ मायाँ इश्वरले जुराको
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप
07-03-2016
१७. मुक्तक
बोक्नै नसकिने गरी ठूलो भारी राखिदिन्छ
वारी हुनुपर्ने लाई झन पारी राखिदिन्छ
जो बिना मेरो जिन्दगी एक्छिन चल्नेछैन
प्रेममा उसैको मन झन भिकारी राखिदिन्छ
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप
06-03-2016
एउटा सुझाब लिएर कोहि आएको छ
हातमा गुलाब लिएर कोहि आएको छ
म जिन्दगीभर उस्कै मात्र बन्नुपर्ने भन्दै
प्रेम प्रस्ताब लिएर कोहि आएको छ
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप
26-02-2016
१९. मुक्तक
तिम्रो आँखामा हल्का हल्का गाजल रहन थाल्यो
त्यसपछी मेरो मन पनि पागल पागल रहन थाल्यो
लाजाएर जबजब लाउँछ्यौ बक्र दृष्टि बारम्बार
यो मन पनि प्रेममा अती घायल रहन थाल्यो
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप
16-02-2016
२०. मुक्तक
म आधा तिमी आधा यस्तो पनि लाग्दोरैछ
मुटु म धड्कन तिमी जस्तो पनि लाग्दोरैछ
प्रणयमा मस्त भै एकपल्ट हेर्नुहोला
थाहा होला जिन्दगी कस्तो पनि लाग्दोरैछ
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप
14-02-2016
२१. मुक्तक
आफ्नो भन्दा किन उस्कै चिन्ता बेसी
फर्कनै मनलाग्दैन् किन उस्लाई भेटी
तँलाई प्रेम रोग लाग्यो ऊपचार खोजिहल्नु
एउटा आवाज आउछ मनभित्र देखी
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप
12-02-2016
२२. मुक्तक
मलाई सम्झी दिनरात रुनेहरु लाई
मेरो प्रेममा पगल झै हुनेहरु लाई
यती भन्छु राम हुँ कृष्ण बन्न सक्दिंन म
देउता मानि मेरो तस्बिर छुनेहरु लाई
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप
12-02-2016
२३. मुक्तक
मन सधैं चुलबुल राखिदियौ
आफुलाई मेरै अनुकुल राखिदियौ
म बिग्रिनुमा तिमी पनि दोषी छौ
काँडा हटाई मात्र फूल राखिदियौ
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप
21-01-2016
२४.मुक्तक
बिचारहरु को एकिकरण हुनुपर्छ अब
देश द्रोहीको अधिकारण हुनुपर्छ अब
देशको छाती टेकेर मुटुमा छुरा हान्नेको
तत्काल निर्मलिकरण हुनुपर्छ अब
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप
21-01-2016
२५. मुक्तक
राखेर यो मन केन्द्रित एकातिर
गरियो प्यार असीमित एकातिर
आए दबाव धेरै धेरै प्रेम रद्द गर्न
गरी प्रस्ताव नयाँ पारित एकातिर
चिसापानी, रामेछाप
19-01-2016
Note :
All Copyright Reserved with Write.