Good Night SMS - (11-Oct-2012)- Download

NepaliTalim | 10:04:00 AM | 0 comments









 
GOOD NIGHT SMS
Date : 25-Aswin 2069/ 11th Oct 2012
प्रस्तोता : रोशन (ROSHAN)
कार्यक्रम : गुडनाइट एस एम एस
रेडियो :  रेडियो तिनाउ एफ एम 98.2

NTC USer : TFM (MSG) to 6969
Other USer : TFM (MSG) to 5006

Email :  tinaugoodnight@gmail.com
Listen and Download :

Download : Click Here to Download

Thank you

Muktak Madhurima - (2069-06-25/11-10-2012) - Download

NepaliTalim | 9:18:00 AM | 0 comments
( मुक्तक मधुरिमा )
Program : Muktak Madhurima
Radio : Radio Chitwan 94.6mhz
Time : Turusday 9.15pm
Host : Ramu Acharya
Date : (2069-06-25/11-10-2012)

आज मिति 2069 असोज 25 गते तदनुसार 11th Oct 2012 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।
यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।
Listen And Download
 
Download : Click Here to Download  
All Previous Episodes  


२०६९-०६-२५ गते बिहिबार ,www.radiochitwan.com.np मार्फत प्रतक्ष तथा डाउनलोड गरेर पनि सुन्न सकिने ......... तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ ............

01-Mohan Bihani ****************** मुक्तक ******

*********
सुरुवात गरेउ सम्बन्ध नरिवल फुटाएर,
ऐलान गरेउ मायाको भिडभाड जुटाएर।।
खस्रो मसिनो हुनु थियो भयो जीवनमा,
आखिर किन पराई भएउ नाता टुटाएर??
Copyright@--मोहन बिहानी,भक्तिपुर-७ सर्लाही --
http://mohanbihani.blogspot.com/


02-Rohit Rana मुक्तक
सुन पनि चाहीएन,फलाम चाहीएन
सज्जन खोजेको हुँ,हराम चाहीएन
सक्छौ हृदयबाटै आदर सत्कार गर
देखावटी खोक्रो त्यो,सलाम चाहीएन
रोहित राना
बुटवल-रुपन्देही
हाल- काबुल,अफगानिस्थान


03-Khadga G Magar कुन पार्टी छ? (मुक्तक)
नेपाल को राजनिति मा, फ़ूट नभाको कुन पार्टी छ
सत्ता भत्ता लत्याउन, टूट नभाको कुन पार्टी छ??
राज्नितिको फ़ोहरि खेल, जनता भंदा कुर्सी प्यारो
पार्टी भित्रै तंछाड मछाड गूट नभाको कुन पार्टी छ??
-Khadga g magar
Urahari 2 Dang
frm qatar


04-Nirdoshi Pokhrel
एकै छिन छहारिमा बस्न आउन सानु।
कोईलि र जुरेलिलेझै गित गाउन सानु॥
तिम्रो मेरो माया प्रेम अझै प्रगाढ बनाऊ।
म सँगै तिमी पनी बेशी तिर धाउन सानु!!
-Lok.bahadur pokhrel (nirdoshi)
benimanipur.07 sardi nawalprasi.
Mumbai....


05-Amrit Shrestha
तिम्लाई माया गर्नु भुल हो र प्रिय?
काडैकाडामा फुलेको फुल हो र प्रिय?
तिम्रै निम्ती चालेका यी पाइलाहरु
पैला भर्यान् अहिले सुल हो र प्रिय?
(Amrit shrestha pokhara 12 kaski)


06-Baral Suryamani
तिम्रो बारे नराम्रो म सुन्न सक्दिन ।
तर केगर्नु,भन्नेको मुख थुन्न सक्दिन ।।
जति नै खराब बाटो तिमीले हिडे पनि ।
तिमी छोडि अरु,कोही चुन्न सक्दिन ।।


07-Bishnu K Gautam
देश सोकाकुल पार्ने त्यो चरा रैछ
उडेको जहाज झार्ने त्यो चरा रैछ
उन्न्इसको ज्यान लियो,सोक सबैलाइ
अकालमा मान्छे मार्ने त्यो चरा रैछ
-बिष्णु गौतम
बाग्लुङ्ग,गल्कोट
हाल:बुटबल,रूपन्देहि।


08-Jyoti Khatiwada Anischit
तिमीले पनि म जस्तै,माया लाएर हेर
मायालुको वियोगमा आफुलाई,एक्लो पाएर हेर
मायालुलाई पर्खदाँको पल,अनि पाउँदाको खुसी काहाँ
एक झलक पाउन प्रियसीको,कहिलेकाही धाएर हेर ।
ज्योति खतिवडा अनिश्चित ।
त्रिचन्द्र क्याम्पस
घण्टाघर काठमाडौँ


09-Dipendra Chapagain
कोट पाईन्ट लाई, ठुलो भएछ
मिठो मानो खाई, ठुलो भएछ
जनतालाई बकुम्फुसे कुरा गरेपछि
मेरै गोठको गाई, ठुलो भएछ ।।
दिपेन्द्र चापागाँई, कपिलवस्तु ।
हाल मुम्बई


10-Pradeep Baral
साथ थियो जब मेरो, घात दियौ किन ??
तिम्रो मेरो समबन्धको बात दियौ किन ? ?
तिम्रो मेरो बिच एउटा सुकोमल फूल फुल्दै थियो ,
तर त्यो कोपिलामै टिपी लात दियौ किन ? ?
pradeep..baral...kathmandu..kapan..


11-Rai Munkmen Ramesh मुक्तक
बिहे भन्दा पहिलै सारी चाइयो भन्छिन
सुन अनि पैसा को घारी चाइयो भन्छिन
मन्द मन्द मुस्कान छर्दै कति लाटी कठैं?
मेरो नाम मा घर वारी चाइयो भन्छिन
राई"मुक्मेन"रमेश
हाल साउदी
धन्यवाद..


12-Ashish Danai मुक्तक
छाति त्यसै बल्जिदैन
माया त्यसै अल्झिदैन
कसैले त लगायो नत्र
आगो त्यसै सल्किदैन
2069-06-18
-अशिष दनाई
Gaunshahar-2, danaigaun, lamjung
Go to www.muktakmadhurima.tk jo listen all episodes of muktak madhurima...


13-Raag Gazmer Raz
अरुलाई सुनको
मलाई पीर नुनको
हेर्दै जाऔं के के हुन्छ
बलिदानी खुनको
धरान-१५ बाँझगरा, लाजेशा पथ


14-निस्चल प्रेमी कान्छा
रिडीतिर झर्छु भन्छे हेर्नुस् न स्याङजालीले
काली गंगा तर्छु भन्छे हेर्नुस् न स्याङ्जालीले
कतै यो निस्चल लाई फसाउने त हैन ?
तिम्रो भर पर्छु भन्छे हेर्नुस् न स्याङ्जालीले
-निस्चल प्रेमी कान्छा
खर्ज्याङ 9 गुल्मी
हाल दृष्टि वाटिका साहित्य समाज मुम्बई


15-Dipak Karakheti मुक्तक
ढुक्दै रहेको मेरो रहर, टाडी जाउ म कसरी
रम्दै रहेको मेरो शहर, छाडी जाउ म कसरी//
दुबिधा पर्दैछ उन्को मुहार, थाती राखौ म कसरी
यौबनले झुलेको मस्त बहर, छाडी जाउ म कसरी//
-दीपक काराखेती
हाल :-अबु-धाबी (UAE)

16-Ram Sharan Shrestha मुक्तक
के लाग्छ र नियत खराब भएपछि ।।
असल विग्रन्छ सँगत खराब भएपछि ।।
समय लाग्दैन बर्बाद भएर सकिन
जब लागेको लत खराब भएपछि ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
मुक्तक मधुरिमाका पछिल्ला ३५ वोटा श्रीङ्खलाहरु सुन्न र डाउनलोड गर्नको लागि चिसापानी नेपाल
http://chisapaninepal.blogspot.com/2012/10/muktak-madhurima-2069-06-1804-10-2012.html
मा लगइन गर्नुहोला ।

17-गजल प्रेमी औसीकोरातमा इन्द्रमानआत्मा
थाहै नदिई मेरो माया मास्नेहरु धेरै हुनेछन
खुशी हुदै अन्तै साइनो गास्नेहरु धेरै हुनेछन
यदी म जलनमा तड्पी तड्पी मरे भने हजुर
आँसु झार्दै रुने भन्दा हाँस्नेहरु धेरै हुनेछन !
--hetauda makwanpur- hal -doha qatar


18-Sp Mathawor ॐगजलॐ
bySp Mathawor
जिन्दगि आज नविकरण गरे जस्तै लाग्यो ।
आकाशको शसि मेरै काख झरे जस्तै लाग्यो ॥
आज सम्म हामि फसेका रैछौ जन्जालमा।
हामिमा सधैका लागि शंका टरे जस्तै लाग्यो ॥
-दाङ देउखुरि
हाल खाडि मुलुक दोहा कतार


19-तिलक निस्कर्ष
खोला तरी डुंगा भुल्ने बानि हजुरको
पराइको दिलमा फुल्ने बानि हजुरको
यता तिर पिरतीको सुगन्ध छ भन्दापनि,
दुर्गन्धको गाउँ मा डुल्ने बानि हजुरको ....
रत्ननगर ७

>गीत >बिदाइका हात घुमायौ डुबाइ जलनमा
यति चाडै जानु रैछ किन बस्यौ मनमा ......गणेश तिमिल्सिना को आवाजमा .......

20-Krishna Kusum
कसै लाई दशै कसै लाई दशा भा'छ दशै।
मिठो खानी राम्रो लाउँनी भनी आ'छ दशै।।
बुवा आमा लाई दशै कसरी टार्ने भन्ने पिर।
केटाकेटी लाई भने धेरै खुःसि छा'छ दशै।।
-http://www.facebook.com/krishna.kusum1


21-Nepali Deep Milan
घर गाँउ सबै भुल्ने, हुन्छन् पिरतिमा!
आखिरमा सबै जना , रुन्छन पिरतिमा!!
असफल जोडि नै त आमर भाछन यँहा,
कल्पनाको बरमाला,उन्छन पिरतिमा
-दीप मिलन
रुद्रपुर-२ रुपन्देहि
हाल दोहा कतार


22-जीवन शर्मा अर्याल ***मुक्तक ३६८***
तिमीबिना बाँच्नलाई त साँच्चै गाह्रो हुँदोरैछ
पीडा लुकाई हाँस्नलाई त साँच्चै गाह्रो हुँदोरैछ .
जब तिमी काट्यौ डाँडा महसुस बल्ल भयो
अन्तै माँया गाँस्नलाई त साँच्चै गाह्रो हुँदोरैछ ..
स्याङ्गजा


23-Bikalpa Babu 
व्यापार होइन प्रेम सोध्यौ भाउ कसरी
किन्छु भन्छयौ अझै बन्यौ साउ कसरी
तिम्रो स्वार्थी संसार म त सोझो हजुर
भन अब तिमी आफै माया लाउ कसरी
-बिकल्प बाबु
गितानगर चितवन


24-Thapa Kale Magar
यत्र तत्र सर्बत्र जिन्दगी हारेको मान्छे म।
गोडमेल गरी पुनःबिरुवा सारेको मान्छे म।।
दैबलेनि थग्यो मलाइ दुनियालेनि थगे।
बिचित्र मन सम्हालेर खोलि तारेको मान्छे म।।
-मनु थापा ठूलो ल्हूम्पेक एक गुल्मी हाल मुम्बई भारत


25-मोहन रावल अनमोल 'अस्तु' मुक्तक
अमर रहोस जुनिजुनि नाता जिन्दगिको ।।
फेरीनेभो काचुल्ली झै पाता जिन्दगिको ।।
अमुल्य यो जिँन्दगानि थाहाँ नपाई आज ।
उधारोमै रित्तिसक्यो खाता जिन्दगिको ।।
-मोहन रावल अनमोल "अस्त" बान्नातोलि पाचँ {अछाम}
हाल-बिरानो शहर मुम्बई


26-Artimus Siru
दू:खीलाई दू:खीको नै साथ मिल्छ !
दू:खको कुराले नै रा-हात मिल्छ !!
पिडा भित्र बाँचेको जिन्दगीलाई !
भगवानको पनि घात मिल्छ !!
सुमित्रा अधिकारी
गोरखा


27-ß-kash Neupane
संसारका सारा खुशी तिमीलाई दिन्छु सानु !
हात समाती तिमीसंग सधैं संगै हिन्छु सानु !!
नामोड़े है मन अन्त तिम्रो काले एक्लै हुन्छ ,
सुख तिम्लाई सुम्पिएर सारा दु: ख लिन्छु सानु !!
-बिकाश न्यौपाने
वारा


28-Surya Chemjong
मन हाँस्छ मिलनले छुँदा सम्मलाई
परदेशको साथी भेट हुँदा सम्मलाई
संसारमा आयौँ एक्लै र्फकनुछ एक्लै
आफ्नै आँशुपनि साथ रुँदा सम्मलाई


29-Binod Adhikari
औछेउ भने संगै , अन्गल्छु तिमीलाई
धुलमुल यो जीन्दगीमा संगल्छु तिमीलाई
छन् त खाली जिन्दगीका पानाहरु तिम्रा
इन्द्रेणी को रङ्ग बनि रंगल्छु तिमीलाई
-विनोद अधिकारी
-बछौली 6 चितवन


30-Lalu Gm
तिमी मेरो बिचको माया, छुटाएर कहाँ गयौ?
दुई दिनलाई साथ दिई, टुटाएर कहाँ गयौ?
म त सानु नियतिले, ठगिएको मान्छे।
त्यही माथी कोमल दिल, चुटाएर कहाँ गयौ?
-लालु जि.एम
स्वर्गद्वारी प्यूठान
हाल मलेसिया
31-अविरल भण्डारी
हरेक बिहिबार आउछौ मुक्तक मधुरिमा तिमि
मिठो स्वोरमा मुक्तक गाउछौ,मुक्तक मधुरिमा तिमि
यसै गरि प्रगतिको बाटोतिर लम्की जानु
दुनियाको माया पाउछौ मुक्तक मधुरिमा तिमि
कुमरोज गबई

32-श्रीकान्त बराल कहेराज
आयो दशैं खुसि बोकी खुसि फुकायर
नेपालीको मन भित्रको दुख लुकायर
सबैजना उच्च दिलले मनाउ यो दशैं
बस्न कोहि नपरोस है शिर झुकायर
कृष्ण मन्दिर चोक

.........मुक्तक मधुरिमा सुन्ने माध्यम हरु ,
Live-
radio chitwan 94.6
www.radiochitwan.com.np
Download -
www.radiochitwan.com.np
www.facebook.com/radiochitwan
www.facebook.com/muktakmadhurima
http://chisapaninepal.blogspot.com/
http://mohanbihani.blogspot.com/
www.ashishdanai.com.np
www.facebook.com/piratikodori
धन्यबाद

कार्यक्रम डाउनलोड को ब्यबस्था मिलाउने साथीहरु .......
कृष्णहरि खड्का ,रेडियो चितवन ९४.६
लक्ष्मण सापकोटा ,रेडियो चितवन ९४.६
राम शरण श्रेष्ठ ,चिसापानी,६ , रामेछाप
मोहन बिहानी , भक्तिपुर ७ , सर्लाही
आशिष दनाई ,गाउँशहर-२ दनाईगाउँ, लमजुङ
ß-kash Neupane, डुमरवाना, बारा हाल UAE
Source : Muktak Madhurima Page

गजल संगम (2069-06-24/10-10-2012 ) - Download

NepaliTalim | 2:57:00 PM | 0 comments
गजल संगम (Gazal Sangam)
मिति :  (2069-06-24/10-10-2012 )
रेडियो : ध्रुबतारा 89.8 मेगाहर्ज
बिधा : नेपाली गजल
प्रस्तोता : आर पि पोख्रेल
समय : हरेक बुधवार बेलुकी ९.१५ 
Phone : 056-526186
Website : News Chitwan
Facebook : Gazal Sangam

आज मिति 2069 असोज महिनाको 24 गते तदनुसार 10th Oct -2012 बुधबारका दिन सामुदायिक रेडियो ध्रुबतारा ८९.९ मेगाहर्ज बाट हरेक बुधबार बेलुका ९.१५ देखि १० बजेसम्म प्रसारन हुने रेडियो कार्यक्रम गजल संगम कार्यक्रम लिएर गजलमनका साथी प्रस्तोता आर पि पोख्रल र प्राविधिक मित्र श्यामको साथमा उपस्थित भएका छौं । 
गजल संगममा तपाईपनि सहभागिता जनाउन सक्नुहुन्छ जसको लागि फेसबुक पेज Gazal Sangam  गएर आफ्ना गजल पोष्ट गर्नुहोला त्यस्तै फोन गरेर पनि आफ्ना गजल बाचन गर्न सक्नुहुनेछ र  अनलाईन सुन्नको लागि News Chitwan वेबसाईट लग इन गर्नुहोला । कार्यक्रम उपलब्ध गराएर सहयोग गर्नुहुने प्रस्तोता साथी आर पि पोख्रोल लाई हृदयदेखि धेरै धेरै धन्यवाद । 
Listen and Download

Download : Click Here to Download

Thank you

Good Night SMS - (10-Oct-2012)- Download

NepaliTalim | 10:02:00 AM | 0 comments









 
GOOD NIGHT SMS
Date : 24-Aswin 2069/ 10th Oct 2012
प्रस्तोता : रोशन (ROSHAN)
कार्यक्रम : गुडनाइट एस एम एस
रेडियो :  रेडियो तिनाउ एफ एम 98.2

NTC USer : TFM (MSG) to 6969
Other USer : TFM (MSG) to 5006

Email :  tinaugoodnight@gmail.com
Listen and Download :

Download : Click Here to Download
Thank you

BULBUL : EPISODE 163-(10-10-2012) Download

NepaliTalim | 9:17:00 AM | 0 comments
RADIO UJYALO 90Mhz PRESENTS
BULBUL EPISODE - 163

INTERVIEW WITH GHANASHYAM PATHIK
(10-Oct-2012/ 2069-06-24)

FB : Facebook Page
(आजको बुलबुलमा आजको बुलबुलमा झापाका गजलकार घनश्याम पथिकसंगको कुराकानी बिशेष  प्रस्तुति  रहनेछ ।)
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति 2069 असोज महिनाको 24 गते बुधवार तदनुसार 10 Oct-2012,  का दिन  एफ एम रेडियो उज्यालो ९० मेगाहजमा उत्पादन सहयोगी तथा प्राबिधिक सहयोगीका साथमा  बुलबुल प्रस्तोता अच्चुत घिमिरे उत्पादन सहयोगी दिनेश निरौलाका साथमा आज  बुलबुलको लिएर (BULBUL EPISODE - 163) लिएर उपस्थित हुनुभएको छ ।
बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।
आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।
बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला । 
INTERVIEW WITH GHANASHYAM PATHIK
Listen and Download

Download : Click Here to Download 163
सुरुदेखि आजसम्मका बुलबुलका सबै श्रीङ्खलाहरु सुन्नको लागि


Thank you

श्रुति शंबेग श्रृङ्खला "कथाहरु" 09-Oct-2012 - Download

NepaliTalim | 9:25:00 AM | 0 comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)
...........................................................
कृति : आजका नेपाली कथा संगालो
सम्पादक : अनमोलमणी
विधा : कथा संगालो
रेडियो : उज्यालो ९० मेगाहर्ज
बाचक :  अच्युत घिमिरे
स्रोत : उज्यालो ९० मेगाहर्ज
प्रकासन : वि एन पुस्तक संसार
मिति : 2069 Ashoj 23 शुक्रबार 

उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न २५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

आज मिति 2069 असोज 23 गते तदनुसार 9 अक्टोबर 2012 Tuesday का दिन श्रुति शंबेगको शुक्रबारको श्रृङ्खलामा आजदेखी हामी नयाँ गद्य श्रृङ्खला सुन्नेछौं । युवा पुस्ताका केहि उत्कृष्ट कथाहरु संगालेर प्रकाशित कथा संग्रह आजका नेपाली कथा संगालो कथा संग्रहबाट आज हामी केहि कथाहरु सुन्नेछौं ।
आजका नेपाली कथा भन्ने पुस्तकबाट बाचन हुने कथाहरु
१.आम्बिका गिरिको कथा मास्टर्स
२.प्रकास आङ्गदेम्बेको लोडसेडिङ्ग प्रेम
 
Listen and Download

Download :Download Audio

Thank you

Episode : 47 (यो साँझ यो सुबाश-09-10-2012) - Download

NepaliTalim | 9:24:00 AM | 0 comments
EPISODE 47 - YO SANJH YO SUBASH
(09-10-2012 / 2069-06-23)
प्रस्तोता : प्रदिप गिरि

कार्यक्रम : यो साँझ यो सुबाश
Facebook : YSYS Facebook Page
Phone 9808826116

आज मिति 2069 साल असोज महिनाको 23 गते तदनुसार  9th Oct 2012, मंगलबार फेरी तपाईहरु सामु यो साँझ यो सुबासको  47 औ श्रीङ्खला साथ लिएर लिएर सदाझैं आज पनि  तपाईहरु सामु प्रस्तोता प्रदिप गिरी कार्यक्रम लिएर उत्पादन सहयोगि रन्सी गिरि (Ransi Media) को साथमा  उपस्थित भएका छौं । काठमाडौंमा कार्यक्रम रेडियो उपत्यका ८७.६ मेगाहर्जमा शुक्रबार बेलुका ९.१५ देखि प्रसारण हुनेछ । 
रन्सी मेडियाले यु एस ए मा उत्पादन गर्ने यो कार्यक्रम नेपाल भरि बिभिन्न एफ एम स्टेशनहरु लगायत विश्वभरी युटुब, ब्लगहरु, र विभिन्न वेबसाइटहरुमार्फत स्रोता समक्ष पुग्दछ जहाँ  नेपाली गजल, प्रेरणदाई कथा, लेख रचनाहरुको प्रस्तुती रहनेछन् । उज्यालो नेपाल मिडिया नेटवर्क मार्फत ११ वोटा एफ.एम.हरु लगायत देशै भरि 23 रेडियो स्टेशनहरुमा कार्यक्रम यो साँझ यो सुवास प्रशारण हुने रेडियो स्टेशनहरु निम्नानुसार छन् ।
1. रेडियो उपत्यका ८७.६ मेगाहर्जमा शुक्रबार बेलुका ९.१५ देखि
2. बिजय एफएम १०१.६ मेगाहर्ज, नवलपरासी-शनिबार बेलुकी ९.१५ देखि
3. रेडियो मना:लु १०३.९ मेगाहर्ज गोरखा-बुधबार बेलुकी ९.१५ देखि
4. हिमाल एफ.एम ९२.८ मेगाहर्ज बाँके-बुधबार बेलुकी ९.१५ देखि
5. रेडियो परिवर्तन ८९.४ मेगाहर्ज सुनसरी-शुक्रबार बेलुकी ९.१५ देखि
6. हाम्रो मालिका १०७ मेगाहर्ज कैलाली-बुधबार बेलुकी ९.१५ देखि
7. हजुरको रेडियो १०२.१ मेगाहर्ज रामेछाप-शुक्रबार बेलुकी ९.१५ देखि
8. साझा एफ.एम १०४.८ मेगाहर्ज मोरङ्ग-शुक्रबार बेलुकी ९.१५ देखि
9. रेडियो नमस्ते ९२.८ मेगाहर्ज बुटवल-बुधबार बेलुकी ९.१५ देखि
10. रेडियो फिक्कल ९०.६ मेगाहर्ज इलाम-शुक्रबार बेलुकी ९.१५ देखि
11. हिँउचुली एफएम ९२.२ मेगाहर्ज पोखरा-मंगलबार बेलुकी ९.१५ देखि
12. रेडियो रेसुङ्गा १०६.२ मेगाहर्ज गुल्मी शुक्रबार बेलुकी ९.१५ देखि
13. कोहलपुर एफएम १०१.२ मेगाहर्ज शुक्रबार राती ९.१५ देखि
14. रेडियो उपत्यका ८७.६ मेगाहर्जमा शुक्रबार बेलुका ९.१५ देखि
15. इन्द्रेनी एफ.एम ९२.४ मेगाहर्ज दाङ बाट
16. यु.के. एफ एम १०६.८ मेगाहर्ज उदयपुर
साथसाथै आईफोन र एन्ड्रोइड फोनमामा कार्यक्रम सुन्नको लगि Application "Nepali Fm" मा हाम्रा सम्पूर्ण श्रीङ्खलाहरु सुन्न सक्नु हुनेछ। कार्यक्रमका सम्पूर्ण श्रीङ्खलाहरु उपलब्ध गराएर सहयोग गर्नुहुने साथी कार्यक्रम प्रस्तोता प्रदिप गिरि र उत्पान सहयोगी रन्सि मेडियाका रन्सी गिरिलाई हृदयदेखीनै धेरै धेरै धन्यवाद दिन चाहन्छु 
Listen and Download
Download : Click Here to Download 47  
आज सम्मका श्रीङ्खलाहरु सुन्नुहोस् Thank you

श्रुति शंबेग श्रृङ्खला "कथाहरु" 5th Oct 2012 - Download

NepaliTalim | 6:05:00 PM | 0 comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)
...........................................................
कृति : आजका नेपाली कथा संगालो
सम्पादक : अनमोलमणी
विधा : कथा संगालो
रेडियो : उज्यालो ९० मेगाहर्ज
बाचक :  अच्युत घिमिरे
स्रोत : उज्यालो ९० मेगाहर्ज
प्रकासन : वि एन पुस्तक संसार
मिति :२०६९ असोज १९ शुक्रबार 

उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न २५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

आज मिति २०६९ असोज १९ गते तदनुसार ५ अक्टोबर २०१२ शुक्रबार का दिन श्रुति शंबेगको शुक्रबारको श्रृङ्खलामा आजदेखी हामी नयाँ गद्य श्रृङ्खला सुन्नेछौं । युवा पुस्ताका केहि उत्कृष्ट कथाहरु संगालेर प्रकाशित कथा संग्रह आजका नेपाली कथा संगालो कथा संग्रहबाट आज हामी केहि कथाहरु सुन्नेछौं ।
Listen and Download

Download : Click Here to Download


Thank you

बहकिने मन (2069-06-22/08-10-2012) - Download

NepaliTalim | 1:37:00 PM | 0 comments
बहकिने मन BAHAKINE MAN
DATE :   (2069-06-22/08-10-2012)
Time : 9.15pm Every Monday
Host :  Mahabir Biswakarma
Phone-977-01-550982 / 5551161


आज मिति २०६९ असोज 22  तदनुसार 10th Oct 2012  सोमबारका दिन सामुदायिक सूचना नेटवर्क सि  आई एन C.I.N. रेडियो र मार्फत देशभरिका विभिन्न मार्फत देशका 43 एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । कार्यक्रममा तपाईहरु आफ्ना मुक्तकहरु लेखिएको स्टाटसकै मुनि पोष्ट गर्नुहोला जहाँ बाट एक उत्कृष्ट मुक्तक कार्यक्रमको श्रीङ्खलामा प्रस्तुत गरिनेछ । आउनुस् हामी पनि सँगै सुनौ न बहकिने मन
Listen and Download

Download : Click Here to Download
आज त वहकिने मन ...४५ वटा रेडियोबाट एकैसाथ ....

१)रेडियो जागरण — वुटवल
२)रेडियो अर्पण — रत्ननगर (चितवन)
३)रेडियो ध्रुवतारा— भरतपुर (चितवन)
४)रेडियो मनकामना — गोरखा
५)रेडियो त्रियुगा — उदयपुर
६)रेडियो कपुरकोट — सल्यान
७)रेडियो परासी— नवलपरासी
८)रेडियो मुस्ताङ्ग — मुस्ताङ्ग

९)भेरी एफ.एम. — नेपालगञ्ज
१०)जागरण एफ.एम.— सुर्खेत
११) नयाँ नेपाल एफ.एम.— दार्चुला
१२) नुवाकोट एफ.एम. — नुवाकोट
१३)रेडियो उदयपुर—उदयपुर
१४)रमाईलो सामुदायिक रेडियो — ओखलढुङ्गा
१५)सौगात एफ.एम.— बैतडी
१६)रेडियो नुनथर—रौतहट
१७)रेडियो प्रतिवोध — बांके
१८)रेडियो भेरी — सुर्खेत बजार
१९)रेडियो भेरी — हर्रे डाँडाँ
२०)रेडियो माण्डवी—प्यूठान
२१)बुलबुले एफ.एम.—सुर्खेत
२२) रेडियो मुगु—मुगु
२३)रेडियो राजमार्ग—धादिङ्ग
२४)रेडियो डोल्पा—डोल्पा
२५)रेडियो देवघाट—तनहुँ
२६)मेरो साथी एफ.एम.—तनहुँ
२७)हलेसी एफ.एम.—खोटाङ्ग
२८)रेडियो देउराली—अर्घाखाँची
२९)रेडियो देउखुरी—दाङ
३०)रेडियो समानता—कपिलवस्तु
३१)रेडियो देवदह—रुपन्देही
३२)रेडियो सुर्खेत—सुर्खेत
३३)रेडियो सर्युगंगा— दाङ
३४)रेडियो नारायणी —वीरगञ्ज
३५)रेडियो कोहलपुर—बाँके
३६) दमौली एफ.एम.—तनहुँ
३७) रेडियो अर्घाखाँची—अर्घाखाँची
३८)रेडियो शारदा एफ.एम.—सल्यान
३९)भ्वाइस् एफ.एम.-कपिलवस्तु
४०)रेडियो नारायणी—चितवन
४१)रेडियो हाम्रो पहुँच—दाङ
४२)रेडियो मकवानपुर—मकवानपुर
४३)रेडियो एकता—सर्लाही
४४)रेडियो हाम्रो पाईला—जाजरकोट
४५)रेडियो प्यूठान—प्यूठान

सोमबार राती विविसि पछि....

महावीर विश्वकर्माको साथमा

गजल गंगा 02-Oct-2012 (रेडियो नेपाल)- Download

NepaliTalim | 1:35:00 PM | 0 comments
RADIO NEPAL PRESENTS
कार्यक्रम : गजल गंगा
रेडियो : रेडियो नेपाल
समय : हरेक मंगलबार ९.१५ देखि
कार्यक्रम संयोजन : ललिजन रावल
Facebook : Facebook Page
Web : Radio Nepal 
Date : 2nd Oct-2012 (2069-06-16)


नमस्ते साथीहरु,
हरेक मंगलबार राति ९.१५ देखि रेडियो नेपाल बाट प्रसारण हुने नेपाली साहित्यिक गजलको कार्यक्रम गजल गंगाबाट आज पनि संयोजन ललिजन रावलका साथमा कार्यक्रम प्रस्तोता नविन दाहाल उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ गजल गंगाको यो श्रीङ्खला ।  आजको श्रीङ्खलामा हामी सँग लोकार्पन गजल एल्बमका गायिका निशा देशार र बरिष्ठ अग्रज गजलकार डा.कृष्णहरी बराल
हुनुहुन्छ । आज उहाँहरुसँगको गजल र एल्बम सम्बन्धि चर्चाहरु हुनेछन् ।
Listen and Download

Download : Click Here

Thank you

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger