मेरा २५ मुक्तकहरू (राम शरण श्रेष्ठ)_11-06-2014

NepaliTalim | 3:48:00 PM | 0 comments
१. मुक्तक
बसिरहेछु समाधी उस्को प्रेममा ।
जँदैछु आफै मरी उस्को प्रेममा ।
समयले यस्तो बनाईदिएछ मलाई
म हुँ हत्यारा प्रेमी उस्को प्रेममा ।
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप

२. मुक्तक
मुटु फिर्ता पनि गर्न सकिएन ।
उस्कै लागि भनि मर्न सकिएन ।
धोका मैले आफै दिई आएकोछु
सिउँदो थियो खाली भर्न सकिएन ।
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप

३. मुक्तक
केहि बिवादहरुमाथी छलफल गर्दैछु ।
प्रेमको एउटा समिकरण हल गर्दैछु ।
उस्को र मेरो यो कथा अन्त हुँदैन
दुबै तिरका आँखाहरु सजल गर्दैछु ।
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप ।

४. मुक्तक
मुटुमा हस्ताक्षर गर्न मनाही छ
गुलाब बोकी नजिक सर्न मनाही छ
मलाई अचेल प्रेमको विस्वासै लाग्दैन
फूल भन्दै काँडाहरु छर्न मनाही छ ।
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप

५. मुक्तक
खै के मिलेन मिलेन हामी बिच ।
कुरा त बन्दै बनेन हामी बिच ।
इन्तजार अन्तिम सम्म गरेकै हो
तर प्रेम हुँदै भएन हामी बिच । 
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप

६. मुक्तक
कसैले मिठो यादहरुको बतास भनेकाछन् ।
कसैले झन् मलाई खुब उदास भनेकाछन् ।
अरे तिमीले त बुझ्ने कोसिस गर्नु पर्थ्योनी
योधड्कनले तिमीनै अन्तिम तलास भनेकाछन् ।
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप

७. मुक्तक
प्रयोगसाला बनायौ यो मुटुलाई
टुक्राएर जलायौ यो मुटुलाई
प्रतिपादन केकेपो गर्नको लागि
परिक्षण गरायौ यो मुटुलाई
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप

८. मुक्तक
तिमी भए पुग्छ जिन्दगीको लागि ।
मैले माया गरिँन सम्पतीको लागि ।
उस्ले यति कुरा नी बुझ्नै चाहेन 
मुटु चाहिन्छ ढुकढुकीको लागि ।
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप

९. मुक्तक
उस्को पनि यहि बाटो जबदेखी सवारी भयो । 
मुटु हराएको सुचना उता बाट जारी भयो । 
हल्लै हल्ला उस्को मेरो गाउँ भरि फैलिएछ 
बल्लपो हामी बिच सल्लाहको तयारी भयो । 
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप

१०. मुक्तक
आधुनिकता सिकी सकेछन् ।
सम्झनेहरुले बिर्सी सकेछन् ।
मेरो नामोनिसान मेटाउन भनी
दुष्मनहरुसँग मिली सकेछन् ।
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप

११. मुक्तक
मेरो प्रेम पत्रको उत्तर आएको छ ।
उस्ले मर भनि जवाफ पठाएको छ ।
मैले उस्लाई भगवान मानिसकेपछी
मुटु र धड्कन बाट हटाएको छ ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

१२.मुक्तक
यसरी निर्दयी भई हमला कसरी गरर्यौ खै
मलाई मृत्युदण्डको फैसला कसरी गरर्यौ खै
म त तिम्रै थिएँ सात जन्म सम्मको लागि
प्रेममा यस्तो बदला कसरी गरयौ खै
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

१३.मुक्तक
बिस्वास त आफू भन्दा बढीनै गरेथे मैले
लाग्छ जानि जानि गल्ति गरियो आफैले
आज बल्ल थाहा भयो मान्छेको आचरण
जस्लाई शिरमा राखिन्छ शिर काट्छ उसैले ।
राम शरण श्रेष्ठ

चिसापानी ६, रामेछाप

१४.मुक्तक
हँसाउन गाह्रो रुवाउन सजिलो छ ।
बनाउन गाह्रो भत्काउन सजिलो छ । 
तिमीले यति कुरा किन बुझ्दै बुझेनौ 
मिलाउन गाह्रो छुटाउन सजिलो छ । 
राम शरण श्रेष्ठ 
चिसापानी ६, रामेछाप

१५.मुक्तक
बास्तबिक लागोथ्यो, नाटक रहेछ 
प्रेम गर्नुत साह्रैनै, घातक रहेछ । 
यो बियोगान्त प्रेम कहानीको 
आफै लेखक आफैं निर्देशक रहेछ ।
राम शरण श्रेष्ठ 
चिसापानी ६, रामेछाप

१६.मुक्तक
काँडा टेकी हिँडीराथेँ फूल विछ्याईदियौ 
मलाई पारी बोलाउन पूल बनाईदियौ 
तिमी पाएँ अब यो संसार जित्नलाई
आफैलाई मौसम अनुकुल गराईदिन्छु । 
राम शरण श्रेष्ठ 
चिसापानी ६, रामेछाप

१७.मुक्तक
मन मुटु जलाउँदैन प्रेमले
मन टाढा बनाउँदैन प्रेमले
एकपल्ट तिमी यता हेरीदेउ
हाम्रो यो दुरी घटाउँदैन प्रेमले
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

१८.मुक्तक
कलेजोलाई आराम मिल्छ तिम्लाई देखेपछी
मुटुलाई नी काम मिल्छ तिम्लाई देखेपछी 
भन्नेहरु यस्तो पनि भन्छन् आज भोली 
तिम्रो मेरो तमाम मिल्छ तिम्लाई देखेपछी 
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

१९.मुक्तक
आमा बा कै भर, परि कति राख्छौ
मन सधैं बन्द, गरि कति राख्छौ
अरे एक नजर, उठाएर यता हेर
सधैं टाढा मात्र, सरि कति राख्छौ
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

२०. मुक्तक
पहिला हल्का हल्का मुस्कान पठाएथ्यो
अनि उस्ले मलाई आफनो बनाएथ्यो
पूरै नाटक रैछ सब लिला देखाउनुमा
अन्तिममा बिबाहको निम्तो थमाएथ्यो
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

२१. मुक्तक
भर्खर भएथ्यो सुरुवात आफ्नो
फूलसँग भयो मुलाकात आफ्नो
त्यसपछी थाहा भो प्रेम गर्नलाई
धेरै पो सानो रैछ जात आफ्नो ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

२२. मुक्तक
प्रेममा तप कति गरियो गरियो 
उसैको जप कति गरियो गरियो 
यो प्रेम तपस्या पूरा गर्नु अगाडी 
निद्रा हडप कति गरियो गरियो 
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

२३. मुक्तक
प्राय परिस्थिती उल्टो आउँछ
यहाँ सोचेकै चिज कस्ले पाउँछ
समय आफ्नै गतिमा हिँडिदिएर
मान्छेहरुलाई दास बनाउँछ
राम शरण श्रेष्ठ

२४. मुक्तक
काँडाले घोच्नै खोजिरहन्छ ।।
छुराले रोप्नै खोजिरहन्छ ।।
बाँच्ने शक्तिसालिहरुनै हुन्
कालले टोक्नै खोजिरहन्छ ।।
राम शरण श्रेष्ठ
चिसापानी रामेछाप
2012-09-10

२५. मुक्तक 
कालो गए गोरो आउँछ, बेकारको चिन्ता किन ।।
खुट्टा भए जुक्ता पाउँछ, बेकारको चिन्ता किन ।।
मायाँ मात्र जीवन हैन, मात्र ठान्नु एउटा पाटो
दुख जान्छ खुसि छाउँछ, बेकारको चिन्ता किन ।।
 राम शरण श्रेष्ठ
चिसापानी रामेछाप
2012-09-10
  

रेडियो नेपालको गजल गंगा (2071-02-20/03-06-2014) - Download

NepaliTalim | 2:54:00 PM | 0 comments
RADIO NEPAL PRESENTS
कार्यक्रम : गजल गंगा 
रेडियो : रेडियो नेपाल
समय : हरेक मंगलबार ९.१५ देखि
 
कार्यक्रम संयोजन : ललिजन रावल
Facebook : Facebook Page  

Web : Radio Nepal 
Date : (2071-02-20/03-06-2014)

नमस्ते साथीहरु,

आज मिति  2071 जेठ 20 तदनुसार 03-June-2014 मंगलबार, हरेक मंगलबार राति ९.१५ देखि रेडियो नेपाल बाट प्रसारण हुने नेपाली  साहित्यिक गजलको कार्यक्रम गजल गंगाबाट आज पनि संयोजन ललिजन रावलका साथमा  कार्यक्रम प्रस्तोता राम अविरल उपस्थित हुनुभएको छ ।  आउनुस् हामी पनि सुनौ गजल गंगाको यो श्रीङ्खला ।
Listen and Download

Download : Click Here to Download

रेडियो नेपालको गजल गंगा (2071-02-13/27-05-2014) - Download

NepaliTalim | 1:26:00 PM | 0 comments

RADIO NEPAL PRESENTS
कार्यक्रम : गजल गंगा 
रेडियो : रेडियो नेपाल
समय : हरेक मंगलबार ९.१५ देखि
 
कार्यक्रम संयोजन : ललिजन रावल
Facebook : Facebook Page  

Web : Radio Nepal 
Date :  (2071-02-13/27-05-2014)

नमस्ते साथीहरु,
आज मिति  2071 जेठ 13 तदनुसार 27-05-2014 मंगलबार, हरेक मंगलबार राति ९.१५ देखि रेडियो नेपाल बाट प्रसारण हुने नेपाली  साहित्यिक गजलको कार्यक्रम गजल गंगाबाट आज पनि संयोजन ललिजन रावलका साथमा  कार्यक्रम प्रस्तोता राम अविरल उपस्थित हुनुभएको छ ।  आउनुस् हामी पनि सुनौ गजल गंगाको यो श्रीङ्खला ।
Listen and Download

Download : Click Here to Download

त्रिवेणी TRIBENI (03-06-2014/20-02-2071) - Download

NepaliTalim | 6:43:00 PM | 0 comments

रेडियो : नेपाल एफ एम ९१.८ 
कार्यक्रम : त्रिवेणी TRIBENI
प्रस्तोता : धनराज बास्तबिक
 
समय : मंगलबार बेलुकी ९.१५
  
फेसबुक : NFM TRIBENI
मिति (13-05-2014/30-01-2071)



नमस्कार साथीहरु,

आज मिति 2070 जेठ 20  गते तदनुसार03 June 2014 मंगलबार, आज हरेक मंगलबार प्रसारण हुने नेपाल एफ एम ९१.८ मेगाहर्जको साहित्यिक विशेष कार्यक्रम त्रिवेणी लिएर प्रविधिक सहयोगीका साथमा कार्यक्रम प्रस्तोता गजलकार धनराज बास्तबिक उपस्थीत हुनुभएको छ । 
Listen and Download

Download : Click Here to Download

गजलका फूलहरू -40 : (09-05-2014/2071-02-26) : Download

NepaliTalim | 1:54:00 PM | 0 comments

फेसबुक पेजको प्रस्तुति   
उत्पादन तथा संचालक 
वि.एस.पृथक
gazalkaphoolharu@gmail.com
हप्ताको हरेक सोमबार
बेलुकी ९.१५ बजेदेखी 
(09-05-2014/2071-02-26)

नमस्कार साथीहरु,

आज मिति 2071 जेठ 26 गते तदनुसार 09-June 2014 सोमबारका दिन देखी नयाँ जोश नयाँ उमङ्गका साथ वि.एस.पृथकको उत्पादन तथा प्रस्तुतिमा नेपाली साहित्यिक विधा विशेषत नेपाली गजलको लागि समर्पित गजलका फूलहरु फेसबुक पेज चिसापानी ब्लग मार्फत प्रस्तुत गर्दछ र युनाइटेड एफ एम ९२.४ मेगाहर्ज मार्फत बेलुका ९.१५ बजे हस्ताको हरेक सोमबार गजल बाचन र सुमधुर गीत गजलको कार्यक्रम तपाईकै साथी प्रस्तोता गजलकार वि.एस.पृथकको साथमा गजलका फूलहरु । अत्याधिक चर्चामा पुगेको साहित्यिक फेसबुक पेज गजलका फूलहरु पेज गजलकार गौरब श्रेष्ठ मनकुराले सुरु गर्नु भएको हो यो पेजको मुख्य विशेषता यहाँ फोटो गजल प्रकाशन हुने गर्दछ हाल उहाँ लगायत थुप्रै गजलकार हरु एडमिनमा रहेर गजल साहित्य विस्तारमा फेसबुके अभियानमा सामेल हुनुहुन्छ ।

आजको कार्यक्रम Episode 40 हो। के कस्तो लाग्यो सल्लाह सुझाव र प्रतिकृया दिनुहोला । कार्यक्रममा गजलका फूलहरु पेजमा तपाइहरुले पठाउनु भएको उत्कृष्ट गजलरुलाई स्थान दिइनेछ जसको लागि तपाइहरुले फेसबुक पेज गजलका फूलहरुके इन्बक्समा आफ्ना गजलहरु म्यासेज गर्नु पर्नेछ  । यो कार्यक्रम तयार पारेर पठाउनुहुने मित्र कार्यक्रम संचालक वि.एस.पृथकज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु
Listen and Download

Download : Click Here to Download

Episode : 98 (यो साँझ यो सुबाश-10-06-2014)- Download

NepaliTalim | 12:25:00 PM | 0 comments
YO SANJH YO SUBASH    

(10-06-2014 /2071-02-27)
प्रस्तोता : प्रदिप गिरि    
कार्यक्रम : यो साँझ यो सुबाश  
Email : hajurkopatra@gmail.com     
Website : http://ransimedia.com     
Facebook : YSYS Facebook Page
Phone :  9808826116


आज मिति 2071 जेठ महिनाको 27 गते तदनुसार 10th June 2014  मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको  Episode-98 औ श्रीङ्खला साथ लिएर लिएर सदाझैं आज पनि  तपाईहरु सामु  प्रस्तोता प्रदिप गिरी कार्यक्रम लिएर उत्पादन सहयोगि रन्सी गिरि (RansiMedia) को साथमा उपस्थित भएका छौं । 

रन्सी मेडियाले यु एस ए मा उत्पादन गर्ने यो कार्यक्रम नेपाल  भरि बिभिन्न एफ एम स्टेशनहरु लगायत विश्वभरी युटुब, ब्लगहरु, र  विभिन्न वेबसाइटहरुमार्फत स्रोता समक्ष पुग्दछ जहाँ  नेपाली गजल,प्रेरणदाई कथा, लेख रचनाहरुको प्रस्तुती रहनेछन् । साथ आईफोन र एन्ड्रोइड फोनमामा कार्यक्रम सुन्नको लगि आइ-फोन/ एन्रोइड/ विनडोज फोन : 
√ Nepali Audio Book
√ Nepali FM
√ My Nepal
नेपालका रेडियोहरु:
1. रेडियो एक्सप्रेस, नेपालगंज (सोमबार ९ बजे) 
2. रेडीयो ईन्द्रेणी, दाड० (बुधबार ८ बजे)
3. खस्यौली एफ एम, बुटवल (बुधबार ९ बजे)
4. रेडीयो रेसुड०गा, गुल्मी (बिहिबार ९ बजे) 
5. रेडीयो फिक्कल, ईलाम (शुक्रबार ९ बजे) 
6. रेडीयो बुद्ध आवाज, कपिलवस्तु (सोमबार साँझ ६:३० बजे) 
7. रेडियो तरंग, पोखरा (बिहिबार ९:१५ बजे )
8. रेडियो तुलसीपुर्, दाङ (बिहिबार ९:१५ बजे )
9. रेडियो कोहलपुर, बाके (शनिबार ९:१५ बजे )
10.रेडियो जलजला, रोल्पा (शुक्रबार ९:१५ बजे )
Listen and Download

Download : Click Here to Download

Episode 56 - मुक्तक माला (08-06-2014/2070-02-28) : Download

NepaliTalim | 11:09:00 AM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती ९.३० आईतबार
(08-06-2014/2070-02-28)
 Facebook Page 


नमस्कार साथीहरु,

आज मिति 2071 जेठ 18 गते तदनुसार 01-June 2014 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला ।
Listen and Download

Download : Click Here to Download

श्रृंखला 107: वहकिने मन (2071-02-26/09-06-2014) : Download

NepaliTalim | 10:34:00 AM | 0 comments
बहकिने मन BAHAKINE MAN 
DATE :  (2071-02-26/09-06-2014)
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone-977-02-550982 / 5551161 
Facebook : Bahakine Man
FM: CIN Network 


नमस्कार,

आज मिति 2071 जेठ 26 तदनुसार 09-June 2014 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन EPISODE 107 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download

Download : Click Here to Download

गजल सुधा (05-06-2014/2071-02-22) : Download

NepaliTalim | 6:08:00 PM | 0 comments
अनलाईन रेडियो छहारीको 
गजल विशेष प्रस्तुति 
गजल सुधा 
हप्ताको हरेब बिहिवार
प्रस्तोता : कमल सरगम 
Email :  
www.radiochhahari.com 
(05-06-2014/2071-02-22) 
नमस्कार, 

आज मिति 2070 जेठ 22 गते तदनुसार 05-June 2014 बिहिबार अनलाइन रेडियो  रेडियो छहारी कठमान्डौ ,नेपालि सन्चार नेट्वोर्क्  अस्ट्रेलिया  बाट एकै साथ प्रसारीत कार्यक्रम् निक्ष्यल् साहित्य  लिएर प्रस्तोता कमल सरगम् उपस्थित् हुनु भएको छ । हरेक बिहिबार ९ बजे देखि १० बजे सम्म गजल उथ्थानको लागि  कार्यक्रम् निक्ष्यल् साहित्य   प्रशारन हुने गर्दछ कार्यक्रम पठाएर सहयोग गरिदिनुहुने कार्यक्रम संचालक कमल सर्गम्  ज्यूलार्इ धेरै धेरै धन्यवाद ।
Listen and Download 

Download : Click Here to Download

गजल सुधा (22-05-2014/2071-02-08) : Download

NepaliTalim | 5:56:00 PM | 0 comments
अनलाईन रेडियो छहारीको 
गजल विशेष प्रस्तुति 
गजल सुधा 
हप्ताको हरेब बिहिवार
प्रस्तोता : कमल सरगम 

नमस्कार, 

आज मिति २०७१ जेठ २२ गते तदनुसार ०५-जुन-२०१४ बिहिबार अनलाइन रेडियो  रेडियो छहारी कठमान्डौ ,नेपालि सन्चार नेट्वोर्क्  अस्ट्रेलिया  बाट एकै साथ प्रसारीत कार्यक्रम् निक्ष्यल् साहित्य  लिएर प्रस्तोता कमल सरगम् उपस्थित् हुनु भएको छ । हरेक बिहिबार ९ बजे देखि १० बजे सम्म गजल उथ्थानको लागि  कार्यक्रम् निक्ष्यल् साहित्य   प्रशारन हुने गर्दछ कार्यक्रम पठाएर सहयोग गरिदिनुहुने कार्यक्रम संचालक कमल सर्गम्  ज्यूलार्इ धेरै धेरै धन्यवाद ।
Listen and Download 

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger