नेपाली गजल बृहत कलेक्सन सुन्नुहोस् - (Nepali Gazals song Collection) -Listen

NepaliTalim | 12:18:00 PM | 2comments
Listen Collection of Nepali Gazals Song :
नेपाली गजल बृहत कलेक्सन सुन्नुहोस्
.............................................................
नमस्कार साथीहरु,

आज मैले आजसम्म भेटेका नेपाली गजलहरुलाई सुन्न मिल्ने गरेर कलेक्सन तपाईहरुलासँग लिएर आएको छु । लौ आउनुस् सुनौ हामी पनि नेपाली गजलहरु । यति नेपाली गजल तपाईलाई मन पर्छ भने यो नेपाली गजलको फेसबुक पेजमा गएर पेज लाईक गर्न सक्नुहुनेछ ।
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप

LISTEN


नोट :  कृपया यसरि कलेक्सन गर्नुको उदेश्य विक्रिलाई खलल पुर्याउनु होईन केवल प्रोमोशन मात्र हो । त्यसैले डउनलोडको सुबिधा उपलब्ध गराईएको छैन । 

Thank you

गजलका शेरहरु - (2069-09-24/08-01-2013) - Download

NepaliTalim | 9:57:00 AM | 0 comments
PROGRAM : GAZALKA SHERHARU
HOST : LAXMI ITIHAS
TIME : EVERY TUESDAY, 9.15PM
DATE : - (2069-09-24/08-01-2013)
कार्यक्रम : गजलका शेरहरु
संचालिका : लक्ष्मि इतिहाँस
एफ.एम : रेडियो एकता 92.4, लालबन्दी
समय : मंगलबार बेलुका ९.१५बजे    
अनलाईन सुन्न : Radio Ekata   
फेसबुक पेज  : Gazalka Sherharu


आदरणिय साथीहरु,
आज मिति 2069 पुष महिनाको 24 तदनुसार मिति 08-Jan-2013 गते मंगलबार रेडियो एकता ९२.४ मेगाहर्ज, लालबन्दीमा गजलका शेरहरु  लिएर प्रस्तोता  लक्ष्मी इतिहाँस प्राविधिक मित्र रबिन कार्किसँग तपाईहरु सामु  उपस्थित हुनुभैसक्नुभएको छ । कार्यक्रमको श्रीङ्खला उपलब्ध गराईदिनुभएकोमा रेडियो एकताका साथी रविन कार्की लाई हृदयदेखिनै धेरै धेरै धन्यवाद ।  
Listen and Download

 Click Here to Download
Listen All Previous Episodes

Thank you

गजल संसार - 22 : (07-01-2013/2069-09-23) - Download

NepaliTalim | 3:14:00 AM | 1comments
रेडियो हाम्रो संसार डट नेटको गजलहरुको
साहित्यिक कार्यक्रम : गजल संसार

Date:  (07-01-2013/2069-09-23)
Host : Shanti Pakhrin
Source : Website
 
आज  मिति 2069 पुष 23 तदनुसार 07-Jan-2013 का दिन , मन भित्रका कुरा आवाजका झन्कार साथसाथै तपाईहरुका विभिन्न गजलहरु तथा सुमधुग सांगितीक गीत गजलहरु लिएर गजल संसारको श्रृङ्खला Gazal Sansar Episode 23 लिएर नेपाली समय अनुसार साझको ५ बजे देखि ६ सम्म प्रत्येक सोमबार झैं कार्यक्रम संचालिका गजलकार शान्ति पाख्रिनका साथ  रेडियो   हाम्रो संसार अनलाईन रेडियो मार्फत विश्वभरि आजको श्रीङ्खला लिएर उपस्थित  हुनुभएको छ ।  आउनुस् हामी पनि सुनौं ।
Listen And Download

Download: Click Here to Download

Thank you

Episode : 54 (यो साँझ यो सुबाश-08-01-2013) - Download

NepaliTalim | 3:36:00 PM | 2comments
EPISODE 54 - YO SANJH YO SUBASH
(08-01-2013 / 2069-09-24)
प्रस्तोता : प्रदिप गिरि
कार्यक्रम : यो साँझ यो सुबाश

Email : hajurkopatra@gmail.com 
Website : http://ransimedia.com 
Facebook : YSYS Facebook Page

Phone :  9808826116


आज मिति 2069 साल पुष महिनाको 23 गते तदनुसार  08-Jan-2013 मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको  53 औ विशेष श्रीङ्खला साथ लिएर लिएर सदाझैं आज पनि  तपाईहरु सामु प्रस्तोता प्रदिप गिरी कार्यक्रम लिएर उत्पादन सहयोगि रन्सी गिरि (Ransi Media) को साथमा  उपस्थित भएका छौं । काठमाडौंमा कार्यक्रम रेडियो उपत्यका ८७.६ मेगाहर्जमा शुक्रबार बेलुका ९.१५ देखि प्रसारण हुनेछ । 


रन्सी मेडियाले यु एस ए मा उत्पादन गर्ने यो कार्यक्रम नेपाल भरि बिभिन्न एफ एम स्टेशनहरु लगायत विश्वभरी युटुब, ब्लगहरु, र विभिन्न वेबसाइटहरुमार्फत स्रोता समक्ष पुग्दछ जहाँ  नेपाली गजल, प्रेरणदाई कथा, लेख रचनाहरुको प्रस्तुती रहनेछन् । उज्यालो नेपाल मिडिया नेटवर्क मार्फत ११ वोटा एफ.एम.हरु लगायत देशै भरि 23 रेडियो स्टेशनहरुमा कार्यक्रम यो साँझ यो सुवास प्रशारण हुने प्रसारण हुने गर्दछ ।

साथसाथै आईफोन र एन्ड्रोइड फोनमामा कार्यक्रम सुन्नको लगि Application "Nepali Fm" मा हाम्रा सम्पूर्ण श्रीङ्खलाहरु सुन्न सक्नु हुनेछ । कार्यक्रमका सम्पूर्ण श्रीङ्खलाहरु उपलब्ध गराएर सहयोग गर्नुहुने साथी कार्यक्रम प्रस्तोता प्रदिप गिरि र उत्पान सहयोगी रन्सि मेडियाका रन्सी गिरिलाई हृदयदेखीनै धेरै धेरै धन्यवाद दिन चाहन्छु  ।

Listen & Download
Download : Click Here to Download
Listen All Previous Episodes:

Thank You
Chisapani Nepal

हृदय-स्पन्दन-2069-09-19 Download

https://mohanbihani.blogspot.com/ | 11:40:00 AM | 0 comments

कार्यक्रम- हृदय-स्पन्दन
प्रस्तोताअनु अर्पन
रेडियो- सामुदायिक  रेडियो सर्लाही १०५.६ मेगाहर्ज
अनलाइन-http://www.radiosarlahi.org
समय- प्रत्येक बिहिबार राति ९.१५ बजे
मिती-2069 पौष 19 गते बिहिबार
प्रत्येक बिहिबार सामुदायिक रेडियो सर्लाहीबाट बि बि सि नेपाली सेवा पछि  ९।१५ बजे सदा झै आज् पनि कार्यक्रम प्रस्तोता अनु अर्पन उपस्थित भै सक्नु भएको छ आउनुस हामि पनि सुनौ। कार्यक्रम उपलब्ध गराई  दिनुहुने रेडियो सर्लाहीका प्राबिधिक मित्र श्रवन थापालाइ धन्यबाद।

Listen HERE

Download From Click HERE


बहकिने मन (2069-09-23/07-01-2013) - Download

NepaliTalim | 9:19:00 AM | 0 comments
बहकिने मन BAHAKINE MAN
DATE :  (2069-09-23/07-01-2013)
Time : 9.15pm Every Monday
Host :  Mahabir Biswakarma

Phone-977-01-550982 / 5551161
Facebook : Bahakine Man
FM: CIN Network
 
आज मिति 2069 पुष 23 तदनुसार 7th Jan 2013 सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 58  एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । कार्यक्रममा तपाईहरु आफ्ना मुक्तकहरु लेखिएको स्टाटसकै मुनि पोष्ट गर्नुहोला जहाँ बाट एक उत्कृष्ट मुक्तक कार्यक्रमको श्रीङ्खलामा प्रस्तुत गरिनेछ ।  आउनुस् हामी पनि सुनौ बहकिने मन प्रस्तुति ।
Listen and Download

Download : Click Here to Download
Listen All Previous Episodes:  

Thank you

गजल शरोबर (05-01-2013/2069-09-21) - Download

NepaliTalim | 2:57:00 AM | 0 comments
KALIKA FM PRESENTS
GAZAL SHAROBAR
Date : (26-12-2012/2069-08-11)
FM : Kalika FM


आज मिति २०६९ पुष 21 गते बुधवार तदनुसार 05-Jan-2013 तपाईहरु सँग कालिका एफ एम 95.2 & 91mhz बाट हरेक हप्ता बुधबार र शनिबार हप्ताको दुई दिन गजल शरोवर प्रसारण हुन्छ ।   बुधबार टेलिफोन मार्फट गजल बाचन हुन्छ  भने शनिवारको अंकमा गजलका श्रष्टाहरुसँग गजलका बारेमा छलफल अन्तर्वाता हुन्छ । आज शनिवार, आजको श्रृंखलामा बरिष्ठ साहित्यकार गजलकार डा.टिकाराम भण्डारि सँगको अन्तरंग कुराकानि  लिएर विजय राज उपस्थित हुनुभएको छ ।  आउनुस् हामी पनि सुनौ ।
Listen and Download 


Download : Click Here to Download

हृदय-स्पन्दन-2069-09-12 Download

https://mohanbihani.blogspot.com/ | 4:05:00 PM | 0 comments

कार्यक्रम- हृदय-स्पन्दन
प्रस्तोताअनु अर्पन
रेडियो- सामुदायिक  रेडियो सर्लाही १०५.६ मेगाहर्ज
अनलाइन-http://www.radiosarlahi.org
समय- प्रत्येक बिहिबार राति ९.१५ बजे
मिती-2069 पौष 12 गते बिहिबार
प्रत्येक बिहिबार सामुदायिक रेडियो सर्लाहीबाट बि बि सि नेपाली सेवा पछि  ९।१५ बजे सदा झै आज् पनि कार्यक्रम प्रस्तोता अनु अर्पन उपस्थित भै सक्नु भएको छ आउनुस हामि पनि सुनौ। कार्यक्रम उपलब्ध गराई  दिनुहुने रेडियो सर्लाहीका प्राबिधिक मित्र श्रवन थापालाइ धन्यबाद।
Listen HERE

Download From Click HERE

सिर्जनाका लहरहरु :- Episode 97 -Download

NepaliTalim | 11:19:00 PM | 0 comments
सिर्जनाका लहरहरु :
SRIJANAKA LAHARHARU

EPISODE- 97
Date : 03-Jan-2013
Source : Sirjanaka Laharharu 

Host : Khagendra Adhikari
 
 आज मिति 3rd-Jan-2013 दिन विश्व नेपाली साहित्य महासंघको अनलाईन रेडियो कार्यक्रम सिर्जनाका लहरहरुको श्रीङ्खला 97 लिएर कार्यक्रम प्रस्तोता खगेन्द्र अधिकारी अमृत आउनुभएको छु ।  यो कार्यक्रम सिर्जनाका लहरहरु डट कम बाट प्रप्त भएको हो ।  आउनुस् हामी पनि सँगै सुनौ चर्चित कार्यक्रम सिर्जनाका लहरहरु ।

Listen and Download

Download : Click Here to Download 97

Thank you

Muktak Madhurima (2069-09-19/03-01-2013) - Download

NepaliTalim | 12:01:00 AM | 0 comments
Muktak Madhurima
Radio : Radio Chitwan 94.6mhz
Time : Turusday 9.15pm

Host : Ramu Acharya
Date :  (2069-09-12/27-12-2012)
 

आज मिति 2069 पुष 19 गते तदनुसार 03-Jan-2013 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।
यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।          
Listen and Download

Download : Click Here to Download 
Listen All Episodes:

२०६९-०९-१९ गते बिहिबार ,www.radiochitwan.com.np मार्फत प्रतक्ष तथा डाउनलोड गरेर पनि सुन्न सकिने ......... तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ ...........................
01-मोहन रावल अनमोल 'अस्तु' _____मुक्तक
मनकी रानी बनाउला भन्छु मान्दै मान्दिनँ ...!!
मायाकी खानी बनाउला भन्छु मान्दै मान्दिनँ ...!!
कति चञ्चलपन सुवास्ता छ बाहुमा तिम्रो ...!
अनौठो कहानी बनाउला भन्छु मान्दै मान्दिनँ ...!!
-मोहन रावल अनमोल 'अस्तु' बान्नातोलि पाचँ अछाम
हाल_सिमाना पारिबाट

02-Ram Sharan Shrestha
जबजब तनाब लिइ घर आउँछु ।।
सँगसँगै सराब लिइ घर आउँछु ।।
श्रमिक भएर दिनभर मरिमेट्दा
घाटाकै हिसाव लिइ घर आउँछु ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप


03-गजल प्रेमी औसीकोरातमा इन्द्रमानआत्मा
म भन्दिन तिमी नै मलाइ चाहिन्छ
तिमी भन्दा राम्रीसंग माया लाइन्छ
काली जान्छे गोरी आउछे उखानै छ
खुट्टा भए जुत्ता जती पनी पाइन्छ !

04-Jaya Bhabuk
कसैको तँ ज्यॉन बाकस मा प्यॉक हुन्छ यहॉ!
कसैको तँ ज्यॉन गधॉ र र्र्याक हुन्छ यहॉ!
दुिनयॉले भन्छन पर्गती गर्यॉ छन रे
तर सबैको ज्यॉन िवदेशीको ज्यॉक हुन्छ यहॉ!!!!
जजराम िव. क.(जयॉ भॉवुक )
धधवॉर 7 बर्िदयॉ
हाल मलेिसयॉ जोहोर

05-अर्जेल मायाको शागर अर्जेल
तिम्रै मायाको भोगी भयँ म
अलीकती मुटुको रोगी भयँ म !
तिम्ले शाथ नदिनाले आज
भौँतारिदैँ हिडने जोगी भयँ म !

06-Lb Sagar
कोही जान्छ जब ,टाढॉ भयर ।
बस्छ दिलमै उनै ,गाढॉ भयर ।।
तब दुंख छ ,यो मुटु मेरो ।
बस्दा फुल पनि ,काडा भयर ।।
-ऐल .बि.सागर कैलाली

07-Shanti Adhikari मुक्तक
तिम्रो कामनाले मेरो यो हाल बद्लिने भए ।
अर्ति उपदेशले जुवाडेको खाल बदलिने भए ।।
म सधै भगवान सामु दुई हात जोड्ने थिए ।
साच्चै गरीबका फाटेका पाल बद्लिने भए ।।
शान्ति अधिकारी
कोहलपुर बांके

08-Prem Dhami
दुख्ने एउटै मन हो तर घाउ अनेक हुन्छन्।
माया भन्नु बाहाना हो तर दाउ अनेक हुन्छन्।।
हाँस्नु रुनु जे परेनि मायाको त्यो गोरेटोमा
तछाँडमछाड गरी कुद्ने मनुष्यका पाउ अनेक हुन्छन्।।।।
प्रेम धामी
दहबगर-6 बझाङ
हाल:सरस्वतिनगर -3 काठमाण्डौ

09-Ashish Danai
तिम्रो मायामा पागल भ एछु ।
तिमीलाई आफ्नै मायालु ठा नेछु ।।
तिम्रो आनी बानी थाहै नपाई ।
माया लगाउन हतार ग रेछु ।।
-आशिष दनाई
बेसिशहर . लमजुङ
मुक्तक मधुरिमाको सम्पुर्ण भागहरू सुन्न तथा डाउनलोड गर्न www.muktakmadhurima.tk मा जानुहोस् ।See Translation
Nepali Literature Collection | Sahityasanjal | LIVE FM Radios | By Ashish Danai: muktak-madhurima
www.muktakmadhurima.tk
Nepali Literature Collection | Sahityasanjal | LIVE FM Radios | By Ashish Danai: muktak-madhurima

10-Mohan Bihani
दुई दिन टाढा हुदैमा नबस रोएर,
नभिजाउ परेलि आँसुले धोएर,
सम्झनाले सारै सतायो भने मेरो,
बस्दै गर प्रीय पुराना तस्बिर छोएर।
मोहन बिहानी
भक्तिपुर सात सर्लाही

11-Bishnu K Gautam
सोचेको सब पुरा भए रूनु पर्थ्यो र?
एकान्तमा परेलि यि धुनु पर्थ्यो र?
परिश्थिति समय एकै हुने भए देखि
कोहि पुर्ब कोहि पश्चिम हुनु पर्थ्यो र?
बिष्णु गौतम
मल्म -4,बाग्लुङ

12-Rajesh Rumba Lama 'मुक्तक'
यति धेरै तड्पाएर किन चुपचाप बस्यो तिमी
थाहा छैन आजभोलि कुन दुलोमा पस्यो तिमी
मान्छे लुरे भए पनि सक्दो मायाले कसेको थिएँ
मात्र भन मेरी भुण्टी कस्को अँगालोमा कस्यो तिमी ?
जेश रुम्बा लामा 'अतृप्त'


13-सनम गोले
पल पल तिम्रो छेउ पर्न मन लाग्यो ।
झरणाझै केशबाट झर्न मन लग्यो ।
कस्कीछोरीहौ तिमी काँ होला ठेगाना
हुन्छ भने मायाप्रेमको बिउ छर्न मन लाग्यो।
सनम गोले
मकावनपुर हाल मलेशिया

14-K R Bayadi Udash
स्वार्थ पुरा गर्न यहाँ , आँशुमा आँशु मिलाउने हरु ।
अघि पछि सँगै हुन्छन् , आई पर्दा भूतझै बिलाउने हरु ।
तेल लाउन आइपुग्छन, सफल्तामा पाइला टेक्दा ,
अघि पछि पिडा दिई काउछोझै चिलाउने हरु ।
- के. आर. बयाडी "उदास"
फूलवारी , कैलाली

15-Krishna Paudyal
बेहोसिमै, लेखेछु खत/ मैले, पत्तै नपाएको।
बनाएछु, मनको जगत/ मैले, पत्तै नपाएको॥
थाहा पाँए, वास्तविक/ बुझेँ, आज हकिकत।
उस्कै रैछौ, अमानत/ मैले, पत्तै नपाएको॥
-कृष्ण पौड्याल
बम्घा एक गुल्मी.

16-Raju Poudel
चम्किएको सिसा रैछ,झरयाम्म फुटयो हजुर ।।
चखेवाको जोडि पनि आजै बाट छुटयो हजुर ।।
सडयनत्र पो रैछ उसको गुलाबको फुल मागि ।।
दिन खोज्दा मलाइ उस्कै प्रेमिले कुटयो हजुर ।।
-Raju poudel
Rudrapur Rupandehi
Doha Qatar

17-आदित्य अभिरल भण्डारि
दुइटा मुटु रम्ने एउटा स्वर्ग जस्तै घर होस
जुनि जुनि जिउँला सँगै नछुटिने भर होस
भन्दिन म सानो ठुलो रोज्दिन म सम्पन्नता
मेरो रिवाज मेरै धर्म मेल खाने थर होस
-आदित्य अभिरल भण्डारि
गुल्मि पल्लिकोट

18-Raag Gazmer Raz
कहिलेकाहि दुखाउदा'नि रमाइलै भो अरुलाई
त्यसपछि फकाउदा'नि रमाइलै भो अरुलाई
आफ्नाहरु धेरै छन् नामकै कुरो हो
आफ्नालाई सताउँदा'नि रमाइलै भो अरुलाई
-धरान

19-सुरज कुमार (अभागी)
तिमीसगँ बिताएको पल सम्झी रुने गर्छु ।
आशुँले सधै आँखा परेली आज धुने गर्छु ।
मेरो मायामा आखिर के कमि थियो र निष्ठुरी
तिम्रै लागी मन मुटमा म आज हुने गर्छु ।
-सुरज कुमार (अभागी)
कुवाकोट कान्छीबजार स्याङजा

गीत >पथ्थर को मुटु बनाइ तिमि टाढा गय पछि,
रसाउछन दुवै आँखा जब साँझ परे पछि .......प्रदिप राज पाण्डेको आवाजमा ......

20-Rakshe Deep Milan
खुशी लगि भए भरको, रिस दिएर गयौ!
सान्त्वनामा हात हल्लाई, मिस दिएर गयौ!!
चाँदनिको देशमा तिमि, म औँसिको रातमा छु,,
बादल पारि घुम्तो ओढि, मलाई बिष दिएर गयौ!!
-कपिल लामिछाने
दाङ तुल्सिपुर
हाल दोहा कतार
कपिल लामिछानेको मुक्तक नेपालिमा उल्था गरिदिएको छु, उँहाकै नाममा वाचन गरिदिनु है त।

21-कपिल लामिछाने
कसैको प्रतीबिम्ब को कुरा छ!
र कसैको नितिम्ब को कुरा छ!!
हामि भाग्य फुटेको जोडी साथि,
शुक्रकीत र डिम्बको कुरा छ!!
यो पनि समाजकै यथार्थता हो, मिल्छ भने वाचन गरिदिनुहोला धन्यबाद

22-Dipak Karakheti .मुक्तक
मैले हो हजुर कसै लाई पनि अनादर, गरेको छैन
साथि हो असल जुन प्रित खानि बदर, गरेको छैन //
तितो र मिठो कट्टु सत्य भाब मुक्तक, बाट पाया
अनि पो फेसबुक मित्र सँगै जानी हकदर, गरेको छैन//
-दिपक काराखेती
धुवाकोट गोर्खा
हाल:-अबु-धबी(UAE)

23-Baral Suryamani
उ हाँसी जीबन भरी मलाई रुवाएर गई।
आँफू बाँची मलाई हरिताल खुवाएर गई।।
छोडेर म जान्न भन्थी मेरो केही लान्न भन्थी ।
त्यसैले होला तुलशीको मोठ छुवाएर गई।।

24-Jyoti Khatiwada Anischit
ईच्छा यो छ मेरो उनैमा लिन भैदिए
प्रितिका उनका वातहरु मेरै अधिन भैदिए
चाहिन्न थे यि यावत भौतिक विलासिता
उनीसँगै मेरो जीवन सबै रंगिन भैदिए ।
-ज्योति खतिवडा अनिश्चित
सुरुङ्गा २ झापा ।

25-Amrit Shrestha
फुल् बिनाको बोट बाकी छ म सङ्ग्
तिम्ले दिएका चोट बाकी छ म सङ्ग्
सारा खुशी उडाई लग्यौ सानु मेरा,
मुस्कान बिनाको ओठ बाकी छ म सङ्ग्
(Amritshrestha pokhara)

26-Bikalpa Babu
प्रेम बजार धाई प्रेम किन्न नसकिने
औला भाचीँ कस्को धेरै गिन्न नसकिने
कसले बुझ्छ मनका कुरा मनले बाहेक
आँखै सामु पाउदा समेत चिन्न नसकिने
-बिकल्प बाबु
गितानगर-1, चितवन

27-Arpan Chhetri
अझै देशमा अशान्तीकॊ आगॊ बल्दैछ।
त्यहि आगॊमा विर शहिदकॊ मुटु जल्दैछ।।
त्यसैले त देश बचाउन उठ नेपाली ,
कराएर विरहरुकॊ आत्मा गल्दैछ ।।
-अर्पण छेत्री
दमक-5 झापा
हाल - जॊहॊरबारु मलेसिया

29-Bishnu Prasad Adhikari
जे पनि म गर्न सक्छु गरेर तिम्लाई पाउने भए
सात समुन्द्र तर्न सक्छु तरेर तिम्लाई पाउने भए
बाँचेको छु तिम्रै लागी तिमीलाई पाउने आशामा नै
तिम्रै लागी मर्न सक्छु मरेर तिम्लाई पाउने भए
padampokhari-4, pantale, makawanpur
hal, kathmandu

30-तिलक निस्कर्ष
हो माने मैले पनि बिर रैछौ तिमि
मुटु भित्र बल्झिरने पिर रैछौ तिमि
गर्ब गर तिमि आफै तिम्रो अतित हेरी,
निर्दोषलाई जलाउन मा-हिर रैछौ तिमि
रत्ननगर ७ चितवन

31-सुमित्रा अधिकारी
प्रगति र उन्नतिमा लागिरहोस मन !
खुशी अनि सुखी हुनेछ जिबन !!
कल्पनामा हैन यथार्थतामा बाँच्नु !
संधैं बसन्त झैँ मुस्कुराऊँछ पवन !!
सुमित्रा अधिकारी
गोरखा
-सुखद जीवनको कामना गर्दछु
Dec 20 बिकाश न्यौपानेको जन्मदिनको अवसरमा उहाँको लागी यो मुक्तक

32-Rockiron Ganesh
जोश अनी जागरमा आहोस नया बर्षको सुभकामना
घर मझेरी मा खुशी छाओस नया बर्षको सुभकामना
हत्या हिंगसा काट मार जता ततै रहत को भेल छोडेर
देशले अब सान्ती पाहोस नया बर्षको सुभकामना
happy new year 2013
Rockiron ganesh

33-अजान श्रेष्ठ (अभागी)
एकथोपा रगत रहे ,सम्म तिमीलाई सम्झीरहनेछु ।
एक मुठी सास भए ,सम्म तिमीलाई सम्झिरहने छु ।।
तिम्रै बिछोडको वियोगमा जलिरहेको मन
मुटु छियाछिया परे ,सम्म तिमीलाई सम्झीरहनेछु ।
-अजान श्रेष्ठ (अभागी)
कुवाकोट कान्छीबजार
स्याङजा

34-श्रीकान्त बराल कहेराज़
तिमि आफ्नै पुर्खाको थलो भत्काउछौ
घर बनाउछौ अनि फेरी बलो भत्काउछौ
न त आफु गर्छौ नेता न अरुलाई गर्न दिन्छौ,
झैँ झगडा गरि सहमतिको हलो भत्काउछौ
कृष्णमन्दिर चोक

35-Saroj Dhital
सात कक्षामा सँगै पढेको साथीलाई शुभकामनाका केहि शब्दहरु..
दुइ आँखा अब देखि चार हुनेछ
सुर्य तारा तिम्रा निम्ति उपहार हुनेछ..
कहाँ बस्छौ तिमिलाई दुनियाको आँखा लाग्ला...
सात जन्म नछुटिने घरबार हुनेछ...
सरोज धिताल डाँछी 3 काठमाडौ

36-Bibek Dulal मुक्तक
मान्छेलाई आफ्नै अहंले बेर्दै लगेको हो बिर्खे दाइ
मान्छेलाई आफ्नै फूर्तिले खेर्दै लगेको हो बिर्खे दाइ
तै पनि अरूको दुखमा खुच्चिंग गर्छन् मुर्खहरू ...!
मान्छेलाई आफ्नै स्वार्थले घेर्दै लगेको हो बिर्खेदाई .
-विवेक दुलाल क्षेत्री "दमक "
दमक ,झापा
हाल : अबुधाबी ,यु ए इ .

.........मुक्तक मधुरिमा सुन्ने माध्यम हरु ,

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger