श्रृंखला 194 : वहकिने मन Bahakine Man (07-03-2016/2072-11-24) : Download

NepaliTalim | 12:18:00 PM | 0 comments
बहकिने मन BAHAKINE MAN -194
DATE- (07-03-2016/2072-11-24) 
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone: 01 4350831
Facebook : Bahakine Man 
http://thahasanchar.com/


नमस्कार,

आज मिति 2072 फाल्गुन 24 तदनुसार  07-March-2016 सोमबारका दिन थाहा संचार मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन BAHAKINE MAN EPISODE 194 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)

Download : Click Here to Download
Listen at YouTube

मेरा २५ मुक्तकहरू - राम शरण श्रेष्ठ (07-03-2016)

NepaliTalim | 5:05:00 PM | 0 comments
साथीहरू मेरा केही मुक्तकहरू .
1. मुक्तक    
हिँड्ने अभ्यासमा लडिन्छ पक्कै
उठेर फेरी अघि बढिन्छ पक्कै 
ए बाधाहरू तँलाई पनि चुनौती
डटेर काम फत्ते गरिन्छ पक्कै 
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप ।
11-02-2015

२. मुक्तक   
प्रेमको अनुसन्धान, तिमी कति गछ्यौ
बाचामा बेईमान, तिमी कति गछ्यौ
प्रयोगसाला होइन, मान्छेहरुका मुटु
फेर्दै नयाँ चिनजान, तिमी कति गछ्यौ
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप ।
12-02-2015

३. मुक्तक  
सोच्छु यो प्रेमको पनि सिमा हुने भए
अनि मायाको पनि पूरै बिमा हुने भए
मेरा पछी पनि हुन्थे अनगिन्ती प्रेमिहरु
भाग्य फेर्ने तागत मेरो गोजिमा हुने भए 
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप ।
10-03-2015


उहि भावका 
मन नियन्त्रण गर्ने सिमा हुने भए
टुटेको मुटुको पनि बिमा हुने भए
प्रेमको अवस्था कस्तो हुन्थ्यो होला
हजारौं मुटु यो छातिमा हुने भए 
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप 
12-02-2015

४. मुक्तक  
संन्तुलनमा जिन्दगी सधैं राख्न बढी गाह्रो हुन्छ 
रुन भन्दा पनि यहाँ हाँस्न बढी गाह्रो हुन्छ 
परिवेशलार्इ परिमार्जन गर्न नसक्दा त लाग्छ 
मर्नु भन्दा कयौ गुणा बाँच्न बढी गाह्रो हुन्छ ।
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप
12-03-2015

५. मुक्तक  
पर्दालेनै सबचिज कहाँ छेक्छ र
अँखाले सबै सत्य कहाँ देख्छ र
तिमी औकात को कति घमण्ड गर्छौ
सम्पतिले सबै प्यास कहाँ मेट्छ र
राम शरण श्रेष्ठ 
चिसापानी रामेछप

21-04-2015

६. मुक्तक  
कसैलेपछिबाट आई छुरा रोपिदायो
त्यसपछी झन् धड्कन रोकिदियो
उस्ले यसरी कायरता प्रदर्शन गर्यो
अन्तत पिठ्युँमा गोली ठोकिदियो
राम शरण श्रेष्ठ 
चिसापानी रामेछप
22-05-2015


७. मुक्तक
मुनायो यादमा, मदन सकियो 
तिम्रो यादमा, यो मन सकियो 
जिन्दगी कुर्नकै लागि पाएको रैछु
कुर्दा कुर्दा सारा जीवन सकियो 
राम शरण श्रेष्ठ

चिसापानी रामेछप
16-06-2015

८. मुक्तक  
सफलता चाख्नलाई प्यास जरुरी छ 
गन्तब्यमा पुग्नलाई प्रयास जरुरी छ
बाटामा बाधाहरु अनेकौ आउनेछन् 
परास्त पार्न भरपूर अभ्यास जरुरी छ
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप
05-07-2015

९. मुक्तक  
दिल चोरिको नालिस, तिम्रै अदालतमा छ ।।
मेरो पक्षको सिफारिस, तिम्रै अदालतमा छ ।।
आफै गर्नुस् न्याय, भएर महाँ न्यायधिस
पुनराबेदनको आषिश, तिमै अदालतमा छ ।।
27-06-2015

१०. मुक्तक  
एउटा मनबाट अर्को मनको संम्बोधन कसरी हुन्छ होला
बुझ्नुछ प्रेममा योग्यताको परिक्षण कसरी हुन्छ होला
भन्नेहरु यासो भन्छन् प्रेमको सिमा अपरम्पार हुन्छ रे
त्यसो भए दुईमन बिचको दुरि संन्तुलन कसरी हुन्छ होला 
राम शरण श्रेष्ठ
24-03-2015

११. मुक्तक  
कसैले जिन्दगीमा सघाईदिएकी छिन् 
मलाई पगाल झै बनाईदिएकी छिन् 
उस्ले संगै हुने दिन नभएसम्मको लागि 
मलाइ बोल्ने तस्बिर पठाइदिएकी छिन् 
राम शरण श्रेष्ठ
06-10-2015

१२. मुक्तक  
बाटोमा तगारा के काँडा लाउनु खै
अरुको मान्छे के आँखा लाउनु खै 
अर्काको भाग खोस्न कहाँ सक्छु र 
यस्तो नजर पापी के मायाँ लाउनु खै
राम शरण श्रेष्ठ
चिसापानी , रामेछाप

१३. मुक्तक   
मुटु बाँड्न खोज्नेहरु पो भेटिए
कुरा भाँड्न खोज्नेहरु पो भेटिए
आफन्तको भिडमा पराई चिन्न गाह्रो
ज्यूदै गाड्न खोज्नेहरु पो भेटिए
राम शरण श्रेष्ठ
चिसापानी , रामेछाप
19-01-2016

१४. मुक्तक  
कोही आँखामा नै डुब्न खोज्छन्
कोही मुटुमा पो लुक्न खोज्छन्
मुटु एउटै छ म का कसलाइ दीउ 
किनसब एकै ठाउमा छुप्न खोज्छन्
राम शरण श्रेष्ठ
चिसापानी , रामेछाप
15-01-2016

१५. मुक्तक  
दिएँ मन तिमीलाई नै दिएँ
मुटु धड्कन तिमीलाई नै दिएँ 
म र मेरो सबै तिमीलाई भो
पहिलो चुम्बन तिमीलाई नै दिएँ 
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप
09-01-2016

१६. मुक्तक  
कारण हुँदैन घटनामा हर कुराको
हुन्छ आँखाको धार भन्दा बढी छुराको
टाउको फुटाएर पनि भाग्य फेरिँदैन 
मात्र पाईन्छ मायाँ इश्वरले जुराको 

राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप
07-03-2016

१७. मुक्तक  
बोक्नै नसकिने गरी ठूलो भारी राखिदिन्छ 
वारी हुनुपर्ने लाई झन पारी राखिदिन्छ 
जो बिना मेरो जिन्दगी एक्छिन चल्नेछैन
प्रेममा उसैको मन झन भिकारी राखिदिन्छ

राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप
06-03-2016

१८. मुक्तक  
एउटा सुझाब लिएर कोहि आएको छ 
हातमा गुलाब लिएर कोहि आएको छ 
म जिन्दगीभर उस्कै मात्र बन्नुपर्ने भन्दै 
प्रेम प्रस्ताब लिएर कोहि आएको छ 

राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप

26-02-2016

१९. मुक्तक  
तिम्रो आँखामा हल्का हल्का गाजल रहन थाल्यो 
त्यसपछी मेरो मन पनि पागल पागल रहन थाल्यो
लाजाएर जबजब लाउँछ्यौ बक्र दृष्‍टि बारम्बार 
यो मन पनि प्रेममा अती घायल रहन थाल्यो 

राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप


16-02-2016

२०. मुक्तक  
म आधा तिमी आधा यस्तो पनि लाग्दोरैछ 
मुटु म धड्कन तिमी जस्तो पनि लाग्दोरैछ 
प्रणयमा मस्त भै एकपल्ट हेर्नुहोला
थाहा होला जिन्दगी कस्तो पनि लाग्दोरैछ 

राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप

14-02-2016

२१. मुक्तक  
आफ्नो भन्दा किन उस्कै चिन्ता बेसी 
फर्कनै मनलाग्दैन् किन उस्लाई भेटी 
तँलाई प्रेम रोग लाग्यो ऊपचार खोजिहल्नु 
एउटा आवाज आउछ मनभित्र देखी 

राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप



12-02-2016

२२. मुक्तक  
मलाई सम्झी दिनरात रुनेहरु लाई 
मेरो प्रेममा पगल झै हुनेहरु लाई 
यती भन्छु राम हुँ कृष्ण बन्न सक्दिंन म 
देउता मानि मेरो तस्बिर छुनेहरु लाई 

राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप




12-02-2016

२३. मुक्तक   
मन सधैं चुलबुल राखिदियौ 
आफुलाई मेरै अनुकुल राखिदियौ 
म बिग्रिनुमा तिमी पनि दोषी छौ 
काँडा हटाई मात्र फूल राखिदियौ 

राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप
21-01-2016

२४.मुक्तक 
बिचारहरु को एकिकरण हुनुपर्छ अब 
देश द्रोहीको अधिकारण हुनुपर्छ अब
देशको छाती टेकेर मुटुमा छुरा हान्नेको 
तत्काल निर्मलिकरण हुनुपर्छ अब 

राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप
21-01-2016


२५. मुक्तक   
राखेर यो मन केन्द्रित एकातिर
गरियो प्यार असीमित एकातिर
आए दबाव धेरै धेरै प्रेम रद्द गर्न
गरी प्रस्ताव नयाँ पारित एकातिर 

चिसापानी, रामेछाप
19-01-2016


Note :
All Copyright Reserved with Write. 

गजल सुधा (26-02-2016/2072-11-14) गजलकार मिरा मन थापा सँगको अन्तवातर्ता विशेष : Download

NepaliTalim | 4:18:00 PM | 0 comments
अनलाईन रेडियो छहारीको 
रेडियो मिर्मिरे ८९.४ मेगाहर्ज
गजल विशेष प्रस्तुति 
गजल सुधा 
हप्ताको हरेब शुक्रवार 
प्रस्तोता : कमल सरगम 
 (26-02-2016/2072-11-14)

गजलकार मिरा मन थापा सँगको अन्तवातर्ता विशेष

नमस्कार, 
आज मिति 2072 फाल्गुन 14 तदनुसार 26-Feb-2016 शुक्रवारका दिन रेडियो मिर्मिरे ८९.४ मेगाहर्जको प्रस्तुति लिएर प्रस्तोता कमल सरगम् उपस्थित् हुनु भएको छ । हरेक शुक्रवार ९ बजे देखि १० बजे सम्म गजल उथ्थानको लागि  कार्यक्रम् गजल सुधा प्रशारन हुने गर्दछ कार्यक्रम पठाएर सहयोग गरिदिनुहुने कार्यक्रम संचालक कमल सर्गम्  ज्यूलार्इ धेरै धेरै धन्यवाद ।
Listen and Download (Right click and save as)

Download : Click Here to Download
Listen at YouTube

गजल सुधा (12-02-2016/2072-10-29) गजलकार सागर भण्डारी 'बिभोर' सँगको अन्तवातर्ता विशेष : Download

NepaliTalim | 4:11:00 PM | 0 comments
अनलाईन रेडियो छहारीको 
रेडियो मिर्मिरे ८९.४ मेगाहर्ज
गजल विशेष प्रस्तुति 
गजल सुधा  
हप्ताको हरेब शुक्रवार 
प्रस्तोता : कमल सरगम 
(22-01-2016/2072-10-08)

गजलकार सागर भण्डारी 'बिभोर' सँगको अन्तवातर्ता विशेष



नमस्कार, 
आज मिति 2072 माघ 08 तदनुसार 22-Jan-2016 शुक्रवारका दिन रेडियो मिर्मिरे ८९.४ मेगाहर्जको प्रस्तुति लिएर प्रस्तोता कमल सरगम् उपस्थित् हुनु भएको छ । हरेक शुक्रवार ९ बजे देखि १० बजे सम्म गजल उथ्थानको लागि  कार्यक्रम् गजल सुधा प्रशारन हुने गर्दछ कार्यक्रम पठाएर सहयोग गरिदिनुहुने कार्यक्रम संचालक कमल सर्गम्  ज्यूलार्इ धेरै धेरै धन्यवाद ।
Listen and Download (Right click and save as)

Download : Click Here to Download
Listen at YouTube

गजल सुधा (05-02-2016/2072-10-22) गजलकार सुरेन्द्र थपलिया सँगको अन्तवातर्ता विशेष : Download

NepaliTalim | 3:52:00 PM | 0 comments
अनलाईन रेडियो छहारीको 
रेडियो मिर्मिरे ८९.४ मेगाहर्ज
गजल विशेष प्रस्तुति 
गजल सुधा 
हप्ताको हरेब शुक्रवार 
प्रस्तोता : कमल सरगम 
(22-01-2016/2072-10-08)

गजलकार सुरेन्द्र थपलिया सँगको अन्तवातर्ता विशेष 

नमस्कार, 
आज मिति 2072 माघ 08 तदनुसार 22-Jan-2016 शुक्रवारका दिन रेडियो मिर्मिरे ८९.४ मेगाहर्जको प्रस्तुति लिएर प्रस्तोता कमल सरगम् उपस्थित् हुनु भएको छ । हरेक शुक्रवार ९ बजे देखि १० बजे सम्म गजल उथ्थानको लागि  कार्यक्रम् गजल सुधा प्रशारन हुने गर्दछ कार्यक्रम पठाएर सहयोग गरिदिनुहुने कार्यक्रम संचालक कमल सर्गम्  ज्यूलार्इ धेरै धेरै धन्यवाद ।
Listen and Download (Right click and save as)

Download : Click Here to Download
Listen at YouTube

गजल सुधा (22-01-2016/2072-10-08) विमला शर्मा ढुङ्गानाको क्षितिज पारिको जून विशेष : Download

NepaliTalim | 3:41:00 PM | 0 comments
अनलाईन रेडियो छहारीको 
रेडियो मिर्मिरे ८९.४ मेगाहर्ज
गजल विशेष प्रस्तुति 
गजल सुधा 
हप्ताको हरेब शुक्रवार 
प्रस्तोता : कमल सरगम 
(22-01-2016/2072-10-08)

गजलकार विमला शर्मा ढुङ्गानाको क्षितिज पारिको जून विशेष 

नमस्कार, 
आज मिति 2072 माघ 08 तदनुसार 22-Jan-2016 शुक्रवारका दिन रेडियो मिर्मिरे ८९.४ मेगाहर्जको प्रस्तुति लिएर प्रस्तोता कमल सरगम् उपस्थित् हुनु भएको छ । हरेक शुक्रवार ९ बजे देखि १० बजे सम्म गजल उथ्थानको लागि  कार्यक्रम् गजल सुधा प्रशारन हुने गर्दछ कार्यक्रम पठाएर सहयोग गरिदिनुहुने कार्यक्रम संचालक कमल सर्गम्  ज्यूलार्इ धेरै धेरै धन्यवाद ।
Listen and Download (Right click and save as)

Download : Click Here to Download
Listen at YouTube

स्मृतिका पाना (2072-11-03/15-02-2016) कल्पना प्रकृती तमाङ र प्रभु बिवश सँगको अन्तवार्ता विशेष : Download

NepaliTalim | 2:35:00 PM | 0 comments
रेडियो रामेछाप ९५.८ मेगाहर्जको प्रस्तुति 
साहित्यिक : कार्यक्रम स्मृतिका पाना
हरेक सोमबार बेलुकि ९.१५ देखी  
प्रस्तोता : Psquare Prajwal Paudel
फेसबुक : Facebook Page
 (2072-11-03/15-02-2015)

कल्पना प्रकृती तमाङ र प्रभु बिवश सँगको अन्तवार्ता विशेष

नमस्कार साथीहरु,

आज मिति 2072 फाल्गुन महिनाको 03 गते तदनुसार 15-Feb-2016 सोमबारका दिन सदाझैं यो बेलुकाको ९ बजेको बि.बि.सि सेवा पछि रेडियो रामेछाप ९५.८ मेगाहर्जको गजल सहित्य विशेष कार्यक्रम स्मृतिका पाना लिएर आज पनि कार्यक्रम प्रस्तोता प्रज्वल पौडेल र प्राविधिक मित्र विभिन्न सांगीतिक मनोरञ्न सहित उपस्थित हुनुभएको छ । कार्यक्रममा तपाईहरु पनि सहभागी जनाउनको लागि र सल्लाह सुझाबको लागि यो इमेलमा मेल गर्न सक्नुहुनेछ । यो कार्यक्रम पठाएर सहयोग गर्नुहुने साथी कार्यक्रम प्रस्तोता प्रज्वल पौडेललाई धेरै धेरै धन्यवाद । 
Listen and Download

Download : Click Here to Download

Episode 65 : Sangeet Sargam संगीत सरगम (05-03-2016/2072-11-22) : Download

NepaliTalim | 1:35:00 PM | 0 comments
गुरूवावा एफएम 106.4 को प्रस्तुती
संगीत सरगम
समय -हरेक विहिवार बेलुका 9.15
प्रस्तोता - लोकराज विश्वकर्मा
 (05-03-2016/2072-11-22)
lokraj.bishwakarma@gmail.com


नमस्कार साथीहरु,

आज मिति 2072 फाल्गुन 22 तदनुसार 05-March-2016 का विहिबारका दिन सदा झैं गुर्वावा एफ एम १०६.४ मेगाहर्जको यो रात्रिकालीन ९.१५ बजेदेखि १० सम्मको समयमा एउटा पृथक रेडियो कार्यक्रम संगीत सरगम लिएर कार्यक्रम प्रस्तोता लोकराज विश्वकर्मा उपस्थित हुनुभएको छ । कार्यक्रम सुनेर के कस्तो लाग्यो इमेलबाट आफ्ना सल्लाह सुझाब दिन सक्नुहुनेछ । 
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download

Ekal Kabita Baachan : (05-03-2016/2072-11-22) कवि सौरभ कार्की -श्रृंखला ९ को पून प्रसारण : Download

NepaliTalim | 1:10:00 PM | 0 comments
Ekal Kabita Baachan : Episode 9
Date :(24-01-2015/2071-10-10) 
Time : Every Saturday 9.15pm
Follow us at Youtube
Follow Us at Twitter
Follow Us at Facebook

Ekal Kabita Bavhan by Poet Shaurabh Karki


आज मिति 2072 फाल्गुन 22 गते तदनुसार 05-March-2016 शनिबारका दिन उज्यालो ९० नेटवर्कको भावना जागृति र प्रस्तुतिको समिश्रण एकल कविता बाचन कविता बाचन विशेष साहित्यिक कार्यक्रम एकल कविता बाचनको (Episode 9) को पुन प्रसारण आजको श्रृंखला लिएर कार्यक्रम प्रस्तोता उपस्थित हुनुभएको छ । आजको श्रृंखलामा कवि सौरभ कार्की का कविताहरु सुन्नेछौं । कार्यक्रम ब्लगमा राख्न अनुमति दिनुभएकोमा कार्यक्रम प्रस्तोता अच्युत घिमिरे बुलबुललाई धेरै धेरै धन्यवाद 
Listen and Download 

Download : Click Here to Download
Listen at YouTube

Episode 64 : Sangeet Sargam संगीत सरगम (25-02-2016/2072-11-13) : Download

NepaliTalim | 6:31:00 PM | 0 comments
गुरूवावा एफएम 106.4 को प्रस्तुती
संगीत सरगम
समय -हरेक विहिवार बेलुका 9.15
प्रस्तोता - लोकराज विश्वकर्मा
(25-02-2016/2072-11-13)
lokraj.bishwakarma@gmail.com


नमस्कार साथीहरु,

आज मिति 2072 फाल्गुन 13 तदनुसार 25-Feb-2016 का विहिबारका दिन सदा झैं गुर्वावा एफ एम १०६.४ मेगाहर्जको यो रात्रिकालीन ९.१५ बजेदेखि १० सम्मको समयमा एउटा पृथक रेडियो कार्यक्रम संगीत सरगम लिएर कार्यक्रम प्रस्तोता लोकराज विश्वकर्मा उपस्थित हुनुभएको छ । कार्यक्रम सुनेर के कस्तो लाग्यो इमेलबाट आफ्ना सल्लाह सुझाब दिन सक्नुहुनेछ । 
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger