१. गजल
रुप अनि रंगलाई मात्र कति गाउँछ गजल |
मदिराका भट्टी भट्टी ,मात्र कति धाउँछ गजल ||
हिमाल,पहाड ,वन ,खोला देशभक्ति नदेखेर ,
किशोरीका बैंश र शृंगार ,मात्र कति पाउँछ गजल ||
सुस्ता अनि कालापानी ,बुद्दको गाउँ बिर्सिएर ,
महिलाको गुन्योचोली मात्र कति लाउँछ गजल |
वीर ,निडर, नेपालीका गौरवगाथा मिल्काएर ,
प्रिय अनि मदिरामा मात्र कति आउँछ गजल |
रोको धर्ति गरिबको ,चोट टाल्नु परै जाओस,
विसंगति-विकृतिलाई मात्र कति छाउँछ गजल ||
----------------शिरीष बेगल--------------
२.गजल
हाङ्गै काटी रोपेपनि सरिदिन्छ गुलाब |
सुशुप्त ती प्रेम प्रकट गरिदिन्छ गुलाब ||
प्रियतमको माया पाउने पर्खाइमा बसेका ती,
प्रियसीको ओठमा मुस्कान छरिदिन्छ गुलाब||
दुखाएर आँफैलाई आफ्नो भेट्नो चुंडदा पनि,
राजी खुशी प्रेमका लागि मारिदिन्छ गुलाब ||
दिनु ठुलो ठान्छ सधै,आँफु निमित्त भएपनि
अरुको लागि प्रेमको रुप धारिदिन्छ गुलाब ||
माया प्रेम दर्शाउन आँफुलाई नटिपेमा
चित्त दुखाई ओइलाएर झरिदिन्छ गुलाब||
----------------शिरीष बेगल--------------
३.गजल
कोइ मेरो भन्नेहरु सहभागी मात्र बने |
मैले आफ्ना भन्नेहरु रंगमंचका पत्र बने ||
सहज यात्रा सिद्धेपछी जब कठिन मोड आयो,
मेरा परम मित्रहरु तेंही यत्रतत्र बने ||
कोइकोइलाई सजाएर आफ्नो ठान्दै मनमुटुमा ,
सधै राख्न चाहे पनि दुइ दिनको बस्त्र बने ||
उसका समू झर्न खोज्दा सम्हालेका आँसुहरु ,
हिउँदका लामा रात काट्नलाई सर्बत्र बने ||
मैले दिन नसकेका उसले लान नसकेका
उसका याद सधै मेरो मुटु काट्ने अस्त्र बने||
----------------शिरीष बेगल--------------
४.गजल
खुट्टाहरु गलिसक्यो ठुलो मान्छे बन्नु कैले |
आधा बैंश ढलिसक्यो ठुलो मान्छे बन्नु कैले ?
गर्नुपर्ने,भोग्नुपर्ने अझै धेरै बाँकी नै छ
आशाहरु जलिसक्यो ठुलो मान्छे बन्नु कैले ?
पाउनुपर्ने,धुनुपर्ने धेरै चिज र ठाउँ रैछन
मनमा आगो बलिसक्यो ठुलो मान्छे बन्नु कैले ?
आफ्नै लागि स्वार्थी जीवन जीउनलाई मिलेका ती
अवसरले नी छलिसक्यो ठुलो मान्छे बन्नु कैले ?
----------------शिरीष बेगल--------------
५.गजल
जवानीको डील खारेर गयौ |
दुनियाको ओछ्यान चहारेर ||
मरिमेट्ने त्यो तरुणको प्रेम
ह्य! तिमि माया मरेर गयौ ||
बोलि लाग्दा गरुङ्गो थैली टिपी
ऐरेगैरेलाई घाइते परेर गयौ ||
धनसंग तन साट्ने घिनलाग्दो चाला
आफन्तको माया प्रेम हारेर गयौ ||
जवानीको आवरणले लोभलाग्दो पासो थापी
भन्ने लाज्मारने रोग सारेर गयौ ||
जवानी त क्षणिक थियो,बुझिनु तिम्ले
आफ्नै मुटु ढुंगा माथि बजारेर गयौ ||
----------------शिरीष बेगल--------------
६.गजल
खोलितिर डुल्दै हिंड्दा रमाएको याद आयो |
तिम्र साना कोमल हात समाएको याद आयो ||
दुइ चुल्ठी सिउँदो काटी आँखाभरी गाजल लाउन्थ्यौ
पुतलीको बिहे गरि अन्माएको याद आयो||
नाङ्गो खुट्टा उफ्री हिंड्दा ,बिझेथ्यो काँडा कठैबरी
नरोउ सानी नानी भन्दै मनाएको याद आयो ||
बर्खे झरी पर्दाखेरि बलेंसीमा नुहाउन्थ्यौ
खेल्न कागतको डुंगा बनाएको याद आयो ||
दशैंतिहार आउँदा फुर्की नयाँ नाना देखाउन्थ्यौ
सयपत्रीको बिउ संगै जमाएको याद आयो ||
----------------शिरीष बेगल--------------
धन्यबाद||