BULBUL 203 : (17-07-2013/2070-04-02) गजलकार जीत कार्की सँगको अन्तर्वाता विशेष : Download

NepaliTalim | 11:03:00 PM | 0 comments
ADIO UJYALO 90Mhz PRESENTS
BULBUL EPISODE - 203
Host : Achyut Ghimire  
Date : (17-07-2013/2070-04-02) 
FB : Facebook Page

(आजको बुलबुल दोलखा जफेका गजलकार जीत कार्की सँगको अन्तर्वाता विशेष )
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति 2070 साउन 02 गते तदनुसा 17-July -2013 मंगजबार का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 203) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
Listen and Download

Download : Click Here to Download Episode 203

Thank you

Gazal Gunjan गजल गुञ्जन -5 : (2070-04-02/17-07-2013) : Download

NepaliTalim | 10:57:00 PM | 0 comments
GAZAL GUNJAN : 5
सामुदायिक रेडियो  
देवदह १०६.६ मेगाहर्जको प्रस्तुती
कार्यक्रम : 'गजल गुञ्जन' श्रृंखला १ 
प्रस्तोता ः युबराज लामिछाने
समय : हरेक बुधवार ९.१५ बेलुकी
मिति :(2070-04-02/17-07-2013)

नमस्कार साथीहरु,
आज मिति 2070 साउन महिनाको 02 गते तदनुसार 17 जुलाइ 2013 बुधवार, साहित्य जिवनका लागि  खुसिका लगि र मनका लागि मात्र संभब छ भन्ने नाराका साथ सुरु भएको उत्कृष्ट सामुदायिक रेडियो देबदह १०६.६ मेगाहर्ज मार्फत हरेक बुधवार राति ९.१५ देखि गजल विशेष कार्यक्रम गजल गुञ्जन लिएर कार्यक्र प्रस्तोता युबराज लागिछाने उपस्थीत हुनुभएको छ । महिनाको अन्तिम बुधवार बाहेक हरेक हप्ताको बुधबार तपाइहरुलेनै मेल र पेज मार्फत पठाउनुभएको गजलहरुको बाचन हुनेछ तर महिनाको अन्तमा तपाइहरुसँग प्रत्यक्ष फोनमार्फत गजल सुन्ने ब्यावस्था मिलाइनेछ ।  कार्यक्रम पठाएर र ब्लगमा राख्न अनुमति प्रदान गर्नुहुने मित्र युवराज लागिछाने लाई धेरै धेरै धन्यवाद । 
Listen and Download

Download :Click Here to Download Episode 5

Thank you

श्रृंखला ९ : त्रिवेणी TRIBENI (16-07-2013/2070-04-01) - Download

NepaliTalim | 11:47:00 AM | 0 comments
EPISODE 9
रेडियो : नेपाल एफ एम ९१.८ 
कार्यक्रम : त्रिवेणी TRIBENI
प्रस्तोता : धनराज योगी भाबुक
समय : मंगलबार बेलुकी ९.१५
  
फेसबुक : NFM TRIBENI
मिति (16-07-2013/2070-04-01)


नमस्कार साथीहरु,
आज मिति २०७० साउन ०१  गते तदनुसार  १७ जुलाइ 2013 मंगलबार, आज हरेक मंगलबार प्रसारण हुने नेपाल एफ एम ९१.८ मेगाहर्जको साहित्यिक विशेष कार्यक्रम त्रिवेणीको Episode 9 श्रृंखला लिएर प्रविधिक सहयोगीका साथमा कार्यक्रम प्रस्तोता गजलकार धनराज योगी भाबुक उपस्थीत हुनुभएको छ  । चिसापानी नेपाल ब्लगमा राख्ने प्रयासमा छु ।यो श्रृंखला अनलाइनमा रेकर्ड गरेर तपाइहरु सामु ल्याएको छु  
Listen and Download 

Download :Click Here to Download Episode 9

Episode 3 : Gazal Sanjh गजल साँझ (15-07-2013/2070-03-31) : Download

NepaliTalim | 1:22:00 PM | 0 comments
रेडियो प्रयासको प्रस्तुती
Gazal Sanjh गजल साँझ
प्रस्तोता : प्रकाश निष्ठुरी
समय : हरेक शोमबार बेलुका ९ बजे
मिति : (15-07-2013/2070-03-31)


नमस्कार साथीहरु,
आज मिति २०७० असार महिनाको २४ गते तदनुसार ८ जुलाइ २०१३ शोमबार, आज पहिलो पल्ट रेडियो प्रयासको साहित्यिक गजल बिशेष प्रस्तुति गजल साँझ Gazal Sanjh Episode 2लिएर कार्यक्रम प्रस्तोता प्रकाश निष्ठुरी उपस्थीत हुनुभएको छ । कार्यक्रम के कस्तो रह्यो सल्लाह सुझाब र  कार्यक्रममा गजल पठाउनको लागि गजल साँझको फेसबुक मा या prakash.nisthuri@yahoo.com मा मेल गर्न सक्नुहुनेछ । आउनुस् अब सुनौं आजको गजल साँझको श्रृंखला 
Listen and Download

Download :Click Here to Download Episode 3


Thank you

Audio Source : Mohan Bihani


स्वर्णिम साँझ (12-07-2013/2070-03-27) : Download

NepaliTalim | 1:13:00 PM | 0 comments
रेडियो मलमला ८८.६ मेगाहर्ज 
कार्यक्रम श्वर्णिम साँझ
प्रस्तोता सुमन सुबेदी
समय बिहिबार ९.१५ बेलुका
मिति : (12-07-2013/2070-03-27)


नमस्कार साथीहरु,
आज मिति २०७० असार २७ गते तदनुसार १२ जुलाई २०१३ बिहिवारका दिन रेडियो मलमलाको साहित्य विशेष प्रस्तुति श्वर्णिम साँझ लिएर कार्यक्रम प्रस्तोता सुमन सुबेदी उपस्थित हुनुभएको छ । यो कार्यक्रम हरेक विहिबार बेलुका ९.१५ देखी प्रसारण हुन्छ । यो कार्यक्रम उपलब्ध गराइदिनुहुने कार्यक्रम प्रस्तोता सुमन सुबेदीलाई धेरै धेरै धन्यवाद । 
Listen and Download

Download :Click Here to Download 

Thank you

Audio source : Mohan Bihani

स्वर्णिम साँझ (04-07-2013/2070-03-20) : Download

NepaliTalim | 1:05:00 PM | 0 comments
रेडियो मलमला ८८.६ मेगाहर्ज 
कार्यक्रम श्वर्णिम साँझ
प्रस्तोता सुमन सुबेदी
समय बिहिबार ९.१५ बेलुका
मिति :(04-07-2013/2070-03-20)


नमस्कार साथीहरु,
आज मिति २०७० असार २० गते तदनुसार ४ जुलाई २०१३ बिहिवारका दिन रेडियो मलमलाको साहित्य विशेष प्रस्तुति श्वर्णिम साँझ लिएर कार्यक्रम प्रस्तोता सुमन सुबेदी उपस्थित हुनुभएको छ । यो कार्यक्रम हरेक विहिबार बेलुका ९.१५ देखी प्रसारण हुन्छ । यो कार्यक्रम उपलब्ध गराइदिनुहुने कार्यक्रम प्रस्तोता सुमन सुबेदीलाई धेरै धेरै धन्यवाद । 
Listen and Download

Download :Click Here to Download

Thank you

Audio Source : Mohanbihani

श्रृंखला ६२ - वहकिने मन (2070-03-31/15-07-2013) - Download

NepaliTalim | 11:45:00 AM | 0 comments
बहकिने मन BAHAKINE MAN
DATE : (2070-03-31/15-07-2013)
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Phone-977-01-550982 / 5551161
Facebook : Bahakine Man
FM: CIN Network 


आज मिति 2070 असार 31 तदनुसार 15-July-2013 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 81 एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन EPISODE 62 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला ।  
Listen and Download
             Download :Click Here to Download Episode 62



Thank you

प्रेम, विश्वास र पारदर्शिता : (महावीर विश्वकर्मा)

NepaliTalim | 3:59:00 PM | 0 comments

मैले धेरैपटक अविवाहितहरुको विषयलाई नै प्रधानता दिएँ । प्रेम र वियोग जस्ता विषयकै पेरीफेरीमा आफ्ना  
शब्दहरुलाई सीमाकंन गरेँ । विवाह पूर्वको सम्बन्धप्रति मात्रै बढी चासो देखाएँ । यसो गरिरहँदा वैवाहिक जीवनमा सृजित हुने प्रेमलाई भने अवमुल्यन गरेको जस्तो देखियो । आखिर प्रेम त विवाह अघि भन्दा विवाह पछि पो झन अपरिहार्य छ त । प्रेम त जतिसँग पनि हुनसक्छ, तर केही अपवादलाई छाड्ने हो भने विवाह त एकसँग मात्रै गरिन्छ । प्रेम त एउटै मान्छेसँग पटकपटक पनि भइदिन सक्छ, केही समय ब्रेक अप अनि फेरी शुरु । तर विवाह चाहीँ एउटै मान्छेसँग बारम्बार गर्न सकिन्न । प्रेममा विवाह नहुँदा पनि हुन्छ तर विवाहमा प्रेम अपरिहार्य छ । प्रेमले कानुनी मान्यता पाउँदैन तर विवाहले कानुनी मान्यता पाउँछ । यस्तै केही विशिष्टताका कारण पनि प्रेम भन्दा वैध छ विवाह । 

अङ्ग्रेजीमा एउटा भनाई छ -Love is sweet dream but Marriage is alarm clock अर्थात प्रेम एउटा मिठो सपना हो तर विवाह चाहीँ त्यो सपनाबाट ब्यूँझाएर यथार्थमा ल्याउने घडीको अलार्म हो । अब यो भनाईसँग सहमत या असहमत हुने तपाईँको वैयक्तिक अधिकार त तपाइँमै निहित छ । तर मेरो संकेत चाहीँ के हो भने विवाह भनेको वास्तविकता हो । तपाईँ कसैको तस्बीरसँग अगाध प्रेम गर्न सक्नुहुन्छ । तस्बीरको सौन्दर्यले मात्रै पनि प्रेम हुनसक्छ तपाईँमा । तर विवाहका लागि भने त्यतिले मात्रै पुग्दैन । किनकी विवाह आत्मपरक भन्दा बढी वस्तुपरक हुन्छ । अर्थात भावनात्मक भन्दा धेरै यथार्थता गाँसिएको हुन्छ विवाहमा । हुन त स्वीडेनकी एक महिलाले मानव कंकालसँग सहवास गर्ने गरेको घटना हालै सार्वजनिक भइरहँदा कतिपय कुराहरु त भावनात्मक आवेगले गर्दा नै वास्तविकताको नेटो काट्छन् भन्ने तर्क पनि उठ्ला । तर पनि यस्ता एकाध अपवादलाई मान्यता नदिने हो भने हामी ढुक्क भएर भन्न सक्छौँ—विवाह भनेको वास्तविकता नै हो । र यो वास्तविकतालाई सफल बनाउन केही पक्षहरुमा भने ध्यान दिनु आवश्यक छ । 

केही दिन अघि चितवनका साथी स्वरुप सुयाँलले फेसबुकको स्टाटसमा एउटा प्रश्न राख्नुभयो-“जीन्दगी सम्झौता हो की वाध्यता ?” कसैको स्टाटसमा कमेण्ट गर्न खासै जाँगर नचलाउने मैले पनिएउटा कमेण्ट गरेँ-“जीन्दगी सम्झौता गर्नुपर्ने वाध्यता हो ।” वास्तवमा जीन्दगी भनेकै सम्झौता गर्नुपर्ने वाध्यता हो । जीन्दगीका धेरै रङ्गहरु हुन्छन्, अनेक पाटाहरु हुन्छन् । ती मध्ये कुनै एक मात्रै छाडियो भनेपनि जीन्दगी पूर्ण नरहन सक्छ, अपुरो भइदिन सक्छ । त्यस्तै एउटा पाटो हो विवाह पनि । विवाह अनिवार्य नै त नहुन सक्छ तर जीन्दगीको पूर्णता प्रदान गर्ने मुहान भने अवश्य नै हो । यसको अभावमा जीन्दगी, जीन्दगी जस्तो नहुन पनि सक्छ । अरुको नजरमा आफु सामाजिक नभइन सक्छ, अनि आफ्नै भोगाईमा स्वयम एकलकाटे ठहरिन सक्छ । अनि समग्रमा चाहीँ जीन्दगी, जीन्दगी जस्तै नभइदिन सक्छ । यसर्थमा पनि विवाह त्यस्तो पुल हो जस्ले पारिपट्टीको जीन्दगीसम्म पु¥याउँछ मान्छेलाई । म फेरी दोहो¥याउँछु, जीन्दगी सम्झौता गर्नुपर्ने वाध्यता हो । यही कुरालाई विवाहसँग जोडेर हेर्ने हो भनेपनि विवाह त झनै सम्झौता हो । यत्तिका वर्षसम्म बेग्लाबेग्लै सँस्कार सिकेर हुर्किएका २ जना अब एउटै छानो मुनी, एउटै विछ्यौनामा अटाउने कुरो त्यति चानचुने होईन । एक आपसमा विचार नमिल्न सक्छन्, व्यवहार नमिल्न सक्छन्, सँस्कार नमिल्न सक्छन् अनि अरु पनि थुप्रै-

चुम्बकका पनि विपरीत ध्रुबहरु एक आपसमा आकर्षण हुन्छन् । ठीक त्यसरी नै मान्छे पनि आकर्षित भइरहेको हुन्छ । तर मान्छेमा चाहीँ विकर्षण पनि हुन्छ, जुन चुम्बकमा हुँदैन । पछिल्लो समयका वैवाहिक सम्बन्धमा आशंका र अपारदर्शिताले व्यापक ठाउँ ओगटेको छ । उसको मोबाईलमा साँझतिर कसैको मिसकल आउनुपर्छ अनि रडाको शुरु हुन्छ । जति सम्झाउन खोजेपनि सम्झाउनै सकिन्न । को हो ? के हो ? किन मिसकल गरेको ? नम्बर कसरी पायो ? भन्ने जस्ता प्रश्नहरु एकैपटक ह्वारह्वार्ती आउँछन् । यही हो आशंका, यही हो विश्वासको कमी । सबैभन्दा ठुलो कुरो त विश्वास पो हो त । एउटा पत्थरलाई विश्वास गरियो भने त्यही पत्थर देवता बन्छ, विश्वास गरिएन भने साधारण मुर्ति । नरिसाउनुहोला एउटा प्रश्न सोध्छु तपाईँलाई—“तपाईँको बुवा को हो ?” स्वभाविक रुपले एकजना मान्छेको आकृति सम्झिनु भयो होला तपाईँले, उहाँ नै हो मेरो बुवा भनेर । अब मलाई भन्नोस् त, उहाँ नै तपाईँको बुवा हो भन्ने आधार के ? न तपाईँको बुवा अरु नै पो हो की । यदि तपाईँ, उहाँ मेरो बुवा हो भन्ने आधार डि.एन.ए. हो भन्नुहुन्छ भने, के डि.एन.ए.परीक्षण गरेर मात्रै उहाँलाई बुवा भन्न थाल्नुभएको हो र तपाईँले ? होइन नी । तपाईँले त सानैदेखी उहाँलाई बुवा भन्न थाल्नुभएको हो । त्यो किन भने जतिबेला तपाईँ तोतेबोली बोल्न सिक्दै हुनुहुन्थ्यो, त्यतिबेला बाटै आमाले “उ बाबा” भन्दै उहाँतिरै औला तेस्र्याउनुभयो अनि तपाईँले पनि विश्वास गर्नुभयो होइन र ? मैले तपाईँलाई यति भन्नुको अर्थ, सम्बन्धमा विश्वास हुनुपर्छ भन्ने नै हो । विश्वास उडेपछिको सम्बन्ध, सम्बन्ध जस्तो हुँदैन, शमसान जस्तो हुन्छ । 

वैवाहिक जीवन सफल बनाउन आवश्यक पर्ने अर्को संजीवनी बुटी पारदर्शिता हो । अचेल धेरैले आफ्नो श्रीमान या श्रीमतीलाई विवाह अघिको सम्बन्धको बारेमा भन्यो भने घर बिग्रिन्छ भनेर त्यस्तो कुरा त लुकाउनुपर्छ भनिरहेका छन् । जुन शतप्रतिशत गलत हो । त्यसरी लुकाइएको कुरा कुनै न कुनै दिन उस्ले थाहा पायो भने सम्बन्ध नै ध्वस्त हुन बेर लाग्दैन । त्यसैले विवाहपूर्वको सम्बन्धको बारेमा आफ्नो जीवनसाथीसँग लुकाउनु हुँदैन । बरु सबै हुबहु भन्नैपर्छ भन्ने चाहीँ होईन । विवाह अघिको त्यो सम्बन्धलाई सामान्य सम्बन्ध जस्तो गरि भएपनि बताइदिनुस्, जस्ले गर्दा विश्वास बढ्छ एक अर्कामा । कतिपय सत्य कुराले हानि गर्छ भने जस्ताको त्यस्तै बताउनुपर्छ भन्ने पनि होइन । आफु अनुकुल बताइदिनोस् । तर बताउन चाहीँ बताउनोस् । जीवन साथी हरेक व्यक्तिको त्यस्तो अन्तिम मान्छे हो, जो सँग केही लुकाउनुपर्दैन, र लुकाउनु हुँदैन पनि । 

फ्रेन्च दार्शनिक माइकल डे मोन्ट्याग्नेले भनेका छन्—“त्यो बिहे अति उत्तम हुन्छ, जहाँ पति बहिरो र पत्नी अन्धी हुन्छे ।” खै कतातिर लक्षित भएर उन्ले यसो भने त्यो त थाहा छैन । तर म ने यत्ति भन्छु की त्यो विहे अति उत्तम हुनका लागि पत्नीले देख्नै नहुने काम पतीले गर्नु हुँदैन र पतीले सुन्न समेत नसक्ने काम पत्नीले गर्नुहुँदैन । बस् यत्ति भए खडा हुन्छ, एउटा औषत जीन्दगीको जग, जसमा ठड्याउन सकिन्छ जीन्दगीको महल । 

थुप्रै कुराहरु नमिल्न सक्छन् जसले दाम्पत्य जीवन असफल बनाउन महत्वपूर्ण भूमिका खेल्न सक्छ । दुई फरक—फरक बाटाहरुबाट अघि बढेकाहरु एउटै विन्दुमा आइपुगेर अघि बढ्दा निश्चय नै सफ्ठ्यारा कम र अफ्ठ्यारा ज्यादा हुन सक्छन् शुरुवाती दिनहरुमा, पछि त त्यही कुरा आफै बानी पर्न थाल्छ । केही उसको सहनु र केही आफ्नो लाद्नु, यही नै हो हामीले देख्दै गरेको जीन्दगी बिताउने शैली ।
लेखक:
महावीर विश्वकर्मा Mahabir Bishwakarma
बहकिने मनका प्रस्तोता

कार्यक्रम 'मेरो रचना' (2070-03-26/10-07-2013) : Download

NepaliTalim | 3:53:00 PM | 0 comments
दमौली एफएमको प्रस्तुती 
कार्यक्रम 'मेरो रचना' 
बुधबार बेलुका ९ :१५ बजे देखि १०:०० बजे सम्म
इन्टरनेटमा :- www.damaulifm.org
फेसबुकमा :-Damauli FM @ FB
फेसबुकमा :- Mero Rachana @ FB
कार्यक्रम प्रस्तोता  :- दिवाकर भट्टराई

मिति : 2070-03-26
नमस्कार साथीहरु,

आज मिति २०७० साल असार महिनाको २६ गते तदनुसार १० जुलाई २०१३ बुधबार बेलुका ९.१५ देखि रेडियो दमौली एफएमको साहित्य विशेष प्रस्तुति कार्यक्रम मेरो रचना लिएर प्रस्तोता साथी दिवाकर भट्टराई उपस्थित हुनुभएको छ । सुनेर आफ्ना प्रतिक्रृयाहरु फेसबुक, इमेल मा पठाउन सक्नुहुन्छ ।  
Listen And Download

Download :Click Here to Download

Thank you

मुक्तक सरोबर (12-07-2013/2070-03-28) - Download

NepaliTalim | 10:29:00 PM | 0 comments
MUKTAK SAROBAR   
कार्यक्रम : मुक्तक सरोबर  
Date : (28-06-2013/2070-03-14) 
रेडियो : देबदह 106.6 मेगाहर्ज  
समय: शुक्रबार बेलुकी 9:20 देखी  
प्रस्तोता-युबराज लामिछाने 
FB Page : Muktak Sarobar
FB Page : Muktak Sarobar


आज मिति 2070 असार 28 तदनुसार 12-July-2013 बुधवार दिन मुक्तक विशेष कार्यक्रम लिएर उपस्थित भएको छु । सुचनाको लागी सामुदायिक सञ्चार अभियानद्धारा सञ्चालित सामुदायिक रेडियो,रेडियो देबदह 106.6 मेगाहर्जको पृथक प्रस्तुती कार्यक्रम मुक्तक सरोबर सुन्न नभुल्नुहोला सप्ताहका दुई  बार बुधबार र शुक्रबार बेलुकी 9:20 देखी 10:00 बजेसम्म। शुक्रबार तपाईकै  फोन लिन्छौ तपाईकै मुखार बिन्दु बाट मुक्तक सुन्छौ जस्को निम्ती तपाईले  हाम्रो स्टुडियो को फोन 071577735लाई खटखटाउनु पर्ने हुन्छ। त्यस्तै गरी  बुधबारीय बसाईमा तपाईकै चिठी पत्र र अनि तपाईले नै गर्नु भएका facebook wall post उठान गर्ने गर्छौ। wall post गर्न नभुल्नुहोला हाम्रो wall.
Listen and Download

Download :Click Here to Download

Thank you

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger