(सवाल जवाफ विशेष )
गजल संगम (Gazal Sangam)
मिति : (2069-07-22/07-11-2012)
रेडियो : ध्रुबतारा 89.8 मेगाहर्ज
बिधा : नेपाली गजल
प्रस्तोता : आर पि पोख्रेल
समय : हरेक बुधवार बेलुकी ९.१५
Phone : 056-526186
आज मिति 2069 कार्तिक महिनाको 22 गते तदनुसार 7th Nov -2012 बुधबारका दिन सामुदायिक रेडियो ध्रुबतारा ८९.९ मेगाहर्ज बाट हरेक बुधबार बेलुका ९.१५ देखि १० बजेसम्म प्रसारन हुने रेडियो कार्यक्रम गजल संगम कार्यक्रम सवाल जवाफ विशेष लिएर गजलमनका साथी प्रस्तोता आर पि पोख्रल र प्राविधिक मित्र श्यामको साथमा उपस्थित भएका छौं । गजल संगममा तपाईपनि सहभागिता जनाउन सक्नुहुन्छ जसको लागि फेसबुक पेज Gazal Sangam गएर आफ्ना गजल पोष्ट गर्नुहोला त्यस्तै फोन गरेर पनि आफ्ना गजल बाचन गर्न सक्नुहुनेछ र अनलाईन सुन्नको लागि News Chitwan वेबसाईट लग इन गर्नुहोला । कार्यक्रम उपलब्ध गराएर सहयोग गर्नुहुने प्रस्तोता साथी आर पि पोख्रोल लाई हृदयदेखि धेरै धेरै धन्यवाद ।
Listen and Download
Download :
Click Here to Download
यो श्रीङ्खलामा बाचन भएको मेरो गजल
..............................................
के दशैं ? के तिहार ?, गरिवको घरमा ।।
दुःख हुन्छ अपरम्पार, गरिवको घरमा ।।
छोरा छोरी परिवार, पाहुना पुजापाठ
कसरि थेग्नु ब्यवहार, गरिबको घरमा ।।
घाँटी हेरी हाड निल्न, खोज्दा खोज्दै पनि
पर्छ धेरै ब्यय भार..., गरिवको घरमा ।।
हाँसि खुसि रमाएर.., पुग्दैन मनाउन
परिवार हुँदा नि चार, गरिवको घरमा ।।
मुल्य बृद्धि दिनदिनै, हुँदै गाछ नेपालमा
कमाईको छैन आधार, गरिवको घरमा ।।
नआएकै बेश बरु, दशै तिहार चाडहरु
अनिकालले पर्दा मार, गरिवको घरमा ।।
राहत लिँदै जनतामा, दशै र तिहारको
कहाँ पुग्छ र सरकार, गरिवको घरमा ।।
राम शरण श्रेष्ठ
चिसापानी गा.वि.स
बडा नं. ६, तल्लो टोल
रामेछाप ।